भर्खरै निवर्तमान उपसभामुख बनेकी डा शिवमाया तुम्बाहाङ्फेको प्रिय खेल हो, रेस्लिङ। गत शुक्रबार उनकै कार्यकक्षमा भएको अनौपचारिक कुराकानीमा उनी भन्दै थिइन्, ‘रेस्लिङमा खेलाडीले एक अर्कोलाई पछारेर पिटेको हेर्न खुब मन पर्छ।’
रेस्लिङ प्रेमसम्बन्धी अनुभव बताइरहँदा उनी सम्बद्ध पार्टी नेकपामा सभामुखको ‘रेस्लिङ’ चलिरहेको थियो। आफू रिङमै रहनेमा उनी केही आशावादी थिइन्। रेस्लिङ ‘स्क्रिप्टेड’ खेल हो। जहाँ धेरै कुरा पहिल्यै तय गरिएको हुन्छ। उनलाई उपसभामुख बनाएर सभामुखमा ‘रिङआउट’ गरेको पार्टी नेकपा पनि ‘स्क्रिप्ट’अनुसार नै चलिरहेको छ। धेरै कुरा एमाले र माओवादी केन्द्र एकीकरणकै बेला तय भइसकेको थियो। उनी पनि योबारे जानकारै थिइन्।
उनी पूर्व एमालेकी थिइन्, सभामुख पूर्वमाओवादी हिस्साको पद। उनले रेस्लिङ गफकै क्रममा भनिरहेकी थिइन्, ‘धेरै कुरा स्क्रिप्टेड भए पनि खेलका क्रममा खेलाडीले आफ्नो रणनीति पनि प्रयोग गर्छ।’ सायद उनले पनि रेस्लिङ कै अनुभवको आधारमा यो स्क्रिप्टमा आफूलाई रणनीतिक खेलाडी बनाउने प्रयास गरिन्। तर, ‘सभामुखको रेस्लिङ’मा उनको रणनीति फेल भयो। कहिलेकाहीँ खेलाडीले खेल हार्छ। तर, दर्शकहरूलाई खेल्ने तरिका मन पर्योो भने भनिदिन्छन्, ‘खेल हारे पनि मन जित्यो।’ तुम्बाहाङ्फेको हकमा पनि यही भयो। उनी सोमबारबाट सभामुखको प्रतिष्पर्धामा 'रिङ आउट' भइन् । तर धेरैले उनको खेल रुचाए ।
शिवमायासँग आफ्नै खालको स्वभाव छ, हक्की, स्पष्ट र मन नपरेको कुरामा तुरुन्तै प्रतिक्रिया दिइहाल्ने। जुन स्वभाव उनको राजनीतिक जीवनका लागि लाभदायी देखिँदैन र देखिएन पनि।
उनी राजनीतिज्ञ भन्दा बढी अधिकारवादी जस्तो लाग्छिन्। महिला अधिकारका क्षेत्रमा दिएको योगदानबाटै उनी राजनीतिमा प्रवेश गरेकी हुन्। धेरैले अधिकार र पहिचानजस्ता संवेदनशील विषय कुर्सीसम्म पुग्ने हतियार बनाउँछन्। अनि पदमा पुगेपछि विगत बिर्सिदिन्छन्। तर, उपसभामुखको कुर्सीमा पुग्दा पनि उनले त्यसलाई कायम राखिन्। यो उनको सफलता हो।
‘उप’ भनेको ‘चुप’ होइन भन्ने कुरामा उनी निरन्तर लागिपरिन्। प्रदेशका उपसभामुख र स्थानीय तहका अधिकांश उपाध्यक्ष र उपमेयर महिला नै भएको परिस्थितिमा यो सान्दर्भिक नै थियो। उनले सातै प्रदेशका उपसभामुखहरुलाई भेला गरेर आफ्नो अधिकारबारे हकदाबी गर्न बल दिइन्।
‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन। राजतन्त्रभन्दा बलियो त पितृसत्ता रहेछ।’
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा मुछिएपछिको अन्योलग्रस्त अवस्थामा उनले प्रतिनिधि सभाको नेतृत्व लिइन्। उपसभामुखले सभामुखकै हैसियतमा काम गर्न मिल्ने वा नमिल्ने विषयमा विवाद भइरहँदा उनले ढुक्कैसँग निर्णय गरेर सभामुखमा आफ्नो दाबी स्वभाविक रहेको संकेत गरिन्। जुन नेकपाकै केही शीर्ष नेताका लागि अपाच्य थियो र भयो। नेकपामा महिला नेतृत्वलाई पछि पारिएको विषयले बेलाबेला प्रवेश पाउने गरेको छ। तर, यसका पक्षमा भिड्दा सम्भावित अवसर गुमाउने भयले महिला नेतृहरु मौन बस्छन्। शिवमायाले एक हिसाबले जोखिम मोलेकी हुन्। महिला भएकै कारण क्षमता भएर पनि अवसर नदिइने राजनीतिक संस्कारविरुद्ध उनी डटिन्।
