• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दसैंमा किताबलाई र्‍याकमै विश्राम दिउँ, हुन्न ? 

64x64
नेपाल लाइभ सोमबार, असोज २०, २०७६  ११:१५
1140x725

दसैंमा किताबलाई र्‍याकमै विश्राम दिउँ, हुन्न ? 
माथिको प्रश्ताव सुुन्ने जो कोहि पुुस्तकप्रेमी यति बेला आँखिभूइँ खुम्च्याउँदै मलाई बेस्सरी गाली गर्न सक्छ । त्यसैले मैले सुरुमै दलिल पेश गरें, ‘म अध्ययन विरोधी होइन। पुुस्तकबाहिर पनि त संसार छ भन्ने व्यक्ति मात्र हुँ।’ यति भन्दा पनि मलाई गाली गरेपनि स्वीकार्य छ। 

मेरो फ्रेण्ड लिस्टमा हुने एक मित्रले फेसबुकवालमा प्रश्न गर,  ‘यो पटकको दसैँ, अब कताबाट सुरु गरौं?’  टेवलमा राखिएका एक थाक (करिब  एक दर्जन जति) किताब थिए । उनले भनेअनुसार ति किताब हरेक दिन एउटाका दरले पढ्दा पनि झण्डै १२ दिन त लाग्थ्यो नै । त्यो समय यो दसैँको बिदामा कसरी समय व्यवस्थापन गर्छन होला? मेरो दिमागमा यस्तै प्रश्न तेर्सिए। 

त्यसपछि भटाभट पुुस्तक राख्ने होड चल्यो । मानौं किताब नकिने दसैं खल्लो हुन्छ, जसरी बाल्यकालमा बुवाले फिस चप्पल नल्याइदिँदा मेरो दसैँ खल्लो हुनेगर्थ्यो । यही मनोभावलाई सम्बोधन गर्न पुुस्तक प्रकाशकले पनि भटाभट पुुस्तक छाप्दै बजारमा ल्याएका थिए । सिनेमा र पुुस्तक दसैँ अगाडि ‘लन्च’ गर्ने ‘कल्चर’को विकास जो भएको छ।

सोचें ति मित्रका पनि मेरा जस्तै गाउँले साथिभाइ होलान् । वर्षौंपछि अरबबाट बिदा लिएर दसैँ मनाउन आएका दाजुुभाई होलान् । वर्षमा एकपटक माइत जान पाएर फुरुङ्ग पर्दै गाउँ आएकी चेली होलिन् । बेला–बेला सपनामा आएर जिस्क्याइरहने प्रेमीका पनि त आउलिन्। कसैको गमलामा सजिइसकेको त्यो सुन्दर फूल हेर्न पनि त समयको जोगाड गर्नुपर्ला!

अनि हरेक दसैँमा ‘बाटोमा चिया खानुु है बाबुु’ भनेर पटुकामा पत्रैपत्र पारेर राखेको हरियो नोट दिने मेरी जस्तै हजुरआमा पनि त होलिन्  । के उनलाई समय नदिने ? कुनै पसेरै बस्ने हो ? काका, बडाउ, मामा, भतिज, काकी आदीसँगको पुरानो साइनो नवीकरण गर्नुपर्दैन? 

शहर घन्चमञ्चमा बसेर शान्ति खोज्दै गाउँ पुुग्ने हामी केही समयको छुट्टिका लागी मिलेको स्वर्णिम समयलाई पनि भरपुर उपयोग गर्न चुुक्ने भयौं। किताबको भुत एकछिन हटाउँ। यो बिदामा सम्बन्धको पर्खालबाट निर्माण भएको हाम्रो सामाजिकलाई अध्ययन गरौं। आगोले पोलेका आमाका हात पढौं। बाले संघर्ष गर्न जानेका अतित नियालौं। के ति कागजमा लेखिएका अक्षर भन्दा शक्तिशाली छैनन्? के ति हामीलाई ज्ञानको माला लगाउन काफी हुँदैनन्? 

केही समयअघि धनकुुटाको विकट गाउँ चानुवाबाट इटहरी झरेकी बृद्ध हजुरआमालाई पर्याप्त समय दिन नपाउँदाका छटपटी मसँग बग्रेल्ति छन् । म योपटक भने कुनै किताब नच्यापी गाउँ पुगेको छु । बरु क्यामेरा लिएर आएको छु र पढिरहेको  छुु हजुरआमाका विगत, जसले रोग, भोक, शोक र अभावमा पनि १२ सन्तान जन्माइन् । तथापि अहिलेसम्म प्रेसर र सुुगर कुन चरीको नाम हो, उनलाई पत्तो छैन ।  ८ दशक बिताइसकेकी मेरी हजुरआमा अझै तन्दुरुस्त हुनुको राज के होला ? सोध्नुु छ बग्रेल्ती प्रश्नहरु। 
...........
वर्षाझैँ चुँदो भरी छिचोल्दै पहाडको बाटो दुखेको एक थान ज्यान लिएर हजुरआमा धरानको घोपा आइपुुग्दा थकित हुनुहुन्थ्यो । ८० झरी सहज बिताएकी मेरी हजुरआमालाई यो झरीले जितेको थियो । अरु बेला इटहरीबाट धरान जाँदा चंगाझैँ रमाउने मेरा मन अस्पतालतर्फ मोडिँदा भने निकै भारी थियो।  

