• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पैसा निकाल्नुअघि खाताधनीलाई गिरोहको फोन- बैंकबाट बोलेको, मोबाइल अफ गर्नू, रकम ह्याक हुन सक्छ

64x64
नेपाल लाइभ बुधबार, मंसिर ११, २०७६  १५:५२
1140x725

काठमाडौं- ‘म जनता बैंकबाट बोलेको हो। तपाईंको खातामा ठूलै रकम छ। पछिल्लो समय ह्याकरले नयाँनयाँ तरिका अपनाएर ह्याक गर्दै पैसा निकाल्दै लैजाने गरेका छन्। ह्याक हुनबाट बच्न ४/५ घन्टा मोबाइल अफ गर्नुहोस्।’ 

नेपाली भाषा सामान्य लेखपढ मात्र गर्न जान्ने र हाल कन्ट्रक्सन कम्पनीमा काम गर्दै आएका गोपालमान राजवाहकलाई मंसिर ८ गते दिउँसो अपरिचित मोबाइल नम्बरबाट फोन फोनमा भनिएको वाक्य हो यो। 

बैंकबाट यस्तो सूचना आएपछि राजवाहकले तुरुन्तै मोबाइल स्विच अफ गरे। आफ्नो मोबाइल अफ गर्नु भनेको ढोकामा बलियो ताला लगाएजस्तो भान भयो उनलाई। यस विषयमा उनी कतै सोधीखोजी गर्नेतर्फ लागेनन्।

बैंक कर्मचारीले भनेझैं करिब ५ घन्टा अफ गरेपछि उनले राति साढे ८ बजे मोबाइल अन गरे। मोबाइल अन भएसँगै टुट् टुट्... गर्दै म्यासेज आएको संकेत आयो। 

राजवाहक सामान्य नागरिक हुन्। आफ्नो हस्ताक्षर मात्र गर्न जान्ने उनको मोबाइलमा आएको म्यासेज पढ्न आउने कुरै भएन। उनले तत्कालै यो कस्तो म्यासेज हो भन्दै साथीलाई देखाए।

‘पटकपटक गरेर तपाईंको बैंक खाताबाट १९ लाख ९९ हजार निकालेको छ भनेर बैंकले पठाएको हो’ साथीको मुखबाट यो जानकारी पाएपछि राजवाहक छक्क र निराश भए।

सुरुमा उनलाई पत्यार नलागे पनि कुरा सत्य थियो। प्रहरीलाई जानकारी गराउनुबाहेक उनीसँग उपाय थिएन।

ग्वोर्कोमा चेक बन्यो, बानेश्वरबाट २० लाख निकालियो
काभ्रे पाँचखाल नगरपालिका–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ, सोही ठाउँकै १८ वर्षीय मनिष श्रेष्ठ र २१ वर्षीय अन्जन बराल कालीमाटीमा कोठा भाडामा लिएरसँगै बस्दै आएका थिए। 

nimb
nimb

उनीहरु मंसिर ८ गते  दिउँसो २ बजे ग्वार्कोमा रहेको जनता बैंकको शाखा कार्यालयमा पुगे। राजवाहकको नागरिकताको फोटोकपीसहित पुगेका उनीहरुले आफू राजवाहक भएको बताए। 

चेक हराएकाले बनाउनु पर्ने भन्दै उनीहरुले फारम भरे। प्रशासनले फारम स्वीकृत गर्‍यो। एक थान चेकबुक लिएर उनीहरु तीनजना त्यहाँबाट बाहिरिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी बैंकतर्फ पनि शंकाको सुई तेर्स्यायाउँदै भन्छन्, ‘तर प्रशासनले चेक लिने बेला सम्बन्धित व्यक्ति राजवाहक नै हो/होइन, विचार नै गरेन। मात्रै चेक दिने काम गर्‍यो।’ 

त्यसपछि सोही शाखा कार्यालयमा चेक साट्दा शंका हुने भएपछि उनीहरू नयाँ बानेश्वरस्थित जनता बैंकको शाखा कार्यालयमा पुगेका थिए। यो त भयो प्रहरीको बैंकका कर्मचारीप्रतिको आशंका। अब पुनः लागौं गिरोहले नै गरेका कामतर्फ।  

जनता बैंकको ग्वार्को शाखाबाट चेक निकालेको सो गिरोहले बानेश्वरबाट करिब दिउँसो साढे ३ बजे ९ लाख ९९ हजार रुपैयाँ निकाल्यो। त्यसपछि उनीहरूले एकै ठाउँबाट थप रकम पनि निकाल्दा शंका हुने भएको विचार गरी न्यूरोड शाखाबाट रकम निकालेको परिसरका डिएसपी होबिन्द्र बोगटी बताउँछन्। 

