• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन

64x64
नेपाल लाइभ आइतबार, मंसिर २९, २०७६  १६:४१
1140x725

पोखरा- भारतीय लेखक एसपालले लेखेको दुःख शीर्षकको कथा छ। सम्पन्न व्यापारी बिहान काममा निस्कनुअघि श्रीमतीले भन्छिन्, म भरे माइत जानु छ। मलाई हिराको हार ल्याइदिनुस्। 

व्यापारीको निम्ति त्यो कुनै ठूलो कुरा थिएन। उनले हुन्छ भने। तर दिनभरि काम गर्ने सन्दर्भमा साँझ आउँदा उनले हिराको हार ल्याउन बिर्सिए। श्रीमतीले खोइ भनेर सोध्दा उनले ‘बिर्सिएँ’ भन्ने जवाफ दिए।

रात परिसक्यो। सबै पसलहरू बन्द भइसकेका थिए। अहिलजस्तो मोबाइलको समय थिएन त्यतिबेला। उनले भोलि ल्याउँला भने। उनको श्रीमतीलाई यति धेरै पिर पर्‍यो कि उनलाई लाग्यो संसारको सबैभन्दा दुःखी मान्छे मै हुँ। चित्त दुखाएर उनले श्रीमानसँग भनिन्, म कति दुःखी मान्छे एउटा हिराको हार पनि लगाएर माइत जान पाइनँ। त्यसपछि उनी आँसु खसालेर माइततिर गइन्।

उनको श्रीमानलाई पनि असाध्यै पिर पर्यो। उदास भएर उनी डुल्न बाहिरतिर निस्के। राति १० पनि बजेको थिएन। सुकुम्बासी बस्ती नजिकैमा बच्चाहरू भुटेका बदाम बेच्न बसिरहेका थिए। उनलाई अचम्म लाग्यो यति राति बदाम कसले किन्छ। 
उसले बच्चालाई कति रुपैयाँ हो भनेर सोध्यो। बच्चाले भन्यो। ३ रुपैयाँ। 

उसले सयको नोट दिएर भन्यो, म यो सबै किनिदिन्छु। तिमी घर जाऊ। 

हैन मैले यो भोलि पनि बेच्नु छ। म साटेर ल्याउँछु। 

सुकुम्बासी बस्तीभरि १ सयको नोट साट्न बच्चा घर घर गयो। ऊ पनि बच्चाको पछि पछि गयो। कुनै घरले साट्न सकेनन्। त्यो साट्ने क्षमता कुनै घरले सकेनन्। 

अनि ऊ बच्चातिर नगई ऊ हिँड्यो। उसले बाटोमा सोच्यो, ‘मेरी श्रीमती हार लगाउन नपाइ माइत गइ। ऊ कति दुःखी छे। यो बस्तीमा १ सय साट्न सक्ने कोही छैनन्। यो बस्ती कति दुःखी छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

त्यो कथामा उनको निश्कर्ष थियो, वर्गीय समाजमा दुःख र सुख वर्गका छन्। 

हामी विभिन्न वर्गका छौं। हाम्रा दुःखहरू फरक छन्। नेपाली समाजमा सबै कुरा वर्गले निर्धारण गरेका छन्। आफ्नो भाषामा जीवन चलाउन पाउने र आफ्नो भाषामा जीवन चलाउन नपाउनेहरू बीचको समस्या हो यो। सम्मानपूर्वक पुरुष जसरी बाँच्न पाउनु र जहिले पनि पुरुषभन्दा पछाडि बसेर यात्रा गरिराख्न बाध्य हुनु त्यो पनि वर्गको अर्को रुप रहेछ। आजको मान्छेको दुःख सुख कहाँबाट निर्माण हुन सुरु भयो? कहाँबाट सुरु भयो त्यहाँ पुग्नुपर्ने रहेछ। 

जंगबहादुरको विसं १९१० को मुलुकी ऐन प्रत्येक मानिसहरूका निम्ति उसको जातका आधारमा उसलाई सजाय तोकिएको छ। जात व्यवस्था नै वर्ग निर्माणको निर्णायक तत्व हो। अहिले पनि वर्ग निर्माणमा भूमिका खेल्ने जात हो। 

इतिहासमै फर्किने हो भने त्यो बेलामा मुख्य कुरा जमिन थियो। जमिन जातको आधारमा बाँडियो। विर्ता जातको आधारमा पाउने भइयो। नेपालमा दलितहरूले विर्ता कहिल्यै पाएनन्। किनकि उनीहरूलाई दिनै मिल्दैन थियो। मासिन्य मतवाली छ वटा जनजाति बाहेकका नेवार, गुरुङ, मगर, लिम्बु राई र सुनुवारबाहेकका सबैलाई मासिन्य मतवालीमा राखिएको थियो।

