• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाली सेलेब्रिटीको दुःखद पारिवारिक विघटन 

सन्जीव कार्की बिहीबार, पुस १०, २०७६  १५:०८
1140x725

काठमाडौं- विछोड, विरह र वेदनाका गीत जति चल्छन्, त्यति नै चल्छ बिछोडको समाचार पनि। बुधबारमात्रै सम्बन्धविच्छेद गरेका रामकृष्ण ढकाल र निलम शाहको समाचार सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा र अनलाइन पोर्टलमा धेरै खपत भएको शीर्षक सामग्री बन्यो।

धेरै हिँडे बाटोहरु धेरै तरेँ खोला 
आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला 
ओराली लागेको हरिणको चाल भो 
छल गर्‍यो मायाले, छल गर्‍यो मायाले 

अरुको मनोरन्जनका लागि यस्ता विरह बिछोडका करुणरस उत्पन्न गर्ने  गीत गाउने रामकृष्ण ढकाल आज आफैंले गाएको लोकप्रिय , कर्णप्रिय ,चर्चित र मार्मिक गीतको करुणापात्र बनेका छन् नियतिको खेलाले आफूले गाएको गीत आफ्नै जीवनसँग मेल खाने संयोग बन्न पुग्यो । विवाह संयोग हो, तर विवाह बन्धन होइन सम्बन्ध हो। विवाह जबसम्म बन्धनको रुपमा रहन्छ, बुझिन्छ, बुझाइन्छ तबसम्म यो विघटन हुने खतरा रहिरहन्छ। विवाहसम्बन्ध हो, यसलाई सम्बन्धको रुपमा मस्तिस्कमा होइन दिलमा, मुटुमा राखेर जोगाउनुपर्छ।

सम्बन्धलाई मस्तिस्कले जोड्घटाउ गर्‍यो भने यसको दीगोपनमा समस्या निम्तिन्छ। सम्बन्ध हृदयले प्रतिस्थापन गर्नुपर्छ अन्यथा दुर्घटना अवश्यम्भावी रहन्छ। वैवाहिक जीवनको असफलताको अन्तिम बिन्दु र प्रस्थान भनेकै सम्बन्धविच्छेद हो। मर्यादा, विश्वास र सम्मानको परस्परमा सरोबरी भूमिकाविना आधुनिक युगमा लोग्ने स्वास्नीको सम्बन्ध असफल हुन र दुर्घटनामा पुग्ने कुरा अनौठो लाग्दैन। 

सम्बन्धविच्छेदका समाचार हामीले सुन्दै र सुनाउदै आएका छौं। सेलेब्रिटी हुनुको नाताले कलाकार, साहित्यकार नेता, नायकहरुको निजी जिन्दगी नितान्त व्यक्तिगत कुरा पनि सार्वजनिक हुन्छन्, जुन अभ्यास हाम्रोमा मात्रै होइन संसारभर चासो, खुल्दुली र खोजिनीतिको विषय बन्छ। समाज सेलेब्रिटीहरुबाट अनुकरण गर्न लायक पक्ष र व्यवहार खोज्छ त्यसैले पनि सार्वजनिक सम्पतिको बारेमा चासो, चर्चा, निन्दा, आलोचना, समर्थन, प्रशंसाजस्ता कुराहरु अस्वाभाविक होइन।

प्रेम, विवाह, सम्बन्धविच्छेद नितान्त व्यक्तिगत र निजी मामला हो। तर सेलेब्रिटीहरु समाज र दुनियाँका सार्वजनिक सम्पत्ति हुन्। त्यसैले यिनका बारे उठ्ने जिज्ञासा  समाजका अंग हुन्। सामाजिक उतारचढावका बिम्ब हुन्। सामाजिक लोकलाज, चलनचल्ती, परिवार गठन, विघटन मानक हुन्। यसर्थ यिनको चर्चा परिचर्चा हुन्छ नै।

सम्बन्धविच्छेद गर्दैमा जिन्दगीमा सबै ढोका बन्द हुँदैन, विविध कारणवश वर्तमानमा सम्बन्धबाट अलग भएकाहरुले मनमा तुष बोकेर बसिरहनु पर्छ भन्ने हुँदैन।  आवेश उत्तेजना र क्षणिक निर्णयले बदलिएको जिन्दगीको रथ 'ब्याक' पनि हुनसक्छ। एकबारको जिन्दगी हो पुनः मिलन र मित्रता रहिरहन सक्छ।

