• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

ए डिभिजन लिग : खै त रौनक?

'एन्फालाई छुट हुन्न'
64x64
नेपाल लाइभ आइतबार, पुस ६, २०७६  २१:३१
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल ललितपुर र काठमाडौंमा जारी छ। मंसिर २८ गतेदेखि सुरु भएको लिगका १२ खेल सकिए। तर लिग खल्लो लाग्छ। किन?

सहिद स्मारक ए डिभिजन लिग खेलाडी उत्पादनको एउटा कारखाना मानिन्छ। यही कारखाना २०७० सालपछि एकै पटक २०७५ सालमा सञ्चालन भयो। त्यो पनि बिना रेलिगेसन। करिब ३ महिनासम्म सञ्चालन हुने लिगको सुरुवाती खेल नै खल्लो लाग्ने खालका भए।

वर्षाका कारण ललितपुरस्थित एन्फा कम्प्लेक्समा उद्घाटन भएको खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलले पराजित गरेपछि २०७६ सालको ए डिभिजन लिग औपचारिक रूपमा सुरु भयो। अघिल्लो संस्करणको तुलनामा यो पटक केही फरक र माहोल ए डिभिजन लिगले ल्याउने सबैको विश्वास थियो। तर यो प्रतियोगिताले मोफसलमा हुने फुटबल प्रतियोगिताको जति पनि माहोल ल्याउन सकेन।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राई भन्छन्, ‘साग खेलकुदले छायाँमा पार्‍यो।’ तर उनको कुरामा मात्र विश्वास गरिहाल्ने अवस्था छैन। एन्फा लिगलाई व्यवस्थित र व्यवसायिक बनाउन चुकेकै हो। लामो समयको गृहकार्य भएको भए ए डिभिजन जस्तो माथिल्लो स्तरको लिगलाई अझै व्यवस्थित गर्न सकिन्थ्यो तर एन्फा भने साग खेलकुदको छायाँमा परेको तर्क गर्छ।


अर्को उराठलाग्दो टिप्पणी पनि छ एन्फाको। ‘हामीले रणनीति तयार गर्न पनि भ्याएनौं। अब हामी चाँडै रणनीति तयार गर्छौ र लिगलाई व्यवस्थित गर्छौं,’ एन्फा स्रोतको भनाइ छ।

एन्फाको लिग सञ्चालनले आफुहरुको मनोबल झनै गिरेको मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष छिमी उर्केन गुरुङ बताउँछन्। ‘गत वर्ष बिना रेलिगेसन लिग भयो। त्यसलाई सुधार्न यो पटक अलिक राम्रो होला कि भनेर सोचेका थियौं। तर सुरुवातमै नियमावली बिनै लिगको ‘ड्र’ सार्वजनिक गरियो। अहिले लिगको पारा यस्तो छ। फुटबलमा लागेर केही होला त? यसले निराश बनाएको छ।’

सागकै असर हो त?
१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न भयो। सागको समुद्घाटनका दिनसम्म पनि रंगशाला निर्माणका काम सम्पन्न भइसकेको थिएन।


साग निर्धारित समयमा हुने/नहुने अन्यौलमै एन्फाले घोषणा गरेको ए डिभिजन लिग पनि हुन तोकिएकै मितिमा हुने/नहुने टुंगो भएन। यता एन्फा पनि पहिले साग सम्पन्न होस् अनि तयारी थालौंला भनेर बस्यो। साग त सम्पन्न भयो तर एन्फाले ए डिभिजन लिगको तयारी चाहे अनुरुप गर्न पाएन। साग समापन भएको ४ दिन पछि लिग सुरु गर्दा न त प्रभावकारी नै भयो, न स्तरीय नै।

Ncell 2
Ncell 2
nimb
nimb

न्यू रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशी भन्छन्, ‘उहाँहरु साग खेलकुदले गर्दा तितरवितर भयो भन्नु हुन्छ। तर पासदेखि टिकटसम्मको व्यवस्था पनि राम्रो गर्न सक्नुभएन।’

छैनन् दर्शक
करिब ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेल फर्कियो। भूकम्पले भत्काएको दशरथ रंगशालालाई सागले जीवन दियो। तर साग खेलकुदमा फुटबल खेल हेर्न मरिहत्ते गर्ने धेरै दर्शकको सपना अधुरै भयो। केही दर्शकले कुटाइसम्म खाए भने त्यसको भागीदार पत्रकारसम्म बने।