न्युरोड शाखामा दिउँसोको काउन्टर बन्द भइसकेको थियो। तर गिरोहलाई बाँकी रकम निकाल्नु नै थियो। त्यसपछि इभिनिङ काउन्टर न्यूरोडमा खुल्ने जानकारी पाएपछि उनीहरुले न्यूरोड काउन्टरबाट ५/५ लाख गरी १० लाख निकाले। यसअघि नै निकालेको ९ लाख ९९ हजार र न्यूरोडबाट निकालेको १० लाख गरी १९ लाख ९९ हजार करिब तीन घन्टाको अन्तरमा निकालेका थिए। 

उनीहरुले चेक हरायो र आफू राजवाहक नै भएको बताएर चेकबुक मात्रै लिएनन्। नक्कली हस्ताक्षर गरेर उनको खातामा रहेको १९ लाख ९९ हजार समेत निकाल्न भ्याएका थिए। 

यसरी रकम निकाल्ने योजना बनाएका उनीहरुमध्ये अन्जनले नै राजवाहकलाई फोन गरेका थिए। 'बैंकको कर्मचारी बोलेको' भन्दै उनले राजवाहकलाई मोबाइल अफ गर्न लगाएका थिए। मोबाइल अफ गरेपछि पैसा निकालेको जानकारी राजवाहकले तुरुन्त थाहा नपाउन् र आफूहरु भाग्न सकियोस् भन्ने उनीहरुको उद्देश्य थियो।

रकम निकाल्न लाग्दा पक्राउ परे २ 
राति साढे ८ बजे ठूलो मात्रामा आफ्नो खातामा रहेको रकम निकालेको थाहा पाएपछि राजवाहकले तत्कालै प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि प्रहरीले राष्ट्र बैंकका कर्मचारी र  जनता बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्रीलाई सम्पर्क गर्‍यो। लगत्तै राष्ट्र बैंक र जनता बैंकको आइटीसहितको टोली राती नै टेकु पुगेको थियो। आइटी विज्ञ टोलीले राजवाहकको पहिलाको चेकभन्दा पनि भर्खरै निकालेको नयाँ चेकबाट रकम निकालेको पाइएको जानकारी प्रहरीलाई दियो। उता राजवाहको खातामा अझै ५ लाख रुपैयाँ भने बाँकी नै थियो। 

‘५ लाख रुपैयाँ राजवाहकको खातामा अझै छ। भोलि पक्कै निकाल्न आउन सक्छन् भनेपछि सोही अनुसार हामीले तयारी गर्‍यौं’ डिएसपी बोगटीले भने।

जनता बैंकका सबै काउन्टरलाई पनि यसबारे जानकारी गराइयो। र राजवाहकको नाममो चेक लिएर कोही व्यक्ति बैंकमा आए प्रहरीलाई खबर गर्न भनिएको थियो।

सँगै सादा पोशाकमा पनि बैंक काउन्टरमा प्रहरी खटाइएको थियो। नभन्दै भोलिपल्ट ९ गते बिहान साढे १० बजेतिर न्यूरोडस्थित जनता बैंकको काउन्टरमा १ लाख ७० हजार रकम लेखिएको राजवाहकको नाममा रहेको चेक लिएर एक युवक पुगे।

उनी थिए, सुभाष श्रेष्ठ। उनलाई प्रहरीले बैंक काउन्टरबाटै नियन्त्रण लियो। त्यसको केही समयमै सोही काउन्टरमा १ लाख ७० हजार रकम नै उल्लेख गरिएको अर्को चेक लिएर पुगेका मनिष घिमिरे पनि पक्राउ परे।

पक्राउ परेका घिमिरे र श्रेष्ठलाई प्रहरीले बानेश्वरबाट रकम निकालेर लैजाने अर्का व्यक्ति अन्जनलाई फोन गरेर बोलाउन लगाए। ‘रकम निकालियो, लिन आइज’ भनेर घिमिरे र श्रेष्ठले अन्जनलाई बोलाएपछि उनी दौडिँदै न्यूरोड पुगेका थिए। सोही बेला उनलाई पनि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।  

उनीहरुसँगै प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा काभ्रे पाँचखाल नगरपालिका-३ घर भई कालीमाटी बस्ने १९ वर्षीय कुमार तामाङ, बाग्लुङको गलकोट नगरपालिका-३ घर भई बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे गाविस-९ घर भई सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे पनि पक्राउ परेका छन्।