जसलाई जमिन दिन मिल्दैन थियो। नमासिन्या मतवालीहरूले जमिन पहिल्यैदेखि राखे र केहीले अपवादको रुपमा पाए। सबै जमिनमा काम गर्ने रैति थिए। राज्यले नै स्पष्ट किटान गरेर यो यो जातका मान्छे गरीब र यो यो जातका मान्छेचाहिँ धनी हुन पाउने भनेर किटान गरिएको समाज थियो। त्यसैले निर्णायक कुरा जमिन थियो र जमिनमा कुन जातको हक हुने भनेर व्यवस्थाले नै वर्गको सिर्जना गर्‍यो।

त्यसपछि वर्ग निर्माणमा जातीय उत्पीडनले भूमिका खेल्यो। आज धेरैजसो अपराध गर्नेहरूको नाम अखबारमा खोज्यो भने धेरैजसो अपराध गर्ने आरोपीहरू तामाङ हुन्छन्। केही वर्षदेखि यसमा दलित पनि थपिन थालेको छ। अपराधको कोणबाट हेर्‍यो भने पनि सर्लक्कै देखिने रहेछ‚ समाज कहाँ छ।

मैले बलात्कारका धेरै घटना आइसकेपछि विगत १० वर्षको तथ्यांक हेरेको थिएँ। कुन कुन जातिका महिला बलात्कारमा पर्दा रैछन् त। नेपालमा दलितहरूको संख्या १३ प्रतिशत छ। बलात्कृत हुने दलित महिलाहरूको संख्या १६ प्रतिशत छ। जनजाति महिलाहरूमध्ये ३२ प्रतिशत महिलाहरू बलात्कृत छन्।

संविधानमा लेखिएको खस आर्यको संख्या ३१ प्रतिशत छ‚ त्यसको बलात्कारको संख्या ९ प्रतिशत रहेछ। अपराध गर्नेहरूबाट हेर्दै गयो भने पनि निश्चित जात व्यवस्था देखिन्छ। अपराधमा पर्नेहरूको कोणबाट हेर्दा पनि निश्चित जात व्यवस्था देखिन्छ। 

नेपालमा वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन। 

तेस्रो रहेछ नेपालमा क्षेत्रीय उत्पीडन। भेरी र कर्णाली नदी पारिको। भेरी नदी पारीका मान्छेहरूमाथि बेवास्ता गरिएको रहेछ। कर्णाली नदी पारीको उत्पीडन गरिएको रहेछ। 

कर्णालीको बाहुनलाई काठमाडौंको दलितसँग दाँजिन्छ। कर्णालीको बाहुनसँग कर्णालीको दलित कसले दाँजिदिएला। त्यो प्रश्न प्रश्नभित्रै हराएको छ। 

अर्कोतिर हिमाली क्षेत्रमा पनि उत्पीडन गरियो। उत्पीडन कुटेर मात्र हुँदैन‚ वास्ता गरिदिएन भने पनि हुँदो रहेछ। छिमेकीको घरमा चाड छ। सबैलाई बोलाइयो र आफूलाई बोलाइएन भने त्यो अपमान हुन्छ। 

अर्को मधेशमाथि तीन किसिमको उत्पीडन देखें। क्षेत्रीय, त्यो क्षेत्रको भएको हुनाले। अर्को भाषिक सांस्कृतिक। 

२०२७ सालअघि नेपालमा शिक्षित संख्या हुनेमा एउटा सप्तरी जिल्ला थियो। जब नेपालमा नयाँ शिक्षा भनेर पहाडवादी शिक्षा आयो त्यसपछि सप्तरीको शिक्षाको हालत नाजुक रह्यो। रंगको उत्पीडन पनि भयो। यी सबैले वर्ग निर्माणमा भूमिका खेल्दै आए। यी सबै हेर्दै आउँदा आज के छ त? 

