• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सीमा अतिक्रमणः अन्तर्राष्ट्रिय अदालत जान सकिन्छ तर नेताहरूले खुट्टा कमाउनु भएन
64x64
नेपाल लाइभ मंगलबार, पुस १, २०७६  १९:३०
1140x725

काठमाडौं-  नेपाल र भारतबीचको सीमा विवाद अब नयाँ मुद्दा रहेन। यसमा प्रमाणका बारेमा पनि धेरै चर्चा भईरहेका छन्। नेपालसँग प्रमाण छ र त्यसका आधारमा लड्न सकिन्छ भन्ने कुरा पनि धेरै आएका छन्। म यसलाई कानुनी दृष्टिबाट हेर्न प्रयासमा छु। यसको शुरुवात सन् १८१४ र १८१६ इन्डो एसिया  लडाइँबाट चर्चा गर्न जरुरी छ। यो नेपाल र इष्ट इन्डिया कम्पनीबीचको लडाइँ हो।   यो लुटेराहरूसँग राज्यको लडाइँ थियो। इन्डो–नेपाल युद्ध थिएन। लुटेराहरूले गरेको यो लडाइँलाई हामीले वैधानिकता दिइरहेका  रहेछौं। यसलाई अन्तर्राष्ट्रिय  अदालतमा जाँदा हामीलाई प्रश्न सोध्न सक्छन् नेपालमा इन्डो वार भएको रहेछ नि भनेर। यसलाई सर्वप्रथम हामीले सच्चाउनु पर्छ। नागरिक समाजको ध्यान यतातिर जान जरुरी छ।  

फ्रेन्च आर्मीले मद्रास र चेरीतिर आक्रमण गरेको थियो। त्यही लडाइँ हामीतिर पनि सुरु भएको थियो। ब्रिटिशसँगे लड्ने सामथ्र्य हामीमा थिएन त्यसैले हामी त्यहाँबाट बाहिर आएको थियाै‌।  जसले गर्दा उसले जमिन प्राप्त गर्‍यो। उसले जमिन लिए पनि उक्त जमिनको सार्वभौमिकता भन्न पाएको थिएन। ब्रिटिशको  शासनमा रहेको इष्ट इन्डिया कम्पनीले जमिन कब्जा गरे पनि  नेपालको सार्वभौम कुमाउ र गढवालमा कायमै  थियो। ब्रिटिस इष्ट इन्डिया कम्पनीले हाम्रो जग्गामात्र हडपेर लिएको रुपमा यसलाई बुझ्दा सही हुन्छ।   यो नेपालको भाग थियो तर हामी यसलाई आफ्नो सार्वभौम भन्न सक्ने अवस्थामै थिएनौं। 

अझ यसलाई यसरी बुझौं, कुनै जग्गा धनीबाट मोहीले जबर्जस्ती हडपेर कमाउनुजस्तै अवस्था थियो  त्यो। जबरर्जस्ती मोही लागेको स्थिति हो भनेर बुझ्न सकिन्छ।  हामीले यहीँबाट सुधार गरेर लानु पथ्र्यो।  तर हामी यसमा चुकेकै हौं। विभिन्न कालखण्डमा हाम्रा शासकको गल्तीका कारण वा अक्षमता कारण हामी असफल भएका हौं।  अहिलेसम्म यो ग्रेट एङलो–नेपाल वार गलत भन्न नसक्नु हाम्रो गल्ती थियो। वास्तवमा  सुगौली सन्धी, सन्धी थिएन। त्यो त दुई पक्षका बीचमा भएको लिज डकुमेन्टमात्र थियो। हाम्रा शासकले नै यसलाई सन्धीको रुपमा बुझाएर गल्तीको शुरुवात गरे। सन्धी हुनका लागि दुई सार्वभौम देशको हस्ताक्षर आवश्यक हुन्छ। उक्त सन्धीमा इष्ट इन्डिया कम्पनी प्रष्ट रुपमा भनिएको छ अनि कसरी सन्धी भन्न मिल्छ? यसलाई सन्धी भनेर  लेखिएको मात्र हो। अब नेपालले यसलाई कानुनी रुपमा सच्याएर जानुपर्छ। दुई देशबीचमा भएको सार्वभौम सन्धी होइन। यो नभएकाले यसलाई हामीले मान्यता दिने कुरा हुँदैन। 

