• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रेस्लिङप्रेमी शिवमाया रिङआउट, खेल हारिन् तर मन जितिन्

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  १८:०५
1140x725

भर्खरै निवर्तमान उपसभामुख बनेकी डा शिवमाया तुम्बाहाङ्फेको प्रिय खेल हो, रेस्लिङ। गत शुक्रबार उनकै कार्यकक्षमा भएको अनौपचारिक कुराकानीमा उनी भन्दै थिइन्, ‘रेस्लिङमा  खेलाडीले एक अर्कोलाई पछारेर पिटेको हेर्न खुब मन पर्छ।’
रेस्लिङ प्रेमसम्बन्धी अनुभव बताइरहँदा उनी सम्बद्ध पार्टी नेकपामा सभामुखको ‘रेस्लिङ’ चलिरहेको थियो। आफू रिङमै रहनेमा उनी केही आशावादी थिइन्। रेस्लिङ ‘स्क्रिप्टेड’ खेल हो। जहाँ धेरै कुरा पहिल्यै तय गरिएको हुन्छ। उनलाई उपसभामुख बनाएर सभामुखमा ‘रिङआउट’ गरेको पार्टी नेकपा पनि ‘स्क्रिप्ट’अनुसार नै चलिरहेको छ। धेरै कुरा एमाले र माओवादी केन्द्र एकीकरणकै बेला तय भइसकेको थियो। उनी पनि योबारे जानकारै थिइन्। 

उनी पूर्व एमालेकी थिइन्, सभामुख पूर्वमाओवादी हिस्साको पद। उनले रेस्लिङ गफकै क्रममा भनिरहेकी थिइन्, ‘धेरै कुरा स्क्रिप्टेड भए पनि खेलका क्रममा खेलाडीले आफ्नो रणनीति पनि प्रयोग गर्छ।’ सायद उनले पनि रेस्लिङ कै अनुभवको आधारमा यो स्क्रिप्टमा आफूलाई रणनीतिक खेलाडी बनाउने प्रयास गरिन्। तर, ‘सभामुखको रेस्लिङ’मा उनको रणनीति फेल भयो। कहिलेकाहीँ खेलाडीले खेल हार्छ। तर, दर्शकहरूलाई खेल्ने तरिका मन पर्योो भने भनिदिन्छन्, ‘खेल हारे पनि मन जित्यो।’ तुम्बाहाङ्फेको हकमा पनि यही भयो। उनी सोमबारबाट सभामुखको प्रतिष्पर्धामा 'रिङ आउट' भइन् । तर धेरैले उनको खेल रुचाए । 

शिवमायासँग आफ्नै खालको स्वभाव छ, हक्की, स्पष्ट र मन नपरेको कुरामा तुरुन्तै प्रतिक्रिया दिइहाल्ने। जुन स्वभाव उनको राजनीतिक जीवनका लागि लाभदायी देखिँदैन र देखिएन पनि। 
उनी राजनीतिज्ञ भन्दा बढी अधिकारवादी जस्तो लाग्छिन्। महिला अधिकारका क्षेत्रमा दिएको योगदानबाटै उनी राजनीतिमा प्रवेश गरेकी हुन्। धेरैले अधिकार र पहिचानजस्ता संवेदनशील विषय कुर्सीसम्म पुग्ने हतियार बनाउँछन्। अनि पदमा पुगेपछि विगत बिर्सिदिन्छन्। तर,  उपसभामुखको कुर्सीमा पुग्दा पनि उनले त्यसलाई कायम राखिन्। यो उनको सफलता हो।

‘उप’ भनेको ‘चुप’ होइन भन्ने कुरामा उनी निरन्तर लागिपरिन्। प्रदेशका उपसभामुख र स्थानीय तहका अधिकांश उपाध्यक्ष र उपमेयर महिला नै भएको परिस्थितिमा यो सान्दर्भिक नै थियो। उनले सातै प्रदेशका उपसभामुखहरुलाई भेला गरेर आफ्नो अधिकारबारे हकदाबी गर्न बल दिइन्।   

‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन। राजतन्त्रभन्दा बलियो त पितृसत्ता रहेछ।’

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा मुछिएपछिको अन्योलग्रस्त अवस्थामा उनले प्रतिनिधि सभाको नेतृत्व लिइन्। उपसभामुखले सभामुखकै हैसियतमा काम गर्न मिल्ने वा नमिल्ने विषयमा विवाद भइरहँदा उनले ढुक्कैसँग निर्णय गरेर सभामुखमा आफ्नो दाबी स्वभाविक रहेको संकेत गरिन्। जुन नेकपाकै केही शीर्ष नेताका लागि अपाच्य थियो र भयो। नेकपामा महिला नेतृत्वलाई पछि पारिएको विषयले बेलाबेला प्रवेश पाउने गरेको छ। तर, यसका पक्षमा भिड्दा सम्भावित अवसर गुमाउने भयले महिला नेतृहरु मौन बस्छन्। शिवमायाले एक हिसाबले जोखिम मोलेकी हुन्। महिला भएकै कारण क्षमता भएर पनि अवसर नदिइने राजनीतिक संस्कारविरुद्ध उनी डटिन्। 

