धनगढी– मिस फारवेस्ट २०१९ को उपाधि महेन्द्रनगरकी १९ वर्षीया शितल खड्काले जितेकी छिन्। बुधबार राति धनगढीको शुभश्री प्यालेसमा भएको अन्तिम प्रतिस्पर्धामा उनी विजयी भएकी हुन्। खड्कालाई मिस फारवेस्ट नेपाल २०१८ की विजेता मोनिका गुरुङले ताज पहिराइकी थिइन्।
मिस फारवेष्ट २०१९ बनेकी खडकाले भनिन्, ‘मलाई खुसी भन्दा पनि थप जिम्मेवार बनाएको महसुस गरेकी छु।’ उनले मानिसले सौन्दर्य प्रतियोगिलाई हेर्ने दृष्टिकोण नै फरक भएको बताइन्। ‘सौन्दर्य प्रस्तुति भनेको के हो भन्ने म समाजलाई देखाउन चाहन्थें,’ उनले भनिन्, ‘मैले घरबाट प्रेरणा पाएको थिएँ, सोही आधारमा मेरो मिहिनेतले अहिले सफलता पाएको छ।’
मिस फारवेस्ट नेपाल दोस्रो संस्करणको फस्ट रनरअप डडेल्धुराकी कोहिनुर मल्ल भइन्। उनले उपाधिसंगै ५० हजार नगद प्राप्त गरिन्। उनी नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लकी छोरी हुन्।
प्रतियोगिताको सेकेन्ड रनरअप कैलालीकी स्मारिका बम बनिन्। उनले उपाधिसँगै २५ हजार नगद प्राप्त गरिन्।
रोयल कोराबोरेटिम्भ प्रालि धनगढीले आयोजना गरेको मिस फारवेस्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका सिइओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।
रोयल कोराबोरेटिम्भ प्रालिका अध्यक्ष गजेन्द्र विक्रम शाहीले सुदूरपश्चिममा रहेका प्रतिभालाई स्थान दिनका लागि २०१८ बाट मिस फारवेस्ट नेपालको आयोजना गरेको बताए। उनले यो प्रतियोगिताले ‘भिजिट नेपाल वर्ष २०२०’ लाई समेत टेवा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।