दसैंमा किताबलाई र्याकमै विश्राम दिउँ, हुन्न ?
माथिको प्रश्ताव सुुन्ने जो कोहि पुुस्तकप्रेमी यति बेला आँखिभूइँ खुम्च्याउँदै मलाई बेस्सरी गाली गर्न सक्छ । त्यसैले मैले सुरुमै दलिल पेश गरें, ‘म अध्ययन विरोधी होइन। पुुस्तकबाहिर पनि त संसार छ भन्ने व्यक्ति मात्र हुँ।’ यति भन्दा पनि मलाई गाली गरेपनि स्वीकार्य छ।
मेरो फ्रेण्ड लिस्टमा हुने एक मित्रले फेसबुकवालमा प्रश्न गर, ‘यो पटकको दसैँ, अब कताबाट सुरु गरौं?’ टेवलमा राखिएका एक थाक (करिब एक दर्जन जति) किताब थिए । उनले भनेअनुसार ति किताब हरेक दिन एउटाका दरले पढ्दा पनि झण्डै १२ दिन त लाग्थ्यो नै । त्यो समय यो दसैँको बिदामा कसरी समय व्यवस्थापन गर्छन होला? मेरो दिमागमा यस्तै प्रश्न तेर्सिए।
त्यसपछि भटाभट पुुस्तक राख्ने होड चल्यो । मानौं किताब नकिने दसैं खल्लो हुन्छ, जसरी बाल्यकालमा बुवाले फिस चप्पल नल्याइदिँदा मेरो दसैँ खल्लो हुनेगर्थ्यो । यही मनोभावलाई सम्बोधन गर्न पुुस्तक प्रकाशकले पनि भटाभट पुुस्तक छाप्दै बजारमा ल्याएका थिए । सिनेमा र पुुस्तक दसैँ अगाडि ‘लन्च’ गर्ने ‘कल्चर’को विकास जो भएको छ।
सोचें ति मित्रका पनि मेरा जस्तै गाउँले साथिभाइ होलान् । वर्षौंपछि अरबबाट बिदा लिएर दसैँ मनाउन आएका दाजुुभाई होलान् । वर्षमा एकपटक माइत जान पाएर फुरुङ्ग पर्दै गाउँ आएकी चेली होलिन् । बेला–बेला सपनामा आएर जिस्क्याइरहने प्रेमीका पनि त आउलिन्। कसैको गमलामा सजिइसकेको त्यो सुन्दर फूल हेर्न पनि त समयको जोगाड गर्नुपर्ला!
अनि हरेक दसैँमा ‘बाटोमा चिया खानुु है बाबुु’ भनेर पटुकामा पत्रैपत्र पारेर राखेको हरियो नोट दिने मेरी जस्तै हजुरआमा पनि त होलिन् । के उनलाई समय नदिने ? कुनै पसेरै बस्ने हो ? काका, बडाउ, मामा, भतिज, काकी आदीसँगको पुरानो साइनो नवीकरण गर्नुपर्दैन?
शहर घन्चमञ्चमा बसेर शान्ति खोज्दै गाउँ पुुग्ने हामी केही समयको छुट्टिका लागी मिलेको स्वर्णिम समयलाई पनि भरपुर उपयोग गर्न चुुक्ने भयौं। किताबको भुत एकछिन हटाउँ। यो बिदामा सम्बन्धको पर्खालबाट निर्माण भएको हाम्रो सामाजिकलाई अध्ययन गरौं। आगोले पोलेका आमाका हात पढौं। बाले संघर्ष गर्न जानेका अतित नियालौं। के ति कागजमा लेखिएका अक्षर भन्दा शक्तिशाली छैनन्? के ति हामीलाई ज्ञानको माला लगाउन काफी हुँदैनन्?
केही समयअघि धनकुुटाको विकट गाउँ चानुवाबाट इटहरी झरेकी बृद्ध हजुरआमालाई पर्याप्त समय दिन नपाउँदाका छटपटी मसँग बग्रेल्ति छन् । म योपटक भने कुनै किताब नच्यापी गाउँ पुगेको छु । बरु क्यामेरा लिएर आएको छु र पढिरहेको छुु हजुरआमाका विगत, जसले रोग, भोक, शोक र अभावमा पनि १२ सन्तान जन्माइन् । तथापि अहिलेसम्म प्रेसर र सुुगर कुन चरीको नाम हो, उनलाई पत्तो छैन । ८ दशक बिताइसकेकी मेरी हजुरआमा अझै तन्दुरुस्त हुनुको राज के होला ? सोध्नुु छ बग्रेल्ती प्रश्नहरु।
...........
