• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बच्चादेखि चौपायासम्म चोर्ने भारतीय चोरले आक्रान्त सीमा क्षेत्रका सप्तरीबासी

भन्छन्- गुहार माग्न कहाँ जाऔं, आपराधिक गतिविधि बढेको प्रहरीको स्विकारोक्ति
64x64
नेपाल लाइभ बुधबार, कात्तिक २०, २०७६  ०८:३४
1140x725

इटहरी- सप्तरीको हनुमाननगर बजार जाने बाटोमा पर्छ एक मुसहर बस्ती। सडकको छेवैमा एक महिला चुरा बेच्दै थिइन्। उनी नजिकै हाम्रो बाइक रोकिनासाथ छेउछाउका महिलाहरु आ-आफ्ना बच्चा बोलाएर काखमा राख्न थालिहाले। केही ठूलालाई आडैमा राखे।

संशकित देखिने उनीहरु एकाएक आफ्नै स्थानीय लवजमा ‘बच्चा चोर’ भन्दै हल्ला गर्न थाले। केही पर खेलिरहेका कतिपय केटोकटीहरु घरभित्र छिरे। हामीले आफ्नो परिचय दिएपछि माहोल शान्त भयो। कुरो बुझ्दा गाउँमा चोरको त्रास फैलिएको रहेछ।

पछिल्लो समय यस मुसहर बस्तीमा बालबालिका चोरी भएको हल्ला फैलिएसँगै पूरै गाउँ सशंकित छ। हनुमाननगर बजारमा पनि यसप्रति चासो र चर्चा उत्तिकै सुनिन्छ। स्थानीय जानकी सदाले छोराछोरी घरमा एक्लै छाडेर काममा जान पनि नसक्ने अवस्था भएको बताइन्।

गत कात्तिक १४ गते दिउँसो सप्तरीको हनुमाननगर बजारबाट एक बालिका चोरी भएको घटनापछि स्थानीय नयाँ मान्छे गाउँमा आउने बित्तिकै सजग हुने गरेका रहेछन्।

के थियो कात्तिक १४ को घटना?
मध्ये दिउँसो बीच बजारबाट चिया-बिस्कुट खुवाउने भन्दै एक युवाले बालिकालाई साइकलमा चढाए। बालिका पनि बिस्कुट खान पाइने भयो भनेपछि मख्ख परिन् र साइकलमा बसिन्। उनी चढेको साइकललाई अर्को एक साइकलले पनि पिछा गरिरहेको थियो।

बजारमा लगेर चिया बिस्कुट खुवाउने भनेका उनीहरुले ती बालिकालाई बजार क्षेत्रभन्दा पर लैजान लागिसकेका थिए। तर, केही समयपछि बालिकाले साइकलबाट ओर्लन बल गरिन्। त्यतिकैमा उनी चिच्याउन थालिन्। सोही क्रममा ती बालिकालाई गाउँका छिमेकीले देखेपछि जबरजस्ती साइकल रोके। एकैछिनमा स्थानीय जम्मा भइहाले। सोधीखोजी गर्दा उनीहरु अपरिचित भारतीय युवा भएको पत्ता लाग्यो।

भारतको बिहारस्थित सुपौलग्राम बथनाहा-१८ का २० वर्षीय आनन्द कुमार गोसाई र बैरियाघाटका १८ वर्षीय अनिल कुमार झाले ती बालिका चोरी गरेर भारत लैजान लागेका थिए। सोही दिन हनुमाननगरमा मेला लाग्ने भएकोले भिडभाड धेरैनै थियो। भिडभाडमा कसैले वास्ता नगर्ने भएका कारण सोही दिन बालिका लैजान उनीहरु नेपालको सीमाभित्र छिरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

हनुमाननगर कंकालीनी नगरपालिका-९ मा रहेको मामाघर आएकी मोरङ विराटनगरकी ८ वर्षीया आँचल शर्मा चोरीमा परेकी हुन्। मामाघरमा पूजा भएको र आमासँग पाहुना आएकी उनी चोरको फन्दामा परेकी थिइन्।

बालिका चोरीमा संलग्न एक भारतीय चोर।

आँचलका मामा अमित शर्माका अनुसार घर बजारभन्दा केही घर भित्र पर्छ। घरबाट मुल बजार हेर्न निस्केकी उनलाई चोरले फकाएर भारत लैजान खोजेका थिए। बालिका चोरीमा संलग्न उनीहरु दुवैजना अहिले जिल्ला प्रहरी कार्यलय, राजविराजस्थित प्रहरी हिरासतमा छन्।

'हराएको भैंसी भारतबाट किनेर फिर्ता ल्याएँ'
गत साता सुनसरीको हरिनगर-७, घुस्कीका शिवनारायण शाहको भैंसी र पाडी हराए। गाउँभर चोरी भएको जनाए। तर, भैंसी र पाडीबारे केही पत्तो लागेन। भारतीय सीमा नजिकैको गाउँ भए पनि तत्कालै सीमा पारी जाने आँट उनले गरेनन्।

सीमा क्षेत्रको सो गाउँका गाईभैंसी यसअघि पनि हराउने र हराएका अधकांश चौपाया भारतमा भेटिने गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भैंसीपाडी पाउने आशमा शिवनारायण केही दिनपछी भारतीय बजार घुर्ना पुगे। अन्ततः उनले पालेको भैंसी सोही बजारमा बिक्रीमा राखिएको भेटे।

