• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

साझाबाट ब्याजसहित ३ अर्ब फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय ‘अवैध’ 

शेयर लगानीको रकम बिक्री गरेरमात्र आउने, पैसा कसरी दिने सरकारलाई सोध्नुस् : कनकमणि 
64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  १७:०२
1140x725

काठमाडौं-  सरकारले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्मार्फत् ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गर्‍यो। उक्त निर्णयमा लेखिएको छ– नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको छ।’ 

त्यसपछि २०७६ असार २४ को मन्त्रिपरिषद्ले विद्युतीय बस खरिद गर्न स्वीकृति दियो। असार २९ गतेको अर्को मन्त्रिपरिषद् बैठकले ‘तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय’ गरेको थियो। 

यसको अर्थ सरकारले साझा यातायात सहकारी संस्थालाई ऋण वा सापटीका रुपमा नभई ३ अर्ब रुपैयाँ शेयरका रुपमा लगानी गरेको प्रष्ट हुन्छ। 

तर २०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले साझालाई विद्युतीय बस किन्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गर्‍यो। निर्णयमा भनिएको छ– ‘मन्त्रिपरिषद्को २०७६ असार २४ र २०७६ असार २९ को निर्णयानुसार साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने जिम्मेवारीसहित उक्त संस्थामा नेपाल सरकारका तर्फबाट शेयर लगानी बापत ३ अर्ब रुपैयाँ प्रदान गरी कार्य अगाडि बढाइएकोमा उक्त संस्थाले निर्धारित समयभित्र ती बस सञ्चालन गर्न नसकेको हुँदा नेपाल सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयरबापत लगानी गरेको ३ अर्ब रुपैयाँ र सो रकम उक्त लिमिटेडलाई उपलब्ध गराइएको मितिदेखि हालसम्मको ब्याज रकमसमेत नेपाल सरकारको नाममा फिर्ता लिने निर्णय गरिएको छ।’ 

माघ ६ को मन्त्रिपरिषद् निर्णयमा अगाडि भनिएको छ–  ‘त्यसैगरी, नेपाल सरकारको २०७५ पुस ९ को निर्णयानुसार वातावरण मैत्री विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एवं विद्युतीय बस आपूर्तिका लागि सर्तसमेत तयार गरी नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ। नेपाल सरकारका तर्फबाट उक्त कार्यका लागि ३ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउनेछ।’ 

साझाले सरकारलाई ३ अर्ब रुपैयाँको शेयरधनी प्रमाणपत्र उपलब्ध गराइसकेको छ। शेयरमा लगानी गरिएको पैसा शेयर बिक्री गरेपछि मात्र पाइन्छ। यसका साथै शेयर लगानीको ब्याज पाइँदैन, लगानीको मुनाफामात्र पाइन्छ। तर सरकारले साझाबाट शेयर लगानीबराबरको पैसामात्र नभई पैसा दिएको मितिदेखि निर्णय गर्दासम्मको ब्याजसमेत असुल गर्ने निर्णय गरेको छ।

Ncell 2
Ncell 2

 ‘सिद्धान्ततः सहकारीमा शेयर लगानी गरेको पैसाको व्याज पाइदैंन,’ एक विज्ञले भने, ‘शेयर लगानीबापत सहकारीले नाफा गरे त्यसको बोनस पाइने हो। तर तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई एउटा खम्बा मानेको सरकारले यो के निर्णय गरेको हो? बुझ्न सकिएन।’ 

त्यसमाथि सरकारले तत्काल साझालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिने भनेको छ। तर शेयर बिक्री नगरि साझाले सरकारलाई कसरी उक्त रकम उपलब्ध गराउँछ? भन्ने प्रश्न उब्जिएको छ। साझा यातायात सहकारी संस्था लिमिटेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ३ अर्ब रुपैयाँको ‘शेयर लगत’ उपलब्ध गराएको थियो। २०७६ पुस ६ गते उक्त शेयर लगत मन्त्रालयलाई दिएको हो। यो भनेको साझामा सरकारको ऋण वा अनुदान नभई शेयर लगानी हो। 

यसो भन्छन् साझा सहकारीका अध्यक्ष कनकमणि दीक्षित 

सरकारले के गर्‍यो भन्ने विषयमा मैले बोल्न मिल्दैन। सरकारले हामीसँग न छलफल गरेको छ न कुनै सल्लाह लिएको छ, न त प्रश्न नै उठाएको छ। ४ महिना हामीलाई काम गर्न दिएको थियो। यत्रो महत्वपूर्ण काम भइरहेको बेला एक्कासी यस्तो निर्णय आएको छ। सरकारसँग कुनै छलफल नभएकाले अहिले केही भन्न सक्ने अवस्थामा छैन। मैले विभिन्न पक्षसँग बुझ्न पनि बाँकी छ।

साझा यातायातलाई सरकारले केही नसोधी निर्णय गरेकाले के गर्ने के भन्ने विषयमा छलफल गर्नुपर्नेछ। सरकारका विज्ञसमेत रहेको समितिले गरेको काम हो। सरकारले दिएको पैसा लिन चाहन्छ भने लियोस्। तर मन्त्रिपरिषद्को निर्णयमा समयसीमाभित्र काम नगरेको भन्ने कुरा सरासर गलत कुरो हो। कसरी त्यो शब्दावली त्यहाँ पर्‍यो, यो प्रमाणित गरियोस्। 

सरकारको निर्णयमा व्याजसहित पैसा फिर्ता लिने कुरा लेखिएको छ त्यो के आधारमा भयो मलाई थाहा छैन। पैसा शेयर बेचेर दिने वा कसरी दिने भन्ने कुरा मसँग जवाफ छैन। नेपाल राज्यको त्यत्त्रो मन्त्रिमण्डलले कसरी लाने भन्ने कुरा सोचेरै निर्णय गरेको होला। यो उहाँहरुलाई नै सोध्नु होला। 

सरकारले दिएको अर्ब एफडीमा राखेर ब्याज लिएको जुन कुरा उठाउनु भएको छ। यसमा सरकारले हामीलाई व्याज संकलन गर्न दिएको हो त्यो पैसा? हैन। बस किन्न लिएको हो, केही प्रक्रियागत काम गर्दा ढिलो हुने भएकाले मात्र फिक्स्ड डिपोजिट गरेका हौं। हामीले काम सुरु गरेको महिना दिन नपुग्दै काम रोक्न भनेर भौतिक पूर्वाधार मन्त्रालयले पत्र पठाएपछि कसरी काम समयमा हुन्छ? ४ महिनासम्म काम रोक्ने त सरकार नै हो। पछिल्लो निर्णय हामीलाई कुनै पनि रुपमा जानकारी नगराई वा छलफल नै नगरी गरेकाले यसको जवाफ सरकारले नै दिनुपर्छ। 

मुख्य तस्बिर : २०७५ कात्तिक ६ गते साझा सहकारी संस्थाको प्रागंणमा बिजुली बस उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओली । फाइल तस्बिर

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्