• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रतिस्पर्धाको ओझेलमा आइजी पद, एआइजीकै लागि दौडधूप

64x64
नेपाल लाइभ बिहीबार, पुस ३, २०७६  ०६:३०
1140x725

काठमाडौं- प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालसहित उनका ब्याचका तीन एआइजी र १९ डिआइजी आगामी माघ २९ गते अनिवार्य अवकाशमा जाँदैछन्।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण उनीहरू अनिवार्य अवकाशमा जाने भएका हुन्। उनीहरू २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

नेपाल प्रहरीका कर्मचारीहरू सेवा अवधि, उमेर हद र पदावधि (कुनै पदमा तोकिएभन्दा बढी सेवा गर्नु परेको अवस्था) का कारण अनिवार्य अवकाशमा जाने गर्छन्। आइजी खनालका ब्याचीहरू भने ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन्।

यो बीचमा ३० वर्षे सेवा अवधि लम्ब्याउने किसिमका केही खेल भइरहेका छन्। केही समयअघि मात्रै सरकारले निजामति कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याएपछि सुरक्षा निकायमा पनि ३० वर्षे सेवा अवधि बढाउन लबिइङ भइरहेको स्रोतले जनाएको छ। 

एक महिनाअघि महानगरीय प्रहरी दिवसको अवसरमा पुलिस क्लबमा भएको कार्यक्रममा भएका चर्चाले ३० वर्षेको खेल प्रहरीभित्र जोडतोडले सुरु भएको प्रष्ट संकेत देखिएको थियो। त्यसक्रममा आइजी खनालले भने ३० वर्षेबारे आफू मौन बस्ने बताएका थिए। 

यदि ३० वर्षे सेवा अवधिको प्रावधानमा केही परिवर्तन नभए आइजीका ब्याचीहरू माघ २९ गते अनिवार्य अवकाशमा जानेछन्। 

आइजी सर्वेन्द्र खनाल, एआइजीहरू पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यात माघ २९ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैगरी डिआइजीहरूमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, कमलबहादुर जिटी, महेन्द्रकुमार पोख्रेल, महेशविक्रम शाह, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति पनि अनिवार्य अवकाशमा जाने भएका हुन्। 

त्यसपछि नेपाल प्रहरीको आइजी को हुनेभन्दा पनि एआइजी को बन्ने भन्ने विषय यो पटक निकै ‘हट’ बन्ने देखिन्छ। उनीहरू अवकाश भएपछि नेपाल प्रहरीमा ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलसहित ८ जना डिआइजीमध्येबाट एक जना आइजी बन्ने छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवाबारे उल्लेख गरिएको छ। जसमा भनिएको छ, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ।’ 

यद्यपी नियमावलीको अन्तमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भनि उल्लेख गरिएकाले यी आठ डिआइजीमध्ये जो कोहीलाई सरकारले आइजी बनाउनसक्ने अवस्था रहन्छ । 

उनीहरूमध्ये जेष्ठताको आधारमा सबैभन्दा अगाडि डिआइजी ज्ञवाली आउँछन्। उनी २०४७ असार २५ गते सेवा प्रवेश गरेका थिए। आगामी माघ २९ गते अनिवार्य अवकाशमा जाने ब्याचीको वैकल्पिक रुपमा सेवा प्रवेश गरेका ज्ञवाली आइजीको प्रमुख दाबेदार मानिएका छन्। उनीसँगै उनका ब्याची तारणी लम्साल र  सूर्य उपाध्याय छन्। तर उनीहरू ज्ञवालीभन्दा कार्यसम्पादन मुल्याकंनमा तल छन्। जसकारण खनालपछि २७ औं आइजीको रुपमा ज्ञवाली हुने सम्भावना देखिन्छ।

यदि उनी आइजी भएको अवस्थामा उनी पनि जम्मा ५ महिनामात्रै पदमा रहन पाउनेछन्। उनीसहित लम्साल र उपाध्याय पनि ३० वर्षे सेवा अवधिका कारण आगामी असार २५ गते अनिवार्य अवकाशमा जानेछन्। ज्ञवाली अहिले प्रदेश १ को प्रमुखको रुपमा छन्।

आफूभन्दा सिनियर ब्याचको भएकाले बाँकी ७ डिआइजीले ज्ञवालीका बारे खासै आलोचना गर्ने नगरेको स्रोतको भनाइ छ।

यदि ज्ञवाली नै आइजी भएको अवस्थामा ३ एआइजीका लागि ७ डिआइजीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद बैठकले प्राविधिकसहित १६ जना एआईजीलाई कटौती गर्दै ३ मा झारेको थियो। 

एआइजीको दरबन्दी थोरै, आकांक्षी धेरै हुनु, माघ २९ मा चयन भएकै एआइजी भावी आइजीको दाबेदार हुने भएकाले यो पटक आइजीभन्दा पनि एआइजी बन्ने दौडमा कडा प्रतिस्पर्धा हुने सम्भावना छ। आफूभन्दा सिनियरलाई समेत उछिनेर डिआइजीको फुली लगाएका विश्वराज पोखरेलले फेरि पनि अन्य डिआइजीलाई उछिनेर एआइजी बन्न सक्ने भन्दै उनलाई रोक्न एक समूह नै लागिपरेको छ भने पोखरेल भने कुनै हालतमा एआइजी हुने दाउमा छन्। 
गत वैशाखामा डिआइजी सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि पोखरेल डिआइजीमा बढुवा भएका थिए। आफूभन्दा सिनियरलाई उछिनेर फुली लगाएपछि त्यसबेलै केही प्रहरी अफिसरले पोखरेलले माथिल्लो ब्याचलाई पनि उछिन्न सक्ने खालका अभिव्यक्ति दिने गरेका थिए।

कार्यसम्पादनमा ज्ञवालीका ब्याचका उपाध्याय कमजोर देखिएकाले उनको एआइजी बन्ने सम्भावना न्यून छ भने लम्साल र अन्य ब्याचबाट २ जना गरी ३ जना एआइजी बन्न सक्छन्।

असार २५ मा उनीहरूमध्येबाटै भावी आइजी चयन हुनेछन्।

डिआइजीका लागि पनि दौड

आगामी माघ २९ गते प्रशासनतर्फका १९ डिआइजी अवकाशमा जाने र बाँकी रहेका ८ जना डिआइजीहरूबाट १ आइजी र ३ एआइजी बन्ने भएपछि २३ डिआइजीको दरबन्दी खाली हुन्छ। तर बिरामी अवस्थामा रहेका राजेन्द्रमान श्रेष्ठका लागि विशेष पद सिर्जना गर्दै डिआइजीमा बढुवा गरिएकाले उनको दरबन्दी गनिँदैन। जसका कारण २२ जना एसएसपी माघ २९ पछि डिआइजी बन्नेछन्। 

डिआइजीको दौडमा रहेका एसएसपीहरूको सूचीमा पनि लामै छ। एसएसपीहरू घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, दिलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देबहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपााल साह डिआइजीको दाबेदार हुन्।

त्यसैगरी उमेश रञ्जितकार, रवीन्द्रबहादुर धानुक, नरोत्तमलाल प्रधान, सहकुलबहादुर थापा, अरुणकुमार जिसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, देबबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ लगायतका एसएसपी पनि डिआइजीको दौडमा छन्।  
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्