• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'कांग्रेस भनेकै मै हुँ भन्ने देउवाको रवैया छ'

64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  १६:३८
1140x725

१४ औं महाधिवेशन तयारीका लागि सभापतिलाई झक्झकाउन महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने प्रस्ताव गरेका थियौं। त्यसो पनि नगर्ने हो भने केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने अडान लिएका हौं। मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापतिको कार्यकक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको कुरा राख्नुभएको थियो। त्यतिबेला सभापतिले सल्लाह गरेर जाने आश्वासन दिनुभयो। रामचन्द्र पौडेलको कक्षमा हामी हुँदाहुँदै कर्मचारी पठाएर माथि केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी गराइयो। थप छलफल गरौंला भन्ने आश्वासन सभापतिबाटै पाइसकेपछि पनि अकस्मात बैठक सञ्चालन भयो। हामी सहभागी भएनौं।

सभापतिलाई हामीले बुझाएको ९ बुँदे प्रस्तावमा महाधिवेशन कार्यतालिका, भ्रातृ संस्था गठन, क्रियाशील सदस्यताको अस्पष्टता लगायतका विषय थिए। प्याकेजमा ‘डिल’ गरेपछि मात्रै बैठकमा उपस्थित हुने बताएका थियौं। बैठकमा अर्को पक्ष नगएपछि वार्ताका लागि समिति बन्यो। पटक–पटक वार्ता भए। २०७७ मंसिरमा महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउन प्रस्ताव गर्‍यौं। भ्रातृ संस्थाको विषयमा पनि छलफल भएको थियो। वार्ता करिब–करिब सहमति नजिक थियो। नेविसंघको विषयमा केही मिल्न बाँकी थियो। छलफलमा जाँदा आफ्नो हैसियत पनि बिर्सनु भएन नि। नेविसंघमा हैसियत खोजिएको हो।

सभापति सबैको भएकाले सबैलाई उस्तै व्यवहार गर्न मैले उहाँसँगको वार्तामा आग्रह पनि गरेको थिएँ। हामी पनि कांग्रेसकै र तपाईको नेतृत्वको भएकाले आफ्नो/अर्को नभन्नु है भनको थिएँ। मसँगको कुरामा हुन्छ/हुन्छ मिलाउ/मिलाउ भन्नु भयो। तर, ११ पुसमा बैठक बस्न लागेको जानकारी उपसभापति विमलेन्द्र निधिले गराउनुभयो। समग्रमा सहमति हुने क्रममा हुँदाहुँदै बैठक बस्न लागेपछि निधिलाई बैठक रोक्न अनुरोधबाहेक केही गर्न नसकिने जानकारी गराएँ। वार्ता टोलीसँग भएका विषयलाई एकातिर राखेर बहुमतले पारित गर्नु कहाँको लोकतान्त्रिक प्रक्रिया होरु सभापतिको प्रवृत्ति ‘अन्तिम अवस्था आइसक्यो अब निर्णय नगरे बर्बाद हुन्छ’ भन्ने छ।

कांग्रेसको अहिलेसम्मका महाधिवेशनका मिति तोक्दा सबै पक्षलाई राखेर घोषणा हुने गरेको थियो। देउवाले त कांग्रेसको परम्परालाई एकातिर पन्छाएर एकलौटी निर्णय गर्नुभयो।  कांग्रेस भनेकै मै हुँ भन्ने रवैया देखाउनुभयो।

अलोकतान्त्रिक प्रक्रियाले गरिएको निर्णय नसच्याएसम्म हामी केन्द्रीय समितिको बैठकमा सहभागी हुँदैनौं। उहाँले देखा जायगा भनेर निर्णय गरेपछि हामीले पनि देखा जायगा त भन्नु नै पर्‍यो। निर्णय सच्चाउन वाध्य पार्छौ। निर्णय सच्चाउनु भनेको फिर्ता हुनुपर्ने नै हो। एकतर्फी भएको निर्णयमा २०७७ फागुनमा महाधिवेशन गर्ने भनिएको छ। हामीले मंसिरमा गर्ने प्रस्ताव गरेका छौं। मंसिरमा प्रस्ताव गर्नुको अर्थ कुनै अस्वभाविक घटनाक्रम भएमा सार्न सकिन्छ भन्ने हो। फागुनको कार्यतालिका राख्दा संविधानमा टेकेर छ महिना थप्ने अवस्था आउँछ। समयभित्रै महाधिवेशन गर्न सकौं भनि मंसिरको प्रस्ताव गरिएको हो।

