• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए विश्व सम्मेलन : किन पराजित भयो आचार्य समूह?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  २१:२७
1140x725

काठमाडौं-  प्रत्येक २ वर्षमा हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा तुलनात्मक रुपमा नवौं विश्व सम्मेलन नमिठो अनुभूति दिएर विदा भएको छ। 

व्यवस्थापकीय कमजोरीका कारण यसपटकको विश्व सम्मेलनलाई सर्वाधिक आलोचना गरियो। यसले निवर्तमान कार्यसमितिको कार्यक्षमतामाथि अनेक प्रश्न उठे। एयरपोर्टमा तोडफोड, केन्द्रीय कार्यालयमा रजिष्ट्रसेनका क्रममा भएको बेथितिको चर्को आलोचना भएको थियो। बेथिति त्यसमै मात्रै रोकिएन। निर्वाचन कार्यतालिका आन्तरिक व्यवस्थपानका कारणले प्रभावित हुनु, सम्मेलन स्थलमा नाराबाजी,प्रतिनिधि विवाद, धकेला-धकेल,फोहोर लगायतका कारणले संघ थप आलोचित बन्न पुग्यो।

निर्वतमान कार्यसमितिको व्यवस्थापकीय कमजोरीको सर्वत्र विरोध भयो। निर्वाचन कार्यतालिकालाई सुव्यवस्थित बनाउन नसकेपछि निर्वतमान कार्यसमितिलाई असक्षम कार्यसमितिका रुपमा दर्ज गरे। निर्वतमान कार्यसमितिले सहज वातावरण बनाउन चुक्यो। अर्कोतिर कांग्रेस निकटको प्यानलले व्यवस्थापकीय कारणले प्रमुख पदमा आशातित सफलता हात पार्न सकेन।

‘पूर्व तयारी’मा कमजोर हुँदा ‘भाइटल’पद कुमार पन्तको समूहले हात पार्‍यो। प्यानल बनाउनका लागि अन्तिम समयमा गरिएको आचार्य निकटको प्यानलको दौडधुपले सोचे मुताविकको सफलता दिएन। मंगलबार सुरु हुने विश्व सम्मेलनको अन्तिम समयमा आएर अघिल्लो दिन मात्रै आचार्यको नेतृत्वमा प्यानल बनेको थियो।

प्रतिपक्ष दल नेपाली कांग्रेसको बलमा तयार भएको प्यानलमा नाम हेरफेर मतदान अघि सम्म जारी रह्यो। नाममा आइरहेको फेरबदलले पनि प्रतिनिधिहरूमा अन्योल सिर्जना गरेको थियो।

गैरआवासीय नेपाली संघमा विज्ञका रुपमा परिचित डा हेमराज शर्मालाई महासचिवको पदमा आफ्नो समूहमा आचार्यका समूहले ल्याउन सकेन। आचार्यको समूहबाट विजयी हुने आशा गरिएका उपाध्यक्षका दाबेदार डा केशव पौडेलले हारमा चित्त बुझाए।

अर्कोतर्फ मध्यपूर्वमा पकड बनाएका सचिवका उम्मेदवार आरके शर्माको नाम आचार्यको प्यानलबाट बिहीबार हटाइयो। शर्माले अर्को समूहमा रहेर पनि जित निकाले। सोम सापकोटाको स्थानमा महेश श्रेष्ठलाई कोषाध्यक्षमा ल्याएर आचार्यको प्यानलले जस पायो। आठौं विश्व सम्मेलनमा फरक समूहको प्रतिनिधित्व गर्दै भवन भट्टको कार्यसमितिमा पुगेकी सचिव बनेकी जानकी गुरुङले यसपटक हात धुनु परेको छ।

सोमबारको पत्रकार सम्मेलनमा आफ्नो प्यानलमा गौरीराज जोशीलाई नल्याएका आचार्यले मतदान हुने दिनमा भने उक्त पदमा समावेश गरेका थिए। जोशीले सचिवमा जित निकाले।अन्तिम समयमा सचिवमा कांग्रेसको प्यानलमा छनोट भएका अभिमानसिंह बस्नेतले पराजय भोगे।

Ncell 2
Ncell 2
nimb
nimb

युवा संयोजकमा सुदीप यज्ञ बहादुर कार्कीको स्थानमा हिमाल गुरुङलाई समर्थन गरेर आचार्यको उचित निर्णय गरेको देखियो। साथै, महिला संयोजकको हेरफेरमा पनि विवेक पुर्‍याएको देखियो। प्रमिला बस्नेतको स्थानमा आचार्यको प्यानलले भुमा लिम्बुलाई अघि सारेको थियो। लिम्बु विजयी भइन्।

मुख्य पदमा हार बेहोरेपछि कतिपय कांग्रेस निकटका प्रतिनिधिहरूले सत्ता र शक्तिको आडमा पन्त विजयी भएको आरोप पनि लगाएका छन्। आर्थिक परिचालनका लागि दुवै पक्ष कमजोर देखिएका होइनन्। घोषित रुपमा दलको प्यानल बनाउँदा नतिजा गुम्ने ज्ञान आचार्यको समूहलाई भएको हुनुपर्छ। आचार्यको समूहलाई कांग्रेस नेतृत्वको पूर्ण साथ थियो। तथापि आचार्यको प्यानलले जित निकाल्न सकेन। तर, कतिपय प्रतिनिधिहरूले कांग्रेसभित्रकै कतिपय नेताले कुमार पन्तकाे प्यानललाई सघाएकाले पनि आचार्यले केही मत गुमेकाे विश्लेषण गरिरहेका छन्।

आचार्य समूहको पूर्व तयारीमा भएकाे कमजाेरीकाे लाभ प्रतिस्पर्धी समूहले निकाल्यो। कांग्रेसका आस्थावान प्रतिनिधिले पनि पन्त समूहका प्रत्यासीलाई मत दिएकाे स्वयं प्रतिनिधिहरू बताउँछन्। च्याप्टर देशमा कांग्रेसको प्यानल विजयी भएका स्थानबाटहरुबाट समेत आचार्य समूहलाई सोचे मुताविक मत नआएको जनसम्पर्क समिति स्पेनका पूर्वाध्यक्ष शालिकराम डुम्रेले बताए। उनले भने, ‘पन्तको समूहलाई सरकारको साथ थियो। आचार्यको प्यानललाई आफ्नैले पत्याएनन्।’

एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष केपि सिटौलाले कमजोर व्यवस्थापनका बाबजुत पनि आचार्यको प्यानलले पाएको मत अस्वभाविक भएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष विजयी भएका बद्रि केसीले प्राप्त मतबाट सन्तुष्ट हुन सकेका छैनन्। उनको बुझाइमा आचार्यको प्यानलबाट पराजित हुनेहरूको मतान्तर अरु बढी हुनुपर्ने थियो।

आफ्नो समूहलाई पकडमा राख्न सकेको पन्तको प्यानलले घोषित रुपमा सत्तारुढ दलको निकट नदेखिएर कांग्रेस निकटका मत पनि तान्यो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्