बैंक स्टेटमेन्टदेखि सयौं व्यक्तिका नागरिकता र २ बोरा कागजात बरामद 
अन्जनलाई पक्राउ गरेपछि प्रहरीले उनको कालीमाटीस्थित कोठामा समेत छापा मारेको थियो। सोही क्रममा ठूलो मात्रामा ठगी गर्नकै लागि प्रयोग गरिने सामानहरु प्रहरीले बरामद गरेको छ। 

विभिन्न व्यक्तिको २ सय ९० थान नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिहरूको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, विभिन्न प्रकार हस्ताक्षर नमूना र व्यक्तिको नाम उल्लेख गरिएको २ थान डायरी, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फाराम ३ सय थान, १ सय ९५ जनाको विभिन्न व्यक्तिको बैंक स्टेटमेन्ट बरामद गरेको छ। 

त्यस्तै जनता बैक लिमिटेडबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १ थान, र काटिएको अवस्थाको चेकबुक ४१ थान, ज्योति विकास बैंक लिमिटेडबाट अन्जन बरालका नाममा जारी भएको र काटिएको अवस्थाको चेकबुक १ थान, एभरेष्ट बैंकको विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक २० थान र काटिएको अवस्थाको चेकबुक ३ थान बरामद भएको प्रहरीले जनाएको छ।  

त्यस्तै, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएका तर नकाटिएका चेकबुक १७ थान, काटिएको अवस्थाको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूका नाममा जारी भई काटिएका चेकबुक ४१ थान र नकाटिएको चेकबुक १ थान बरामद भएका छन्। 

एनआइसी एसिया बैंकका चेक ६८ थान, विभिन्न व्यक्तिहरुको फोटो ८ सय २५ थान, एनआइसी एसियाको एटिएम ८२ थान, अन्य बैंकको एटिएम ७ थान, विभिन्न बैंकका हस्ताक्षर गरिएका चेक ३ सय २९ थान बरामद भएको छ। त्यसैगरी बैंकसँग सम्बन्धित अन्य कागजात २ बोरा बरामद गरिएको एसएसपी सुवेदीले जानकारी दिए।

बैंककै कर्मचारीको मिलेमतोको आशंका 
पक्राउ परेका व्यक्ति बाहेक यस घटनामा बैंककै कर्मचारीको समेत मिलेमतो हुने ठाउँ देखिएको प्रहरीले आशंका गरेको छ। कसको खातामा कति रकम छ भन्ने जानकारी उनीहरुले कसरी पाए? उनीहरुको हस्ताक्षर, नागरिकताको फोटाकपीसमेत उनीहरुले पाएकाले यी सबै डकुमेन्ट बैंकबाटै बाहिरिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। 

कर्मचारीको मिलेमतो बिना कसको हस्ताक्षर कस्तो छ कसरी जानकारी हुन्छ? फोटो कहाँबाट उपलब्ध हुन्छ?’ डिएसपी बोगटी भन्छन्, ‘हस्ताक्षर नक्कल गर्न बैंकको खातामा रहेको रेकर्ड फाइलको फोटो नै खिचेर ल्याउने गरेकोसम्म पाइएको छ। यसले बैंकतर्फ पनि शंका गर्ने ठाउँ देखाएको छ। अपरिचत व्यक्तिको बैंक स्टेटमेन्टसमेत थाहा पाउनुले कर्मचारीको मिलेमतोको आशंका गर्न सकिने ठाउँ छन्। यस सम्बन्धमा अनुसन्धान जारी छ तर निर्क्यौलमा पुग्न थप समय लाग्छ।'

यसरी नक्कली हस्ताक्षर गरेर उनीहरुले खातावालालाई जानकारी नै नदिई चेक र एटिएम कार्डसमेत बनाउँदै रकम निकाल्न सफल भएको पाइएको छ। यसमा बैंकको गम्भीर लापरबाही देखिएको प्रहरी अनुसन्धानले देखाइएको छ। जसकारण बैंक र कर्मचारीमाथि समेत अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

हस्ताक्षर गरेर रकम निकाल्ने मात्रै होइन, उनीहरुले अपरिचित व्यक्तिको नागरिकताको फोटोकपी र फोटोसमेत संकलन गरेर अपरिचित व्यक्तिकै नाममा खातासमेत खोल्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट देखिएको छ। यसरी खाता खोल्नुको पछाडि धेरै वटा खातामा रकम लुकाउन, धेरै खाताबाट शेयर भर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ। कोही व्यक्तिसँग आर्थिक कारोबार गर्दा यस्तै अपरिचत व्यक्तिको नाममा खोलिएको खाताको चेक काटेर दिने र भोलि बाउन्स भएको अवस्थामा आफू नफस्नसमेत उनीहरुले यसरी खाता खालेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्