• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन
64x64
नेपाल लाइभ आइतबार, मंसिर २९, २०७६  १६:४१
1140x725

पोखरा- भारतीय लेखक एसपालले लेखेको दुःख शीर्षकको कथा छ। सम्पन्न व्यापारी बिहान काममा निस्कनुअघि श्रीमतीले भन्छिन्, म भरे माइत जानु छ। मलाई हिराको हार ल्याइदिनुस्। 

व्यापारीको निम्ति त्यो कुनै ठूलो कुरा थिएन। उनले हुन्छ भने। तर दिनभरि काम गर्ने सन्दर्भमा साँझ आउँदा उनले हिराको हार ल्याउन बिर्सिए। श्रीमतीले खोइ भनेर सोध्दा उनले ‘बिर्सिएँ’ भन्ने जवाफ दिए।

रात परिसक्यो। सबै पसलहरू बन्द भइसकेका थिए। अहिलजस्तो मोबाइलको समय थिएन त्यतिबेला। उनले भोलि ल्याउँला भने। उनको श्रीमतीलाई यति धेरै पिर पर्‍यो कि उनलाई लाग्यो संसारको सबैभन्दा दुःखी मान्छे मै हुँ। चित्त दुखाएर उनले श्रीमानसँग भनिन्, म कति दुःखी मान्छे एउटा हिराको हार पनि लगाएर माइत जान पाइनँ। त्यसपछि उनी आँसु खसालेर माइततिर गइन्।

उनको श्रीमानलाई पनि असाध्यै पिर पर्यो। उदास भएर उनी डुल्न बाहिरतिर निस्के। राति १० पनि बजेको थिएन। सुकुम्बासी बस्ती नजिकैमा बच्चाहरू भुटेका बदाम बेच्न बसिरहेका थिए। उनलाई अचम्म लाग्यो यति राति बदाम कसले किन्छ। 
उसले बच्चालाई कति रुपैयाँ हो भनेर सोध्यो। बच्चाले भन्यो। ३ रुपैयाँ। 

उसले सयको नोट दिएर भन्यो, म यो सबै किनिदिन्छु। तिमी घर जाऊ। 

हैन मैले यो भोलि पनि बेच्नु छ। म साटेर ल्याउँछु। 

सुकुम्बासी बस्तीभरि १ सयको नोट साट्न बच्चा घर घर गयो। ऊ पनि बच्चाको पछि पछि गयो। कुनै घरले साट्न सकेनन्। त्यो साट्ने क्षमता कुनै घरले सकेनन्। 

अनि ऊ बच्चातिर नगई ऊ हिँड्यो। उसले बाटोमा सोच्यो, ‘मेरी श्रीमती हार लगाउन नपाइ माइत गइ। ऊ कति दुःखी छे। यो बस्तीमा १ सय साट्न सक्ने कोही छैनन्। यो बस्ती कति दुःखी छ।’ 

त्यो कथामा उनको निश्कर्ष थियो, वर्गीय समाजमा दुःख र सुख वर्गका छन्। 

हामी विभिन्न वर्गका छौं। हाम्रा दुःखहरू फरक छन्। नेपाली समाजमा सबै कुरा वर्गले निर्धारण गरेका छन्। आफ्नो भाषामा जीवन चलाउन पाउने र आफ्नो भाषामा जीवन चलाउन नपाउनेहरू बीचको समस्या हो यो। सम्मानपूर्वक पुरुष जसरी बाँच्न पाउनु र जहिले पनि पुरुषभन्दा पछाडि बसेर यात्रा गरिराख्न बाध्य हुनु त्यो पनि वर्गको अर्को रुप रहेछ। आजको मान्छेको दुःख सुख कहाँबाट निर्माण हुन सुरु भयो? कहाँबाट सुरु भयो त्यहाँ पुग्नुपर्ने रहेछ। 

जंगबहादुरको विसं १९१० को मुलुकी ऐन प्रत्येक मानिसहरूका निम्ति उसको जातका आधारमा उसलाई सजाय तोकिएको छ। जात व्यवस्था नै वर्ग निर्माणको निर्णायक तत्व हो। अहिले पनि वर्ग निर्माणमा भूमिका खेल्ने जात हो। 

इतिहासमै फर्किने हो भने त्यो बेलामा मुख्य कुरा जमिन थियो। जमिन जातको आधारमा बाँडियो। विर्ता जातको आधारमा पाउने भइयो। नेपालमा दलितहरूले विर्ता कहिल्यै पाएनन्। किनकि उनीहरूलाई दिनै मिल्दैन थियो। मासिन्य मतवाली छ वटा जनजाति बाहेकका नेवार, गुरुङ, मगर, लिम्बु राई र सुनुवारबाहेकका सबैलाई मासिन्य मतवालीमा राखिएको थियो।

