• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चौधरी परिवार, जसको पुस्तैनी संरक्षणमा जीवित रह्यो लुम्बिनी

खुनगाईका चौधरीको घरमा बसेका थिए दलाई लामा, राहुल सांकृत्यायनदेखि स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरू
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  ०६:३०
1140x725

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेट खुनगाई चोक। खुनगाई चोकको ५ सय मिटर दक्षिणपूर्वमा एउटा गाउँ। हिन्दू र मुस्लीम समुदाय बसोबास गर्ने गाउँको बीचमा एउटा पुरानो घर। झण्डै २ सय ५० वर्ष पुरानो उक्त घर संग्रहालयजस्तै लाग्छ। तर, संरक्षण अभावमा घर भने जीर्ण बन्दै गएको छ। घरको छानो भत्किएको छ भने कतिपय स्थानमा झार उम्रिएका छन्।

झण्डै एक बिघा जग्गाको एक छेउमा उक्त घर छ। चौधरी वंशसँग जोडिएको उक्त घर लुम्बिनीकै पुरानो घर मानिन्छ। तत्कालीन समयको लुम्बिनीको मायादेवी मन्दिर र उक्त घरको निर्माण शैली एकै प्रकारको छ। 

लुम्बिनीको संरक्षणमा राज्य संलग्न नहुँदासम्म लुम्बिनीको संरक्षण र सम्वर्द्धन त्यहाँका चौधरी वंशले गरेका थिए। चौधरी परिवार सेवा र सत्कारमा अग्रणी मानिन्छन्। उनीहरूले गर्ने सेवा र सत्कारका कारण तत्कालीन समयमा लुम्बिनीमा आउने विभिन्न देशका उच्चपदस्थ पाहुना त्यही घरमा आएर बस्ने गर्थे। लुम्बिनी आउने पाहुनाहरू नेपाल–भारत सीमा नाका ककरहवा हुँदै आउने गर्थे।

राजनीतिक र सामाजिक सेवा र सँस्कार बोकेको चौधरी परिवारका सदस्य बस्दै आएको घर हो यो। यही घरले चौधरी परिवारका केही सदस्यलाई नगरपालिका प्रमुख, तत्कालीन जिल्ला सभापति हुँदै मन्त्रीसमेत बनाएको छ। अहिले पनि यो घरले लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पाएको छ। 

नगरपालिकाका मेयर मनमोहन चौधरीका हजुरबुबा शिवशरणप्रसाद चौधरी र उनका हजुरबुबा सीताराम चौधरी अघिको पुस्ता यही घरमा बस्ने गर्थे। सीताराम चौधरीको पालामा लुम्बिनीभित्र मायादेवीको सानो मन्दिर थियो। तत्कालीन समयमा उक्त मन्दिरलाई रुम्मिनडिहको मन्दिरको नामबाट चिनिन्थ्यो। उक्त मन्दिरमा प्रत्येक पूर्णिमाका दिन श्रद्धालुले पुजापाठ गर्ने, हवन गर्ने गर्थे। 

लुम्बिनीको ककरहवा नाका पूर्ण रुपमा सञ्चालनमा रहँदासम्म भारत तथा तेस्रो मुलुकबाट आउने सबै पाहुना यही नाकाबाट आउने गर्थे। त्यतिबेला लुम्बिनीसम्म आउन कुनै सवारी साधनको सुविधा थिएन। तै पनि खुनगाईका चौधरी परिवारले लुम्बिनी ल्याउन तथा भारतका बिभिन्न स्थानमा पुर्‍याउनका लागि हात्ती तथा बयलगाढाको प्रबन्ध गर्दथे। 

‘विदेशी पाहुनालाई लुम्बिनीबारे जानकारी दिने सक्षम व्यक्ति पनि थिएनन्। त्यसैले भारतको बरेलीबाट गाईड ल्याएर विदेशी पाहुनालाई लुम्बिनी घुमाउने काम पनि हाम्रै परिवारले गर्थे,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले भने। 
चौधरीका अनुसार सन् १९२७ मा जापानका गुरु फुजी पानीजहाज चढेर भारत हुँदै लुम्बिनी आएका थिए। ‘उहाँ लुम्बिनी घुमेर बास बस्नै यही घरमा आउनु भएको थियो,’ चौधरी भने, ‘ती जापानी गुरु फुजीले यही घर अगाडिको ईनारको पानी निकालेर नुहाउनु भयो। २/३ दिन यही बसेर बल्ल फर्कनु भयो,’ फुजी मायादेवी मन्दिरमा पुजापाठ गर्नका लागि लुम्बिनी आएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

