• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वनमा स्थानीय सरकारदेखि संघसंस्थासम्मको वक्रदृष्टि

अतिक्रमण हटाउँदा राजनीतिक दबाब
64x64
नेपाल लाइभ शनिबार, पुस १२, २०७६  ११:३०
1140x725

धनगढी- कैलालीको गोदावरी नगरपालिका- ३ का काले भुललाई सबडिभिजन वन कार्यालय, अत्तरियाले पक्राउ गर्‍याे। पक्राउसँगै कालेले सामुदायिक वनमा निर्माण गरेको टहरा भत्काइयो। तर, उनले सोही ठाउँमा पुनः झुपडी मात्रै बनाएनन् जंगल फाडेर खेतबारी समेत बनाए। 

पाँच दिनअघि सुरक्षा महिला सामुदायिक वनमा टहरा निर्माण गरेका सोही क्षेत्रका चन्द्र भुललाई पनि सबडिभिजन वन कार्यालय अत्तरियाले पक्राउ गरी कारबाही प्रक्रियाअघि बढाएको छ। उनी अहिले प्रहरीको नियन्त्रणमा छन्।

गोदावरी नगरपालिका गाइमारा क्षेत्रमा निर्माण गरिएका छ वटा टहरा सबडिभिजन वन कार्यालय अत्तरियाको टोलीले भत्कायो। तर, अहिले सो क्षेत्रमा धर्मराज भट्टले टहरा निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेका छन्। कैलालीको गोदावरी नगरपालिकाका विभिन्न स्थानमा वन तथा ऐलानीपर्ति जमिन अतिक्रमण गरेर घरटहरा वनाउने, वन कार्यालयले हटाउने र फेरि अतिक्रमण हुने क्रम जारी रहेको छ।

डिभिजन तथा सबडिभिजन वन कार्यालयहरुले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण हटाउने कार्य जारी राखे पनि अतिक्रमणकारीहरु हावी भइरहेका छन्। सबडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले भने, 'गोदावरीको गाइमारा क्षेत्रमा भएको अतिक्रमण हटाउन खोज्दा राजनीतिक दबाब बढ्यो।'

सबडिभिजन वन कार्यालय अत्तरियाले केही दिनअघि 'एक हप्ताभित्र वन क्षेत्र अतिक्रमण छोड्न' सूचना जारी गरेको थियो। कार्यालयले अतिक्रमण हटाउन सूचना जारी गरे पनि हुस्सु तथा शीतलहरका कारण अभियानलाई जारी गर्न नसकिएको जनाइएको छ। 

सबडिभिजन वन कार्यालय प्रमुख यादवले भने, 'शीतलहर र हुस्सु बढेकोले हामीले व्यवहारिक रुपमा अतिक्रमण हटाउने अभियानलाई रोकेका छौं। हुस्सु र शीतलहर कम भएपछि फेरि अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिन्छौं।' उनले गोदावरी क्षेत्रमा नयाँ तथा पुराना अतिक्रमण हटाउन स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयलगायतको साथ र सहयोग आवश्यक रहेको बताए।

मलाई मात्र हटाउने प्रयास भयो: भुल
२०६२ सालदेखि गोदावरी नगरपालिका- ३ को चौकीडाँडा सामुदायिक वन क्षेत्रमा काले भुलले वन अतिक्रमण गरेर घर तथा खेतबारी बनाएका छन्। उनीसँगै बाढीपीडित परिवारले सो वनभित्र तीन घर निर्माण गरेका छन्। कालेले खेतबारी विस्तार गरेसँगै बाढीपीडितले पनि झुपडी घर निर्माण गर्दै आफ्नो जग्गा क्षेत्र विस्तार गरिरहेका छन्। अहिले सो वनभित्र मोहन सुनार, शम्भु सुनार र राम सार्की बसेका छन्।

दुई पटक वन मुद्दा खेपेका कालेलाई अहिले घर हटाउन सबडिभिजन वन कार्यालय अत्तरियाले सूचना जारी गरिसकेको छ। सूचना जारी भएपछि कालेले सञ्चारकर्मीसँग भने, 'मलाई मात्र हटाउने प्रयास गरियो, अरुलाई हटाइएको छैन।' उनले त्यहाँ निर्माण गरिएको पक्की भवन देखाउँदै भने, 'वनभित्रै सटरसहितका भवनहरु निर्माण भइरहेका छन्।'

Ncell 2
Ncell 2
nimb
nimb

चौकीडाँडा सामुदायिक वन क्षेत्रमा करिब १७ कट्ठा सोही क्षेत्रमा निर्माण भएको शिव मन्दिरको नाममा रहेको छ। अन्य क्षेत्रमा भने मन्दिरकै नाममा पक्की भौतिक संरचना निर्माण गरी बस्ती विस्तार भएको छ।

