• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुःख बिसाउन आएका सुस्तावासी फेरि दुःखसँगै फर्के

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  १८:००
1140x725

काठमाडौ‌- सुस्ताबासीले आफैंले उब्जनी भित्र्याइरहेको र सरकारलाई कर तिरिरहेको जग्गामा जान समेत भारतीय सेनाको अनुमति लिनुपर्ने भयो। आफ्नै मेहनतले पहेँलै झुलेको धान खेत पनि परैबाट हेर्नुपर्ने भयो।

उनीहरूलाई लाग्यो- जिन्दगीमा यति ठूलो विपत्ति त कहिल्यै आएको थिएन।

०६२ सालको हिउँदमा यही दुखेसो सिंहदरवारलाई पोख्न रामानन्द हरिजनसहित ८४ जनाको टोली काठमाडौं आइपुगेको थियो। काठमाडौं सहर उनीहरूको दुःखभन्दा बढी चिसो थियो।

अन्जान सहरमा न्यानो बाँड्ने कोही चिनजान थिएनन्। होटलमा बस्ने पनि पैसा थिएन। तराईको तुषारो सहेर आएका उनीहरूले काठमाडौंको चिसो पनि खप्न सकिएला भन्ने सोचे। त्यसैले थापाथलीको कालमोचन घाटमा रात बिताउन थाले।

३ महिना १३ दिनसम्म ‘सुस्ता बचाउनुस्’ भन्दै उनीहरू सिहंदरबार धाइरहे।

काठमाडौंको चिसो बढ्दै थियो।

७५ वर्षीय हरिजनलाई काठमाडौं आएदेखि नै सञ्चो थिएन। रोगी ज्यान भए पनि सुस्ता जोगाउनुपर्छ भन्दै १०/१५ दिन भौतारिए। बुढो ज्यानले धेरै दिन चिसो खप्न सक्ने कुरै थिएन। उनी थलिए।

साथीहरूले उनलाई वीर अस्पताल लगे। बीसको उन्नाइस् भएन। सबैले घर फर्काउने सल्लाह गरे। तर, सुस्ता नफर्किएसम्म घर नफर्किने आफ्नो कसममा अडिग थिए, हरिजन। उनी आफ्नै कानने सुस्ता फिर्ता भएको सुन्न चाहन्थे। त्यतिबेला उनीसँगै आएका रवीन्द्र जैसवाल अहिले पनि सम्झिन्छन्, ‘सरकारले नेपाली भूमी फिर्ता गरिदिन्छ भन्ने उनलाई ठूलो भरोसा थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

सरकारप्रतिको त्यो आसलाई त्यत्तिकै छाडेर हरिजनले संसार छाडे।

जमिन फिर्ता ल्याउने जोश बोकेर काठमाडौं पुगेका सुस्ताबासी न्याउरो अनुहार लगाएर घरै फर्के। जैसवाल भन्छन्- ‘जमिन त पाएनौं, सँगै गएको साथीलाई पनि गुमाउनुपर्‍यो।’

000

नेपाली भूमि भारतीय कब्जामा परेको भन्दै सुस्ताबासीले गुनासो गर्न थालेको वर्षौं भइसक्यो। नेताहरूले धेरै पटक फिर्ता ल्याउने आश्वासन पनि दिइसके।

भारतले मिचेको जग्गामा जीवन जोडिएकाले पनि सुस्ताबासी विक्षिप्त भएका हुन्। कमाई खाने भाँडो त्यही थियो। तरकारी फल्थ्यो। उखु फस्टाउँथ्यो। बास्ना आउने चामलको धान पनि त्यहीँ झुल्थ्यो।

अहिले त सबैसबै सम्झनामा मात्र छ।

सुस्ता जोगाउनु पर्‍यो भन्दै सुस्ताबासी दोस्रो पटक ०६४ सालमा काठमाडौं आए। पहिलो संविधानसभाको निर्वाचन हुन २४ दिन मात्रै बाँकी थियो। देशलाई चुनावी माहोलले छोपिसकेको थियो।

