• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सागको सम्झनामा दीपक : इख, खुसी र आँसु!

64x64
नेपाल लाइभ शनिबार, मंसिर ७, २०७६  १७:५८
1140x725

काठमाडौं- जब साग नजिकिन्छ, तब केही नामहरुको सम्झना अझ गाढा बनेर आइदिन्छ। एथ्लेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोका दीपक विष्ट र करातेका दीपक श्रेष्ठ तीनै मध्येका केही नाम हुन्। यसमा पनि दीपक श्रेष्ठसँग पदक जित्दाको उत्साह मात्र जोडिँदैन, पदकविहीन हुँदाको क्षण पनि। 

यसैले त करातेका ‘आइडल’ खेलाडी दीपक आफूलाई अन्यायमा परेको अभागी खेलाडी मान्छन्। किन त? दुई पटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता खेलाडी कसरी अभागी भए? बारम्बार यी प्रश्नहरु सुनिरहेका उनी भावुक हुँदै लामो सास तान्छन्। 

दर्शकलाई जस्तै खेलाडीलाई पनि प्रतियोगिता आउँदा खेलका सम्झनाले अझ नजिक बनाइरहेको हुन्छ। १३औं साग नजिकिँदै गर्दा सन् १९९९ मा भएको आठौं साग र २००४ मा भएको नवौं सागमा स्वर्ण पदक विजेता दीपकको अनुभव यतिबेला अगाडि आइरहेका छन्। 

खेलाडी जीवन नै त्याग्नु पर्ने सागको अनुभवबाट गुज्रिएका दीपकसँग १३औँ सागको पेरिफेरिले खेलसँग थप नजिक बनाएको छ। यसपटक दीपकलाई कराते टिमको सुपरिवेक्षण प्रशिक्षकको जिम्मा दिइएको छ।

खेलाडी भएर दुई पटक सागमा स्वर्ण पदक दिलाएका दीपक १३औँ सागमा प्रशिक्षक भएर देशलाई थप उचाइ दिने प्रयासमा छन्। दीपकका अनुभव उनकै शब्दमा,

इखले च्याम्पियन बनायो
थाइल्यान्डमा १९९८ मा एसियाली खेलकुद थिया । यो प्रतियोगितामा मलाई जितेर समरबहादुर गोले सहभागी हुन गएका थिए। उनले कास्य पदक पनि जिते।

उनले त्यहाँ राम्रो गरेपछि आठौं सागको लागि सिधै क्लोज क्याम्पमा भाग लिने ब्यवस्था गरियो। २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता भयो। ६० केजी तौल समूहमा म प्रथम भएर सागको लागि क्लोज क्याम्पमा आएँ।

त्यतिबेला क्लोज क्याम्पमा पहिलो दोस्रो र तेस्रो हुने दुई गरी चार जना खेलाडी क्लोज क्याम्पमा आयौं। योसँगै ६० केजी तौल समूहमा मसहित पाँच जना खेलाडी भयौँ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो बेला बन्द प्रशिक्षणमा ६० केजी तौल समूहमा म, समरबहादुर गोले, निरोज कर्माचार्य,  सुमन श्रेष्ठ र योगेन्द्र आचार्य थियौँ।

त्यसबेला ९ महिना बन्द प्रशिक्षण राखिएको थियो। एउटा छनोटबाट एक जना खेलाडी फालिने गर्दै क्याम्प चलिरहेको थियो। फालिँदै जाँदा अन्तिममा म र समरबहादुर गोले बाँकी रह्यौं।

सबैको आँकलन के थियो भने भर्खरै समरले पदक जितेर आएको छ, उसले जितिहाल्छ नि भन्ने थियो। मलाई भने समरलाई पराजित गर्ने एउटा ईख थियो। किनभने मलाई नै पराजित गर्र्दै एसियाली खेलकुदमा समगर गएको थियो। टिभी खोलेर खेल्दा उनले एसियाली खेलकुदमा कास्य पदक जित्यो भन्ने समाचार सुनेँ। ओहो! त्यो ठाउँमा त म हुनुपर्ने भन्ने भयो।

फाइनल छनोटमा मैले समरलाई ५-४ को स्कोरमा जितेँ। एसियाली खेलकुदको कास्य पदक विजेता खेलाडीलाई जित्दा मनोबल यति बढेर आयो नि सागमा सतप्रतिशत स्वर्ण पदक जित्छु भन्ने भयो। 

स्वर्ण जित्दा युवराज दिपेन्द्रको स्याबासी
सन् १९९९ मा नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा सबैभन्दा रमाइलो कुरा के भयो भने दिपेन्द्र शाह तत्कालिन युवराज आएर अंकमाल गर्दै स्याब्बास भन्नु भयो। उहाँकै हातबाट स्वर्ण पदक थापेँ।