२०६२ सालअघि साविकको मालाखेती गाविस ओलानीमा बस्दै आएका काले बसाईसराई गरी सो क्षेत्रमा आएका थिए। सुरुमा शिव मन्दिरकै जग्गामा टहरा निर्माण गरेर बसेका उनीपछि चौकीडाँडा सामुदायिक वनमा बसेका हुन्। तत्कालीन सामुदायिक वनका अध्यक्ष मोहन खत्रीको पहलमा भुललाई सो वन क्षेत्रमा राखिएको बताइन्छ।

गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसँग उनले विद्युत् लाइन विस्तारको माग गर्दा यो विवाद उजागर भएको हो। कालेले भने, 'वडाध्यक्षसँग विद्युत् लाइन उपलब्ध गराइदिन सिफारिस माग गर्न जाँदा पैसा माग गरियो। मसँग नभएकाले अहिलेसम्म अन्धकारमा बस्न बाध्य छु।'

Xtrem

Xtrem

स्थानीय तहदेखि संघ संस्थासम्मको बक्र दृष्टि 
चारैतिर रुख। वरिपरि पर्खाल लगाएर छेकबार गरिएको छ। यो सामुदायिक वनको संरक्षणका लागि गरिएको छेकबार होइन, गोदावरी नगरपालिकाले खेल मैदान निर्माणका लागि बनाएको पर्खाल हो। पर्खालको एक छेउमा गेट निर्माण गरिएको छ। गेटबाट भित्र पसेपछि सामुन्ने दुईवटा पोलहरु ठड्याइएको देखिन्छ। भित्र ठूला रुखसँगै बुट्यानहरु पनि छन्।

गोदावरी नगरपालिका वडा नम्बर २ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रभित्र नगरपालिकाले खेलमैदान निर्माण गर्नका लागि आर्थिक वर्ष २०७४/०७५ देखि नै पहल गरिरहेको छ। ‘वनको १२ बिघा जग्गामा नगरपालिकाले खेलमैदान बनाउन पर्खाल र गेट निर्माण गरिसकेको छ’ नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले भने, 'ब्याडमिन्टन, भलिबल कोर्टसँगै आन्तरिक खेलका लागि हल निर्माण गर्न बजेट विनियोजन गरिएको छ।'

गोदावरी नगरपालिकाले तीन करोड ७५ लाख रुपैयाँको लागमतमा खेलमैदान निर्माण गर्ने योजना अघि बढाएको जनाइएको छ। नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा खेलमैदान निर्माणमा ८० लाख रुपैया बजेट विनियोजन गरेकोमा ३० लाख रकम रुपैयाँ खेलमैदानलाई आवश्यक पर्ने जग्गा संरक्षण, पर्खाल र गेट निर्माणमा खर्च भएको बताइएको छ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा खेलमैदानमा हल निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरे पनि खर्च हुन सकेन। गत वर्ष रकम खर्च हुन नसकेपछि नगरपालिकाले पुनः आर्थिक वर्ष २०७६/७७ मा ‘अत्तरियामा खेलकुद रंगशाला निर्माण’ शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ।

‘जग्गा आफनो स्वामित्वमा नलिएर सरकारी रकम खर्च गर्न नपाइने प्रावधान रहेको छ,’ डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने, 'तर, गोदावरी नगरपालिकाले सामुदायिक वनको जग्गामा सरकारी रकम खर्च गरेको छ।' उनले गोदावरी नगरपालिकाले निर्माण गरेको पर्खाल र गेट डिभिजन वन कार्यालयले छिट्टै भत्काउने बताए।

गोदावरी नगरपालिकामात्र होइन अत्तरिया उद्योग वाणिज्य संघ, प्रदेश ट्राफिक कार्यालय, नेपाल रेडक्रस सोसाईटी उपशाखा अत्तरिया, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस लगायतका विभिन्न निकाय तथा संघ-संस्था, मन्दिर, गुम्वाले समेत भवनसहितका भौतिक संरचना निर्माणका लागि दुर्गालक्ष्मी सामुदायिक वनमा अतिक्रमण गरिरहेका छन्।

डिभिजन वन कार्यालय प्रमुख कँडेलले भने, 'कैलाली जिल्ला विगतदेखि नै तीव्र अतिक्रमणको चपेटामा परेको जिल्ला हो, तर, अहिले नयाँ अतिक्रमण हुन नदिन कार्यालयले अतिक्रमण हटाउन अभियान सञ्चालन गरेको छ।' उनका अनुसार दुर्गालक्ष्मी सामुदायिक वनमा भएका भौतिक संरचनाहरू भत्काउन इलाका वन कार्यालयसँग पत्राचार गरिसकिएकाे छ।

उनले अहिले वन क्षेत्र संरक्षण गर्न निकै चुनौति थपिएकाे बताए। उनले भने, 'जिल्लाभरीका सबै वन कुनै न कुनै कारणबाट अतिक्रमणमा रहेका छन्। कतै सुकुम्वासी, कतै मन्दिर, कतै संघ-संस्थाका भवन, कतै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालय वनभित्रै निर्माण गरिएका छन्। उनले अहिले स्थानिय जनप्रतिनिधीहरूको नजर पनि वन क्षेत्रमै परिरहेको बताए।

