• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
नेपाली सेलेब्रिटीको दुःखद पारिवारिक विघटन 
सन्जीव कार्की बिहीबार, पुस १०, २०७६  १५:०८
1140x725

काठमाडौं- विछोड, विरह र वेदनाका गीत जति चल्छन्, त्यति नै चल्छ बिछोडको समाचार पनि। बुधबारमात्रै सम्बन्धविच्छेद गरेका रामकृष्ण ढकाल र निलम शाहको समाचार सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा र अनलाइन पोर्टलमा धेरै खपत भएको शीर्षक सामग्री बन्यो।

धेरै हिँडे बाटोहरु धेरै तरेँ खोला 
आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला 
ओराली लागेको हरिणको चाल भो 
छल गर्‍यो मायाले, छल गर्‍यो मायाले 

अरुको मनोरन्जनका लागि यस्ता विरह बिछोडका करुणरस उत्पन्न गर्ने  गीत गाउने रामकृष्ण ढकाल आज आफैंले गाएको लोकप्रिय , कर्णप्रिय ,चर्चित र मार्मिक गीतको करुणापात्र बनेका छन् नियतिको खेलाले आफूले गाएको गीत आफ्नै जीवनसँग मेल खाने संयोग बन्न पुग्यो । विवाह संयोग हो, तर विवाह बन्धन होइन सम्बन्ध हो। विवाह जबसम्म बन्धनको रुपमा रहन्छ, बुझिन्छ, बुझाइन्छ तबसम्म यो विघटन हुने खतरा रहिरहन्छ। विवाहसम्बन्ध हो, यसलाई सम्बन्धको रुपमा मस्तिस्कमा होइन दिलमा, मुटुमा राखेर जोगाउनुपर्छ।

सम्बन्धलाई मस्तिस्कले जोड्घटाउ गर्‍यो भने यसको दीगोपनमा समस्या निम्तिन्छ। सम्बन्ध हृदयले प्रतिस्थापन गर्नुपर्छ अन्यथा दुर्घटना अवश्यम्भावी रहन्छ। वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु र प्रस्थान भनेकै सम्बन्धविच्छेद हो। मर्यादा, विश्वास र सम्मानको परस्परमा सरोबरी भूमिकाविना आधुनिक युगमा लोग्ने स्वास्नीको सम्बन्ध असफल हुन र दुर्घटनामा पुग्ने कुरा अनौठो लाग्दैन। 

सम्बन्धविच्छेदका समाचार हामीले सुन्दै र सुनाउदै आएका छौं। सेलेब्रिटी हुनुको नाताले कलाकार, साहित्यकार नेता, नायकहरुको निजी जिन्दगी नितान्त व्यक्तिगत कुरा पनि सार्वजनिक हुन्छन्, जुन अभ्यास हाम्रोमा मात्रै होइन संसारभर चासो, खुल्दुली र खोजिनीतिको विषय बन्छ। समाज सेलेब्रिटीहरुबाट अनुकरण गर्न लायक पक्ष र व्यवहार खोज्छ त्यसैले पनि सार्वजनिक सम्पतिको बारेमा चासो, चर्चा, निन्दा, आलोचना, समर्थन, प्रशंसाजस्ता कुराहरु अस्वाभाविक होइन।

प्रेम, विवाह, सम्बन्धविच्छेद नितान्त व्यक्तिगत र निजी मामला हो। तर सेलेब्रिटीहरु समाज र दुनियाँका सार्वजनिक सम्पत्ति हुन्। त्यसैले यिनका बारे उठ्ने जिज्ञासा  समाजका अंग हुन्। सामाजिक उतारचढावका बिम्ब हुन्। सामाजिक लोकलाज, चलनचल्ती, परिवार गठन, विघटन मानक हुन्। यसर्थ यिनको चर्चा परिचर्चा हुन्छ नै।

सम्बन्धविच्छेद गर्दैमा जिन्दगीमा सबै ढोका बन्द हुँदैन, विविध कारणवश वर्तमानमा सम्बन्धबाट अलग भएकाहरुले मनमा तुष बोकेर बसिरहनु पर्छ भन्ने हुँदैन।  आवेश उत्तेजना र क्षणिक निर्णयले बदलिएको जिन्दगीको रथ 'ब्याक' पनि हुनसक्छ। एकबारको जिन्दगी हो पुनः मिलन र मित्रता रहिरहन सक्छ।

