अफिसियल नाम शालिक गिरी। जो बैंकका जागिरे हुन्।
बैंकिङ कामको शिलशीलामा उनी आफ्नो समूहसँग केही दिन अघि रारा/जुम्लातिर घुम्न गएका थिए। सोही क्रममा उनीहरू कालिकोट पुगे। कालिकोटमा एउटा होटलमा पसे। खाना खाने बेलामा एक स्थानीयसँग उनको परिचयात्मक कुराकानी भयो।
‘कहाँ हो सरहरूको घर?’
‘-पोखरा’
‘पोखरामा म पनि पुगेको छु,’ ती स्थानीयले खुसीभावमा भने।
केही वर्षयता पोखरा सम्झनेबित्तिकै मानिसहरू एउटा गीत सम्झन्छन्, ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा...’ उनले पनि अचानक त्यस गीतको प्रसंग निकालिहाले।
त्यो गीतको प्रसंग आएपछि शालिकलाई रमाइलोसँगै उत्सुकता पनि जाग्यो।
सोधे, ‘त्यो गीत कसको थाहा छ तपाईंलाई?’
‘प्रमोद खरेलको,’ उनले उत्साहित हुँदै जवाफ दिए।
‘त्यसो भए यो गीत लेख्ने चाहिँ को रहेछ?,’ शालिकले कोट्याए। ‘पहिले थाहा थियो। अहिले कस्तो बिर्सिएँ,’ उनले अन्कनाउँदै जवाफ दिए।
शालिकले लुकाउन चाहेनन्। त्यो खुसीलाई बाँड्न खोज्दै उनले भने, ‘तपाईंलाई थाहा छ? त्यो गीतको सर्जक अहिले तपाईंकै अगाडि छ।’
शालिकको त्यो रहस्योद्घाटन। जसले ती स्थानीयकोे मुहारमा खुसीका किरण छाए।
‘त्यसपछि उहाँ अत्यन्तै खुसी हुनुभयो। मसँग सेल्फी खिच्नुभयो। सायद फेसबुकमा अपलोड पनि गर्नुभयो होला,’ शालिकले मुस्कुराउँदै भने।
०००
शालिक अर्थात् शीतल गिरी। सिर्जनाको फाँटमा उनलाई शीतल भनेर चिन्नेहरू छन्। ‘बैंकमा काम गर्दा शालिक भनेर परिचित छु। लेखनमा शीतलको नामले चिनिन्छु,’ उनी आफ्नो परिचयबारे प्रस्ट्याउँछन्।
शीतलले रचना गरेको यो गीत एक दशक बित्दासमेत उत्तिकै लोकप्रिय छ। गायक प्रमोदको लोकप्रियता पनि यही गीतबाट उचाइमा पुगेको कतिपयको मत छ।
तर, १० वर्ष यता भने शीतल गुमनाम छन्। आफू गुमनाम हुनुमा बैंकर हुनु पनि एउटा कारण रहेको उनी बताउँछन्। अर्को चाहिँ गीतकारहरू सधैं ओझेलमै पर्ने हुँदा गुमनाजस्तो देखिने उनको भनाइ छ।
‘भनिन्छ नि, गीतकार जरा हुन्, संगीतकार डाँठहरू हुन् र गायकहरू फूल हुन्। मान्छेहरूको सिधा आँखा फूलमा जान्छ। अनि डाँठमा जान्छ र अन्तिममा मात्र जरामा जान्छ,’ शीतल मुस्कुराउँदै भन्छन्।
उसो त जरा हुनुको आनन्द पनि ‘सेलिब्रेटी छवि’को भन्दा कम नभएको शीतलको ठहर छ। भन्छन्, ‘गायकलाई संगत गर्नु अगावै धेरैले चिन्छन्। सर्जकलाई संगत गरेपछि चिन्छन्। यसमा छुट्टै मजा लुकेको छ।’
गीत रिलिजपश्चात्का आजका दिनसम्म ती आनन्द आफूले बटुलिरहेको उनी बताउँछन्।
‘कहिलेकाहीँ केही काम लिएर कतै जाँदा काम नबन्ने अवस्थामा पनि निराश बनेर फर्कनु पर्दैन। त्यतिबेला मभित्रको सर्जकले काम गर्छ,’ उनी भन्छन्।
‘साँझ कोठामा गएपछि उनले मेरो आइडी खोजेछन्। त्यतिबेला प्रोफाइलमा मेरो गीत प्रमोसनकै क्रममा लिइएका तस्बिर थिए। त्यो देखेपछि साथीले त्यो गीतको सर्जक म भन्ने थाहा पाउनुभएछ। अनि मलाई राति नै धेरै खुसी भएर सँगै बस्ने आग्रहका साथ फोन गर्नुभयो,’ शीतलले सम्झँदै भने।
थुप्रै पटक शालिकको असफल प्रयास गीतकार शीतलको नामले सफल भएका छन्। ‘त्यो गीतको सर्जक भनेर थाहा पाएपछि दोहोर्याएर हात मिलाउने, फेरि नमस्कार गर्ने खालका प्रतिक्रिया पाएको छु,’ उनी मुस्कुराउँदै सुनाउँछन्।
