• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जनयुद्धमा खट्दा जीवनभर ह्विल चेयर

64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  ०६:०७
1140x725

इटहरी- ८ कात्तिक २०७६, शुक्रबार दिउँसो ह्विल चेयरमा एक हुल युवा इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरिरहेको थिए।

कार्यलयको गेटबाट केही पर पुगेपछि उनीहरू अलमलमा परे। कुनै पनि कार्यकक्षमा ह्विल चेयर छिर्न अवस्था थिएन। कार्यलयको प्राङ्गणमै लाइन लागे। त्यही लाइनको बिचमा थिए राजन बराइली। 

भोजपुरको अरुण गाउँपालिका (साविक याकु गाविस)का उनी हाल इटहरीमा बस्छन्। जातीय र वर्गीय विभेद विरुद्धमा आन्दोलन गर्नुपर्ने लागेर उनी माओवादी युद्धमा सामेल भए। २०५७ साल देखि माओवादी युद्धमा होमिएका उनी युद्धको अग्रमोर्चामा थिए। 

सामाजीक विभेद सहेर लामो समय बस्न हुन्न भन्ने लागेको थियो उनलाई। माओवादीले पनि 'मान्छे मान्छे एउटै हो, फरक केही छैन' भन्दै प्रशिक्षित गराउँदै थियो। सामूहिक भोजद्वारा ब्राह्मण र दलितबीचमा समानता देखाउने धेरै अभ्यास भइरहेका थिए। त्यसको प्रत्यक्ष अनुभव गरिरहेका थिए बराइली। छुवाछुतको अन्त्य हुने र दलित पनि राज्यको उपल्लो तहमा पुग्छन् भन्ने बुझेका थिए उनले। 

घटना ०६० माघको हो। भिडन्तका लागि तयारी भइरहेको थियो। कसलाई अगाडि बढाउने भन्नेमा कमान्डरले निर्णय गर्थे। भोजपुरको रिपिटर टावर आक्रमण गर्ने योजना बनिरहेको थियो। त्यही बेला बराइलीले म अग्रस्थानमा हुन्छु भनेर प्रस्ताव गरे। भयो पनि त्यस्तै। टावर आक्रमण भयो। दुवैतर्फ गोली हानाहान भयो। उनको दुवै खुट्टामा गोली लाग्यो। आक्रमण सफल भयो। त्यसपछि उनी झनै सफल योद्धाको रुपमा परिचित भए। 

पछि सिराहको बन्दीपुर आक्रमणमा उनको नाम अगाडी आयो। कुशल योद्धाका रूपमा परिचित भइसकेका उनी आक्रमणमा सहभागी भए। लामो समय युद्ध चल्यो। उनको ढाडमा गोली लाग्यो। घाइते भए पनि मैदान छाडेनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पछि उपचारको क्रममा उनको जिउमा निकै गहिरोसंग गोली भासिएको भेटियो। त्यो बेला खासै समस्या नभएको कारण थप गोली निकाल्न जरुरी ठानेनन् उनले। तत्काल निकाल्न खर्च र समय पनि मिलेन। जिउमै गोली बोकेर काममा लागे उनी। केही समयपछि गोली अड्किएको ठाँउ पोल्न र दुख्न थाल्यो। उपचारको लागी उनी काठमाडौं नै जानुपर्ने भयो। 

त्यो बेलासम्म गणतन्त्र आइसकेको थियो। उपचार गराउने र निको भएर थप उद्यम गर्ने सुरमा थिए उनी। सोचे जस्तो हुन्न जीवन। तारादेवीको गीत जस्तै भइदियो। उनी सवार गाडी धादिङको कृष्ण भिरमा दुर्घटनामा पर्‍यो। उनको सम्झनाअनुसार घटना २०६९ साउन १ गतेको हो। बसमा सवार ३६ जनाको मृत्यु भयो। ६ जना बेपत्ता भए। संयोगबस उनीसहित ५ जना सकुशल रहे। युद्धदेखि दुर्घटनासम्ममा उनी मृत्युको मुखबाट बचेका छन्। 

उपचारकै लागि गएकाले उनी सिधै अस्पताल पुगे। वीर अस्पतालमा अपरेसनको समय फिक्स भयो। नभन्दै अपरेसन पनि सफल भयो। ८ वर्षपछि जिउको गोली निकालेकोमा खुसी थिए बराइली। तर उनको खुसी एक रातभन्दा बढी टिक्न सकेन। किन त?