सम्बन्धविच्छेद दुर्घटनामात्रै होइन रोचक पनि बन्दोरहेछ भन्ने कुरा चर्चित साहित्यकार सरस्वती प्रतीक्षाको डिभोर्स सेलिब्रेसनलाई हेरेर पनि भन्न सकिन्छ। एकवर्षअघि फेसबुकमा आफ्ना पूर्वपति ठाकुरसँग लन्च गर्दै गरेको फोटो सार्वजनिक गर्दै सरस्वतीले लेखेकी थिइन्, ‘सम्बन्धविच्छेद गरेको चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग लन्च गरियो। सम्बन्धविच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो। सेलिब्रेट गर्न जानियो भने सम्बन्धविच्छेदसमेत एक उत्सव बन्दोरहेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसबाट के बुझ्न सकिन्छ भने सम्बन्धविच्छेद गर्दैमा जिन्दगीमा सबै ढोका बन्द हुँदैन, विविध कारणवश वर्तमानमा सम्बन्धबाट अलग भएकाहरुले मनमा तुष बोकेर बसिरहनु पर्छ भन्ने हुँदैन।  आवेश उत्तेजना र क्षणिक निर्णयले बदलिएको जिन्दगीको रथ 'ब्याक' पनि हुनसक्छ। एकबारको जिन्दगी हो पुनः मिलन र मित्रता रहिरहन सक्छ। जस्तो सरस्वती र ठाकुरले राख्न सके। तमाम सम्बन्धविच्छेद गरि बाटो अलग गरेकाहरूले ठाकुर र सरस्वतीको अनुसरण आफ्ना सन्तानको खुसी र सुखका लागि पनि गर्नु आवश्यक देखिन्छ।

केही समयअघि चर्चित संचारकर्मी रवी लामिछाने र इशा लामिछानेको पारपाचुके होस् या कमेडी किंगको उपमा पाएका हास्यव्यंग कलाकार मनोज गजुरेल र मीनाको दुई वर्ष अघिको छोडपत्र नेपाली मिडिया र समाजमा तरंग उत्पन्न गर्ने घटना हुन्।

नेपाली सिने जगतका सिद्धहस्त कलाकारदेखि गीतसंगीतका लोकप्रिय साधक पनि सम्बन्ध टुटाउनेहरुको हारमा छन्। भुवन केसी-सुस्मिता, गौरी मल्ल-प्रज्ज्वल, मौसमी मल्ल-धनविक्रम, शिव श्रेष्ठ- गंगा, मनिषा कोइराला-सम्राट,  छवी ओझा-रेखा , छवी-शिल्पा, प्रियंका कार्की-रोचक, सञ्चिता लुइँटेल-काश , रीमा विश्वकर्मा-रोबटलगायत रुपा, रन्जना, सौजन्य, झरनालगायत कलाकारहरु वैवाहिक जीवन असफलताको बिन्दुमा पुर्‍याएर छोडपत्र स्वीकार गर्ने नामहरु हुन्। 

गीतसंगीत क्षेत्रका हस्तीहरु उदितनारायण झा-रन्जना, धिरज राई-छुल्ठिम, अन्जु पन्त-मनोजराज, मिलन अमात्य-मेन्सन विवाहलाई बिछोडमा रुपान्तरण गर्ने कलाकारको रुपमा दर्ज छन्। नेपाली राजनीति र साहित्यमा भने कुन्ता शर्मा र मेघराज नेपाल उर्फ मन्जुल चर्चित छन् विवाहलाई बिछोडमा बदल्न। 

किन हुन्छ विवाह असफल ?

विवाह असफलका एकै कारण र आधार हुँदैनन्।  व्यक्ति र घटना ,परिवेश भूगोल अनुसार कारण र परिणाम आउछन्। त्यसैले यही नै कारण हो भनेर ठोकुवा गर्न सकिन्न। विविध कारण र विविधता पाइन्छ वैवाहिक सम्बन्ध असफल हुनका लागि।

हिजोआज नेपाली समाजमा सम्बन्धविच्छेदका घटना अधिक हुने गरेका छन् । उच्च तनाव अथवा खटपटी एकाघरमा पतिपत्नी सँगै बस्न नसक्नु, पत्नीसँग पति खुसी नहुनु, पतिसँग पत्नी बेखुश बन्नु ,असमझदारीको उच्चतम अवस्था, बाल विवाह, बहु विवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, प्रेम विवाह, असमझदारी, अपहेलना, गरिबी, मदिरा सेवन ,सम्पत्ति, रोग, सेक्स ,मनोविकार ,निःसन्तान एवं शंकालु भावना, अनियन्त्रित विवाहेतर रसबसलगायत विविध कारणले दाम्पत्य सम्बन्धमा चिसोपना ल्याउँछ। अनि परिणाम सम्बन्धविच्छेदसम्म पुग्छ । यी उल्लेखित कारण परम्परागतरुपमा रहेका भएका र समाजमा देखिएका उदाहरण  हुन्। यसबाहेक आधुनिक समाजमा आधुनिकीकरणको नाममा हामी जे गरिरहेका छौं या गर्दैछौ, गर्न उद्दत छौं, त्यो पनि विवाह सुखद नबन्ने कारण छन्। 