सम्बन्धविच्छेद दुर्घटनामात्रै होइन रोचक पनि बन्दोरहेछ भन्ने कुरा चर्चित साहित्यकार सरस्वती प्रतीक्षाको डिभोर्स सेलिब्रेसनलाई हेरेर पनि भन्न सकिन्छ। एकवर्षअघि फेसबुकमा आफ्ना पूर्वपति ठाकुरसँग लन्च गर्दै गरेको फोटो सार्वजनिक गर्दै सरस्वतीले लेखेकी थिइन्, ‘सम्बन्धविच्छेद गरेको चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग लन्च गरियो। सम्बन्धविच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो। सेलिब्रेट गर्न जानियो भने सम्बन्धविच्छेदसमेत एक उत्सव बन्दोरहेछ।’ 

यसबाट के बुझ्न सकिन्छ भने सम्बन्धविच्छेद गर्दैमा जिन्दगीमा सबै ढोका बन्द हुँदैन, विविध कारणवश वर्तमानमा सम्बन्धबाट अलग भएकाहरुले मनमा तुष बोकेर बसिरहनु पर्छ भन्ने हुँदैन।  आवेश उत्तेजना र क्षणिक निर्णयले बदलिएको जिन्दगीको रथ 'ब्याक' पनि हुनसक्छ। एकबारको जिन्दगी हो पुनः मिलन र मित्रता रहिरहन सक्छ। जस्तो सरस्वती र ठाकुरले राख्न सके। तमाम सम्बन्धविच्छेद गरि बाटो अलग गरेकाहरूले ठाकुर र सरस्वतीको अनुसरण आफ्ना सन्तानको खुसी र सुखका लागि पनि गर्नु आवश्यक देखिन्छ।

केही समयअघि चर्चित संचारकर्मी रवी लामिछाने र इशा लामिछानेको पारपाचुके होस् या कमेडी किंगको उपमा पाएका हास्यव्यंग कलाकार मनोज गजुरेल र मीनाको दुई वर्ष अघिको छोडपत्र नेपाली मिडिया र समाजमा तरंग उत्पन्न गर्ने घटना हुन्।

नेपाली सिने जगतका सिद्धहस्त कलाकारदेखि गीतसंगीतका लोकप्रिय साधक पनि सम्बन्ध टुटाउनेहरुको हारमा छन्। भुवन केसी-सुस्मिता, गौरी मल्ल-प्रज्ज्वल, मौसमी मल्ल-धनविक्रम, शिव श्रेष्ठ- गंगा, मनिषा कोइराला-सम्राट,  छवी ओझा-रेखा , छवी-शिल्पा, प्रियंका कार्की-रोचक, सञ्चिता लुइँटेल-काश , रीमा विश्वकर्मा-रोबटलगायत रुपा, रन्जना, सौजन्य, झरनालगायत कलाकारहरु वैवाहिक जीवन असफलताको बिन्दुमा पुर्‍याएर छोडपत्र स्वीकार गर्ने नामहरु हुन्। 

गीतसंगीत क्षेत्रका हस्तीहरु उदितनारायण झा-रन्जना, धिरज राई-छुल्ठिम, अन्जु पन्त-मनोजराज, मिलन अमात्य-मेन्सन विवाहलाई बिछोडमा रुपान्तरण गर्ने कलाकारको रुपमा दर्ज छन्। नेपाली राजनीति र साहित्यमा भने कुन्ता शर्मा र मेघराज नेपाल उर्फ मन्जुल चर्चित छन् विवाहलाई बिछोडमा बदल्न। 

किन हुन्छ विवाह असफल ?

विवाह असफलका एकै कारण र आधार हुँदैनन्।  व्यक्ति र घटना ,परिवेश भूगोल अनुसार कारण र परिणाम आउछन्। त्यसैले यही नै कारण हो भनेर ठोकुवा गर्न सकिन्न। विविध कारण र विविधता पाइन्छ वैवाहिक सम्बन्ध असफल हुनका लागि।

