• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यसरी बनेको थियो दशरथ रंगशाला 

64x64
नेपाल लाइभ शनिबार, असोज ७, २०७४  ०५:२९
1140x725
nimb
nimb
Ncell 2
Ncell 2

२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा नेपाल र इजरायलबीच दौत्य सम्बन्ध स्थापित भयो। त्यसको केही वर्षभित्रै इजरायली सरकारले नेपाली खेलकुदका लागि दुइटा महत्वपूर्ण प्रस्ताव अघि सार्यो। पहिलो प्रस्ताव थियो, नेपालका दुई खेलाडीलाई आफ्नो देशमा पढ्न पठाउने। दोस्रो प्रस्ताव, त्रिपुरेश्वरमा रंगशाला निमार्णका लागि सहयोग गर्ने। 

पहिलो प्रस्ताव तुरुन्त कार्यान्वयन भइहाल्यो, तत्कालीन सदस्य–सचिव सुशील शमशेर राणाले एथलेटिक्स खेलाडी लक्ष्मण शाह र कोमल पाण्डेलाई पठाउने निर्णय गर्दै। तर, दोस्रो प्रस्तावमा सुशील शमशेरलाई परेछ, फसाद। किनभने इजरायलले निर्माण गरिदिने भनेको त्रिपुरेश्वस्थित हालको दशरथ रंगशालाको जग्गा त्यतिबेला नेपाल आर्मीको नाममा थियो। 

त्यतिबेला खेलकुदको बजेट निकै कम थियो। परिषद्का लागि छुट्याइएको १ लाख रुपैयाँले ६ वटा खेलकुद (ब्याडमिन्टन, फुटबल, टेबल टेनिस, एथलेटिक्स, लन टेनिस र क्रिकेट) सञ्चालन गर्नुका साथै खेल विकास खर्च पनि टार्नुपर्थ्यो। परिषद्को आफ्नै कार्यालय थिएन। सुशील शमशेरले बागदरबारस्थित आफ्नै घरमा परिषद्को कार्यालय राखेका थिए। 

२०२६ सालमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा सर्नुअघि नेपाली खेलकुद उनकै घरबाट सञ्चालन हुने गर्थ्यो। प्रतिकूल परिस्थितिका बीच पनि इजरायलको त्यो प्रस्तावबाट निकै उत्साही थिए, सुशील शमशेर। 

उनलाई राम्रैसँग थाहा थियो, आर्मीले आफ्नो जग्गा सहजै छोड्दैन। त्यसैले उनले आफ्नो समस्या तत्कालीन राजा महेन्द्रकहाँ पुर्‍याए। उनले आफ्नो अभियानमा महेन्द्रका भाइ बसुन्धरालाई पनि राजी गराए। त्यतिबेला बसुन्धरा परिषद् अध्यक्ष थिए। 

सायद सुशील शमशेरको कुरा महेन्द्रलाई मनपर्‍यो होला, केही दिनभित्रै महेन्द्रले सुशील शमशेरलाई राजदरबार बोलाए। त्यो दिन आर्मी चिफ नीर शमशेरलाई पनि बोलाइएको रहेछ। यी दुबै बसेर गफ गरिरहेका बेला राजा महेन्द्रले टुँडिखेलको नक्सा ल्याएछन्। र, महेन्द्रले नक्सामा रातो मसी कोर्दै आर्मी चिफलाई आदेश दिए, ‘ल, यति जग्गा खेलकुदलाई देऊ।’

आफ्नो अभियानमा सफल भएका सुशील दंग पर्दै बागदरबार फर्केका थिए। महेन्द्रको त्यही आदेशपछि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को जग्गा खेलकुदको नाममा सरेको थियो।

महेन्द्रको त्यही ग्रिन सिग्नलपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला निर्माणको योजनाले मूर्तरुप लियो। निमार्णअघि रंगशालामा पानी जम्थ्यो। रंगशाला निमार्णका लागि इजरायलबाटै इन्जिनियर झिकाइएको थियो। 

उनीहरुले रंगशालाको उत्तर र पश्चिमतिर ६ लेनको ढुंगाको प्याराफिट अनि दौडिनका लागि ‘रनिङ ट्रयाक’ बनाइदिएका थिए। ट्रयाक बनाउँदा ६ इन्च गहिरो खाल्डो खनिएको थियो। खाल्डोलाई सुरुमा इँटा, ढुंगाले पुरेर अन्त्यमा रातो माटो हालिएको थियो। 