पश्चिम नेपालका दलितहरूसँग जमिन हुने थिएन। उनीहरूसँग जमिन हुने स्रोत थिएन। उनीहरू विष्टको घरमा फलाम ठटाउन नपरेको बेला र हलो जोत्न नपरेको बेला मुग्लान गए। मुग्लानमा उनीहरूलाई कसैले दलित भनेर चिन्दैन थिए। त्यहाँ उनीहरूले बाली पाउँदैन थिए। नगद पाउँथे। त्यो नगद ल्याएर उनीहरूले जमिन जोड्न थाले। 

भेरी नदी पारीका दलितहरूको धान खाने खेत कतैबाट आयो भने त्यो मुग्लानको कमाइबाट आयो। 

गजबको अर्थशास्त्र छ नेपालमा। मुग्लानबाट कमाएर ल्याएको धन खेतमा खर्च गरे। नेपालका राजाहरूले केही जनताहरूलाई भारतीय सेनामा पठाउने सन्धी गरे। अंग्रेजहरूको सेवा गर्नका निम्ति नेपालीहरू गए। 

हुन त यो अपमानको कुरा छ। हामी उनीहरूको निम्ति मरिदिनुपर्ने र छातिमा तक्मा भिराएर भनिदिने, वीर हौ नेपालीहरू। 

हामी वीर भनेर रेडियो नेपालबाट गीत बजाउने। 

त्यसको उल्टो फाइदा उनीहरूले विदेशी पैसा बोकेर आए। धेरै मोल भएको विदेशी पैसा। त्यसपछि तिनीहरूले काठमाडौंबाट भारी बोकेर गएर नेवारहरूले पूर्वलाई बल्छी थापेर बसेको धरानमा पक्की घर बनाउन थाले। फर्केर आएर भैरहवा बुटवलमा धुरका धुर जमिन किन्न थाले।

माछापुछ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन। फेवाताल भन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरूको कथाले पनि पोखरा बनायो। त्यो लाहुर जाने कथा नेपालको पुरानो जात व्यवस्था र जातीय उत्पीडनले बनाएको वर्गीय समाजलाई बिस्तारै बिस्तारै बीचमा चिरा पारेर काट्दै जाने एउटा अचम्मको तरवार बन्यो।

सहरहरू नै लाहुरेले बनाए। यदि राणाहरूलाई थाहा हुन्थ्यो आजको धरानमा चटक्क परेको घर लिम्बुले बनाउने छ। पोखरमा ५ तलाको होटल खोल्ने घर मगर वा गुरुङले बनाउने छ। मलाई लाग्छ गोरखा भर्ति सन्धी गरिँदैन थियो। काम गलत थियो। तर त्यसको फाइदा भनौं पुरानो वर्ग संरचनालाई नै खल्बलाइदियो।

त्यसबाट गजबको सुनारहरूको वर्ग जन्मियो। यहाँका सुनार बाली प्रथामा सुन बनाउँथे। तर नगद लिएर लाहुरेहरू आए। उनीहरूले सुनारहरूलाई बोलाएर सुन बनाउन लगाए। सुन त १२ प्रतिशत हाकाहाकी भनेरै काटेर खान पाइन्छ। सुनको काम गर्ने ज्यासलमा गयो भने सुनको धुलो काम गर्ने खेतालाहरूको जिम्मामा लाग्छ।

लाहुरेहरूले सुनारहरूलाई बेसरी काम दिए। जसले गर्दा सुनारहरूको भैरहवामा पाँच तलाको घर बन्यो। जात व्यवस्थाले बनएको त्यो बन्धनलाई लाहुरे प्रथाबाट आएको पैसाबाट त्यो थोरै त्यहाँ टुट्न पुग्यो। त्यसले मध्यम वर्गमा पुर्‍याइदियो। 

नेपालमा २ वटा जातीले यो व्यवस्थालाई अचम्मसँग छलिदिए। एउटा तराईको कायश्थ र पहाडको थकालीले। 

मासिन्या कसरी आइपुग्यो यहाँसम्म? 

जात व्यवस्थाले कज्याउन खोजेको कायश्थ कसरी आइपुग्यो? जात व्यवस्थाले मुन्सी बनायो। मुन्सी बन्न त हिसाब पढ्नै पर्‍यो। त्यो बेलामा शिक्षाको महत्व थिएन। तर अहिले त छ। मुन्सी बनाउन पढाएको मान्छे शिक्षाको घोडा चढेर अगाडि बढ्यो। जात व्यवस्थाको मतवालीको स्थितिलाई भत्क्याइदियो। सीमानामा बसेर‚ खाद खोलामा बसेर‚ चाइना र इण्डियाको बीचमा बसेर व्यापार गर्ने थकाली काठमाडौंले पत्तै नपाइकन अगाडि आइपुग्यो। 