नेकपाका शक्तिशाली दुई अध्यक्ष उनीप्रति सकारात्मक नहुँदानहुँदै पनि लडिरहँदा निरन्तर प्रश्न झेलिन् उनले। भनिन्, ‘धेरैले सोधे तपाईंको पछाडि को छ? कोही थिएन। थियो त संविधान थियो। म ५ वर्षका लागि चुनिएकी हुँ। संविधानले अझै ३ वर्ष साथ दिन्थ्यो। तर, नेकपाले उम्मेदवार छानेपछि मैले छाडिदिएँ।’

सांसद बिन्दा पाण्डेलगायत केहीलाई अपवाद मान्ने हो भने उनका पछाडि नेकपाभित्रका महिला नेतृहरू थिएनन्।  उनीसँग राष्ट्रपति रहेको धेरैको आशंका थियो। तर, राष्ट्रपतिका रुपमा नभई एक महिला नेतृका रूपमा मात्र विद्यादेवी भण्डारीको शुभेच्छा थियो उनलाई। जुन शुभेच्छा ‌शक्तिशाली दुई अध्यक्षका अघि प्रभावशाली देखिएन र भएन। देशकै अभिभावक राष्ट्रपति भण्डारी उनका पछाडि हुन्थिन् भने पक्कै सोमबारको निर्णय आउँदैनथ्यो। 
केही नेतृले पार्टी अनुशासनका नाममा हात बाँधे। पूर्वमाओवादी केन्द्रका नाममा केही नेतृ मौन रहे र केही नेतृलाई पद प्राप्त गर्न फिल्डमै भिडेको हुनुपर्ने संकुचित मानसिकताले खुम्च्यायो। बाँकी आगामी दिनमा पाउन सकिने अवसर गुम्ने भयले महिला भएकै कारण पछाडि पारिनु हुँदैन भन्ने नजिर बसाउने अवसरबाट चुके। 

nimb
nimb
Ncell 2
Ncell 2

जाँदाजाँदै तुम्बाहाङ्फेले अर्को जोखिम उठाएकी छिन्। जसले उनको राजनीतिक गतिमा ब्रेक लगाइदिन सक्छ। उनले जोखिम उठाएरै भनेकी छिन्, ‘मैले दलको निर्देशन नमानेकै हो। उपसभामुख भइरहँदा म दलको कार्यकर्ता थिइनँ। आग्रह गरेको भए मान्न सक्थें।’ 

रेस्लिङ उनको प्रिय खेल हो। रेस्लिङमा पछारिनु सामान्य कुरा हो। तर, पछारिँदा पनि फेरि उठेर जो लड्न सक्छ, ऊ नै विजयीको हकदार हुन्छ। रेस्लिङप्रेमी शिवमायालाई यो सम्झाइरहन जरुरी छैन। अहिलेलाई उनले गोप्य भनेको ‘मोर्चा’ र गर्ने भनेको ‘यू-टर्न’ चाँडै देख्न पाइने अपेक्षा गरौं।  

यो भनाइले नेकपाका दुई शक्तिशाली अध्यक्षहरूलाई चुनौती दिन्छ। यो पद आफैंमा एउटा शक्ति हो भन्ने कुराको अवगत आगामी सभामुखलाई गराउँछ। यो अब आउने सभामुख  र उपसभामुखका लागि गतिलो चुनौती हुन सक्छ।
जाँदाजाँदै गरेको पत्रकार सम्मेलनमा शिवमायाले बोलेका कुराले नेकपा नेताहरूलाई बिझाउँछ। तर, सार्वभौम संसद्‍ देख्न रुचाउनेहरुका लागि भने उनको अभिव्यक्तिले गरिमा बढाइदिएको छ। उनको भनाइ थियो, ‘म नेताको भनाइअनुसार होइन, संविधानअनुसार चलेँ।’

लडाइँ शब्दको प्रयोग गरिन् उनले। जुन सुझबुझका साथ प्रयोग गरिएको उनको भनाइबाट झल्किन्थ्यो। नेपाली राजनीतिमा रहेको पितृसत्तासँग आफू अन्तिम समयसम्म लडेको बताइन्। उनले पितृसत्तालाई राजतन्त्रसँग तुलना गर्दै भनिन्, ‘हामी सबै मिलेर राजतन्त्र त फाल्यौं तर राजनीतिमा रहेको पितृसत्तासँग सकिएन। राजतन्त्रभन्दा बलियो त पितृसत्ता रहेछ।’

उपसभामुखको पदमा ५ वर्ष काम गर्न पाउने अवसर गुमाएको भन्ने उनलाई लागेको छैन। बरु ५ वर्ष एउटै पदमा खेर नफालेकोमा गर्व महसुस भएको  छ रे उनलाई। सभामुखको रस्साकस्सीमा उनले केही नयाँ ज्ञान हासिल गरेको बताएकी छिन्। संसदभित्रै लड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। 

रेस्लिङ उनको प्रिय खेल हो। रेस्लिङमा पछारिनु सामान्य कुरा हो। तर, पछारिँदा पनि फेरि उठेर जो लड्न सक्छ, ऊ नै विजयीको हकदार हुन्छ। रेस्लिङप्रेमी शिवमायालाई यो सम्झाइरहन जरुरी छैन। अहिलेलाई उनले गोप्य भनेको ‘मोर्चा’ र गर्ने भनेको ‘यू-टर्न’ चाँडै देख्न पाइने अपेक्षा गरौं।  

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्