त्यो बेला कराते खेलाडीको मनोबल बढाउन उहाँ आफै आउनु भएको थियो। मैले एक अंक ल्यायो कि उठेर ताली बजाउने गरिरहनु भएको थियो। स्वर्ण पदक त जिती हालें। झनै स्मरणीय चाहिँ दीपेन्द्र सरकारले स्याबासी दिँदा भयो।

एउटा कुरा चाहिँ के भयो भने मैले स्वर्ण पदक जित्नु कुनै गाह्रो नै भएन। बरु मलाई सागको छनोटमा समरबहादुर गोलेलाई पराजित गर्न गाह्रो भएको थियो। फाइनलमा श्रीलंकालाई ६-० को स्कोरमा पराजित गरेको थिएँ। त्यो बेला स्वर्ण पदक जित्दा लाग्यो, म भुँइमै छैन, उडिरहेको छु। खुसीले।

नवौं सागमा करातेमा एक स्वर्ण 
नवौं सागको कुरा गर्दा पनि निकै आत्मसन्तुष्टी मिल्छ। यहाँदेखि २४ घण्टाको यात्रा पार गर्दै हामी लाहोर हुँदै इस्लामाबाद पुग्यौँ। असाध्यै गाह्रो भएको थियो।

तर पछि इस्लामावाद पुगेपछि थाहा भयो कि अफिसियलहरु चाहिँ प्लेनबाट आएछन्। यो सुनेर निकै दुःख लाग्यो। मेडल जितिसकेपछि अब त प्लेनमा पठाउँछन् कि भन्ने आश थियो फेरि खेलाडी जतिलाई रेलमै पठाए, यहाँ झन दुःख लाग्यो।

पाकिस्तानले करातेमा ९ वटा स्पर्धा मात्रै राखेको थियो। केटीको विधाजति सबै कटौती गरेको थियो। एउटा स्वर्ण पदक मैले जितेँ, एउटा श्रीलंकाले लग्यो बाँकी ७ वटा पाकिस्तानले नै जितेको थियो। त्यो बेला नै पाकिस्तान त्यस्तो राम्रो भएको थियो।

फाइनलमा श्रीलंकाका खेलाडीलाई १९–१५ को स्कोरमा पराजित गर्दै स्वर्ण जितेको थिएँ। ३ मिनेटको खेलमा ७ देखि ९ मिनेटसम्म खेलायो अन्यले भनिरहेका थिए। त्यहाँ नै नियोजित जस्तो पनि देखिएको थियो।

नेपालमा स्वर्ण पदक जित्दा र पाकिस्तानमा स्वर्ण जित्दा निकै फरक हुँदो रहेछ। त्यसमाथि फाइनलमा पुगेर पनि अन्य खेलाडीले हारिरहेका थिए। मैले मात्रै करातेमा स्वर्ण पदक जित्न सफल भएँ। यसले उत्साह छुट्टै पैदा गरेको थियो।

पदक जितेर खुशियाली मनाउन नपाउँदै मलाई च्याप्प समातेर लग्यो। तिमीलाई डोपिङ टेष्टको लागि लगेको भन्नु भयो। त्यसबेलासम्म के हो डोपिङ थाहा छैन। सानो सिसी दिएर पिसाब फेर्न लगायो। तर पिसाब नै आएन। धेरै पानी खाएपछि बल्लतल्ल पिसाब गरेर बोतलमा हालेर गएँ। त्यहाँ बुझाएँ। पदक बाँड्ने सबै त्यसपछि भयो। मैले कुनै ‘एन्टी डोपिङ’ नियम उल्लङ्न गरेको थिइनँ। 

करिअरकै कालो दिन
नेपालबाट श्रीलंका १०औं सागको लागि प्रस्थान गर्दै गर्दा यहाँ तीन जना खेलाडीले ह्याट्रिक स्वर्णको लागि खेल्दैछ भनेर चर्चा भएको थियो। तर अन्ततः तेक्वान्दोका दीपक विष्ट मात्रै सफल भए। तेक्वान्दोकै संगिना वैद्यसँगै म ह्याट्रिक स्वर्ण पदक जित्नबाट चुकेँ। 

एउटा लक्ष्य बोकेर गएको थिएँ। तर, यहाँ मलाई षडयन्त्रपूर्वक हराइयो भन्ने लाग्छ। सन् २००६ मा कोलम्बो साग खेल्नुअघि मैले अन्तर्राष्ट्रिय स्तरमा म्याच एक्सपोजरको रुपमा निकै प्रतियोगिता खेलेको थिएँ। यसले गर्दा पनि मलाई स्वर्ण पदक जित्छु भन्ने विश्वास बढेको थियो।