‘मेरो शरीर मेरो मर्जी’ भनेर यौनिक स्वतन्त्रतालाई असीमित र अपरिमित बनाउने व्यवहार। विवाहेतर सम्बन्ध। अनियन्त्रित सेक्सको भोक।  सेक्स व्यवस्थापनमा अनुशासनहीनता, सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी आदिका कारण पनि सम्बन्ध ब्रेकका आधारहरु बनेको र भएका यत्रतत्र उदाहरण छन्। पूँजीवादी समाजमा चरम उपभोक्तावादी संस्कृतिका कारण पनि नारीलाई भोग्य वस्तुको रुपमा मात्रै बुझ्ने हुँदा पनि नारी बिद्रोहमा पुग्छे र वैवाहिक जीवनमा खटपट सुरु हुन्छ। लगातारको खटपट अन्ततः पारिवारिक विघटनमा अनुवाद बन्छ।

आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन्। बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ।

वैवाहिक सम्बन्धलाई परिभाषित गर्ने, हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन पनि सम्बन्धविच्छेदको अर्को कारण हो। हिजो श्रीमान–श्रीमती भएपछि जसरी पनि मिलेर बस्नुपर्छ, सहनुपर्छ भन्ने बाध्यात्मक सामाजिक बन्देज थियो। आज समाज खुला छ। स्त्रीलाई गरिने दमन र दुव्र्यवहार अपराधको श्रेणीमा पर्छ। अतः महिलाहरु सबै सहेर बस्न सक्दैनन् र महिला अधिकार र मुक्तिको कारण पनि बलजफ्ती सम्बन्ध कायम गर्ने अवस्था छैन।  

त्यसैले पनि आफूमाथिको अन्याय, थिचोमिचो पतिव्रताको नाममा सहनु पर्ने अवस्थामा महिला छैनन्। बरु स्वतन्त्र भएर जसरी पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने भाव र व्यवस्थाको निर्माण भएको छ। महिलाहरु पनि पढेलेखेका र शिक्षित छन्। रोजगारी पाउछन्।  पतिको आयआर्जनमा नै निर्भर हुने अवस्थामा कमी आएको छ। घर भत्कन लागेको अवस्थामा घर छाड्ने , त्याग्ने वातावरण क्रमशः, महिलामैत्री बनेको छ। 

टिक्न नसक्ने अवस्था छ भने लोकलाजका लागि घर परिवारको प्रतिष्ठाका लागि नारी सहनशील भएर नै बस्नु पर्छ भन्ने मान्यतामा व्यापक बदलाव आएको छ। त्यसैले नारी विद्रोहको चेत कानुनको फेरो समाउन पुग्छ र सम्बन्धविच्छेद बन्छ। यतिमात्रै होइन अहिले नयाँ कानुनी प्रावधानका कारण पनि पुरुषले चाहेमा सम्बन्धविच्छेद हुनसक्छ, जसका कारण पुरुष पनि इज्जत प्रतिष्ठाको नाममा पत्नीबाट पीडित बनेर बस्न चाहदैन र मुक्ति चाहन्छ यो अर्को कारण हो सम्बन्धविच्छेदको। 

कारणसहित भएका र हुने सम्बन्धविच्छेद स्वाभाविक भए पनि क्षणिक आवेग, उत्तेजना र भूलको कारणलाई अलिकति पनि सहेर कम्प्रोमाइज गर्न नसक्ने जुन संस्कार र व्यवहार पैदा भएको छ त्यो अत्यन्त डरलाग्दो समाज र परिवार विघटनको संकेत हो। हाम्रो पूर्वीय विवाह संस्कार र संस्कृति अनि संस्थामाथि नै अविश्वास गरेर विवाह संस्थाको औचित्य माथि नै प्रश्न उठन थालेको छ जसको निराकरण गर्न समाजशास्त्रीय , मानवशास्त्रीय विश्लेषण खोज र अनुसन्धान जरुरी देखिन्छ। सम्बन्धविच्छेद किन साधारण लाग्छ। विच्छेद असामान्य ढंगले वृद्धि भएको छ, सोको लेखाजोखा अनिवार्य हुनुपर्छ।