बहुमतको आधारमा विधानका धाराहरु निलम्बन गरिएको छ। शेरबहादुर देउवाले खल्तिबाट निकालेर क्रियाशील सदस्यता जसलाई दिए पनि हुने गरि विधानका धारा निलम्बन गरिएको छ। त्यसो हुँदा महाधिवेशन स्वच्छ र निष्पक्ष कसरी हुन सक्छ?

बहुमतको आधारमा विधानका धाराहरु निलम्बन गरिएको छ। शेरबहादुर देउवाले खल्तिबाट निकालेर क्रियाशील सदस्यता जसलाई दिए पनि हुने गरि विधानका धारा निलम्बन गरिएको छ। त्यसो हुँदा महाधिवेशन स्वच्छ र निष्पक्ष कसरी हुन सक्छ? फेरि पार्टी सभापति हुन अहिले विधानका धारा  निलम्बन गरिएको देखिन्छ। सभापतिले जसलाई मन लाग्यो उसलाइ क्रियाशील सदस्यता प्रदान गर्ने, अनि हामी १४ औं महाधिवेशनमा जाने हुँदैन। पार्टीमा बहुमतका आधारमा गर्नुपर्ने विषय पनि छन्। तोकिएको समयमा महाधिवेशन नहुने अवस्था आए अन्तिम विकल्पका रुपमा विधान निलम्बन गर्ने हो। तर, प्रक्रिया नै सुरु नगरि विधानका धारा निलम्बन गरिएको छ। बहुमत छ भन्दैमा जे पनि पारित गर्न त पाइँदैन। राजनीतिक धर्म छोड्न हुँदैन।  

कांग्रेसमा कस्तो देखिएको छ भने गल्ति गर्ने व्यक्तिलाई पनि उस्तै मुल्यांकन गर्ने र गल्ति गर्न हुँदैन भन्नेलाई पनि उस्तै बुझिएको छ। झगडा गर्छन् भन्ने आरोप आउँछ। व्यवस्थित पार्टी बनाउन कोही न कोहीले आवाज उठाउनु त पर्‍यो नि। आवाज उठाएको जायज छ कि छैन त्यो पो हेर्नुपर्छ। पार्टीलाई ठिक ट्रयाकमा ल्याउन, व्यवस्थित गर्न, संस्थागत रुपमा बढाउन, चुनौतीसँग सामना गर्न सक्ने प्रभावशाली पार्टीको रुपमा रुपान्तरण गर्ने प्रयास झगडा होइन। धर्म गर्ने पापी एकै ठाउँ भनेजस्तो गर्न भएन। उठाएको कुरा नाजायज छ भनेमात्रै झगडा हो। पुराना नेताको भिजनअनुसार त पार्टी चल्नु प¥यो। परम्परा, विधानलाई ख्याल गर्न हाम्रो आग्रह हो।

nimb
nimb
Ncell 2
Ncell 2

तरुण दलको संसोधित विधानलाई देउवा पक्षले अस्वीकार गरेको छ। नेविसंघ कार्यकर्ता केन्द्रीय कार्यालयमा अनशनमा छन्। भ्रातृ संस्था ठीक रुपमा परिचालित नहुनको कारण नै मुल नेतृत्व हो। १२ औं महाधिवेशनका लागि नेविसंघको संसोधित विधानअनुसार जिल्ला अधिवेशन भएका छन्। विधानकै स्पिरिट अनुसार नेविसंघको तदर्थ समिति बन्नुपर्छ। 

 नेतृत्वमा सही व्यक्ति नभएकाले भ्रातृ संस्था, शुभेच्छुक संस्था सही रुपमा परिचालन हुन सकेका छैनन्।

