• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चौधरी परिवार, जसको पुस्तैनी संरक्षणमा जीवित रह्यो लुम्बिनी

खुनगाईका चौधरीको घरमा बसेका थिए दलाई लामा, राहुल सांकृत्यायनदेखि स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरू
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  ०६:३०
1140x725

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेट खुनगाई चोक। खुनगाई चोकको ५ सय मिटर दक्षिणपूर्वमा एउटा गाउँ। हिन्दू र मुस्लीम समुदाय बसोबास गर्ने गाउँको बीचमा एउटा पुरानो घर। झण्डै २ सय ५० वर्ष पुरानो उक्त घर संग्रहालयजस्तै लाग्छ। तर, संरक्षण अभावमा घर भने जीर्ण बन्दै गएको छ। घरको छानो भत्किएको छ भने कतिपय स्थानमा झार उम्रिएका छन्।

झण्डै एक बिघा जग्गाको एक छेउमा उक्त घर छ। चौधरी वंशसँग जोडिएको उक्त घर लुम्बिनीकै पुरानो घर मानिन्छ। तत्कालीन समयको लुम्बिनीको मायादेवी मन्दिर र उक्त घरको निर्माण शैली एकै प्रकारको छ। 

लुम्बिनीको संरक्षणमा राज्य संलग्न नहुँदासम्म लुम्बिनीको संरक्षण र सम्वर्द्धन त्यहाँका चौधरी वंशले गरेका थिए। चौधरी परिवार सेवा र सत्कारमा अग्रणी मानिन्छन्। उनीहरूले गर्ने सेवा र सत्कारका कारण तत्कालीन समयमा लुम्बिनीमा आउने विभिन्न देशका उच्चपदस्थ पाहुना त्यही घरमा आएर बस्ने गर्थे। लुम्बिनी आउने पाहुनाहरू नेपाल–भारत सीमा नाका ककरहवा हुँदै आउने गर्थे।

राजनीतिक र सामाजिक सेवा र सँस्कार बोकेको चौधरी परिवारका सदस्य बस्दै आएको घर हो यो। यही घरले चौधरी परिवारका केही सदस्यलाई नगरपालिका प्रमुख, तत्कालीन जिल्ला सभापति हुँदै मन्त्रीसमेत बनाएको छ। अहिले पनि यो घरले लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर पाएको छ। 

नगरपालिकाका मेयर मनमोहन चौधरीका हजुरबुबा शिवशरणप्रसाद चौधरी र उनका हजुरबुबा सीताराम चौधरी अघिको पुस्ता यही घरमा बस्ने गर्थे। सीताराम चौधरीको पालामा लुम्बिनीभित्र मायादेवीको सानो मन्दिर थियो। तत्कालीन समयमा उक्त मन्दिरलाई रुम्मिनडिहको मन्दिरको नामबाट चिनिन्थ्यो। उक्त मन्दिरमा प्रत्येक पूर्णिमाका दिन श्रद्धालुले पुजापाठ गर्ने, हवन गर्ने गर्थे। 

लुम्बिनीको ककरहवा नाका पूर्ण रुपमा सञ्चालनमा रहँदासम्म भारत तथा तेस्रो मुलुकबाट आउने सबै पाहुना यही नाकाबाट आउने गर्थे। त्यतिबेला लुम्बिनीसम्म आउन कुनै सवारी साधनको सुविधा थिएन। तै पनि खुनगाईका चौधरी परिवारले लुम्बिनी ल्याउन तथा भारतका बिभिन्न स्थानमा पुर्‍याउनका लागि हात्ती तथा बयलगाढाको प्रबन्ध गर्दथे। 

‘विदेशी पाहुनालाई लुम्बिनीबारे जानकारी दिने सक्षम व्यक्ति पनि थिएनन्। त्यसैले भारतको बरेलीबाट गाईड ल्याएर विदेशी पाहुनालाई लुम्बिनी घुमाउने काम पनि हाम्रै परिवारले गर्थे,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले भने। 
चौधरीका अनुसार सन् १९२७ मा जापानका गुरु फुजी पानीजहाज चढेर भारत हुँदै लुम्बिनी आएका थिए। ‘उहाँ लुम्बिनी घुमेर बास बस्नै यही घरमा आउनु भएको थियो,’ चौधरी भने, ‘ती जापानी गुरु फुजीले यही घर अगाडिको ईनारको पानी निकालेर नुहाउनु भयो। २/३ दिन यही बसेर बल्ल फर्कनु भयो,’ फुजी मायादेवी मन्दिरमा पुजापाठ गर्नका लागि लुम्बिनी आएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

