काठमाडौं- साझा पार्टीले कास्की २ को उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार बनाउने भएको छ।
पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार उक्त स्थानमा उठाउन लागिएको साझाले जनाएको छ।
पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य केसीलाई रिक्त प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउने निर्णय गरिएको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी गराए।
मंगलबार र बुधाबार गरी पोखरामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो।
पार्टीलाई नयाँ उचाइमा पुर्याउन केन्द्रीय नेतृत्वले छिट्टै देशभर बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी व्यवसायी लगायत आम जनसमुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णयसमेत निर्णय गरिएको छ।
साझाले चयन कास्की २ मा उम्मेदवारको चयन गरेकी सामाजीक अभियानकर्ता हुन्। सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ लगायतका संस्थामा रहेर उनले कार्य गरिसकेकी छन्।
गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टीमा प्रवेश गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।