थेग्नै नसक्ने गरी उपस्थित हुने रंगशाला जब सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भयो सुनसान बन्न पुग्यो। अहिले टिकट काटेर खेल हेर्ने दर्शक १ सय जना पनि पुग्न मुस्किल छ। टिकट साधारणतर्फ २ सय रुपैयाँ तोकिएको छ। यति ठूलो लिग सञ्चालन हुँदा पनि दर्शक किन तान्न सकेन? प्रश्न उब्जिएको छ।


एन्फा प्रवक्ता राई भन्छन्, ‘लिगमा यस्तै नै हुन्छ। किनभने धेरै खेल हुने भएकाले विशेषगरी बाहिरका दर्शक आउँदैनन्। पहिले पनि यस्तै हुनथ्यो।’

Xtrem

Xtrem

एन्फाले लिगको प्रचारप्रसारमा ध्यान नदिएको एनआरटी क्लबका अध्यक्ष जोशीको तर्क छ। नेपाली दर्शकका लागि २ सय रुपैयाँको टिकट काटेर खेल हेर्नु ठूलो कुरा होइन। तर लिग नै व्यवस्थित र व्यावसायिक नबनेपछि किन बेकारमा समय खेर फाल्ने? भन्ने दर्शकलाई लाग्नु स्वभाविकै हो।

मंसिर २४ गते नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा हुँदै थियो। टिकटको मूल्य १ हजार र २ हजार तोकिएको थियो। टिकट नपाएर त्रिपुरेश्वर राखिएको स्क्रिनमा फुटबल खेल हेर्ने दर्शक हजारौं थिए। पूरै सडक ठप्प भयो। यसरी खेल हेर्न उर्लिने दर्शक ए डिभिजन लिगमा पनि उपस्थित हुन सक्थे। 

खेलको स्तर र प्रचारप्रसारमा ध्यान एन्फाको जानु पर्छ। यसअघिका संस्करणमा रंगशालामा भएका ए डिभिजन लिगका खेलहरुमा दर्शकको उपस्थिति निकै उल्लेखनीय थियो तर यो पटक दर्शकको उपस्थिति कम हुनु र जनस्तरसम्म लिगको सन्देश नपुग्नुमा एन्फा कतिको सचेत छ? ‘२ सय र ५ सयको टिकट राखेको छ। १ सय रुपैयाँ राखे भइहाल्यो नि किन धेरै? दर्शक आओस् हेरोस्। फुटबलको क्रेज त बढ्छ। एन्फाले फुटबल विकासका लागि सोचेन’ मनाङका अध्यक्ष गुरुङ भन्छन्।


त्यसो त एन्फा ए डिभिजन लिग आयोजना गर्न निकै कुरामा चुकेको छ। एन्फाले लिग सञ्चालनका लागि धेरै प्रायोजक पनि भित्र्याउन सकेन। एन्फाले कतार एयरवेजसँग लिगका लागि मुख्य प्रायोजकको रुपमा १ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गर्‍यो। यो बाहेक एन्फाले ए डिभिजन लिगका लागि अन्य प्रायोजकलाई ल्याउन सकेन।

डिफेन्डिङ च्याम्पियन मनाङका अध्यक्ष गुरुङ एन्फाले क्लबहरुलाई दासको रुपमा हेरेको दाबी गर्छन्। ‘यहाँसम्म आइपुग्दा लिग भव्य हुनुपर्ने हो तर भएन। अहिले हामी निकै निराश छौं। एन्फाले कहिले पनि क्लब छ त एन्फा छ भनेर सोचेन। क्लबलाई दासको रुपमा हेरियो। खेलाडीलाई पनि त्यस्तै व्यवहार गरेको छ।’

यता, एनआरटीका अध्यक्ष जोशी पनि लिगको औचित्य कमजोर भएको दाबी गर्छन्। झट्ट हेर्दा लिग सञ्चालन भएपनि यसको प्रभाव राम्रो हुन सकेन। तर एन्फा भन्छ रणनीति तयार हुँदैछ।

‘हामीले प्रभावकारी बनाउन नसकेको भन्ने होइन। अझै पनि हामी छलफलमै छौं। अझ राम्रो गर्दै जाने हो। समीक्षा भइरहेको छ,' एन्फा प्रवक्ता राईको भनाइ छ। 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्