०००
गीतसँग जोडिएमा केही घटना शीतलको मानसपटलमा चक्रजसरी घुमिरहने गर्छन्। दश वर्षयता थुप्रै घटनाहरूले उनलाई रोमाञ्चित बनाएका छन्।
एक दिन आफ्नै अगाडि शीतल गिरीको नाम लिएर छाति फुल्याएको ती व्यक्ति सम्झँदा उनलाई हाँसो उठ्छ। एकजना विज्ञापन एजेन्सीका मानिस थिए। उनी विज्ञापनहरू बनाउँथे।
उनीसँग शीतलको पहिलो भेट थियो। शीतल बैंककै कामका शिलशिलामा उनीसँग भेट्न पुगेको थिएँ। त्यतिबेला शीतलसँग उनले भनेका थिए, ‘हामी नयाँ ढंगबाट बैंकको विज्ञापन बनाउँछौं।’
‘तपाईंसँग त्यस्तो कुनै टिम छ,’ शीतलले प्रश्न गरे। ती व्यक्तिले शानका साथ भने, ‘तपाईंले अहिले गीत सुन्नुभएको होला नि मेरो दिल छ पोखरामा’
‘हजुर, सुनेको छु’
‘त्यो हाम्रै भाइको हो। हाम्रो भाइले लेखेको हो त्यो।’
शीतलले अचम्मसित झुट पक्रिए। उनलाई भित्रभित्रै हाँसो उठ्यो। शीतलले हाँसो दबाउँदै सोधे, ‘अहो, मलाई साह्रै भेट्न मन लागेको छ उहाँसँग। भेटाइदिनुस् न!’
‘ठीक छ। एकदिन अनुकूल मिलाएर भेटाइदिउँला नि,’ ती व्यक्तिले निश्चय भावमा भनेँ।
‘त्यतिबेला साह्रै म अचम्मित भएँ। जबकि म उनकै सामु थिएँ र उनले मलाई चिनेका थिएनन्,’ शीतलले भने, ‘त्यो क्षण सम्झँदा मलाई रमाइलो लाग्छ।’
०००
यस्तै अर्को एउटा घटना पनि शीतल सम्झिरहने गर्छन्। अडिटिङको लागि बैंकमा एउटा टिम आएको थियो। त्यो टिमसँग उनको काम थियो। त्यही टिममा एकजना साथी थिए। उनीसँग दिनभर रहँदा शीतललाई थाहा भयो- ती साथीको प्रेमिका पोखरामा रैछिन्।
पोखरा छाड्दाको भित्रैदेखिको पीडा उनले सहन सकेनन्। सायद, पोखरामा उनलाई माया गर्नेहरू छट्पटिएका थिए। ‘त्यतिबेला म नहुँदा कोही छट्पटाएको थियो, मुस्किलको महसुस गरेको थियो,’ उनी सम्झन्छन्, ‘त्यही मुस्किल दुवैतर्फ भयो। अनि लेखेँ मैले यो गीत,’ शीतलले विगतका गाँठो फुकाए।
त्यतिबेला साथीले विछोडको महसुस गरेका रहेछन्। साँच्चै कोही मान्छेलाईं मुस्किल भएकै बेला थियो त्यो। ती साथीको प्रिय गीत पनि ‘मुस्किल छ पोखरामा’ नै रहेछ। शीतलले साथीको ल्यापटपमा गीत देखेपछि पत्तो पाए।
आफ्नो गीत अरुको ल्यापटपमा देखेपछि सर्जक शीतललाई रमाइलो लागेछ नै। तर, उनले आफू सर्जक भएको कुरा साथीलाई भनेका थिएनन्।
जब ती साथीले फेसबुकमा साथी बन्न आग्रह गरे। तब, उनले आफ्नो आइडी बताए।
‘साँझ कोठामा गएपछि उनले मेरो आइडी खोजेछन्। त्यतिबेला प्रोफाइलमा मेरो गीत प्रमोसनकै क्रममा लिइएका तस्बिर थिए। त्यो देखेपछि साथीले त्यो गीतको सर्जक म भन्ने थाहा पाउनुभएछ। अनि मलाई राति नै धेरै खुसी भएर सँगै बस्ने आग्रहका साथ फोन गर्नुभयो,’ शीतलले सम्झँदै भने।
पछि ती साथीले शीतलसँग धेरै कुराहरू खुसीसाथ सेयर समेत गरेछन्। ‘अहिले उनी अष्ट्रेलिया छन्। तर, पनि हामीबीचको आत्मीयता नजिक छ,’ उनले भने।
०००
गीतका किस्साहरूबारे सुनाइरहँदा शीतल ती दिन सम्झन्छन्। जुन दिनहरूमा उनले गजल लेखेका थिए। त्यतिबेला पोखरा छाडेर उच्च शिक्षाको लागि उनी काठमाडौं पुगेका थिए।
कीर्तिपूर बस्थे त्यतिखेर।