त्यतिबेला पानी पर्‍यो भने ट्रयाक बिग्रिने सम्भावनालाई मध्यनजर गर्दै इजारायली इन्जिनियरले मुनिबाट ढलको व्यवस्था गरेका थिए। 

‘सुरुमा रंगशालामा जम्न सक्ने पानी कहाँ तह लगाउने भन्ने विषयमा इजरायली इन्जिनियरको टाउकै दुखेको थियो। पछि मुनिबाट ढल निकालेर बाग्मतीमा पुर्‍याउने जुक्ति लगाए,’ ५२ वर्षअघिको कुरा सम्झन्छन् सुशील शमशेर। 

सुशील शमशेर राष्ट्रिय खेलकुद परिषद्का दोस्रो सदस्य–सचिव हुन्। होराप्रसाद जोशीपछि २०१७ सालमा परिषद्को सदस्य–सचिव बनेका सुशील राजा महेन्द्रको आग्रहले नै परिषद्मा आबद्ध भएका थिए। २००७ सालको क्रान्तिपछि नेपालमा सुरु भएको खेलकुद गतिविधिलाई अगाडि बढाउन उनले आफ्नै सक्रियतामा विद्या व्यायाम संघ स्थापना गरेका थिए। 

यो क्लबले नेपाली खेलकुद, विशेषतः फुटबल र ब्याडमिन्टनमा थुप्रै सफलता पायो। उनले आफ्नै घरको पैसाले त्यो संघ सञ्चालन गरेका थिए। ब्याडमिन्टनका यी सौखिन खेलाडीले २०१६ सालमा अर्जुनबहादुर सिंहसँग मिलेर डबल्समा राष्ट्रिय उपाधि जितेका थिए। सिंहबहादुर बस्नेतको आगमनपछि नेपाली ब्याडमिन्टनमा यो जोडीको अधिपत्य समाप्त भएको थियो। 

२०२२ साल (सन् १९६४) मा नेपाल पहिलोपल्ट ओलम्पिकमा सहभागी हुँदा उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नै थिए। उनले टोकियोमा आयोजित त्यो ओलम्पिकमा नेपाललाई पहिलो पल्ट सहभागी गराउन आवश्यक ६० हजार रुपैयाँ सरकारबाट झिकाउन सहयोगी भूमिका निर्वाह गरेका थिए। 

टोकियो ओलम्पिकमा भाग लिने निर्णय गर्नुअघिसम्म नेपालमा ओलम्पिक कमिटी गठन भएको थिएन। ओलम्पिक कमिटीबिना ओलम्पिकमा भाग लिन नपाउने भएपछि प्रतियोगिताभन्दा ६ महिनाअघि मात्र बसुन्धराको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी गठन भएको थियो। २०२२ सालमै बंगलादेशको ढाका (त्यतिबेला पाकिस्तानमा गाभिएको) मा आयोजना भएको आगा खाँ गोल्डकप खेल्न गएको नेपाली टोलीको खर्च पनि उनैले जुटाएका थिए। 

सुशील शमशेरले राष्ट्रिय खेलकुद परिषद्मा ८ वर्ष बिताउँदा खेलकुद विकासका लागि थुप्रै काम गरे। तर, एकपल्ट ब्याडमिन्टन टोली लिएर विदेश जाँदा उनलाई रंगशालामै खलखली पसिना आएछ। त्यसपछि उनलाई लागेछ, ल अब बुढो भइयो। 

‘त्यसपछि मैले खेलकुद छोड्ने निर्णय गरेँ,’ नाताले राजा महेन्द्रका साला (तत्कालीन रानी रत्नका भाइ) ८४ वर्षीय सुशील शमशेर सम्झन्छन्। 

  

प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षासँगै देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित, केही सडक पूर्ण अवरुद्ध
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
वर्षासँगै देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित, केही सडक पूर्ण अवरुद्ध मंगलबार, भदौ ९, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै मंगलबार, भदौ ९, २०८३
मालेनको ह्याट्रिकमा रोमाको सानदार जित मंगलबार, भदौ ९, २०८३
चेल्सीको विजयी सुरुआत मंगलबार, भदौ ९, २०८३
हिमाल र पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्