हराएको हप्ता दिनपछि उनले आफ्नै भैंसी ६० हजार रुपैयाँ तिरेर फिर्ता ल्याए।  'मेरो भनेर दावी गर्ने कुनै बलियो आधार थिएन। यसकारण पनि आफ्नै भैंसी किनेर ल्याउनुपर्‍यो,' उनले गुनासो गरे, 'भैसी हरायो भनेर गुहार गर्ने कुनै प्रशासन छैन, कहाँ जाऔं।'

शिवनारायणजस्तै भारतीय चोरको बदमाशी सहेरै बस्न बाध्य छन् यस क्षेत्रका स्थानीय। आर्थिक उपार्जन र दैनिक जीविकाका लागि पालिएका चौपाया चोरी हुने अनि चोरिएका चौपाया आफैंले पैसा हालेर किन्नुपर्ने बाध्यता छ धेरैको।

स्थानीय दिपेन्द्रकुमार स्वर्णकारका अनुसार सीमावर्ती भारतीय बजारमा नेपाली किसानका गाईभैंसी भेटिने गरेको बताए। भने, ‘तर, के गर्नु यो मेरो भैंसी हो, चोरी गरेर यहाँ ल्याएछौ भनेर भन्ने आँट कसैको हुँदैन।’

भारतीय प्रहरीको आडमा चोरहरुले नेपालीलाई उल्टै धम्की दिने गरेको उनी सुनाउँछन्। 'त्यसैले चुपचाप पैसा तिरेर आफ्ना चौपाया ल्याउनुपर्छ,' उनले थपे।

चोरलाई खुला सीमाको फाइदा!
उता हरिनगर-७ कै अशोक उराव र मुस्ताक खाँको भैंसी हराए पनि अझैसम्म फेला परेको छैन। दूध बेचेर परिवार धान्दै आएका खाँ भैंसी चोरिएपछि समस्यामा छन्। बिहान-बेलुका गर्जो टार्न पनि सकस परिरहेको भन्दै उनले अर्को भैंसी किन्नै पर्ने बाध्यता भएको गुनासो गरे।

नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै भारतीय चोरहरुले नेपाली किसानका भैंसी, गाई, गोरु गोठबाटै फुकाएर लैजाने गरेको स्थानीय बताउँछन्। 'रातको समयमा त चौपायासँगै भेटेका र लान सकिने अन्य सामानहरु पनि छाड्दैनन्,' स्थानीय दिपेन्द्रकुमार स्वर्णकारले भने।

दुई साताअघि साँझ ६ बजेकै समयमा हरिनगर-६ का जावेद अन्सारीको भैंसी गोठमा बाँधिएको अवस्थामा खोल्दै गर्दा स्थानीयले देखेपछि चोरलाई खेदेका थिए। 'त्यही भैंसीको भरमा चलेको मेरो परिवार घरको न घाटको हुनबाट बच्यो,' अन्सारीले बताए।

सीमामा छैन पोख्त सुरक्षा व्यवस्था
भारतको बिहारमा रक्सीमा बन्देज लागेसँगै रक्सी खाने बहानामा आइपुग्ने भारतीयहरुले राती चौपाया चोरी गर्ने गरेको स्थानीयहरु सुनाउँछन्।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको खासै उपस्थिति नहुनु, सिसिटिभीजस्ता उपकरणहरुको प्रयोग नगरिनुजस्ता कारणले पनि चोरी बढाएको स्थानीय जहागिर अन्सारीको भनाइ छ।

सुरक्षा उपायहरुको पोख्त व्यवस्थापन अभावका कारण केही महिनाअघि खुर्सिद आलमको दिनदहाडै हत्या गरी भारतीयहरुको समूह सजिलैसँग भारततर्फ भागेको थियो। 'सीमामा नेपालतर्फ आधा दर्जन प्रहरीको उपस्थिति छ। आउने-जाने मानिस तथा सवारीको रेकर्ड राख्ने व्यवस्था पनि छैन। खुर्सिद मारिएको ६ महिनासम्म प्रहरीले सतर्कता बढाए पनि अहिले फेरि पहिलाको जस्तै सुरक्षा व्यवस्था फितलो छ,' स्वर्णकारले भने।

आपराधिक गतिविधि बढ्दै गएको प्रहरीको स्विकारोक्ति


यता सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेल भने चोरी नियन्त्रणको लागि आफूहरु लागिपरेको बताउँछन्। भारतीय प्रहरी तथा त्यहाँका मुखियाहरुसँग छलफलको तयारीसमेत भइरहेको उनले बताए। तर, कस्तो सतर्कता अपनाइएको भन्नेबारे भने उनी खुल्न चाहेनन्।

इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख प्रहरी निरीक्षक कमल कुमार लुङ्गेली पछिल्लो समय आपराधिक गतिविधी बढ्दै गएको स्वीकार्छन्। पहिला पशुचौपाया चोरी गर्ने समूहनै अहिले बालबालिका चोरीमा सक्रिय भएको हुनसक्ने उनले अनुमान गरे। भारतसँग खुला सिमाना भएका कारण सुरक्षा थ्रेट धेरै रहेको उनको बुझाइ छ।

बालबालिकादेखि चौपायासम्मको चोरीका कारण सीमावर्ती नेपाली बस्ती सधैं त्रासमा बाँच्न बाध्य छ। न्याय माग्न जाने कुनै ठाँउनै नपाएका उनीहरु भन्छन्, 'के सधैंभरि हामी त्रासमै बाँचिरहने हो?'

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्