• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राजनीति त्यागेर भैंसीपालन

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  ०८:३०
1140x725

इटहरी- जंगलको मध्य भागमा खुल्ला चउर। रोमाञ्चक लाग्दो शान्त वातावरण। छेवैनिर नहरको डिल। डिलबाट भैंसीका आधा पाडा नहर पारी तरेर चउरमा पुगिसकेका थिए। आधा नहरकै डिलमा चरिरहेका देखिन्थे। 

नहरकै डिलमा ऊनीको झोला भिरेका गोठाला, जो लामो लौरोमा मोटो ज्यान थमाएर उभिइरहेका थिए।बाराहक्षेत्र नगरपालिकाका शरसिंह लिम्बु हुन् उनी। विगत ५ वर्षदेखि भैंसी गोठालो हुँदै बित्छ उनको दैनिकी। 

शरसिंहको यो पुर्ख्यौली पेसा हो। बाबुले भैंसी गोठ चलाएको भएर आफू पनि यसैमा भिज्न सकेको उनी सुनाउँछन्। ‘पहिले बाटो बिराएर कताकता लागेँ। अहिले भर्खर जिन्दगी सही ढंगले चलाइरहेको छु,’ उनी हाँस्दै भन्छन्।

सुरुमा ४ वटा भैंसीबाट गोठ सुरु गरेका थिए शरसिंहले। अहिले  गोठमा ५० वटा पुगेका छन्। भैंसीकै स्याहार सुसारमा उनको पूरा दिन बित्छ। बिहान ३ बजे उठेर दुध दुहुनेदेखि बेलुका घाँस काट्नसम्म आफैं तम्सन्छन् उनी। 
यसरी व्यस्त देखिने शरसिंह भैंसी पालनमा पछि मात्र लागेका हुन्। 

‘पहिले राजनीतिमा लागेर दिक्क भइयो। अहिले भैंसी पालेदेखि बिन्दास छु,’ उनी विगत कोट्याउँछन्। उनको बदलिएको सोचले भन्छ– राजनीतिमा त जालझेल धेरै हुने। भैंसी पालेपछि पैसा र इमान दुवै हुने। 

२०३६ सालमा अनेरास्ववियुको सदस्य थिए उनी। पछि पञ्चायत विरोधी आन्दोलनमा होमिए। त्यसै बेला चलेको विद्यार्थी आन्दोलनमा उनी पार्टीको झण्डा बोकेर हिँडे। 

त्यसपछि पार्टीको कार्यक्रममा लुकीछिपी जाने गरेको उनले सुनाए। ‘त्यो बेला सेना र पुलिसको निकै डर थियो,’ शरसिंहले सम्झिए, ‘तर पनि हामी भागीभागी गाउँमा गएर संगठन गर्थ्यौं।’ 

त्यही क्रममा पारिवारिक जिम्मेवारी पनि बढ्न थाल्यो उनको। विकल्प केही नभएपछि विदेश जानुपर्ने बाध्यतामा पुगे। स्काभेटर अपरेटर सिकेर बहराइन गए।  करिब ३ वर्ष काम गरेपछि नेपाल फर्किए। नेपाल आएपछि पुनः बेरोजगार भए। त्यहीबखत एक छिमेकी बहिनीले बहराइनको आइडी बनाउँदा सजिलो हुने सल्लाह दिइन्। उनी तिनै बहिनीको सल्लाहको पछि दौडिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९९६ मा फेरि बहराइन हानिए। गएको ९ महिनामा आइडी बन्यो। कमाइ राम्रै थियो। तर, विदेश बसिरहन मनले मागेन। १ वर्ष काम गरे अनि नेपाल फर्किए। करिब ४ लाख रुपैयाँ ऋण तिरेर केही पैसा बचाए। तर, के मा लगानी गर्ने भन्ने अन्योल भइरह्यो। 

गाउँ फर्किएपछि ‘शरसिंह आयो’ भन्ने हल्ला पनि भइहाल्यो। तर, त्यतिबेलाको जनयुद्ध काल। जो कोही निर्दोष युवालाई माओवादी बनाइन सक्थ्यो। उसो त उनी पहिला राजनीतिमै बरालिएका। 

सन्देहको घेरामा परे। 

‘युद्धमा जाऊँ भन्न माओवादीहरू धेरैपटक घर पनि आए। तर म लामो समय दुईचार माउ भैंसीको स्याहार गरेर घरमै बसेँ,’ उनले सुनाए। 

देशमा शान्ति सम्झौता पश्चात् पहिलो संविधान सभाको निर्वाचन हुने भयो। त्यो बेला सबै दलका नेताले उनको घरमा आएर फकाउने थाले। एउटा पार्टीमा त लाग्नैपर्ने भयो भन्ने सोचे। मन फेरि भाँडियो। उनी नेपाली कांग्रेसमा लागे। 

कांग्रेसको सबै कार्यक्रममा पुग्न थाले। चुनावी प्रचार प्रसारमा लागे। कार्यक्रममा जाँदा र नेतालाई भेटन जाँदा आफ्नै गोजीको पैसा खर्च हुन थाल्यो। जनताको काम गरिदिनुपर्ने। नेता भेटाइदिनुपर्ने। बिहानदेखि बेलुकासम्म पार्टीको काममा लाग्नुपर्ने भयो उनलाई। 

करिब ५ वर्षसम्म यस्तै दैनिकी चल्यो। परिवारको आर्थिक स्थिति कमजोर बन्दै गयो। 

एउटा यस्तो अवस्था आयो, पुनः उनी राजनीतिकै कारण चरम निराशामा बाँधिए।

त्यसपछि एउटा निधो गरे- घरमा भएका ४ वटा भैंसीको संख्या थप बढाउने। ६ वर्ष भयो, राजनीति बिर्सेर शरसिंह व्यावसायिक भैंसी पालनमा होमिएका छन्।

भैंसी पाल्नुको फाइदा उनका निम्ति अनगिन्ती छन्। ‘बरालिन पाइँदो रैनछ। व्यस्त देखेपछि कसैले बोलाउने आँट पनि गर्दैनन्,’ उनी मुस्कुराउँदै बोल्छन्। 

‘आम्दानी कस्तो छ?’

‘सबै खर्च काटाएर महिनाको ५० हजारसम्म कमाइ हुन्छ,’ उनी जवाफ फर्काउँछन्।

राँगो पनि पालेका छन्। राँगोबाट हुने आम्दानीमा सन्तुष्ट छन् उनी। रा‌ँगो भैसी बेचेको पैसाबाट छुट्टै आम्दानी हुने उनको भनाइ छ। तेह्रथुमे बहुउद्देश्यीय कृषि फर्म दर्ता गराएका छन्।

उनले घरै अगाडि फर्मको बोर्ड गाडेका छन्। त्यही फर्म देखाएर १५ लाख रुपैयाँ ऋणसमेत लिइसकेको उनी बताउँछन्। 

भैंसी पाल्दाका केही कठिनाइहरू छन्। ‘चैत बैसाखको खडेरीमा चाहीँ घास र पानी खुवाउन गाह्रो हन्छ,’ उनी बताउँछन्।

राजनीति र वैदैशिक रोजगारीबाट थाकेका उनी जिन्दगी बल्ल सुरु भएजस्तो लाग्ने बताउँछन्।

आफूलाई हेरैरै अरु युवाले पनि कृषि पेसा गरुन् भन्ने उनको कामना छ। भन्छन्, ‘बरालिनु राम्रो होइन। विदेश गएर पनि कमाइ उस्तै हो। बरु यहीँ कृषिमा रमाउन सके युवाहरूको भविष्य छ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्