जसलाई जमिन दिन मिल्दैन थियो। नमासिन्या मतवालीहरूले जमिन पहिल्यैदेखि राखे र केहीले अपवादको रुपमा पाए। सबै जमिनमा काम गर्ने रैति थिए। राज्यले नै स्पष्ट किटान गरेर यो यो जातका मान्छे गरीब र यो यो जातका मान्छेचाहिँ धनी हुन पाउने भनेर किटान गरिएको समाज थियो। त्यसैले निर्णायक कुरा जमिन थियो र जमिनमा कुन जातको हक हुने भनेर व्यवस्थाले नै वर्गको सिर्जना गर्‍यो।

त्यसपछि वर्ग निर्माणमा जातीय उत्पीडनले भूमिका खेल्यो। आज धेरैजसो अपराध गर्नेहरूको नाम अखबारमा खोज्यो भने धेरैजसो अपराध गर्ने आरोपीहरू तामाङ हुन्छन्। केही वर्षदेखि यसमा दलित पनि थपिन थालेको छ। अपराधको कोणबाट हेर्‍यो भने पनि सर्लक्कै देखिने रहेछ‚ समाज कहाँ छ।

मैले बलात्कारका धेरै घटना आइसकेपछि विगत १० वर्षको तथ्यांक हेरेको थिएँ। कुन कुन जातिका महिला बलात्कारमा पर्दा रैछन् त। नेपालमा दलितहरूको संख्या १३ प्रतिशत छ। बलात्कृत हुने दलित महिलाहरूको संख्या १६ प्रतिशत छ। जनजाति महिलाहरूमध्ये ३२ प्रतिशत महिलाहरू बलात्कृत छन्।

संविधानमा लेखिएको खस आर्यको संख्या ३१ प्रतिशत छ‚ त्यसको बलात्कारको संख्या ९ प्रतिशत रहेछ। अपराध गर्नेहरूबाट हेर्दै गयो भने पनि निश्चित जात व्यवस्था देखिन्छ। अपराधमा पर्नेहरूको कोणबाट हेर्दा पनि निश्चित जात व्यवस्था देखिन्छ। 

नेपालमा वर्ग निर्माणको प्रमुख कारण जात व्यवस्था र जातीय उत्पीडन। 

तेस्रो रहेछ नेपालमा क्षेत्रीय उत्पीडन। भेरी र कर्णाली नदी पारिको। भेरी नदी पारीका मान्छेहरूमाथि बेवास्ता गरिएको रहेछ। कर्णाली नदी पारीको उत्पीडन गरिएको रहेछ। 

कर्णालीको बाहुनलाई काठमाडौंको दलितसँग दाँजिन्छ। कर्णालीको बाहुनसँग कर्णालीको दलित कसले दाँजिदिएला। त्यो प्रश्न प्रश्नभित्रै हराएको छ। 

अर्कोतिर हिमाली क्षेत्रमा पनि उत्पीडन गरियो। उत्पीडन कुटेर मात्र हुँदैन‚ वास्ता गरिदिएन भने पनि हुँदो रहेछ। छिमेकीको घरमा चाड छ। सबैलाई बोलाइयो र आफूलाई बोलाइएन भने त्यो अपमान हुन्छ। 

अर्को मधेशमाथि तीन किसिमको उत्पीडन देखें। क्षेत्रीय, त्यो क्षेत्रको भएको हुनाले। अर्को भाषिक सांस्कृतिक। 

२०२७ सालअघि नेपालमा शिक्षित संख्या हुनेमा एउटा सप्तरी जिल्ला थियो। जब नेपालमा नयाँ शिक्षा भनेर पहाडवादी शिक्षा आयो त्यसपछि सप्तरीको शिक्षाको हालत नाजुक रह्यो। रंगको उत्पीडन पनि भयो। यी सबैले वर्ग निर्माणमा भूमिका खेल्दै आए। यी सबै हेर्दै आउँदा आज के छ त? 

पश्चिम नेपालका दलितहरूसँग जमिन हुने थिएन। उनीहरूसँग जमिन हुने स्रोत थिएन। उनीहरू विष्टको घरमा फलाम ठटाउन नपरेको बेला र हलो जोत्न नपरेको बेला मुग्लान गए। मुग्लानमा उनीहरूलाई कसैले दलित भनेर चिन्दैन थिए। त्यहाँ उनीहरूले बाली पाउँदैन थिए। नगद पाउँथे। त्यो नगद ल्याएर उनीहरूले जमिन जोड्न थाले। 

भेरी नदी पारीका दलितहरूको धान खाने खेत कतैबाट आयो भने त्यो मुग्लानको कमाइबाट आयो। 