राहुल सांकृत्यायन पनि भारतको नौगढ भएर लुम्बिनी आएका थिए। ३० भन्दा बढी भाषाका जानकार सांकृत्यायनलाई भारतमा यात्रा साहित्यका पिता पनि भनिन्छ। भारतको उत्तर प्रदेशमा जन्मिएका सांकृत्यायन आफ्नो जीवनको सुरुवातदेखि नै  गौतम बुद्धका अनुयायी थिए। पछि उनी भिक्षु पनि भए। घुम्नमा निकै रुचि राख्ने सांकृत्यायनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरे। सन १९२० मा लुम्बिनीमा आएका उनले चौधरीको घरमा बसी चिया बिस्कुट खाएको परिवारहरु बताउँछन्। 

तिब्बती धर्मगुरु दलाई लामा पनि लुम्बिनी आएका थिए। मेयर चौधरी सम्झन्छन्, ‘म १२/१३ वर्षको हुँदा दलाई लामा लुम्बिनी आएका थिए, उनले २/३ दिन लुम्बिनीमै बिताएका थिए।’

दलाई लामा पंचेन लामासँगै आएको चौधरीले उल्लखे गरे। लुम्बिनी घुम्न आएका उनीहरूले ३ रात चौधरीको घरमा बिताएका थिए। लामा प्लाष्टिकको डोरीले बुनेको खटियामा सुतेका थिए। उनी सुतेको खटिया अहिले पनि सुरक्षित छ। 

लुम्बिनीको इतिहासबारे जानकार वरिष्ठ पुरातत्वविद बसन्त बिडारीले दलाई लामा सन् १९६० तिर लुम्बिनी आएको आफूले पढेको जानकारी दिए। तर तत्कालीन समयमा लामा कहाँ बसे भन्ने कुनै जानकारी नभएको उनले बताए। 

लुम्बिनीमा विद्यालय नै नभएका बेला लामा आएपछि विद्यालय खुलेको चौधरीको भनाइ छ। त्यसपछि लुम्बिनी मिडिल स्कुलको स्थापना गरियो। 

लुम्बिनीका गुरुयोजनाकार जापानी वास्तुविद् प्रा.केन्जो टाँगे १९७२ मा लुम्बिनी आएका थिए। लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिएका उनी आउँदा लुम्बिनीमा घुमाएको हात्ती पनि चौधरी परिवारले नै उपलब्ध गराएको जानकारहरू बताउछन्। लुम्बिनीमै जन्मे हर्केका तथा लुम्बिनी विकास कोषका पूर्व सुरक्षा प्रमुख रामचन्द्र सिंह (जब्बर) ले पनि लुम्बिनीमा आएका बेला टाँगेलाई चौधरी परिवारले पालेको हात्तीमा लुम्बिनी घुमाइएको थियो। 

तत्कालीन राजा महेन्द्र शाहले सन् १९५६ फेवु्रअरी १९ मा लुम्बिनी भ्रमण गरेका थिए। उनी शाहवंशबाट लुम्बिनी भ्रमण गर्ने पहिलो राजा हुन्। सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उ थान्तले तयार गर्न भनेको लुम्बिनी गुरुयोजनालाई अगाडि बढाउन राजा महेन्द्र अग्रसर देखिएका थिए। राजा महेन्द्रले पनि त्यतिबेला आफ्नो घरको अवलोकन गरेको चौधरीको भनाइ छ। 

लुम्बिनी अवलोकनमा आएका राजा महेन्द्रले विष्णुप्रसाद चौधरीलाई तत्कालीन लुम्बिनीको मेनेजर भएर काम गर्न आग्रह गरेका थिए। ‘त्यसका लागि मासिक ३ सय रुपैयाँ लिन आग्रह गरे पनि उनले पैसा लिएर काम गर्दा अर्कै सन्देश जाने भन्दै निःशुल्क रुपमा काम गर्ने वाचा गरे। सोहीअनुसार उनले लामो समय मेनेजर भएर काम पनि गरे,’ विष्णु चौधरीका छोरा मनमोहन चौधरीले भने।

सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्गशमशेर र जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भमा लेखिएको अभिलेख पुनः पत्ता लगाएपछि लुम्बिनी पुनः एकपटक चासो र सरोकारको विषय बनेको थियो। सन् १८९९ मा पीसी मुखर्जीले भगवान् बुद्धको जन्मस्थलमा उत्खनन गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेष बाहिर देखाए। फेरि १९३० को दशकमा केशरशमशेर राणाले खुनगाईका चौधरीले जीर्णोद्धार गर्दै आएको मायादेवी मन्दिरलाई पुनः जीर्णोद्धार गरेर नयाँ आकार दिए। 

लुम्बिनीका अध्येता भोला गुप्ताका अनुसार भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन्। १९६७ मा संयुक्त राष्ट्र संघमा महासचिव उ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई विश्वव्यापी रूपमा हातेमालो गरी विकास र विस्तार गर्ने सोच अगाडि बढ्यो। 

सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ संस्थाको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकाय निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। सन् १९७० मा भवन तथा भौतिक योजना विभागअन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समिति गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो।

यसबीचको समयमा पनि विष्णुप्रसाद चौधरीलाई लुम्बिनीको विकासको जिम्मेवारी दिईएको थियो। सन् १९८५ देखि स्वायत्त निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भएपश्चात् लुम्बिनी क्षेत्रको उत्खनन् संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ। 

यसकारण बस्थे चौधरीको घरमा पाहुनाहरू 
खुनगाईका चौधरी परिवार लुम्बिनीको विकास पर्याय मानिन्छन्। बुद्ध जन्मस्थल लुम्बिनी राज्यको संरक्षणमा नआउँदासम्म चौधरी परिवारको भूमिका अतुलनीय मानिन्छ। जुन बेला लुम्बिनीमा सानो मन्दिर थियो, त्यति बेलादेखि नै लुम्बिनीको संरक्षणमा चौधरी परिवार संलग्न भएको मानिन्छ। 

मनमोहन चौधरीका जिजुबाजेले जीर्णोद्धार गरेको रुम्मिनडिहको मन्दिरलाई शिवचरण चौधरीले आफ्नो पुरानो घरको आकार अनुसार सन् १८७० को दशकतिर पुनः जीर्णोद्धार गराएका थिए। लुम्बिनीस्थित मायादेवी मन्दिरको जीर्णोद्धार विष्णुप्रसाद चौधरीको पालामा गरिएको थियो। 

अध्येता भोला गुप्ता भन्छन्– मायादेवी मन्दिरको भवन र चौधरी परिवारको घरको निर्माण शैली एउटै थियो भन्ने कुरा पुस्तक र तस्बिरहरूमा पनि देखिन्छ। जीर्णोद्धार गर्दा एउटै शैली बनाइएको रहेछ।’ पछि मायादेवी मन्दिरको पुननिर्माण गर्दा भने अर्कै स्वरुप दिइएको छ। 

विसं १८०० देखि १९०० सम्म शिवशरणका कुप्रीबाजेले लुम्बिनीको रेखदेख गरे। त्यसपछि उनका सन्तानहरूले निरन्तर रेखदेख र संरक्षण गरेको अध्येताहरू बताउँछन्। प्राप्त तथ्यांकअनुसार १८२० देखि १९२० सम्म शिवशरणका जिजुबाजे, १८४० देखि १९४० सम्म शिवशरणका बाजे, १८८० देखि १९८० सम्म शिवशरणका बुवा, १९०० देखि १९९० सम्म शिवचरण, १९२० देखि २००४ सम्म शिवशरणका छोरा सीताराम, १९५७ देखि २०१६ सम्म शिवशरनप्रसाद चौधरी १९५७ देखि २०३६, १९७६ देखि २०६५ सम्म विष्णुप्रसाद चौधरी लुम्बिनीको संरक्षणमा क्रियाशील रहेको पाइन्छ।

सीताराम चौधरी, शिवचरन प्रसाद चौधरी र विष्णुप्रसाद चौधरीको समयमा लुम्बिनीको अध्ययन गर्न, जानकारी लिन, भ्रमण गर्न र अनुसन्धान गर्न धेरै विद्वानहरू आएका थिए। त्यसका लिखित प्रमाण उनीहरू आफैंले संकलन गरेर राखेका छन्। कतिपय अहिले पनि सुरक्षित छन् भने केही अध्येताहरूले लगेर फिर्ता नगरेको विष्णुप्रसाद चौधरीका छोरा मनमोहन चौधरी बताउँछन्। 