नेकपाका शक्तिशाली दुई अध्यक्ष उनीप्रति सकारात्मक नहुँदानहुँदै पनि लडिरहँदा निरन्तर प्रश्न झेलिन् उनले। भनिन्, ‘धेरैले सोधे तपाईंको पछाडि को छ? कोही थिएन। थियो त संविधान थियो। म ५ वर्षका लागि चुनिएकी हुँ। संविधानले अझै ३ वर्ष साथ दिन्थ्यो। तर, नेकपाले उम्मेदवार छानेपछि मैले छाडिदिएँ।’
सांसद बिन्दा पाण्डेलगायत केहीलाई अपवाद मान्ने हो भने उनका पछाडि नेकपाभित्रका महिला नेतृहरू थिएनन्। उनीसँग राष्ट्रपति रहेको धेरैको आशंका थियो। तर, राष्ट्रपतिका रुपमा नभई एक महिला नेतृका रूपमा मात्र विद्यादेवी भण्डारीको शुभेच्छा थियो उनलाई। जुन शुभेच्छा शक्तिशाली दुई अध्यक्षका अघि प्रभावशाली देखिएन र भएन। देशकै अभिभावक राष्ट्रपति भण्डारी उनका पछाडि हुन्थिन् भने पक्कै सोमबारको निर्णय आउँदैनथ्यो।
केही नेतृले पार्टी अनुशासनका नाममा हात बाँधे। पूर्वमाओवादी केन्द्रका नाममा केही नेतृ मौन रहे र केही नेतृलाई पद प्राप्त गर्न फिल्डमै भिडेको हुनुपर्ने संकुचित मानसिकताले खुम्च्यायो। बाँकी आगामी दिनमा पाउन सकिने अवसर गुम्ने भयले महिला भएकै कारण पछाडि पारिनु हुँदैन भन्ने नजिर बसाउने अवसरबाट चुके।
जाँदाजाँदै तुम्बाहाङ्फेले अर्को जोखिम उठाएकी छिन्। जसले उनको राजनीतिक गतिमा ब्रेक लगाइदिन सक्छ। उनले जोखिम उठाएरै भनेकी छिन्, ‘मैले दलको निर्देशन नमानेकै हो। उपसभामुख भइरहँदा म दलको कार्यकर्ता थिइनँ। आग्रह गरेको भए मान्न सक्थें।’
रेस्लिङ उनको प्रिय खेल हो। रेस्लिङमा पछारिनु सामान्य कुरा हो। तर, पछारिँदा पनि फेरि उठेर जो लड्न सक्छ, ऊ नै विजयीको हकदार हुन्छ। रेस्लिङप्रेमी शिवमायालाई यो सम्झाइरहन जरुरी छैन। अहिलेलाई उनले गोप्य भनेको ‘मोर्चा’ र गर्ने भनेको ‘यू-टर्न’ चाँडै देख्न पाइने अपेक्षा गरौं।
यो भनाइले नेकपाका दुई शक्तिशाली अध्यक्षहरूलाई चुनौती दिन्छ। यो पद आफैंमा एउटा शक्ति हो भन्ने कुराको अवगत आगामी सभामुखलाई गराउँछ। यो अब आउने सभामुख र उपसभामुखका लागि गतिलो चुनौती हुन सक्छ।
जाँदाजाँदै गरेको पत्रकार सम्मेलनमा शिवमायाले बोलेका कुराले नेकपा नेताहरूलाई बिझाउँछ। तर, सार्वभौम संसद् देख्न रुचाउनेहरुका लागि भने उनको अभिव्यक्तिले गरिमा बढाइदिएको छ। उनको भनाइ थियो, ‘म नेताको भनाइअनुसार होइन, संविधानअनुसार चलेँ।’
लडाइँ शब्दको प्रयोग गरिन् उनले। जुन सुझबुझका साथ प्रयोग गरिएको उनको भनाइबाट झल्किन्थ्यो। नेपाली राजनीतिमा रहेको पितृसत्तासँग आफू अन्तिम समयसम्म लडेको बताइन्। उनले पितृसत्तालाई राजतन्त्रसँग तुलना गर्दै भनिन्, ‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन। राजतन्त्रभन्दा बलियो त पितृसत्ता रहेछ।’
उपसभामुखको पदमा ५ वर्ष काम गर्न पाउने अवसर गुमाएको भन्ने उनलाई लागेको छैन। बरु ५ वर्ष एउटै पदमा खेर नफालेकोमा गर्व महसुस भएको छ रे उनलाई। सभामुखको रस्साकस्सीमा उनले केही नयाँ ज्ञान हासिल गरेको बताएकी छिन्। संसदभित्रै लड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
रेस्लिङ उनको प्रिय खेल हो। रेस्लिङमा पछारिनु सामान्य कुरा हो। तर, पछारिँदा पनि फेरि उठेर जो लड्न सक्छ, ऊ नै विजयीको हकदार हुन्छ। रेस्लिङप्रेमी शिवमायालाई यो सम्झाइरहन जरुरी छैन। अहिलेलाई उनले गोप्य भनेको ‘मोर्चा’ र गर्ने भनेको ‘यू-टर्न’ चाँडै देख्न पाइने अपेक्षा गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।