गजबको अर्थशास्त्र छ नेपालमा। मुग्लानबाट कमाएर ल्याएको धन खेतमा खर्च गरे। नेपालका राजाहरूले केही जनताहरूलाई भारतीय सेनामा पठाउने सन्धी गरे। अंग्रेजहरूको सेवा गर्नका निम्ति नेपालीहरू गए। 

हुन त यो अपमानको कुरा छ। हामी उनीहरूको निम्ति मरिदिनुपर्ने र छातिमा तक्मा भिराएर भनिदिने, वीर हौ नेपालीहरू। 

हामी वीर भनेर रेडियो नेपालबाट गीत बजाउने। 

त्यसको उल्टो फाइदा उनीहरूले विदेशी पैसा बोकेर आए। धेरै मोल भएको विदेशी पैसा। त्यसपछि तिनीहरूले काठमाडौंबाट भारी बोकेर गएर नेवारहरूले पूर्वलाई बल्छी थापेर बसेको धरानमा पक्की घर बनाउन थाले। फर्केर आएर भैरहवा बुटवलमा धुरका धुर जमिन किन्न थाले।

माछापुछ्रे हिमालले मात्रै पोखरा बनेजस्तो लाग्दैन। फेवाताल भन्दा गहिरो लाहुर जानुपर्ने नेपालीहरूको कथाले पनि पोखरा बनायो। त्यो लाहुर जाने कथा नेपालको पुरानो जात व्यवस्था र जातीय उत्पीडनले बनाएको वर्गीय समाजलाई बिस्तारै बिस्तारै बीचमा चिरा पारेर काट्दै जाने एउटा अचम्मको तरवार बन्यो।

सहरहरू नै लाहुरेले बनाए। यदि राणाहरूलाई थाहा हुन्थ्यो आजको धरानमा चटक्क परेको घर लिम्बुले बनाउने छ। पोखरमा ५ तलाको होटल खोल्ने घर मगर वा गुरुङले बनाउने छ। मलाई लाग्छ गोरखा भर्ति सन्धी गरिँदैन थियो। काम गलत थियो। तर त्यसको फाइदा भनौं पुरानो वर्ग संरचनालाई नै खल्बलाइदियो।

त्यसबाट गजबको सुनारहरूको वर्ग जन्मियो। यहाँका सुनार बाली प्रथामा सुन बनाउँथे। तर नगद लिएर लाहुरेहरू आए। उनीहरूले सुनारहरूलाई बोलाएर सुन बनाउन लगाए। सुन त १२ प्रतिशत हाकाहाकी भनेरै काटेर खान पाइन्छ। सुनको काम गर्ने ज्यासलमा गयो भने सुनको धुलो काम गर्ने खेतालाहरूको जिम्मामा लाग्छ।

लाहुरेहरूले सुनारहरूलाई बेसरी काम दिए। जसले गर्दा सुनारहरूको भैरहवामा पाँच तलाको घर बन्यो। जात व्यवस्थाले बनएको त्यो बन्धनलाई लाहुरे प्रथाबाट आएको पैसाबाट त्यो थोरै त्यहाँ टुट्न पुग्यो। त्यसले मध्यम वर्गमा पुर्‍याइदियो। 

नेपालमा २ वटा जातीले यो व्यवस्थालाई अचम्मसँग छलिदिए। एउटा तराईको कायश्थ र पहाडको थकालीले। 

मासिन्या कसरी आइपुग्यो यहाँसम्म? 

जात व्यवस्थाले कज्याउन खोजेको कायश्थ कसरी आइपुग्यो? जात व्यवस्थाले मुन्सी बनायो। मुन्सी बन्न त हिसाब पढ्नै पर्‍यो। त्यो बेलामा शिक्षाको महत्व थिएन। तर अहिले त छ। मुन्सी बनाउन पढाएको मान्छे शिक्षाको घोडा चढेर अगाडि बढ्यो। जात व्यवस्थाको मतवालीको स्थितिलाई भत्क्याइदियो। सीमानामा बसेर‚ खाद खोलामा बसेर‚ चाइना र इण्डियाको बीचमा बसेर व्यापार गर्ने थकाली काठमाडौंले पत्तै नपाइकन अगाडि आइपुग्यो। 

अर्को प्रसंग छ सगरमाथा। युरोपियनहरूले सुरू गरे साहसिक यात्रा। उनीहरूले नै यहाँ आएर एभरेस्ट भन्ने नाम राखे। शेर्पालाई भरी बोकाएर लगे। बाटो देखाउन उही चाहियो। फोक्सोको प्वाल उसैको खुलेको थियो। सबैभन्दा बढी श्वास उसैले लिन सक्थ्यो। उसलाई नलगी भएन। उसलाई हिमाल चढाउँदै जाँदा शेर्पा काठमाडौंदेखि अमेरिकासम्म पुगे। त्यसले पनि भत्काइदियो। 