यसरी भएको थियो सन्धी 

इष्ट इन्डिया कम्पनीमा १८१५ जुनमा लर्ड मोरिया एउटा मोर्चाको इन्चार्ज थिए । अक्टरलोनीजस्तै उनी एउटा मोर्चाको कमान्डर  थिए। उनले यो लडाइँ समाप्त गर्ने र गोर्खा रेजिमेन्टसँग केही नलाग्ने ( टिक्न नसक्ने)  पत्रसमेत बेलायतलाई लेखेका थिए।  यो सन्धी गर्न र गोर्खा रेजिमेन्टसँग जारी लडाइँ अन्त्य गर्न लर्ड मोरियाको नेतृत्वमा  कम्पनीको सेक्रेट कमिटि निर्माण भएको थियो। उक्त कमिटिले अध्ययन गरि बेलायतमा  चिठी लेखेको थियो। उक्त चिठीमा लडाँइ जित्न सकिएला तर युद्ध समाप्त नहुने भनी टिप्पणी गरिएको थियो। युद्ध समाप्त नहुने भएकाले शान्तिको बाटोमा जान उपयुक्त हुन्छ भनेर सुझाव पनि दिइएको थियो।

गोर्खालीलाई तत्कालीन समयमा युद्धमा जित्न सकिएला तर उनीहरू पहाड हिड्ने जात भएकाले नथाक्ने तथा युद्धमा हार नमान्ने भएकाले पुनः युद्ध हुनसक्ने भनिएको थियो। उक्त चिठीमा चलाखीपूर्ण रुपमा  शान्तिको बाटो जानु उपयुक्त हुने उल्लेख लर्ड मोरियाले गरेका थिए। उनीहरू देशका लागि लडेका र भारतीय आर्मी तलबी  भएकाले  सन्धीमा जानुपर्छ भनेर मोरियाले चिठीमा उल्लेख गरेका थिए। यो पत्रसँगै अर्को स्पेशल सेक्रेट प्रतिवेदनसमेत तयार भएको थियो। २० पेजको उक्त प्रतिवेदनमा पनि कुमाउ र गढवालको युद्ध र गोर्खा रेजिमेन्टसँग कसरी शान्ति वार्ता गर्ने उल्लेख थियो। यसको ३४  पेजमा कुमाउँबाट  गोर्खा रेजिमेन्ट हटाउनु पर्छ भनिएको थियो। गोर्खालीलाई शान्ति वार्तामार्फत् लिम्पियाधुरा  पहाडबाट कालीको पारि तार्नुपर्छ भनिएको थियो। यो रिपोर्टपछि बेलायतमा एडान भन्ने तत्कालीन कमान्डर–इन–चिफले पत्र र प्रतिवेदन बेलायतमा बुझेका थिए।

सुगौली सन्धी हुनुअघि गोप्य प्रतिवेदन तयार गरिएको थियो। काली नदी पारी गोर्खालीलाई पठाउनु पर्छ त्यहीँबाट  सिमाना कायम नयाँ हुने उनीहरूको तर्क थियो। काली नदीलाई सीमा मान्न सहज हुने उक्त प्रतिवेदनमा उल्लेख थियो। हिमालको नाका काम लाग्ने भएकाले आफूतिर राख्नु पर्ने  उक्त प्रतिवेदनमा सुझाव थियो। कालीका लागि उनीहरूले नयाँ नक्सासमेत निर्माण गरेका थिए। हातले कोरेर हिमाली नाकाहरु व्यापारका लागि राख्नुपर्ने उनीहरूको रणनीति थियो। यही कारण हाम्रो तीन गाउँ टिङकरलगायत उता परेका थियो। यसलाई काली भिलेजको नाम उनीहरूले दिएका थिए। यो नक्सा लन्डन गएको थियो।  यही रणनीतिपछि ‘लिम्पियाधुरादेखि यताको भाग नेपाल’ भन्ने प्रतिवेदन लन्डन पठाइएको थियो। 