पोखरा छाड्दाको भित्रैदेखिको पीडा उनले सहन सकेनन्। सायद, पोखरामा उनलाई माया गर्नेहरू छट्पटिएका थिए। ‘त्यतिबेला म नहुँदा कोही छट्पटाएको थियो, मुस्किलको महसुस गरेको थियो,’ उनी सम्झन्छन्, ‘त्यही मुस्किल दुवैतर्फ भयो। अनि लेखेँ मैले यो गीत,’ शीतलले विगतका गाँठो फुकाए।
लेखेपछि उनले अनामण्डलीमा गजल सुनाउन पुगे। बहरको लहर चलेको त्यो समयमा गैरबहरमा लेखिएको त्यो गजलले धेरैको प्रशंसा बटुल्यो।
बैंकको जागिरले पनि सिर्जनामा समय नभएको उनको समीक्षा छ। ‘बैंकिङमा म निकै घोटिएर लागेँ। अध्ययन गर्न खोज्दा समय नै नमिल्ने,’ उनी चिन्तित देखिन्छन्, ‘एउटा स्रष्टालाई जागिरे जीवन बन्धन हुँदो रहेछ।’
०६४ मंसिरपछि शीतल पोखरामै रहे। पोखरामा चलचित्र महोत्सवताका, गीतकार विपीन किरण र संगीतकार महेश खड्का पोखरा पुगेका थिए। साँझ कार्यक्रम सकेर उनीहरू शीतलको गाउँ काँसिकोट पुगे।
घर पुगेर साँझ सुत्ने बेलामा विपीनले महेशलाई भने, ‘दाइ शीतलसँग गजबको गजल छ। सुनौं न।’ महेशले उत्सुकताका साथ भने, ‘ ल सुनौं न त।’
त्यसपछि शीतलले त्यो गजल सुनाए।
त्यो गजल महेशलाई निकै मन पर्यो। अनि टेबुल ठटाएर तत्कालै एउटा संगीतको लय दिए। केही महिनापछि शीतल काठमाडौं गएको बेला महेशले आफूले गीत कम्पोज गरेको सुनाए।
तैपनि लामो समयसम्म गीत रेकर्ड भएको थिएन।
०००
०६७ को बैसाखमा गीत रिलिज भयो।
रिलिजपश्चात् गीत जसरी चर्चामा आयो त्यो कसैको अपेक्षा नै थिएन।
‘स्थानीयताको हिसाबमा पोखरालाई मात्र छोएको कारणले बाहिर त्यो गीतले त्यस्तो छुन्छ जस्तो लागेको थिएन। त्यो बेलामा म्युजिक प्याट्रन र एरेन्जमा पनि नौलो प्रयोग भएकाले चल्छ कि भन्ने अनुमान मात्र थियो। तर त्यो भ्रम रहेछ। अझ पोखराबाट बाहिर बसेकाहरूले र पोखरा छाडेर गएकाहरूले बढी रेस्पोन्स दिए,’ शीतलले सुनाए।
म्युजिक भिडियोको प्रिमियर सो पौरखमा भएको थियो। त्यो सकेर गीतको टिम खाना खान लेकसाइड पुगेको थियो। टिममा गायक प्रमोद खरेल पनि थिए।
प्रमोदले त्यतिबेला भित्रैदेखि खुसी हुँदै शीतललाई धन्यवाद दिए, ‘कस्तो राम्रो लेख्नुभयो तपाईंले।’
‘प्रमोदको त्यो आत्मीयताले मलाई धेरै भावुक बनाएको थियो,’ शीतलले सुनाए।
०००
त्यो गीतको लोकप्रियता त चुलियो। तर, त्यसलाई नयाँ सिर्जनामार्फत् ब्रेक गर्न सकेका छैनन् उनले। भन्छन्, ‘यो गीत एकदमै परिपक्व ढंगले बनेको छ। त्यही किसिमले तयार गर्नलाई वास्तवमा मैले पछिका दिनमा काम नगरेकै हो। त्यो मैले स्वीकार्नुपर्छ।’
नयाँ गीत रेकर्ड भए पनि त्यो सफलता हासिल नगरेको उनलाई स्वीकार्य छ। ‘रेकर्ड पनि भइरहेका छन्। कतिपय प्रमोसन भइरहेका छैनन् त कतिपय आफैंलाई चित्तबुझ्ने गरी रेकर्ड भएका छैनन्,’ शीतल सुनाउँछन्।
बैंकको जागिरले पनि सिर्जनामा समय नभएको उनको समीक्षा छ। ‘बैंकिङमा म निकै घोटिएर लागेँ। अध्ययन गर्न खोज्दा समय नै नमिल्ने,’ उनी चिन्तित देखिन्छन्, ‘एउटा स्रष्टालाई जागिरे जीवन बन्धन हुँदो रहेछ।’
तर, अब भने नियमति सिर्जनामा लाग्ने उनको अठोट छ। उनले उपन्यास पनि लखिरहेका छन्। केही समयपछि पाठकले शीतलको उपन्यास पढ्न पाउने कुरामा उनी आश्वस्त समेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।