• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास
एनआरएनए विश्व सम्मेलन : किन पराजित भयो आचार्य समूह?
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  २१:२७
1140x725

काठमाडौं-  प्रत्येक २ वर्षमा हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा तुलनात्मक रुपमा नवौं विश्व सम्मेलन नमिठो अनुभूति दिएर विदा भएको छ। 

व्यवस्थापकीय कमजोरीका कारण यसपटकको विश्व सम्मेलनलाई सर्वाधिक आलोचना गरियो। यसले निवर्तमान कार्यसमितिको कार्यक्षमतामाथि अनेक प्रश्न उठे। एयरपोर्टमा तोडफोड, केन्द्रीय कार्यालयमा रजिष्ट्रसेनका क्रममा भएको बेथितिको चर्को आलोचना भएको थियो। बेथिति त्यसमै मात्रै रोकिएन। निर्वाचन कार्यतालिका आन्तरिक व्यवस्थपानका कारणले प्रभावित हुनु, सम्मेलन स्थलमा नाराबाजी,प्रतिनिधि विवाद, धकेला-धकेल,फोहोर लगायतका कारणले संघ थप आलोचित बन्न पुग्यो।

निर्वतमान कार्यसमितिको व्यवस्थापकीय कमजोरीको सर्वत्र विरोध भयो। निर्वाचन कार्यतालिकालाई सुव्यवस्थित बनाउन नसकेपछि निर्वतमान कार्यसमितिलाई असक्षम कार्यसमितिका रुपमा दर्ज गरे। निर्वतमान कार्यसमितिले सहज वातावरण बनाउन चुक्यो। अर्कोतिर कांग्रेस निकटको प्यानलले व्यवस्थापकीय कारणले प्रमुख पदमा आशातित सफलता हात पार्न सकेन।

‘पूर्व तयारी’मा कमजोर हुँदा ‘भाइटल’पद कुमार पन्तको समूहले हात पार्‍यो। प्यानल बनाउनका लागि अन्तिम समयमा गरिएको आचार्य निकटको प्यानलको दौडधुपले सोचे मुताविकको सफलता दिएन। मंगलबार सुरु हुने विश्व सम्मेलनको अन्तिम समयमा आएर अघिल्लो दिन मात्रै आचार्यको नेतृत्वमा प्यानल बनेको थियो।

प्रतिपक्ष दल नेपाली कांग्रेसको बलमा तयार भएको प्यानलमा नाम हेरफेर मतदान अघि सम्म जारी रह्यो। नाममा आइरहेको फेरबदलले पनि प्रतिनिधिहरूमा अन्योल सिर्जना गरेको थियो।

गैरआवासीय नेपाली संघमा विज्ञका रुपमा परिचित डा हेमराज शर्मालाई महासचिवको पदमा आफ्नो समूहमा आचार्यका समूहले ल्याउन सकेन। आचार्यको समूहबाट विजयी हुने आशा गरिएका उपाध्यक्षका दाबेदार डा केशव पौडेलले हारमा चित्त बुझाए।

अर्कोतर्फ मध्यपूर्वमा पकड बनाएका सचिवका उम्मेदवार आरके शर्माको नाम आचार्यको प्यानलबाट बिहीबार हटाइयो। शर्माले अर्को समूहमा रहेर पनि जित निकाले। सोम सापकोटाको स्थानमा महेश श्रेष्ठलाई कोषाध्यक्षमा ल्याएर आचार्यको प्यानलले जस पायो। आठौं विश्व सम्मेलनमा फरक समूहको प्रतिनिधित्व गर्दै भवन भट्टको कार्यसमितिमा पुगेकी सचिव बनेकी जानकी गुरुङले यसपटक हात धुनु परेको छ।

सोमबारको पत्रकार सम्मेलनमा आफ्नो प्यानलमा गौरीराज जोशीलाई नल्याएका आचार्यले मतदान हुने दिनमा भने उक्त पदमा समावेश गरेका थिए। जोशीले सचिवमा जित निकाले।अन्तिम समयमा सचिवमा कांग्रेसको प्यानलमा छनोट भएका अभिमानसिंह बस्नेतले पराजय भोगे।

युवा संयोजकमा सुदीप यज्ञ बहादुर कार्कीको स्थानमा हिमाल गुरुङलाई समर्थन गरेर आचार्यको उचित निर्णय गरेको देखियो। साथै, महिला संयोजकको हेरफेरमा पनि विवेक पुर्‍याएको देखियो। प्रमिला बस्नेतको स्थानमा आचार्यको प्यानलले भुमा लिम्बुलाई अघि सारेको थियो। लिम्बु विजयी भइन्।

मुख्य पदमा हार बेहोरेपछि कतिपय कांग्रेस निकटका प्रतिनिधिहरूले सत्ता र शक्तिको आडमा पन्त विजयी भएको आरोप पनि लगाएका छन्। आर्थिक परिचालनका लागि दुवै पक्ष कमजोर देखिएका होइनन्। घोषित रुपमा दलको प्यानल बनाउँदा नतिजा गुम्ने ज्ञान आचार्यको समूहलाई भएको हुनुपर्छ। आचार्यको समूहलाई कांग्रेस नेतृत्वको पूर्ण साथ थियो। तथापि आचार्यको प्यानलले जित निकाल्न सकेन। तर, कतिपय प्रतिनिधिहरूले कांग्रेसभित्रकै कतिपय नेताले कुमार पन्तकाे प्यानललाई सघाएकाले पनि आचार्यले केही मत गुमेकाे विश्लेषण गरिरहेका छन्।

आचार्य समूहको पूर्व तयारीमा भएकाे कमजाेरीकाे लाभ प्रतिस्पर्धी समूहले निकाल्यो। कांग्रेसका आस्थावान प्रतिनिधिले पनि पन्त समूहका प्रत्यासीलाई मत दिएकाे स्वयं प्रतिनिधिहरू बताउँछन्। च्याप्टर देशमा कांग्रेसको प्यानल विजयी भएका स्थानबाटहरुबाट समेत आचार्य समूहलाई सोचे मुताविक मत नआएको जनसम्पर्क समिति स्पेनका पूर्वाध्यक्ष शालिकराम डुम्रेले बताए। उनले भने, ‘पन्तको समूहलाई सरकारको साथ थियो। आचार्यको प्यानललाई आफ्नैले पत्याएनन्।’

एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष केपि सिटौलाले कमजोर व्यवस्थापनका बाबजुत पनि आचार्यको प्यानलले पाएको मत अस्वभाविक भएको बताए।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष विजयी भएका बद्रि केसीले प्राप्त मतबाट सन्तुष्ट हुन सकेका छैनन्। उनको बुझाइमा आचार्यको प्यानलबाट पराजित हुनेहरूको मतान्तर अरु बढी हुनुपर्ने थियो।

आफ्नो समूहलाई पकडमा राख्न सकेको पन्तको प्यानलले घोषित रुपमा सत्तारुढ दलको निकट नदेखिएर कांग्रेस निकटका मत पनि तान्यो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी
सम्बन्धित सामग्री
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी ‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्व... शुक्रबार, असार २०, २०८२
सन् २०१४ देखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानवअधिकारकर्मी आचार्यको विषयमा चिन्ता व्यक्त सादा पोशाकमा आएका रोयल भुटान प्रहरीले उनलाई पक्राउ गरेर भुटान लगेका र त्यसपछि जेलमा राखिएको अनुमान गरिएको छ।  उनको अवस्था अज्ञात छ।... शुक्रबार, असार १३, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको माल्दिभ्सका राज्य... बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध शनिबार, असार २१, २०८२
एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्