१८१५ मा यहीअनुसार सन्धी तयार गरियो। गोर्खा कुमाउ र काली नदीबाट पारि पठाउ र सन्धी तयार गर भनी लन्डनबाट प्रतिवेदन आएको थियो। यहीअनुसार सुगौली सन्धीको पहिलो मस्यौदा तयार भयो। उक्त मस्यौदामा के लेखिएको थियो भने, ‘नेपाल काली नदी पार गर्ने छैन।’ सन्धीको धारा ५ मा उक्त कुरा लेखिएको थियो। यसमा फेरि नेपाल भनेको कुन देश  भन्ने प्रश्न उठ्यो। तत्कालीन समयमा डोटीका राजा बम शाह थिए। उनलाई खुसी पार्न नसकेमा उनले पुनः आक्रमण गरेर कुमाउ र गढवाल आफ्नो बनाउन सक्ने चिन्ता कम्पनीलाई थियो। त्यही अनुसार  बम साहलाई खुसी पार्न डोटीको प्रमुख बनाइयो। १८१५ अगष्टमा सन्धीको गोप्य पत्र  बेलायत गयो। नेपाल र इष्ट इन्डिया कम्पनीका बीचमा सन्धी भयो।   बम शाहले यो भूभाग पछि लिन सकेनन्। नेपाल कुन भन्ने विवाद नआओस् भनेर नेपालका महाराजा र उत्तराधिकारीले काली नदी पारी आएर दावी गर्ने छैनन् भनेर लेखियो। मैले बेलायतबाट यसमा लेखिएको कमेन्ट्री पाएको छु।  धारा ५ बाहेक सबैमा यस्तै टिप्पणी लेखिएको पाइन्छ। उक्त सन्धीमा  अरु काली नदी उल्लेख थिएन। 

गोर्खा रेजिमेन्टलाई सन्धीअघि काली नदी पारी पठाउने कुरा थियो।  यही रणनीतिअनुसार गढवालमा युद्ध लडिरहेका  रणजोर सिंहको कमान्ड र भक्ति थापा मरेपछि उनको सेना सबैलाई पारि जान दिने सहमती भयो। ती सैनिकलाई उता जान दिने भनेर ब्रिटिशहरूले आफैं लिएर आए। काली नदी पारी तारियो। यदि दुईवटा काली थिए भने उक्त समयमा पहिलो वा दोस्रो काली नदी भन्नु पर्ने थिएन? मैले १८१४ देखि प्राप्त गरेको माइन्युटमा यो देखिन्छ। यसबाट के देखिन्छ भने यही काली नेपालको सीमा हो। अब  अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेर हुन्छ ? उनले जितेर लगेको हो। यो हाम्रा नालायक नेताहरूले गरेको गल्ती हो। भारतले कहिल्यै हामीलाई जितेको छैन।  र, हामीले भारतसँग युद्ध पनि गरेका छैनौं र सन्धी पनि गरेका छैनौ‌। 

अहिले मुख्य कुरा काली नदी हाम्रो हो भनेर प्रमाणित गर्ने हो। सिमाना मिचेको होइन अतिक्रमण गरेको हो। नदी पार गरेर हाम्रोमा आएको प्रष्ट छ। सन्धीले पनि यही कुरालाई पुष्टि गरेको छ। ब्रिटिसले बबेलायतमा गरेको सन्धी मान्ने हो भने किन भारतीय आर्मी हाम्रो भागमा छ? यो  त सीमा मिचिएको होइन अतिक्रमण नै हो। हाम्रो अरु सुरक्षित छ तर काली नदीमा छैन भन्ने होइन। एक इन्च मिचिए पनि यो देश असुरक्षित छ। 