अर्को प्रसंग छ सगरमाथा। युरोपियनहरूले सुरू गरे साहसिक यात्रा। उनीहरूले नै यहाँ आएर एभरेस्ट भन्ने नाम राखे। शेर्पालाई भरी बोकाएर लगे। बाटो देखाउन उही चाहियो। फोक्सोको प्वाल उसैको खुलेको थियो। सबैभन्दा बढी श्वास उसैले लिन सक्थ्यो। उसलाई नलगी भएन। उसलाई हिमाल चढाउँदै जाँदा शेर्पा काठमाडौंदेखि अमेरिकासम्म पुगे। त्यसले पनि भत्काइदियो। 

अर्को प्रसंग मनाङ

माथिल्लो मनाङमा ५ गाउँ गाविस थिए। ती अहिले मनाङमा भोट हाल्नुपर्‍यो भने प्लेनमा आउँछन् रे। अधिकांशको काठमाडौंमा घर छ। 

त्यो कसरी भयो? अचम्मको कुरा छ। 

०२१ सालतिर राजा महेन्द्र सिंगापुर गएछन्। त्यहाँ जाँदा नेपालकै मनाङ मुस्ताङको अनुहारका मान्छे जडिबुटी बेचिरहेका देखेछन्। 

उनले खोज्दा मर्स्यांदीको शिरबाट हामी आएका भनेर उनीहरूले भनेछन्। महेन्द्रले नेपाल आऊ भनेर भनेछन्। उनीहरूले तिमीलाई राजा मानेर हामीलाई के हुन्छ भनेछन्। हामीलाई लुकेर यहाँ आउनु परेको छ। 

तिमीहरू नेपाल फर्केपछि म सबै व्यवस्था गर्छु। तर मर्स्यांदी माथिको ५ गाउँ नेपालभित्र हुनुपर्छ। उनीहरू फर्केर आइसकेपछि विशेष अधिकार दिइयो। नेपाली भइदिएबापत् उनीहरूले विदेशबाट सामान ल्याउदा भन्सार छुट हुने अधिकार पाए।

अधिकार नै नपाउँदा त सिंगापुर गएर जडिबुटी बेच्न भ्याउने। पासपोर्ट बनेर भन्सारमा छुट राज्यले जिम्मा लिने व्यक्तिलाई राज्यले जिम्मा लिइदिने भयो। त्यहाँबाट माथिल्लो मनाङ्गेहरूले विशेष अधिकार पाएर मध्यम वर्गभन्दा माथि हुन पुगे। 

तर मूल चरित्र वर्ग निर्माणको उही छ। घरमा म ४ वटा  पत्रिका पढ्दा लेख लेखेको हेर्छु सबैमा बाहुन हाबी हुन्छ। फेरि म बाहुनविरोधी हैन। नेपालमा बाहुनहरूको ठूलो योगदान छ। नेपालको आन्दोलनमा धेरै बाहुन सहिद छन्। बाहुनहरू सबै शासक हुन् भनेको हैन। क्षेत्री बाहुन भित्रबाट शासक जन्मे। 

तल्लो वर्गमा धेरै छन् क्षेत्री बाहुन्। त्यो जातबाट मात्रै मुख्य शासक जन्मिने प्रकिया रह्यो। 

अहिलेसम्म जति राजनीतिक परिवर्तन भयो तर नेपाली समाजको वर्ग निर्माणको मुख्य कुरा थियो त्यसलाई राजनीतिको निश्चित कार्यदिशाभित्र नसमेटिकन हामी अगाडि बढ्यौं। हामीले नेपाली समाजलाई रुस र चीनको समाजजस्तो सोच्यौं। चीनमा माओ थर भएको मान्छे राजा पनि हुन पायो रैति नि हुनसक्ने भयो। तर नेपालमा त्यस्तो हुँदैन। राम बहादुर ठकुरी भन्यो भने उसको सन्तान कुनै पुर्खा हलि भएन। 

निश्चित जातअनुसारको वर्ग निर्माण हो नेपालमा। पहिलेदेखि नै जात व्यवस्था नभएको समाजजस्तो विश्लेषण गर्दै आइयो। 

महिलाको प्रसंग

आजको समाजमा पुरुषले महिलालाई ल्याउनुपर्छ भन्छ सत्तामा। तर उपाध्यक्ष बनाएर। अगाडि ल्याउनुपर्छ भन्छ। यदि नभने भोट पाउने अवस्था छैन। महिलामाथिको उत्पीडन पनि नयाँ नयाँ कलेवर लगाएर जारी राख्न खोज्दो रहेछ। ठीक जात व्यवस्थामा पनि आफ्नो सत्ता निरन्तर जारी राख्न पनि त्यो व्यवस्था जारी रहँदो रहेछ।  

पोखरामा जारी साहित्यिक महोत्सवमा आहूतीद्वारा व्यक्त गरिएको विचारको सम्पादित अंश


 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्