भर्खरै शान्ति प्रक्रियामा आएको र राष्ट्रवादी धुन बजाइरहेको माओवादीले भूमि फिर्ता ल्याउन पहल गर्ला भन्ने सोचेका थिए, उनीहरूले। गोपाल गुरुङको नेतृत्वमा सुस्ताबासीहरू प्रचण्डलाई भेट्ने बुद्धनगर पुगे। त्यतिबेला माओवादीको हेडक्वार्टर बुद्धनगरमा थियो।

पार्टी केन्द्रीय कार्यालयमा प्रचण्डसँग मात्रै भेट भएन। देव गुरुङ, कांग्रेस नेता रामचन्द्र पौडेल, तत्कालीन एमालेका नेता माधव नेपाल र सद्वाभानाका नेताहरूको पनि उपस्थिति थियो। सुस्ताबासीका आशाका अनुहारहरू त्यहीँ भेटिए।

गुरुङ त्यो दिन सम्झन्छन्, ‘प्रचण्डले हामीलाई चुनाव सकिएपछि सबै कुरा मिल्ने बताउनुभयो। अहिले चुनावमा सहभागी हुन भन्नुभयो। त्यसपछि हामी गाउँ फर्क्यौं। सुस्ता बचाउ अभियानमा जे जति खर्च भएको छ त्यो पनि राज्यले दिन्छ भन्नुभएको थियो, उहाँले। हरिजनलाई पनि सहिद घोषणा गर्ने वाचा गर्नुभयो।’

मरिभूमिमा पानी भेटेजस्तो भयो, सुस्ताबासीलाई।

प्रचण्डलाई आदर्श मानेर उनीहरू गाउँ फर्के। चुनावमा पनि भोट हाले। चुनावपछि स्वयं प्रचण्ड नै प्रधानमन्त्री बने। सुस्ताबासीको खुसीको सीमा नै रहेन। अब सम्पूर्ण समस्याको समाधान हुन्छ भन्ने सोचे। प्रचण्डले भारतको निम्तो अस्वीकार गरेर चीन गएपछि त्यसअघि देखि नै भारतप्रति रुष्ट सुस्ताबासीमा झनै खुसी थपियो। आशा झनै बढ्यो।

सुस्तामा उमंग छायो, 'नेपालको सच्चा नेता यिनै हुन्।'

चीनबाट फर्किएको केही समयपछि प्रचण्ड भारत गए। दमन र शोषणको विरुद्धमा सबैभन्दा बढी बोल्ने प्रचण्डले समस्या सल्टाएर आउँछन् भन्ने उनीहरुको सोचाइ थियो। ‘समस्या समाधान होला भनेको त प्रचण्ड यस्ता विषयमा बोल्नै छाडे। उनको शैलीमा परिवर्तन आयो,’ सुस्ताबासी आदम खाँ भन्छन् ‘प्रचण्डले भनेजस्तै न अहिलेसम्म हामीले भूमि फिर्ता पायौं, न रामानन्द सहिद घोषणा गरिए। न उनको परिवारले राहत पायो। न हामीले चैनको सास फेर्न पायौं।’

000

सुस्ताबासीको दुःखको कथा ०६० सालबाट सुरु हुन्छ। जब नेपाल र भारतको सीमामा भारतीय एसएसबी फोर्स तैनाथ भयो, त्यसदिनदेखि आजसम्म दुख्न बाध्य छन् उनीहरू।

गत सोमबार सुस्ता बचाउन अभियानका अध्यक्ष गोपाल गुरुङ, उपाध्यक्ष आदम खाँ, सदस्य रवीन्द्र जैसवाल र महिला नेत्री लैला बेगम काठमाडौं आइपुगेका थिए। नीति अनुसन्धान प्रतिष्ठान र अन्तर्राष्ट्रिय सीमा समितिले आयोजना गरेको कार्यक्रममा निम्तो मान्न आएका थिए।

कार्यक्रम सकेर साँझ गोंगबु बसपार्कमा फर्किएका थिए उनीहरू।

‘८ बजेको टिकट। हामी आजै फर्कनु छ,’ नेपाल लाइभकर्मीसँग जैसवालले हतारो सुनाएका थिए।