अर्को प्रसंग मनाङ

माथिल्लो मनाङमा ५ गाउँ गाविस थिए। ती अहिले मनाङमा भोट हाल्नुपर्‍यो भने प्लेनमा आउँछन् रे। अधिकांशको काठमाडौंमा घर छ। 

त्यो कसरी भयो? अचम्मको कुरा छ। 

०२१ सालतिर राजा महेन्द्र सिंगापुर गएछन्। त्यहाँ जाँदा नेपालकै मनाङ मुस्ताङको अनुहारका मान्छे जडिबुटी बेचिरहेका देखेछन्। 

उनले खोज्दा मर्स्यांदीको शिरबाट हामी आएका भनेर उनीहरूले भनेछन्। महेन्द्रले नेपाल आऊ भनेर भनेछन्। उनीहरूले तिमीलाई राजा मानेर हामीलाई के हुन्छ भनेछन्। हामीलाई लुकेर यहाँ आउनु परेको छ। 

तिमीहरू नेपाल फर्केपछि म सबै व्यवस्था गर्छु। तर मर्स्यांदी माथिको ५ गाउँ नेपालभित्र हुनुपर्छ। उनीहरू फर्केर आइसकेपछि विशेष अधिकार दिइयो। नेपाली भइदिएबापत् उनीहरूले विदेशबाट सामान ल्याउदा भन्सार छुट हुने अधिकार पाए।

अधिकार नै नपाउँदा त सिंगापुर गएर जडिबुटी बेच्न भ्याउने। पासपोर्ट बनेर भन्सारमा छुट राज्यले जिम्मा लिने व्यक्तिलाई राज्यले जिम्मा लिइदिने भयो। त्यहाँबाट माथिल्लो मनाङ्गेहरूले विशेष अधिकार पाएर मध्यम वर्गभन्दा माथि हुन पुगे। 

तर मूल चरित्र वर्ग निर्माणको उही छ। घरमा म ४ वटा  पत्रिका पढ्दा लेख लेखेको हेर्छु सबैमा बाहुन हाबी हुन्छ। फेरि म बाहुनविरोधी हैन। नेपालमा बाहुनहरूको ठूलो योगदान छ। नेपालको आन्दोलनमा धेरै बाहुन सहिद छन्। बाहुनहरू सबै शासक हुन् भनेको हैन। क्षेत्री बाहुन भित्रबाट शासक जन्मे। 

तल्लो वर्गमा धेरै छन् क्षेत्री बाहुन्। त्यो जातबाट मात्रै मुख्य शासक जन्मिने प्रकिया रह्यो। 

अहिलेसम्म जति राजनीतिक परिवर्तन भयो तर नेपाली समाजको वर्ग निर्माणको मुख्य कुरा थियो त्यसलाई राजनीतिको निश्चित कार्यदिशाभित्र नसमेटिकन हामी अगाडि बढ्यौं। हामीले नेपाली समाजलाई रुस र चीनको समाजजस्तो सोच्यौं। चीनमा माओ थर भएको मान्छे राजा पनि हुन पायो रैति नि हुनसक्ने भयो। तर नेपालमा त्यस्तो हुँदैन। राम बहादुर ठकुरी भन्यो भने उसको सन्तान कुनै पुर्खा हलि भएन। 

निश्चित जातअनुसारको वर्ग निर्माण हो नेपालमा। पहिलेदेखि नै जात व्यवस्था नभएको समाजजस्तो विश्लेषण गर्दै आइयो। 

महिलाको प्रसंग

आजको समाजमा पुरुषले महिलालाई ल्याउनुपर्छ भन्छ सत्तामा। तर उपाध्यक्ष बनाएर। अगाडि ल्याउनुपर्छ भन्छ। यदि नभने भोट पाउने अवस्था छैन। महिलामाथिको उत्पीडन पनि नयाँ नयाँ कलेवर लगाएर जारी राख्न खोज्दो रहेछ। ठीक जात व्यवस्थामा पनि आफ्नो सत्ता निरन्तर जारी राख्न पनि त्यो व्यवस्था जारी रहँदो रहेछ।  

पोखरामा जारी साहित्यिक महोत्सवमा आहूतीद्वारा व्यक्त गरिएको विचारको सम्पादित अंश


 

प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ननग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपमेयर डंगोलको आग्रह
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
ननग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपमेयर डंगोलको आग्रह शनिबार, असार २१, २०८२
चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण शनिबार, असार २१, २०८२
प्रदेश अस्पताल पर्वतमा पैतीस वर्षपछि विशेषज्ञ सेवा शनिबार, असार २१, २०८२
एसिसी मेन्स यु-१६ फाइनल: नेपाललाई सामान्य लक्ष्य शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्