‘बाबु आइपुगिस् ?’ बुवाले आमाको हाल बताउँदै चिकित्सकलाई बोलाइ हाल्न र धेरै बेर अस्पताल बसे आमालाई झनै गाह्रो पर्न सक्ने बताउनुुभयो। मैले डाक्टर पप्पुु रिजाललाई आमाको अवस्था बारे बताए । उहाँको सल्लाहपछि हजुरआमा इटहरीसम्म आउनसक्ने हुुनुुभयो। यदि डाक्टर रिजालले आमाको सहज जाँच गरेर कुुनै गम्भिर समस्या नभएको नबताइदिए वा कुनै रोग भइदिए त्यो रात हजुरआमालाई अस्पतालमै राख्नुुपथ्र्यो । मनमनै रिजाललाई धन्यवाद दिएँ । डाक्टरको औषधिपछि आमाको अवस्था सामान्य बन्यो नै । तर, हप्ता दिन बढी फुपुुको घरमा बस्दा पनि मैले राम्रोसँग समय दिन नपाएको पछुुतो आजसम्म भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले आमा घर पुुगेर दिन गन्दैहुनुुहुन्छ रे, ‘त्यो ठुलो नाती चाहिँ कहिले आउँछ ?’ बिहानै बुवाको फोन आइसक्यो ‘अनि बाँकी नयाँ नोटको व्यवस्था भयो त ?’ फोन खोस्दै  भाइ सुवर्ण (काकाको छोरा)ले भनिसक्यो ‘५ नम्बरको फिस चप्पल है दादा।’ मेरो मन गाउँमा पुुगिसक्यो। 

उता एक झोला दसैँ बोकेर कविमित्र नवराज पराजुली बालाई भेट्न झापा हानिसके । मित्र सुरज सुवेदी यो पटक भोजपुर जाँदैनन्। ‘बा आमा विराटनगरमा हुनुहुन्छ । यो पटक यतै रमाउने ।’ इटहरीको सेन्ट्रल मलमा एकछिन गफिँदा साथिहरुको योजना यस्तै थियो । ए, साँच्ची कवि मनुु मञ्जिल पनि सानी छोरीसँग नयाँ बाइकमा गाउँ जाने योजनामा हुनुहुन्छ। 

सोचें, नवराज र सुरजले बोकेको त्यो झेलामा पनि दर्जनौँ पुुस्तक होलान् कि । के तिनले यो बिदामा बा आमा, साथिभाइ पढ्लान् कि पलेटी कसेर किताब ? कवि मनुको योजना के होला?  
...... 
प्रिय पाठकवर्ग, म यहाँ धुरन्धर विद्वान कहलिन यो कुरा लेख्दैछैन। मनका कुरा पोख्ने जमर्को मात्र गरेको हुँ। पढ्नका लागि मात्र हतारमा पढ्ने भन्दा लेखकका गहन कुरालाई मष्तिस्कसम्म पु¥याउन हामीले फुुर्सदिलो समय पर्खिनैपर्छ । दसंैै विशेष अवसर हो । यो फुुर्सदिलो समय हो भन्नेसँग मेरो विमति छ। 

मलाइ थाहा छ, सरदार भीमबहादुर पाँडेका सबै भोलम किताबलाई मिहिनढंगले अध्ययन त्यस खबतको नेपाल बुझ्नुछ । पत्रकार एवं कवि रुपेश श्रेष्ठको नवीन कृती ‘घिंन्ताङ घिसी ट्वाक’ लाई पनि चाख्नुछ । देशमा सर्वस्वीकार्य लेखक जन्मेनन् भन्ने बुकहिलका भुपेन्द्र खड्काले बजारमा ल्याएका कृतिमाथि नजर दौडाउनुुछ । चर्चित उपन्यास पागलवस्ती लेखेको डेढदशक पछि सरुभक्तले लेखेको उपन्यास ‘प्रतिगन्ध’ माथिको जिज्ञाशा मेटाउनुछ। 

देशमै जन्मिएर विश्वमा कहलिएका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अलि ग्रिपरले संसारमा कसरी र के कारणले चिनाइरहेका छन् त्यो पनि त जान्नुछ । ‘जबजब हाम्रा भावी पुुस्ताहरुलाई निराशाले छोप्ला, नेपालमा गर्न सकिँदैन भन्ने हाम्रो मनमा आउला तब–तब तपाईंको जीन्दगी हाम्रो आँखा अगाडी एउटा प्रश्न चिन्ह भएर उभिनेछ।’

रुइतमाथि पत्रकार विजयकुमार पाण्डेका  यी वाणीको गहन मूल्यलाई बुुझ्न मलाई दसैँ काफीइ छैन । त्यसैले हतारमा पढेर लेखकलाई अन्याय गर्नु त पटक्कै छँदैछैन । अनि फेसबुकका लागि पढ्नुुपनि त छैन । पढ्नुु आफ्ना लागि छ । ज्ञानको घैलो फराकिलो बनाउने यो दसैं बेला उत्तम साइत हुँदै होइन।

प्रियजन, आफन्त र साथिभाइ पनि ति पुुस्तक भन्दा कम महत्वका होइन । जसरी यी र यस्तै कथाहरु किताबमा अक्षर बनेर जीवन्त बन्दछन् । हामी तिनै पात्र र कथाहरु पढ्न किन कञ्जुुस्याइँ गर्ने ? त्यसैले कागजमा भरेका अक्षर भन्दा जीवन्त रहेका सामाजिक प्राणीहरुका कथा पढेर यो दसैँ उपलब्धिमूलक बनाए हुन्न? 

र्‍याकका किताबलाई केही समय थकाइ मार्न दिउँ न !
ह्याप्पी दसैं।
twitter@milanbichhod

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्