सम्बन्ध घटना र कारणका आधारमा जोडिन्छ, तोडिन्छ तर अहम र इगो अनि स्टारडमको भावनाले तोडिनु निश्चय नै शुभसंकेत होइन। सामान्य विवाद, भुल अनि कमजोरीलाई आपसमा मन माझेर मिलाउन नसक्दा हुने गम्भीर घटना र सम्बन्धमै पूर्णविराम लाग्ने स्थितिबारे चिसो दिमागले सोच्नु र बुझ्नु अति आवश्यक हुन्छ। सम्बन्ध यसकारण पनि टिकाउनु र बचाउनु पर्छ ताकि आफ्नो सामान्य भूलको शिकार आफ्ना बालबालिका र सन्तान नबनुन्।  जीवनभर पश्चातापमा जल्ने परिस्थिति सिर्जना नहोस्।

सम्झौताको करारनामा जसले तोडे पनि आखिर दुर्घटना हुने हो। कहिलेकाहीँको थोरै असमझदारी र सानो भुल तन्काउने, अल्झाउने, बल्झाउने गरियो भने त्यसको परिणाम अकल्पनीय बन्छ। समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्‍याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ।

सम्बन्धविच्छेद हुनु भनेको जीवनको संगतिमा खलल पुग्नु हो। जिन्दगीको लय विश्रृंखलित हुनु हो। समाजमा नूर गिर्नु हो। मानसिक आघात निम्तनु हो। समस्या अभाव र अविश्वासको खाडल बन्नु हो। कलिला बालबालिकाको मन मस्तिस्कमा भय , डर त्राशको छाप जीवनभर रहनु हो। जिन्दगी समस्याग्रस्त बन्नु हो। अर्को भरपर्दो जीवनसाथी नमिल्न पनि सक्छ। मिलेन भने जिन्दगीको रथ एकलकाँटे हुनेछ। समग्रमा सामाजिक जनजीवन चकनाचुर हुनेछ। जिन्दगीको बज्रपात सहनुभन्दा सामान्य असमझदारीलाई सरलीकृत गरि विश्वास दिनु र दिलाउँदा जिन्दगीको दौड जितिन्छ।

 हाम्रो पूर्वीय विवाह प्रणाली अरुभन्दा कम खोटरहित छ। हाम्रो सभ्यता संस्कृति र मान्यता पश्चिमाको भन्दा अब्बल छ।  आधुनिकताको नाममा परसंस्कृति ग्रहणका कारण पनि धेरै समस्या पैदा भएका छन्। आफ्नो मौलिकता र स्वत्व गुमाउदै जाँदा भोलि समाज आजको रुपमा नरहन सक्छ, परिवार तीव्रतर गतिमा विघटनमा जानु ठिक होइन। यसको असर समाज र देशलाई पर्छ। तसर्थ विवाह एक सम्झौता पनि हो। यसको सम्झौता भंग गर्ने छुट दुवैलाई छैन।

सम्झौताको करारनामा जसले तोडे पनि आखिर दुर्घटना हुने हो। कहिलेकाहीँको थोरै असमझदारी र सानो भुल तन्काउने, अल्झाउने, बल्झाउने गरियो भने त्यसको परिणाम अकल्पनीय बन्छ। समस्या सुल्झाउने र सुखद निष्कर्षमा पुर्‍याउन परस्परको अविश्वास अन्त्य गर्ने पहल गर्नु जरुरी हुन्छ। प्रेम, विश्वास र सदभावले मृत्युलाई जित्न नसके पनि मृत्युलाई पछाडि धकेल्न सकिन्छ भने सम्बन्धमा विजय हासिल गर्न प्रेम, विश्वास र सद्भावलाई सहयोगी र सूत्रबद्द हतियार बनाउँन सकिन्छ। 

बारम्बारको भुल क्षमायोग्य हुँदैन। तर सामान्य भूललाई इगोको मात हालिदियो भने त्यसले निम्त्याउने परिणाम आफ्नो दुःखको कारण बन्ने पक्का छ। डिभोर्स ह्याप्पी इन्डीङ हुँदैन। कसैगरी रामकृष्ण ढकालको गीत र नियति झैँ आफ्नैसँग बिछोडिएर बस्ने दुर्भाग्य नहोस् कसैको। बाटो सबै सजिला कहाँ हुन्छन् र हिड्न?

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्