राहुल सांकृत्यायन पनि भारतको नौगढ भएर लुम्बिनी आएका थिए। ३० भन्दा बढी भाषाका जानकार सांकृत्यायनलाई भारतमा यात्रा साहित्यका पिता पनि भनिन्छ। भारतको उत्तर प्रदेशमा जन्मिएका सांकृत्यायन आफ्नो जीवनको सुरुवातदेखि नै  गौतम बुद्धका अनुयायी थिए। पछि उनी भिक्षु पनि भए। घुम्नमा निकै रुचि राख्ने सांकृत्यायनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरे। सन १९२० मा लुम्बिनीमा आएका उनले चौधरीको घरमा बसी चिया बिस्कुट खाएको परिवारहरु बताउँछन्। 

तिब्बती धर्मगुरु दलाई लामा पनि लुम्बिनी आएका थिए। मेयर चौधरी सम्झन्छन्, ‘म १२/१३ वर्षको हुँदा दलाई लामा लुम्बिनी आएका थिए, उनले २/३ दिन लुम्बिनीमै बिताएका थिए।’

दलाई लामा पंचेन लामासँगै आएको चौधरीले उल्लखे गरे। लुम्बिनी घुम्न आएका उनीहरूले ३ रात चौधरीको घरमा बिताएका थिए। लामा प्लाष्टिकको डोरीले बुनेको खटियामा सुतेका थिए। उनी सुतेको खटिया अहिले पनि सुरक्षित छ। 

लुम्बिनीको इतिहासबारे जानकार वरिष्ठ पुरातत्वविद बसन्त बिडारीले दलाई लामा सन् १९६० तिर लुम्बिनी आएको आफूले पढेको जानकारी दिए। तर तत्कालीन समयमा लामा कहाँ बसे भन्ने कुनै जानकारी नभएको उनले बताए। 

लुम्बिनीमा विद्यालय नै नभएका बेला लामा आएपछि विद्यालय खुलेको चौधरीको भनाइ छ। त्यसपछि लुम्बिनी मिडिल स्कुलको स्थापना गरियो। 

लुम्बिनीका गुरुयोजनाकार जापानी वास्तुविद् प्रा.केन्जो टाँगे १९७२ मा लुम्बिनी आएका थिए। लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिएका उनी आउँदा लुम्बिनीमा घुमाएको हात्ती पनि चौधरी परिवारले नै उपलब्ध गराएको जानकारहरू बताउछन्। लुम्बिनीमै जन्मे हर्केका तथा लुम्बिनी विकास कोषका पूर्व सुरक्षा प्रमुख रामचन्द्र सिंह (जब्बर) ले पनि लुम्बिनीमा आएका बेला टाँगेलाई चौधरी परिवारले पालेको हात्तीमा लुम्बिनी घुमाइएको थियो। 

तत्कालीन राजा महेन्द्र शाहले सन् १९५६ फेवु्रअरी १९ मा लुम्बिनी भ्रमण गरेका थिए। उनी शाहवंशबाट लुम्बिनी भ्रमण गर्ने पहिलो राजा हुन्। सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उ थान्तले तयार गर्न भनेको लुम्बिनी गुरुयोजनालाई अगाडि बढाउन राजा महेन्द्र अग्रसर देखिएका थिए। राजा महेन्द्रले पनि त्यतिबेला आफ्नो घरको अवलोकन गरेको चौधरीको भनाइ छ। 

लुम्बिनी अवलोकनमा आएका राजा महेन्द्रले विष्णुप्रसाद चौधरीलाई तत्कालीन लुम्बिनीको मेनेजर भएर काम गर्न आग्रह गरेका थिए। ‘त्यसका लागि मासिक ३ सय रुपैयाँ लिन आग्रह गरे पनि उनले पैसा लिएर काम गर्दा अर्कै सन्देश जाने भन्दै निःशुल्क रुपमा काम गर्ने वाचा गरे। सोहीअनुसार उनले लामो समय मेनेजर भएर काम पनि गरे,’ विष्णु चौधरीका छोरा मनमोहन चौधरीले भने।

सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्गशमशेर र जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भमा लेखिएको अभिलेख पुनः पत्ता लगाएपछि लुम्बिनी पुनः एकपटक चासो र सरोकारको विषय बनेको थियो। सन् १८९९ मा पीसी मुखर्जीले भगवान् बुद्धको जन्मस्थलमा उत्खनन गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेष बाहिर देखाए। फेरि १९३० को दशकमा केशरशमशेर राणाले खुनगाईका चौधरीले जीर्णोद्धार गर्दै आएको मायादेवी मन्दिरलाई पुनः जीर्णोद्धार गरेर नयाँ आकार दिए। 

लुम्बिनीका अध्येता भोला गुप्ताका अनुसार भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन्। १९६७ मा संयुक्त राष्ट्र संघमा महासचिव उ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई विश्वव्यापी रूपमा हातेमालो गरी विकास र विस्तार गर्ने सोच अगाडि बढ्यो। 

सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ संस्थाको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकाय निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। सन् १९७० मा भवन तथा भौतिक योजना विभागअन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समिति गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो।

यसबीचको समयमा पनि विष्णुप्रसाद चौधरीलाई लुम्बिनीको विकासको जिम्मेवारी दिईएको थियो। सन् १९८५ देखि स्वायत्त निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भएपश्चात् लुम्बिनी क्षेत्रको उत्खनन् संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ। 

यसकारण बस्थे चौधरीको घरमा पाहुनाहरू 
खुनगाईका चौधरी परिवार लुम्बिनीको विकास पर्याय मानिन्छन्। बुद्ध जन्मस्थल लुम्बिनी राज्यको संरक्षणमा नआउँदासम्म चौधरी परिवारको भूमिका अतुलनीय मानिन्छ। जुन बेला लुम्बिनीमा सानो मन्दिर थियो, त्यति बेलादेखि नै लुम्बिनीको संरक्षणमा चौधरी परिवार संलग्न भएको मानिन्छ। 

मनमोहन चौधरीका जिजुबाजेले जीर्णोद्धार गरेको रुम्मिनडिहको मन्दिरलाई शिवचरण चौधरीले आफ्नो पुरानो घरको आकार अनुसार सन् १८७० को दशकतिर पुनः जीर्णोद्धार गराएका थिए। लुम्बिनीस्थित मायादेवी मन्दिरको जीर्णोद्धार विष्णुप्रसाद चौधरीको पालामा गरिएको थियो। 

अध्येता भोला गुप्ता भन्छन्– मायादेवी मन्दिरको भवन र चौधरी परिवारको घरको निर्माण शैली एउटै थियो भन्ने कुरा पुस्तक र तस्बिरहरूमा पनि देखिन्छ। जीर्णोद्धार गर्दा एउटै शैली बनाइएको रहेछ।’ पछि मायादेवी मन्दिरको पुननिर्माण गर्दा भने अर्कै स्वरुप दिइएको छ। 

विसं १८०० देखि १९०० सम्म शिवशरणका कुप्रीबाजेले लुम्बिनीको रेखदेख गरे। त्यसपछि उनका सन्तानहरूले निरन्तर रेखदेख र संरक्षण गरेको अध्येताहरू बताउँछन्। प्राप्त तथ्यांकअनुसार १८२० देखि १९२० सम्म शिवशरणका जिजुबाजे, १८४० देखि १९४० सम्म शिवशरणका बाजे, १८८० देखि १९८० सम्म शिवशरणका बुवा, १९०० देखि १९९० सम्म शिवचरण, १९२० देखि २००४ सम्म शिवशरणका छोरा सीताराम, १९५७ देखि २०१६ सम्म शिवशरनप्रसाद चौधरी १९५७ देखि २०३६, १९७६ देखि २०६५ सम्म विष्णुप्रसाद चौधरी लुम्बिनीको संरक्षणमा क्रियाशील रहेको पाइन्छ।

सीताराम चौधरी, शिवचरन प्रसाद चौधरी र विष्णुप्रसाद चौधरीको समयमा लुम्बिनीको अध्ययन गर्न, जानकारी लिन, भ्रमण गर्न र अनुसन्धान गर्न धेरै विद्वानहरू आएका थिए। त्यसका लिखित प्रमाण उनीहरू आफैंले संकलन गरेर राखेका छन्। कतिपय अहिले पनि सुरक्षित छन् भने केही अध्येताहरूले लगेर फिर्ता नगरेको विष्णुप्रसाद चौधरीका छोरा मनमोहन चौधरी बताउँछन्। 