यो देशको परराष्ट्र मन्त्रालयको  ‘काविलियत’ देखिएन। उसले यसलाई प्रष्ट रुपमा भन्नुपथ्र्यो। त्यो देखाउन सकेन।  

काली नदी पारी भारतीय सेना बस्नु संयुक्त राष्ट्रसंघको चार्टरको आर्टिकल २ विपरीत छ। भारतीय सेना झुुक्किएर आएको होइन, जानाजान आएको हो। काली नदी सीमा भन्ने जानकारी हुँदाहुँदै आएको हो। हामी अतिक्रमणमै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने हो। हाम्रो जमिन खोला (सीमा) तरेर अतिक्रमण गर्न नै आएको हो। 

अन्तर्राष्ट्रिय अदालतमा अन्य देश पनि गएका छन् 

अब चर्चा गरौं के अन्तर्राष्ट्रिय अदालत जान हुन्छ कि हुँदैन र अन्य देशहरू गएका छन् कि छैनन। सीमा विवादमा अन्तर्राष्ट्रिय अदालत जाने नेपाल पहिलो देश हुने छैन। नेपाल सीमा विवाद लिएर अन्तर्राष्ट्रिय अदालत जान पाउँछ। यसरी जाँदा कुनै पनि देश अझै भनौं भारत रिसाउन जरुरी नै छैन किनकि हाम्रो प्रमाणका आधारमा हामीेले आफ्नो भूभाग  दाबी गर्ने हो, भारतको होइन। 

यसरी सीमा विवादमा अन्य देशहरू पनि अन्तर्राष्ट्रिय अदालत गएका छन्। बर्मा र भारतका बीचमा पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा भएको थियो। यो मुद्दामा भारत हारेको थियो भने बर्माले जितेको थियो। त्यस्तै बंगलादेश पनि सीमा विवाद लिएर अन्तर्राष्ट्रिय अदालत गएको थियो। यसले पनि जितेको छ। थाइल्याण्ड र बर्माका बीचमा पनि सीमा विवादको मुद्दा अन्तर्राष्ट्रिय अदालत पुगेको थियो। के यसरी उनीहरू एक आपसमा अन्तर्राष्ट्रिय अदालत जाँदा युद्ध भयो त? मुद्दा अन्तर्राष्ट्रिय अदालत जाँदैमा रिसाउन पर्दैन। 

अमेरिकासँग पनि दुई देशले लामो समयसम्म सीमा विवादमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लडेका छन्। बोलिभिया र पनामाले अमेरिकाविरुद्ध मुद्दा हालेका थिए ? अमेरिकाले  उक्त मुद्दा हा¥यो तर ती देशमा आक्रमण गर्‍यो त ?  यी कुराबाट हामी किन पाठ लिन सक्दैनौ वा चाहँदैनौं त प्रश्न यही हो। तर हाम्रोमा किन वार्ता गर्नु पर्छ भनेर नेताहरूले सुगा रटाइ लगाई हनु भएको छ त? प्रश्न गम्भीर भएर यहीनिर उत्पन्न हुन्छ ।  भारतसँग  अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लड्न सकिन्छ। तर नेताज्युहरूले कसरी लिनुहुन्छ त्यसमा भर पर्दछ। उनीहरूले कसको पक्षमा निर्णय लिन्छन् अनिमात्र यसमा यसै भन्न सकिन्छ।  हामीसँग भएका प्रशस्त प्रमाणका आधारमा हामीले जित्ने निश्चित छ तर पनि हामी किन वार्ता–वार्ता भन्ने अनि मौन बस्ने गरेका छौ त? 
वार्तावाट नेपाली भूमि फिर्ता हुने हो भने अहिलेसम्म किन भएन त यसको उत्तर जनताले कहिले पाउने? नेता र सरकारले अब जवाफ दिने समय आएको छ। 

(नेपाल बार एशोसियसनमा मंगलबार आयोजित कार्यक्रममा संग्रौलाले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
स्पेन भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्