हिजोआज नेपाली समाजमा सम्बन्धविच्छेदका घटना अधिक हुने गरेका छन् । उच्च तनाव अथवा खटपटी एकाघरमा पतिपत्नी सँगै बस्न नसक्नु, पत्नीसँग पति खुसी नहुनु, पतिसँग पत्नी बेखुश बन्नु ,असमझदारीको उच्चतम अवस्था, बाल विवाह, बहु विवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी, मदिरा सेवन ,सम्पत्ति, रोग, सेक्स ,मनोविकार ,निःसन्तान एवं शंकालु भावना, अनियन्त्रित विवाहेतर रसबसलगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ। अनि परिणाम सम्बन्धविच्छेदसम्म पुग्छ । यी उल्लेखित कारण परम्परागतरुपमा रहेका भएका र समाजमा देखिएका उदाहरण  हुन्। यसबाहेक आधुनिक समाजमा आधुनिकीकरणको नाममा हामी जे गरिरहेका छौं या गर्दैछौ, गर्न उद्दत छौं, त्यो पनि विवाह सुखद नबन्ने कारण छन्। 

‘मेरो शरीर मेरो मर्जी’ भनेर यौनिक स्वतन्त्रतालाई असीमित र अपरिमित बनाउने व्यवहार। विवाहेतर सम्बन्ध। अनियन्त्रित सेक्सको भोक।  सेक्स व्यवस्थापनमा अनुशासनहीनता, सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी आदिका कारण पनि सम्बन्ध ब्रेकका आधारहरु बनेको र भएका यत्रतत्र उदाहरण छन्। पूँजीवादी समाजमा चरम उपभोक्तावादी संस्कृतिका कारण पनि नारीलाई भोग्य वस्तुको रुपमा मात्रै बुझ्ने हुँदा पनि नारी बिद्रोहमा पुग्छे र वैवाहिक जीवनमा खटपट सुरु हुन्छ। लगातारको खटपट अन्ततः पारिवारिक विघटनमा अनुवाद बन्छ।

आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन्। बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ।

वैवाहिक सम्बन्धलाई परिभाषित गर्ने, हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन पनि सम्बन्धविच्छेदको अर्को कारण हो। हिजो श्रीमान–श्रीमती भएपछि जसरी पनि मिलेर बस्नुपर्छ, सहनुपर्छ भन्ने बाध्यात्मक सामाजिक बन्देज थियो। आज समाज खुला छ। स्त्रीलाई गरिने दमन र दुव्र्यवहार अपराधको श्रेणीमा पर्छ। अतः महिलाहरु सबै सहेर बस्न सक्दैनन् र महिला अधिकार र मुक्तिको कारण पनि बलजफ्ती सम्बन्ध कायम गर्ने अवस्था छैन।  

त्यसैले पनि आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन्। बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ। महिलाहरु पनि पढेलेखेका र शिक्षित छन्। रोजगारी पाउछन्।  पतिको आयआर्जनमा नै निर्भर हुने अवस्थामा कमी आएको छ। घर भत्कन लागेको अवस्थामा घर छाड्ने , त्याग्ने वातावरण क्रमशः, महिलामैत्री बनेको छ। 

टिक्न नसक्ने अवस्था छ भने लोकलाजका लागि घर परिवारको प्रतिष्ठाका लागि नारी सहनशील भएर नै बस्नु पर्छ भन्ने मान्यतामा व्यापक बदलाव आएको छ। त्यसैले नारी विद्रोहको चेत कानुनको फेरो समाउन पुग्छ र सम्बन्धविच्छेद बन्छ। यतिमात्रै होइन अहिले नयाँ कानुनी प्रावधानका कारण पनि पुरुषले चाहेमा सम्बन्धविच्छेद हुनसक्छ, जसका कारण पुरुष पनि इज्जत प्रतिष्ठाको नाममा पत्नीबाट पीडित बनेर बस्न चाहदैन र मुक्ति चाहन्छ यो अर्को कारण हो सम्बन्धविच्छेदको। 

कारणसहित भएका र हुने सम्बन्धविच्छेद स्वाभाविक भए पनि क्षणिक आवेग, उत्तेजना र भूलको कारणलाई अलिकति पनि सहेर कम्प्रोमाइज गर्न नसक्ने जुन संस्कार र व्यवहार पैदा भएको छ त्यो अत्यन्त डरलाग्दो समाज र परिवार विघटनको संकेत हो। हाम्रो पूर्वीय विवाह संस्कार र संस्कृति अनि संस्थामाथि नै अविश्वास गरेर विवाह संस्थाको औचित्य माथि नै प्रश्न उठन थालेको छ जसको निराकरण गर्न समाजशास्त्रीय , मानवशास्त्रीय विश्लेषण खोज र अनुसन्धान जरुरी देखिन्छ। सम्बन्धविच्छेद किन साधारण लाग्छ। विच्छेद असामान्य ढंगले वृद्धि भएको छ, सोको लेखाजोखा अनिवार्य हुनुपर्छ।