'जिउबाट गोली त निस्कियो। गोलीसंगै आत्मविश्वास पनि निस्कियो। गोली निकालेको भोलिपल्टैदेखि आधा शरीर चल्न छाड्यो,' बराइली दुःखी भएको बुझ्न सकिन्थ्यो। पुन: उनी अस्पताल गए। डाक्टरले स्पाइनल कर्ड इन्जुरी भएको बताए। यसको एक मात्र उपचार ह्विल चेयर थियो। त्यस दिनदेखि उनको साथी ह्विल चेयर अहिलेसम्म साथमा छ। 

उनलाई जनयुद्धसम्म पुर्‍याउने पार्टी अहिले सरकारमा छ। दुई पार्टी मिलेर ठूलो भएको छ। पार्टीजस्तै उनको समस्या पनि ठूलो हुँदै गएको छ। युद्धमा होमिएका धेरै राजनहरू राहतको पर्खाइमै छन्। पार्टी सरकारमा भएपनि आफूहरु अल्पमतमा परेको उनको बुझाइ छ। ‘जसका लागि युद्धको अग्रमोर्चामा लडियो तिनीहरू अहिले मन्त्री भएका छन्,’ उनी भन्छन् , ‘तर तिनीहरूकै लागि लडेको हो भन्दा पनि अहिले चाँहि आत्मग्लानी हुन्छ।’ 

हिजो गणतन्त्रका लागि लडेको र अहिले गणतन्त्र आएको छ भनेर चित्त बुझाएर बसेको उनी सुनाउँछन्। 'आम्दानीका लागी केही उद्यम गरौं' भन्दा पनि ह्विल चेयरसँग उद्यम गर्न समस्या भएको उनी बताउँछन्। सीप सिक्नको लागि जिउ कन्ट्रोल नभएर समस्या हुने गरेको उनको भनाइ छ। 

‘हिजो मृत्युको दस्तावेजमा हस्ताक्षर गरेर हिडेको मान्छे हौं। युद्धमा जाँदा फस्ट एसल्टमा (सबैभन्दा अगाडि) परिएन भने ग्वाँग्वाँ रुन्थ्यौं। किनकी सबैलाई पहिलो सहिद हुने रहर हुन्थ्यो,’ बराइली दुख मान्दै भन्छन्, ‘तर अहिले पनि समाजको चेतना परिवर्तन भा छैन। अहिले पनि महिला हिंसा छ। बलात्कार बढेको छ। जातीय विभेद जारी छ। देशभन्दा पनि नेताको दैनिकी मात्रै बढी परिवर्तन भएको छ।’ 

राजनका हरदुःखमा साथ दिएकी छन् श्रीमतीले। सकारात्मक सोच छ उनमा। अरूलाई भन्दा पनि आफैलाई विश्वाश गर्न सुझाउँछिन् उनी राजनलाई। श्रीमती सञ्चिता श्रेष्ठ कति पनि निराश छैनन्।

जनयुद्धमै अन्तर्जातीय जनवादी विवाह गरेका उनीहरूको युद्धकै क्रममा छोरा जन्मियो। अहिले छोरो १२ कक्षामा पढिरहेको छ। सञ्चिता भने राजनको हेरचाहमा व्यस्त छिन्। हिँडडुल दिसापिसाबका लागि पनि साथी चाहिने भए पछि श्रीमानकै साथमा हुन्छिन् उनी। 

पार्टीले धेरैलाई हेर्नुपर्ने भएकोले आफुहरूलाई नभ्याएको हुन सक्ने उनको बुझाइ छ। भन्छिन्, ‘पार्टीमा हामीजस्ता धेरै छन्। अहिले हामी छुट्यौं होला। हाम्रो पनि पालो आउला। एउटै घरमा पनि सबैलाई मिलाएर राख्न सकिँदैन भने पार्टीभित्र झन् धेरै योद्धा हुन्छन्। मिलाउँदै जाँदा हामी छुटेको हुन सक्छौं। मिलाउन खोज्दा खोज्दै नमिलेर होला।’

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्