'वडा कार्यालय वनाउन होस वा खेल मैदान अथवा कुनै भौतिक संरचना निर्माण गर्न होस्, स्थानीय सरकारहरू वनजंगलमाथि नै रजाई गर्न चाहन्छन्।' उनले भने, 'वन निकायलाई जानकारी नै नदिइ स्थानीय तह वन विनासमा लागि रहेका छन्।'

उनका अनुसार कैलालीमा दुई वर्षअघि २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको थियो। अहिले यो बढेर २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। उनले वन कार्यालयले अतिक्रमित क्षेत्रको नक्सांकन गर्ने काम अघि बढाइरहेको बताए।

बसन्तालाई जैविक मार्गका रुपमा विकास गर्न पहल
कैलालीको मध्यमा रहेको तथा उत्तरदक्षिण फैलिएको बसन्ता वन क्षेत्रलाई जैविक मार्गका रुपमा विकास गर्न पहल थालिएको छ। भारतदेखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता वन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ। पछिल्ला दशकहरुमा बसन्ता वन क्षेत्रमा तीव्ररुपमा मानव बस्ती विस्तार तथा अन्धाधुन्ध रुपमा भौतिक संरचना निर्माण भइरहेकाले जैविक मार्ग र वन्यजन्तुको बासस्थानमा कठिनाइ बढ्दै गएको वन तथा वातावरणविद्हरुले औल्याउादै आएका छन्। 

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलका अनुसार बसन्ता वन क्षेत्र वरिपरि मानव वस्तीको विस्तारसँगै वन्यजन्तुको बासस्थान ह्रास तथा बासस्थानको खण्डीकरण, वन्यजन्तुको ओहोरदोहोरमा अवरोध बढिरहेको छ।

बुधबार डिभिजन वन कार्यालय धनगढीको आयोजना तथा तराई भू–परिधिको सहयोगमा ‘वातावरणमैत्री पूर्वाधार निर्माण सम्बन्धी संरक्षण’ विषयक सरोकारवालाहरुसँगको परामर्श बैठकमा बसन्तामा बढिरहेको मानव गतिविधि र भौतिक संरचना निर्माणबाट थपिँदै गएको समस्याप्रति चिन्ता व्यक्त गरियो।

डिभिजन वन कार्यालय प्रमुख कँडेलले बसन्ता वन क्षेत्रको संरक्षण तथा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न आवश्यक रहेको बताए। कँडेलले पहिलो चरणमा वन डिभिजन कार्यालयले हुलाकी सडकको उत्तर पट्टीको बस्ती हटाउन काम गरिरहेको बताए। उनले वातावरणमैत्री योजना नभएकाले बसन्ता वन क्षेत्रमा हुलाकी राजमार्ग निर्माण कार्य  रोकिएको बताए।

'वातावरणमैत्री भौतिक संरचना निर्माण गर्ने भनेर अहिले हुलाकी सडकको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा रहेको छ।' उनले भने, 'मन्त्रिपरिषद्‌बाट पारित भएपछि त्यस क्षेत्रमा वन्यजन्तु आवातजावत गर्नका लागि ‘अन्डर पास र ओभर पास’ निर्माण गर्ने काम अघि बढ्छ।' उनले सुकुम्वासीहरुलाई जंगल बाडेर वा जंगलमा बसोबास गराएर समस्या समाधान नहुने बताए।

कार्यक्रममा तराई भू–परिधि कार्यक्रमका अधिकृत देवराज जोशीले ‘बसन्ता वनमा बाघको गणना प्रयास गर्दा त्यस क्षेत्रमा बाघ नै नदेखिएको बताए। उनले यसले जैविक मार्ग संरक्षणमा चुनौति बढाएको बताए। उनले बसन्तालाई पुरानै अवस्थामा ल्याउन सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए। ‘विद्यालय, स्वास्थ्य, मानव बस्ती विस्तार, खेल मैदानलगायतका संरचनाका कारण वन्यजन्तु जैविक मार्ग नै मासिँदै गएको छ,’ उनले भने। वन्यजन्तुहरु खेल्ने ताल नजिकै बस्ती बसेर माछापालन गर्ने प्रवृति पनि बढेको उनकाे भनाइ ५ ।

बसन्ता वनको कुल ६९ हजार एक दशमलव २२ हेक्टर वनक्षेत्र संरक्षित छ भने १४ हजार चार सय ३७ दशमलव ६८ हेक्टर जमिन कृषि तथा आवादीमा पर्छ। बसन्ता ८३ हजार चार सय ३८ दशमलव ९ हेक्टरमा फैलिएको छ।

कार्यक्रममा कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले कैलारी गाउँपालिका वातावरणमैत्री भौतिक संरचना निर्माण गर्न कटिवद्ध रहेको बताए। उनले वसन्ता क्षेत्र अतिक्रमणको चपेटामा परेको पनि स्वीकार गर्दै भने, 'अतिक्रमण हटाएर मात्र हुँदैन। त्यहाँ विरुवा रोप्ने, वन संरक्षणका कार्यक्रम अघि बढाउन पनि आवश्यक छ।'

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्