‘पहिलेदेखि नै लुम्बिनीको सुरक्षा गर्ने, रेखदेख गर्ने, व्यवस्थापन गर्ने परिवार भनेर मनमोहन चौधरीको परिवार र उहाँका जिजु हजुरबुवाहरूलाई चिनिन्छ,’ ७७ वर्षका रामशुभक कुर्मी भन्छन्, म सानो छँदा लुम्बिनी हेर्न भन्दै धेरै मानिस आउँथे, हात्ती, घोडा लिएर उनीहरूलाई घुमाउनुहुन्थ्यो।’

तत्कालीन लुम्बिनी अञ्चलका अञ्चलाधीश काजीमान कन्दङवा तथा लुम्बिनी विकास कोषको अध्यक्ष हुनुपूर्व नै लोकदर्शन बज्राचार्य लुम्बिनीमा आएका थिए। तत्कालीन एमाले नेतृ सहाना प्रधान पनि लुम्बिनी घुमेकी थिईन। त्यतिबेला उनी पनि सोही घरमा बसेकी थिइन्। लुम्बिनीमा सामान्य होटल तथा रेष्टुरेन्ट नहुँदा खाना खानका लागि पनि मानिसहरु चौधरी परिवारकहाँ पुग्थे। 

०००

गाउँमा सुनचाँदीको व्यवसाय गर्नेहरूले चौधरी परिवारलाई बैंकको रुपमा मान्छन्। गाउँका करीब आधा दर्जन सुनचाँदी व्यापारीले चौधरीको घरलाई सुनचाँदी राख्ने गोदाम बनाएका छन्। उनीहरूले दिनभर व्यापार गरेर बाँकी रहेको सुनचाँदी चौधरीको घरमा ल्याएर राख्छन् र अर्को दिन बिहान फेरि बजारमा लैजान्छन्।

त्यसका लागि चौधरीको घरमा छुट्टै कोठा छ। त्यो कोठामा पूस्तौंदेखि सुनचाँदी र गरगहना राख्ने गरेको स्थानीय हरिशचन्द्र बर्माले बताए। उनका हजुरबुवाको पालामा त्यसअघिका पूस्ताले राख्ने गरेकाले त्यसलाई नै निरन्तरता दिएको उनी बताउँछन्। ‘अहिलेसम्म केही कुरा हरायो, चोरी भयो भन्ने छैन,’ उनले भने, ‘मेरा हजुरबुवा पारसनाथ, बुवा देवीशरणले पनि राख्दै आउनुभएको थियो, मैले पनि यहीँ ल्याएर राख्छु।’ चौधरी परिवारले उक्त कोठा सुनचाँदी राख्ने स्थानीय व्यापारीलाई निःशुल्क प्रदान गर्दै आएका छन्।

चौधरी परिवारले राजनीतिक रुपमा पनि स्थानीयको मन जितेको छ। सीताराम चौधरी रुपन्देही जिल्ला पञ्चायतका सभापति भए। उनका ५ भाई छोरामध्ये जेठा ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद निर्वाचित भए र श्रम, कृषि, युवामन्त्री भए। साईँला छोरा मनमोहन चौधरी तत्कालीन भगवानपूर गाउँ पञ्चायतका प्रधानपञ्च भए। अहिले उनी स्वतन्त्र उम्मेदवारबाटै विजयी भएर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख छन्।

खुनगाईबासी चौधरी परिवारको उपस्थितिले सुरक्षित महसुस पनि गर्छन्। स्थानीयप्रति सकारात्मक सद्भाव राख्ने चौधरी परिवारप्रतिको विश्वासका  कारण यहाँका सुनचाँदी व्यवसायीले सरसामान राखेका हुन्। 

अहिले पनि बस्छन् तीन परिवार 

यो ऐतिहासिक घरमा अहिले पनि तीन परिवार बस्दै आएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका १ मा पर्ने उक्त घरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी र उनका भाइहरू नितेशमोहन चौधरी र हरिमोहन चौधरीको परिवार बसोबास गर्दै आएको छ। ५ भाइमध्य दुई भाइभने नजिकैको घरमा बस्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्