वर्षाझैँ चुँदो भरी छिचोल्दै पहाडको बाटो दुखेको एक थान ज्यान लिएर हजुरआमा धरानको घोपा आइपुुग्दा थकित हुनुहुन्थ्यो । ८० झरी सहज बिताएकी मेरी हजुरआमालाई यो झरीले जितेको थियो । अरु बेला इटहरीबाट धरान जाँदा चंगाझैँ रमाउने मेरा मन अस्पतालतर्फ मोडिँदा भने निकै भारी थियो।
‘बाबु आइपुगिस् ?’ बुवाले आमाको हाल बताउँदै चिकित्सकलाई बोलाइ हाल्न र धेरै बेर अस्पताल बसे आमालाई झनै गाह्रो पर्न सक्ने बताउनुुभयो। मैले डाक्टर पप्पुु रिजाललाई आमाको अवस्था बारे बताए । उहाँको सल्लाहपछि हजुरआमा इटहरीसम्म आउनसक्ने हुुनुुभयो। यदि डाक्टर रिजालले आमाको सहज जाँच गरेर कुुनै गम्भिर समस्या नभएको नबताइदिए वा कुनै रोग भइदिए त्यो रात हजुरआमालाई अस्पतालमै राख्नुुपथ्र्यो । मनमनै रिजाललाई धन्यवाद दिएँ । डाक्टरको औषधिपछि आमाको अवस्था सामान्य बन्यो नै । तर, हप्ता दिन बढी फुपुुको घरमा बस्दा पनि मैले राम्रोसँग समय दिन नपाएको पछुुतो आजसम्म भइरहेको छ।
अहिले आमा घर पुुगेर दिन गन्दैहुनुुहुन्छ रे, ‘त्यो ठुलो नाती चाहिँ कहिले आउँछ ?’ बिहानै बुवाको फोन आइसक्यो ‘अनि बाँकी नयाँ नोटको व्यवस्था भयो त ?’ फोन खोस्दै भाइ सुवर्ण (काकाको छोरा)ले भनिसक्यो ‘५ नम्बरको फिस चप्पल है दादा।’ मेरो मन गाउँमा पुुगिसक्यो।
उता एक झोला दसैँ बोकेर कविमित्र नवराज पराजुली बालाई भेट्न झापा हानिसके । मित्र सुरज सुवेदी यो पटक भोजपुर जाँदैनन्। ‘बा आमा विराटनगरमा हुनुहुन्छ । यो पटक यतै रमाउने ।’ इटहरीको सेन्ट्रल मलमा एकछिन गफिँदा साथिहरुको योजना यस्तै थियो । ए, साँच्ची कवि मनुु मञ्जिल पनि सानी छोरीसँग नयाँ बाइकमा गाउँ जाने योजनामा हुनुहुन्छ।
सोचें, नवराज र सुरजले बोकेको त्यो झेलामा पनि दर्जनौँ पुुस्तक होलान् कि । के तिनले यो बिदामा बा आमा, साथिभाइ पढ्लान् कि पलेटी कसेर किताब ? कवि मनुको योजना के होला?
......
प्रिय पाठकवर्ग, म यहाँ धुरन्धर विद्वान कहलिन यो कुरा लेख्दैछैन। मनका कुरा पोख्ने जमर्को मात्र गरेको हुँ। पढ्नका लागि मात्र हतारमा पढ्ने भन्दा लेखकका गहन कुरालाई मष्तिस्कसम्म पु¥याउन हामीले फुुर्सदिलो समय पर्खिनैपर्छ । दसंैै विशेष अवसर हो । यो फुुर्सदिलो समय हो भन्नेसँग मेरो विमति छ।
मलाइ थाहा छ, सरदार भीमबहादुर पाँडेका सबै भोलम किताबलाई मिहिनढंगले अध्ययन त्यस खबतको नेपाल बुझ्नुछ । पत्रकार एवं कवि रुपेश श्रेष्ठको नवीन कृती ‘घिंन्ताङ घिसी ट्वाक’ लाई पनि चाख्नुछ । देशमा सर्वस्वीकार्य लेखक जन्मेनन् भन्ने बुकहिलका भुपेन्द्र खड्काले बजारमा ल्याएका कृतिमाथि नजर दौडाउनुुछ । चर्चित उपन्यास पागलवस्ती लेखेको डेढदशक पछि सरुभक्तले लेखेको उपन्यास ‘प्रतिगन्ध’ माथिको जिज्ञाशा मेटाउनुछ।
देशमै जन्मिएर विश्वमा कहलिएका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अलि ग्रिपरले संसारमा कसरी र के कारणले चिनाइरहेका छन् त्यो पनि त जान्नुछ । ‘जबजब हाम्रा भावी पुुस्ताहरुलाई निराशाले छोप्ला, नेपालमा गर्न सकिँदैन भन्ने हाम्रो मनमा आउला तब–तब तपाईंको जीन्दगी हाम्रो आँखा अगाडी एउटा प्रश्न चिन्ह भएर उभिनेछ।’
रुइतमाथि पत्रकार विजयकुमार पाण्डेका यी वाणीको गहन मूल्यलाई बुुझ्न मलाई दसैँ काफीइ छैन । त्यसैले हतारमा पढेर लेखकलाई अन्याय गर्नु त पटक्कै छँदैछैन । अनि फेसबुकका लागि पढ्नुुपनि त छैन । पढ्नुु आफ्ना लागि छ । ज्ञानको घैलो फराकिलो बनाउने यो दसैं बेला उत्तम साइत हुँदै होइन।
प्रियजन, आफन्त र साथिभाइ पनि ति पुुस्तक भन्दा कम महत्वका होइन । जसरी यी र यस्तै कथाहरु किताबमा अक्षर बनेर जीवन्त बन्दछन् । हामी तिनै पात्र र कथाहरु पढ्न किन कञ्जुुस्याइँ गर्ने ? त्यसैले कागजमा भरेका अक्षर भन्दा जीवन्त रहेका सामाजिक प्राणीहरुका कथा पढेर यो दसैँ उपलब्धिमूलक बनाए हुन्न?
र्याकका किताबलाई केही समय थकाइ मार्न दिउँ न !
ह्याप्पी दसैं।
twitter@milanbichhod
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।