सुरुमै आयोजक राष्ट्रका खेलाडीसँग परेँ। कुनै हिसाबले पनि त्यो खेलाडी बलियो थिएन।

त्यहाँ कस्तो भयो भने, जब म पहिले हान्छु तर नम्बर चाहिँ त्यसपछि हान्ने श्रीलंकाको खेलाडीलाई दिने। यस्तो भयो कि के भन्नु। करातेमा भनेको त जसले पहिले हान्यो उसको नम्बर आउनु पर्ने हो। तर रेफ्रिले निर्णय उल्टो दिइरहेको थियो। यस्तो अवस्थामा मैले मेरो प्रशिक्षक र टिम म्यानेजरलाई अपिल गरेँ। अन्याय गरिरहेको छ भनेको सबै चुपचाप बसे। 

खेल सकिनभन्दा अगाडि नै मैले खेल छाडिदिएँ। त्यसपछि म त्यहि म्याटमा बसेँ। त्यसपछिका खेल केही समय सञ्चालान हुन पाएन।

श्रीलंकनहरुले पनि मप्रति अन्याय नै गरेको भनिरहेका थिए। मलाई अनुशासन कारबाही गर्छु भन्ने धम्की आयो। तर पनि मैले टेरिनँ। त्यहाँ मेरो करिअर नै सकिसकेको थियो।

सबै मान्छेले मलाई सम्झाइरहेका थिए। बैकुण्ठ दाइको रेकर्ड भेटाउँछु भनेर गएको म त्यस्तो अन्याय हुदा आँशु त पुरै धुरुरु.. आयो। म त्यहिँ छेउमा बसिरहेको थिएँ। नेपाली खेलाडीमाथि फेरि त्यस्तो प्रकारको अन्याय भयो। त्यो मैले सहन सकिनँ। छेउमै भएको आइसको टुक्राले हानेँ। त्यसपछि मलाई माथि पठायो।

यहाँ अर्को दुःखको कुरा पनि छ। नेपाल कराते महासंघका महासचिव आनन्द लामाले मलाई दुई वर्ष एसियन कराते फेडेरेशनले कारबाही गरिदियो भनेर प्रेस विज्ञप्ति निकालिदिए। हावाको तालमा। म दिल्ली एयरपोर्टमा आइपुगेपछि थाहा पाएँ, सबै पत्रपत्रिका र टेलिभिजनमा आइसकेको रहेछ। तर एसियन कराते फेडेरेशनले मलाई कारबाही नै गरेको थिएन। षडयन्त्रपूर्वक मलाई हराइएको बेला आफ्नैले पनि यस्तो गरेर झनै दुःख दियो।

लक्ष्य आठौं सागकै 
आठौं सागमा पहिलो पटक कराते खेललाई समावेश गर्दा नेपालले १६ स्पर्धामा १४ वटामा स्वर्ण पदक जितेको थियो। दुई वटा मात्रै स्वर्ण पदक अरु देशले जितेका थिए।

अहिले अरु देशले पनि निकै राम्रो गरेको छ। त्यसैले आठौं सागमा पाएको जस्तो उपलब्धि नपाउन सकिन्छ। यो पटक १९ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा राखिएको छ। त्यसले गर्दा पहिलेको जति नै स्वर्ण पदक जित्छौं भन्ने त होइन तर त्यसको हाराहारीमा पुग्छौं भन्ने आँकलन हो।

पहिले १६ वटा मात्रै थियो। अहिले ३ वटा स्पर्धा थप गरिएको छ। महिलातर्फ ४५ केजी तौल समूह तथा महिला र पुरुषको टिम फाइट विधा थप गरिएको छ।

अहिले नेपालबाट ३१ जना खेलाडी बन्द प्रशिक्षणमा छन्। सागका लागि यीनै खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

बंगलादेशमा १० दिनअघि पाँचौं साफ च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भयो। ८ स्वर्ण पदक जित्न सफल भयो। अब सागमा पनि त्यहि खेलाडीहरुसँग खेल्ने हो। त्यसैले सागमा पनि धेरै स्वर्ण पदक जित्छौँ। हाम्रो लागि मुख्य चुनौती भनेको पाकिस्तान र श्रीलंकाका खेलाडी हुन्।

आठौं सागको जतिको तयारी त भएको छैन। आठौं सागमा त सात महिना बन्द प्रशिक्षण नै गरेका थियौँ। यो पटक त्यस्तो भएन। आठौं राष्ट्रिय खेलकुद सकिसकेपछि पनि निकै लामो समय प्रशिक्षण भएन। त्यसैले १३औं सागको लागि तयारी धेरै भएन।

तर यो पटक चार महिनाको बन्द प्रशिक्षणमा पनि धेरै कुरा सुधार भएको छ। खेलाडीले वैदेशिक प्रशिक्षणसँगै प्रतियोगिताहरु खेलेर आएका छन्। त्यसकारण पनि यो पटक स्वर्ण पदक निकै जितिन्छ भन्ने आश लागेको हो।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्