‘महाधिवेशनका लागि संस्थापनइतरको बेष्ट टीम आउँछ’

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई सभापति बनाउन हामी खुलेआम लागेकै हौं। लोकतान्त्रिक प्रक्रियाअनुसार सभापतिमा शेरबहादुर देउवाले जित्नुभयो। बहुमतको आधारमा सभापतिमा चुनिनु भएका देउवाले पार्टीलाई अझ राम्रो गराउनु होला भनेर ढुक्क थियौं। 

अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी त उहाँले चलाउन सक्नुभएन नि। पार्टी विधानले निर्देशित गरेका काम, कर्तव्य अधिकार पालना गर्न सक्नुभएन। महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका विभाग गठन भइसक्नुपर्ने थियो। नियमित महाधिवेशन हुने समय आउँदो फागुन हो। हालसम्म पनि सहमतिका आधारमा विभाग गठन गर्न सक्नुभएको छैन। पार्टीको विधानले निर्देशित गरेको न्युनतम काम पनि सभापतिले गर्न सक्नुभएन।

सभापतिलाई प्राप्त अधिकार कार्यान्वयनका लागि पार्टीभित्रको विपक्षले गर्न नदिएको उहाँले आरोप लगाउनुहुन्छ। प्रक्रिया अवरुद्ध कसले गर्ने भन्ने त पुस ११ को निर्णयले देखाएको छ। निर्वाचित सभापतिको हैसियतले सबैलाई समेटेर एकीकृत कांग्रेसको नेतृत्व देउवाले दिन सक्नुभएन। लोकतान्त्रिक पार्टीले आफ्नो दायित्व लोकतान्त्रिक प्रक्रियाबाटै गर्नुहोला भनि हामीले सोचेका थियौं।

नेपाली कांग्रेसको विगतको परम्परा लोकतान्त्रिक मुल्य मान्यतामा आधारित हो। संघर्षशील इतिहास भएको पार्टीको हालको कार्यशैली ठिक छैन।

अहिले लोकतन्त्र बचाउने अवस्था आएको छ। संघीयता कार्यान्वयनका लागि वर्तमान सरकारले जुन रुपमा केन्द्रित हुनुपर्ने हो, त्यस्तो गम्भीर देखिएको छैन। तीनै तहका सत्तारुढ दलका जनप्रतिनिधिको अभिव्यक्ति सुन्दा संघीयता अप्ठ्यारोमा परेको देखिन्छ। संविधानको भावना विपरितका विधेयक संसदमा दर्ता भइरहेका छन्।

सक्षम बनाउन कांग्रेसलाई पूर्ण रुपान्तरण गर्नुपर्छ। त्यो समयको माग हो। पार्टीलाई संस्थागत विकास गर्नुपर्छ। पार्टी संस्थागत भएन भने आउँदो दिनको चुनौती कांग्रेसले थेग्न सक्दैन। संस्थागत हुनलाई सबै तहका नेता कार्यकर्ताले विधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ। 

संसदीय समितिमा नेकपाको बहुमत भएकाले समितिबाट जबरजस्ती पारित गरिएको छ। जनताले प्रश्न गर्छन्, ‘खै त प्रमुख प्रतिपक्ष दलरु प्रतिपक्ष दलको उपस्थिति सदन र सडकमा सशक्त हुनुपर्ने हो। संसदीय दलका नेताको संसदमा प्रस्तुति नै देखिँदैन। नेकपाले यस्तो बनाइसक्यो, तपाईहरु मिल्न सक्नुहुन्नरु’ आफै आफै झगडा गरेको भन्दै गुनासो गर्छन्।

कांग्रेसलाई ‘ए कांग्रेस’, ‘बि कांग्रेस’, ‘सी कांग्रेस’ नबनाई एकढिक्का बनाएर  अगाडि बढाउनुपर्ने दायित्व सबैको बनेको छ। कांग्रेसमा लामो समय बिताएको अनुभवले सबैभन्दा ठूलो चुनौती हाल देखा परेको महसुस गरेको छु। यसको सामना गर्न पार्टी अलि असक्षम देखिएको छ।