रातभर बसको यात्रा, काठमाडौं ओर्लिएपछिको दौडधुपले अभियानकी नेत्री लैला बेगम बिसञ्चो थिइन्। ‘सञ्चो छैन सर। गाह्रो भएको छ। बोल्नै नसक्ने छु,’ सुस्त आवाजमा उनले भनिन्।

काठमाडौं झर्ने बित्तिकै उनीहरूले गोंगबु नजिकैको गेस्ट हाउसमा एउटा रुम बुक गरेका रहेछन्। साँझ अध्यक्ष गोपाल गुरुङले हामीलाई कुराकानीका लागि त्यतैतर्फ लगे।

सुस्ताको छट्पटाहट बोकर आएका थिए, उनीहरू। भारतको मुठीमा निसास्सिएर माखाजस्ता भएका सुस्ताबासीका कथा उनीहरूका निरस अनुहारमा झल्किरहेको थियो।

‘मिडियाका साथीहरूले जति कलम चलाएर हामीलाई साथ दिए,त्यसको एक अंशमात्र सरकारले गरिदिएको भए सुस्तामा प्रगति भइसक्थ्यो,’ हामीतर्फ फर्कँदै समितिका उपाध्यक्ष आदमले भने, ‘तर, के गर्नु! सरकारले सबै पढेर पनि रद्दीको टोकरीमा फाल्छ।’

सेताम्य दारी, गाला बुढ्यौलीले चाउरिइसकेको छ, आदमको। लामो समय त भूमि संघर्षकै लागि बितिसक्यो उनको। अझै कति काल यही प्रयोजनका लागि बिताउनुपर्ने हो र कति ठक्कर खानुपर्ने हो, उनलाई पत्तो छैन।

‘आजको कार्यक्रममा रिटाएर अफिसर र महानिर्देशक बोलाइयो। अनि छलफल गरियो। अरे! रिटाएर हैन बहालवालालाई बोलाए पो काम हुन्छ त। खै त बहालवालाले पहल गरेको,’ भावुक र निराशावादी मुद्रामा आदम बोल्छन्।

000

२०६२ साल जेठ १७ गतेदेखि एसएसबी फोर्सको सक्रियतामा सुस्ताको भू-भागमा अतिक्रमण सुरु भयो। सुस्ताबासीले अतिक्रमण रोक्न कुनै कसुर बाँकी राखेनन्। तर, सम्भव भएन। ‘इण्डियाका पुलिस जनमतसाथ हात हतियार लिएर आउँथ्यो। हामी ५० जना हुन्थ्यौं भने उनीहरू सयौंको संख्यामा हुन्थे,’ अध्यक्ष गोपाल सुनाउँछन्।

विरोध गर्दा सुस्तावासीले झुठो मुद्दा खेप्नुपर्‍यो। कतिपय चोरी, कडैती मुद्दामा भारतीय जेलमा बन्दी बनाइए। कति निर्घात कुटिएर घाइते भए।

२०६४ सालसम्म सुस्ताको १४ हजार हेक्टर जमिन भारतले अतिक्रमण गर्‍यो।

सुस्तावासी नेपालको सीमा अतिक्रमण गर्‍यो भनेर सुरुमा जिल्ला प्रशासन कार्यालय नवलपरासी गए। त्यहाँ केही सुनुवाइ भएन। त्यसपछि अञ्चल प्रशासन कार्यालय बुटवल, क्षेत्रीय प्रशासन कार्यालय पोखरासम्म धाए। केही सहायता नपाएपछि उनीहरू सिंहदरबार पसे। ‘त्यस दिनदेखि सिंहदरबार धाइरहेका छौं। तर, आजसम्म न्याय पाएका छैनौं,’ गोपाल भन्छन्।

२०६२ सालमै उनीहरूले सुस्ता बचाउ अभियान गठन गरे। जुन अहिलेसम्म संघर्षसरत् छ।
गुरुङको दिमागमा अझै ताजा छ, गिरिजाबाबु नेतृत्वको सरकार हुँदादेखि आफूहरू सिंहदरवार धाएको। ‘सबै जना भेटमा हामी गम्भीर छौं भन्छन्। तर, कसैले केही गर्दैनन्,’ उनी दिग्दारी पोख्छन्।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा त्यस्तै भयो। कहिले निवास त कहिले मन्त्रालय बोलाउने। अन्त्यमा व्यस्त भन्दै भेट नदिएको कथा गोपाल सम्झन्छन्।