सम्बन्ध घटना र कारणका आधारमा जोडिन्छ, तोडिन्छ तर अहम र इगो अनि स्टारडमको भावनाले तोडिनु निश्चय नै शुभसंकेत होइन। सामान्य विवाद, भुल अनि कमजोरीलाई आपसमा मन माझेर मिलाउन नसक्दा हुने गम्भीर घटना र सम्बन्धमै पूर्णविराम लाग्ने स्थितिबारे चिसो दिमागले सोच्नु र बुझ्नु अति आवश्यक हुन्छ। सम्बन्ध यसकारण पनि टिकाउनु र बचाउनु पर्छ ताकि आफ्नो सामान्य भूलको शिकार आफ्ना बालबालिका र सन्तान नबनुन्।  जीवनभर पश्चातापमा जल्ने परिस्थिति सिर्जना नहोस्।

सम्झौताको करारनामा जसले तोडे पनि आखिर दुर्घटना हुने हो। कहिलेकाहीँको थोरै असमझदारी र सानो भुल तन्काउने, अल्झाउने, बल्झाउने गरियो भने त्यसको परिणाम अकल्पनीय बन्छ। समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्‍याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ।

सम्बन्धविच्छेद हुनु भनेको जीवनको संगतिमा खलल पुग्नु हो। जिन्दगीको लय विश्रृंखलित हुनु हो। समाजमा नूर गिर्नु हो। मानसिक आघात निम्तनु हो। समस्या अभाव र अविश्वासको खाडल बन्नु हो। कलिला बालबालिकाको मन मस्तिस्कमा भय , डर त्राशको छाप जीवनभर रहनु हो। जिन्दगी समस्याग्रस्त बन्नु हो। अर्को भरपर्दो जीवनसाथी नमिल्न पनि सक्छ। मिलेन भने जिन्दगीको रथ एकलकाँटे हुनेछ। समग्रमा सामाजिक जनजीवन चकनाचुर हुनेछ। जिन्दगीको बज्रपात सहनुभन्दा सामान्य असमझदारीलाई सरलीकृत गरि विश्वास दिनु र दिलाउँदा जिन्दगीको दौड जितिन्छ।

 हाम्रो पूर्वीय विवाह प्रणाली अरुभन्दा कम खोटरहित छ। हाम्रो सभ्यता संस्कृति र मान्यता पश्चिमाको भन्दा अब्बल छ।  आधुनिकताको नाममा परसंस्कृति ग्रहणका कारण पनि धेरै समस्या पैदा भएका छन्। आफ्नो मौलिकता र स्वत्व गुमाउदै जाँदा भोलि समाज आजको रुपमा नरहन सक्छ, परिवार तीव्रतर गतिमा विघटनमा जानु ठिक होइन। यसको असर समाज र देशलाई पर्छ। तसर्थ विवाह एक सम्झौता पनि हो। यसको सम्झौता भंग गर्ने छुट दुवैलाई छैन।

सम्झौताको करारनामा जसले तोडे पनि आखिर दुर्घटना हुने हो। कहिलेकाहीँको थोरै असमझदारी र सानो भुल तन्काउने, अल्झाउने, बल्झाउने गरियो भने त्यसको परिणाम अकल्पनीय बन्छ। समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्‍याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ। प्रेम, विश्वास र सदभावले मृत्युलाई जित्न नसके पनि मृत्युलाई पछाडि धकेल्न सकिन्छ भने सम्बन्धमा विजय हासिल गर्न प्रेम, विश्वास र सद्भावलाई सहयोगी र सूत्रबद्द हतियार बनाउँन सकिन्छ। 

बारम्बारको भुल क्षमायोग्य हुँदैन। तर सामान्य भूललाई इगोको मात हालिदियो भने त्यसले निम्त्याउने परिणाम आफ्नो दुःखको कारण बन्ने पक्का छ। डिभोर्स ह्याप्पी इन्डीङ हुँदैन। कसैगरी रामकृष्ण ढकालको गीत र नियति झैँ आफ्नैसँग बिछोडिएर बस्ने दुर्भाग्य नहोस् कसैको। बाटो सबै सजिला कहाँ हुन्छन् र हिड्न?

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो मंगलबार, असार १७, २०८२
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्