‘पहिलेदेखि नै लुम्बिनीको सुरक्षा गर्ने, रेखदेख गर्ने, व्यवस्थापन गर्ने परिवार भनेर मनमोहन चौधरीको परिवार र उहाँका जिजु हजुरबुवाहरूलाई चिनिन्छ,’ ७७ वर्षका रामशुभक कुर्मी भन्छन्, म सानो छँदा लुम्बिनी हेर्न भन्दै धेरै मानिस आउँथे, हात्ती, घोडा लिएर उनीहरूलाई घुमाउनुहुन्थ्यो।’

तत्कालीन लुम्बिनी अञ्चलका अञ्चलाधीश काजीमान कन्दङवा तथा लुम्बिनी विकास कोषको अध्यक्ष हुनुपूर्व नै लोकदर्शन बज्राचार्य लुम्बिनीमा आएका थिए। तत्कालीन एमाले नेतृ सहाना प्रधान पनि लुम्बिनी घुमेकी थिईन। त्यतिबेला उनी पनि सोही घरमा बसेकी थिइन्। लुम्बिनीमा सामान्य होटल तथा रेष्टुरेन्ट नहुँदा खाना खानका लागि पनि मानिसहरु चौधरी परिवारकहाँ पुग्थे। 

०००

गाउँमा सुनचाँदीको व्यवसाय गर्नेहरूले चौधरी परिवारलाई बैंकको रुपमा मान्छन्। गाउँका करीब आधा दर्जन सुनचाँदी व्यापारीले चौधरीको घरलाई सुनचाँदी राख्ने गोदाम बनाएका छन्। उनीहरूले दिनभर व्यापार गरेर बाँकी रहेको सुनचाँदी चौधरीको घरमा ल्याएर राख्छन् र अर्को दिन बिहान फेरि बजारमा लैजान्छन्।

त्यसका लागि चौधरीको घरमा छुट्टै कोठा छ। त्यो कोठामा पूस्तौंदेखि सुनचाँदी र गरगहना राख्ने गरेको स्थानीय हरिशचन्द्र बर्माले बताए। उनका हजुरबुवाको पालामा त्यसअघिका पूस्ताले राख्ने गरेकाले त्यसलाई नै निरन्तरता दिएको उनी बताउँछन्। ‘अहिलेसम्म केही कुरा हरायो, चोरी भयो भन्ने छैन,’ उनले भने, ‘मेरा हजुरबुवा पारसनाथ, बुवा देवीशरणले पनि राख्दै आउनुभएको थियो, मैले पनि यहीँ ल्याएर राख्छु।’ चौधरी परिवारले उक्त कोठा सुनचाँदी राख्ने स्थानीय व्यापारीलाई निःशुल्क प्रदान गर्दै आएका छन्।

चौधरी परिवारले राजनीतिक रुपमा पनि स्थानीयको मन जितेको छ। सीताराम चौधरी रुपन्देही जिल्ला पञ्चायतका सभापति भए। उनका ५ भाई छोरामध्ये जेठा ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद निर्वाचित भए र श्रम, कृषि, युवामन्त्री भए। साईँला छोरा मनमोहन चौधरी तत्कालीन भगवानपूर गाउँ पञ्चायतका प्रधानपञ्च भए। अहिले उनी स्वतन्त्र उम्मेदवारबाटै विजयी भएर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख छन्।

खुनगाईबासी चौधरी परिवारको उपस्थितिले सुरक्षित महसुस पनि गर्छन्। स्थानीयप्रति सकारात्मक सद्भाव राख्ने चौधरी परिवारप्रतिको विश्वासका  कारण यहाँका सुनचाँदी व्यवसायीले सरसामान राखेका हुन्। 

अहिले पनि बस्छन् तीन परिवार 

यो ऐतिहासिक घरमा अहिले पनि तीन परिवार बस्दै आएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका १ मा पर्ने उक्त घरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी र उनका भाइहरू नितेशमोहन चौधरी र हरिमोहन चौधरीको परिवार बसोबास गर्दै आएको छ। ५ भाइमध्य दुई भाइभने नजिकैको घरमा बस्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्