सुस्ताका हरेक पीडाका साक्षी हुन्, गुरुङ। उनको आफ्नो दुई बिगाह जति जमिन भारतले अतिक्रमण गर्‍यो। आफ्नै गहुँ र उखु खेतीमा पटकपटक आगो लगाएको टुलुटुलु हेर्न बाध्य भए। बजार जाँदा आफ्नै चेलीहरूले भारतीयबाट दुर्व्यवहार सहनुपर्ने अवस्था भोगे। ‘हामीलाई यो भन्दा ठूलो पीडा अरु के हुन्थ्यो र,’ उनी पीडाजन्य भावमा बोल्छन्।

अहिले अभियानका सदस्यहरू भारतको कालोसूचीमा परेका छन्। ‘त्यही भएर हामी भारत जाँदैनौं। नेपाल आउँदा डुंगा चढेर आउँछौं,’ उनले भने।

गोपालको एउटा सपना छ- भू–भाग फिर्ता पाएर चैनको सास फेर्ने।

नेपाली सैनिक सुस्ता पुगेपछि अहिले भारतीय अतिक्रण रोकिएको छ। तर पहिलाको अतिक्रमित भूमी भने फिर्ता आएको छैन। ‘अतिक्रमण भएको भू–भाग भारतले छाड्नैपर्छ। जबसम्म फिर्ता आउँदैन। हामी तबसम्म संघर्ष गरिरहन्छौं। मर्नु परे पनि मर्छौं,’ गोपाल भन्छन्।

000

सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदमले साढे १३ विगाह जमिन गुमाएका छन्। सुस्ताको पूर्व र उत्तरतर्फ एउटा काल्पनिक रेखा सिमलको रुखलाई मानिएको छ। त्यो सिमलको रुख उनकै खेतमा छ। भारतबाट आफूहरू समस्यामा पर्नुमा नेपाल सरकारकै कमजोरी भएको उनको ठहर छ।

‘विगतमा केही प्रहरी अधिकारीले कमजोरी हुने प्रशस्त ठाउँ बनाए,’ उनी गुनासो गर्छन्, ‘नेपालको भूमिबाट भारतीय एसएसबीले गस्ती गर्ने त हैन नि। सुस्तामा खटिएका पहिलो डिएसपी जगन्नाथ श्रेष्ठले आएको केहीदिन पश्चात सुस्ताका भूमिमा बाटो निर्माण गरे। भारतीय फोर्सलाई ‘आप यताबाट जाओ हाम् इदर से जान्छौ’ भनेर। त्यसरी त हामी पेलिने त हौं नि।’

जबजब सीमा अतिक्रमण हुन्थ्यो, आदमहरू छाती फुलाएर जान्थे। तर, उताको सयौं फोर्सको अगाडि निरिह बनेर फर्कनुको विकल्प हुन्नथ्यो।

‘काठमाडौंमा सुस्ता आयो भने राष्ट्र प्रमुखको टाउको दुखाइ हुन्छ,’ आदम भन्छन्। तैपनि उनको आशा र ठहर छ- नेपाल सरकारले नै चाह्यो भने सुस्ताबासीले गुमाएका जग्गा फिर्ता गरिदिन सक्छ। 

तर, कुनै प्रमुखले चासो नदेखाउँदा उनी चिन्तित छन्।

सीमाकै कारण आफ्ना बच्चाहरू पढाइ छाड्न बाध्य भएको उनी सुनाउँछन्। ‘सातसम्म पढाएर त्यसपछि गोठालो बनाउन बाध्य छौं,’ उनी गुनासो पोख्छन्।

नेपालबाट नेपाल जान नै भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ। कि त नदी तरेर जानुपर्छ। त्यो सधैं सम्भव हुँदैन।

‘नेपालको भूमि हुँदै भारतले सामान आयात निर्यात गर्दा त्यहाँ कुनै रोक हुँदैन। तर, नेपालले गर्दा भने सधैं अवरोध हुन्छ,’ आदम बताउँछन्।