सक्षम बनाउन कांग्रेसलाई पूर्ण रुपान्तरण गर्नुपर्छ। त्यो समयको माग हो। पार्टीलाई संस्थागत विकास गर्नुपर्छ। पार्टी संस्थागत भएन भने आउँदो दिनको चुनौती कांग्रेसले थेग्न सक्दैन। संस्थागत हुनलाई सबै तहका नेता कार्यकर्ताले विधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ। 

‘टावरिङ पर्सानालिटी’ ले विगतमा कांग्रेसको नेतृत्व प्रदान गरेका थिए। त्यस्तो नेतृत्व हाल कांग्रेसको मूल नेतृत्वमा छैन। चुनौती सामना र पार्टीलाई संस्थागत गर्न देउवाको नेतृत्वले सकेन। देउवाको विकल्पमा अर्को पक्षले नेतृत्व आगामी महाधिवेशनमा दिनसक्नुपर्छ। 

देउवाको स्थानमा अर्को नेतृत्व ल्याउनका लागि हामी (संस्थापनइतर) ले ‘बेष्ट’ टीम खडा गर्नुपर्छ। कुनै एक व्यक्तिको बलले मात्रै देउवालाई प्रतिस्थापन गर्न गाह्रो हुन्छ। स्थापित नेताहरुले वैकल्पिक नेतृत्व प्रस्तुत गर्नका लागि एक स्थानमा आउनुपर्छ। देउवाको विकल्पमा अर्को पक्षबाट एक व्यक्तिमात्रै प्रतिस्पर्धा गर्नुपर्नेमा हामी ढुक्क छौं। १४ औं महाधिवेशनका लागि हाम्रो पक्षबाट सभापतिको उम्मेदवार उचित समयमा ल्याउँछौं। शेरबहादुरको एकलौटी कार्यले अर्को पक्षका नेतालाई एक स्थानमा ल्याउन सहयोग पुर्‍याएको छ।

पदको लोभले केही संस्थापनमा जान पनि सक्छन्। तर के हो भने २०१७ सालमा राजाले सत्ता हात लिँदा पनि त गएकै हुन् नि। दुःख, जेलनेल भोग्नेले पछि बहुदलीय व्यवस्था त ल्याए। थाकेकाहरु देउवातिर जान पनि सक्छन्। राजनीति एक दिनको हुँदैन। गर्न सक्नेहरु रहिरहन्छन्।

संसदमा देउवा खै?

संसदमा संसदीय दलको नेता बोलेर पर्ने प्रभाव र अन्य सदस्य बोलेको प्रभाव भिन्न हुन्छ। संघीय संसदमा हरेक मुद्धामा कांग्रेसले आवाज उठाइरहेको छ। तर पनि प्रभावकारी भएको छैन। कारण के त ? जनतामा खै त संसदीय दलको नेता बोलेको भन्ने रहेछ। प्रमुख प्रतिपक्ष दलका नेताकै प्रस्तुति संसदमा नभएकाले कांग्रेस संसदमा कमजोर देखिएको छ। 

तीन तहको निर्वाचन सभापति देउवाकै कार्यकालमा भएको छ। मत परिणामले कांग्रेस कहाँ पुग्यो, सबैलाई विदितै छ। किन पराजित भयो कांग्रेस, केही न केही त कमजोरी पार्टीमा भएर नै हो। निर्वाचन पराजयको जिम्मेवारी पनि लिनुभएन। महिनौं छलफल गराउनुभयो। बृहत छलफल गरेको भनियो। आखिरमा केन्द्रीय कार्यसमितिले जिम्मेवारी लिनुपर्ने भन्नुभयो। पराजयको जिम्मेवारी त मुल नेतृत्वले लिनुपर्ने हो। उहाँले लोकतान्त्रिक अभ्यासलाई समेत मान्नुभएन।

(नेता सिंहसँग लिलु डुम्रेले गरेकाे वार्तामा आधारित)


 

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्