विगतको सरकारले सुस्ताको समस्या समाधान गर्न त सकेन। तर, यो सरकारसँग ठूलो आशा छ आदमको। भन्छन्, ‘विगतमा अल्पमतका सरकार बने/चले यो देशमा। चक्रीय प्रणाली अनुसार चले। तर, अहिले दुई तिहाइको छ। सरकार ढल्ला भन्ने डर छैन। ५ वर्ष चल्छ। यो सरकारले नगरे कुनै सरकारले गर्न सक्दैन।’

राष्ट्रको हितमा प्रधानमन्त्री स्वयम् नै बोल्नुपर्ने उनी बताउँछन्। ‘अहिले जनता र विभिन्न संस्था बोलेका छन्। दलहरू एक ढिक्का भएका छन्। राम्रो सहमति पनि भयो। अहिलेको अवस्थामा यो सरकारले सीमा सच्याऊ भनेर भन्नुपर्छ,’ उनी भन्छन्।

अहिलेके सरकारमा आफूहरुको आशा रहेको आदम बताउँछन्।

000

अभियानका अर्का सक्रिय सदस्य रवीन्द्र ०६२ पछि बसाइँ आएका हुन् सुस्ता। तर, यहाँ आएदेखि उनले चैनको श्वास फेरेका छैछन्। सुस्ताको पीडाले उनलाई पनि पोल्यो।

पोहोर भदौ ६ गते एउटा घटना घट्यो। नेपालको लालपूर्जा भएको ५६ बिगाह जमिनमा भारतीयहरूले जबरजस्ती बाटो बनाउन खोजे।

‘त्यो कुरा जानकारी पाएपछि आदम दाइको साथमा ५/६ जना गए। त्यसको प्रतिकारमा तिनीहरूले हाम्रो काल्पनिक बोर्डरमा एक मिटर चौडाइ र २ मिटर गहिराइको खाल्डो खनेर आउन जान बन्द गरिदिए,’ रवीन्द्रले भने, ‘त्यसपछि हामी भदौ ११ गते प्रदेश ५ का मुख्यमन्त्रीलाई भेट्न गयौं। ज्ञापन पत्र दियौं। १२ गते गाउँपालिका प्रमुख लगायत हामीले उताको प्रतिनिधिलाई छलफल गर्न बोलाउँदा उताबाट सबै उर्लिएर आए। हामीले छलफल गर्न नसकी त्यहाँबाट हिँड्यौं।’

अघिल्लो वर्षको विवादबारे सबिस्तार भन्दै थिए, उनी।

सुस्ताबासीले बनाएको कल्भर्ट पनि एसएसबीले भत्काएका थिए।

वैकल्पिक बाटो पुल बनाउन सुस्ताबासी भाद्र १२ गते १२ बजेदेखि लागिपरे। त्यही क्रममा एसएसबीहरूले गोली हान्छु भनेर उनीहरूलाई धम्की दिए। ‘त्यतिबेला त्यहाँ गाउँका महिलाले हामीलाई ब्याक गरेर तपाईंहरू जानुस् हामी लड्छौं भनेर पुल बनाइ छाडे,’ रवीन्द्रले भने।

 

रवीन्द्रले सुस्ताको लागि रगत/पसिना बगाउने थुप्रै नेपाली देखेका छन्। यसरी छातीमा गोली थाप्न तम्तयार हुने त्यस्ता नेपाली धेरै छन्,जसको नेपाली नागरिकता छैन।

रवीन्द्र भावुक हुँदै सुनाउँछन्, ‘सुस्ता आज जति बचेको छ, त्यो नागरिकता नभएको मान्छेले बचाए। तर, राज्यले तिनीहरूलाई नै गैर- नेपाली बनायो।

सुस्तामा धेरै नेपालीको नागरिकता छैन। उनीहरू राज्यको सेवा सुविधाबाट बञ्चित छन्। ‘यहाँ नागरिकता नभएका कति नागरिक सुस्ताका निम्ति सहिद भए होलान्। कति घाइते भए होलान्। के तिनीहरूको रगतमा राष्ट्रियता बगेको थिएन होला?,’ रवीन्द्रले आक्रोश र प्रश्न एकैपटक ओकले।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्