• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गान्धी भन्थे- सत्य बोलौं किन्तु प्रिय बोलौं

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  १६:४६
1140x725

सन् १८६९ अक्टोबर-२ तारिख मोहनदास करमचन्द गान्धीको जन्मदिन हो। भारतको गुजरात राज्यस्थित पोरबन्दर उनमा जन्मिए उनी। मोहनदास कर्मले महात्मा गान्धी बन्न पुगे।

अहिंसाका पुजारीसँगै भारतका राष्ट्रपिता पनि। उनको जन्मदिन अक्टोबर २लाई संयुक्त राष्ट्रसंघले सन् २००७ देखि विश्व अहिंसा दिवसका रुपमा मनाउन सुरु गरेको छ। त्यसैले आजको दिन विश्व अहिंसा दिवस हो। 

उनको नाम मोहनदास करमचन्द गान्धी भए पनि उनकी आमा पुतलीबाईले उनलाई ‘मोनिया’ भनेर बोलाउँथिन्। किशोर अवस्थामा उनले एक पटक 'राजा सत्य हरिशचन्द्र' नाटक हेरेका थिए।

त्यसको प्रभाव उनको जीवनमा पर्‍यो। गान्धीमा सत्यका अतिरिक्त सहिष्णुता, दया, करुणा, सत्य र निष्ठाको प्रभाव रह्यो। उनकी आमा धार्मिक स्वभावकी कुशल गृहणी थिइन्। त्यसको प्रभाव पनि गान्धीमा परेको पाइन्छ। गान्धी परिवारमा पाँच सन्तान मध्येका कनिष्ठ सन्तान थिए। उनका पिता दरबारका देवान (कारिन्दा) थिए। 

उनको औपचारिक शिक्षा आरम्भ पोरबन्दरबाट भए पनि कामकाजका सिलसिलामा पिताको राजकोट राज्यमा सरुवा भएपछि त्यसपछिको औपचारिक शिक्षा राजकोटबाट भयो। तत्कालीन समयमा नै उनी अंग्रेजी माध्यमबाट अध्यापन हुने ‘अल्फ्रेड हाइस्कुल’मा भर्ना भएर कक्षा दशसम्मको शिक्षा त्यहीबाट पूरा गरे। त्यसपछि उनी उच्च शिक्षाका लागि  बेलायत गए।

त्यहाँ उनले कानुन (ल) विषयको अध्ययन गरे। तीन वर्षे अध्ययनपश्चात् उनी ब्यारिष्टर उपाधि लिएर भारत फर्किए। उनले त्यस अवधिमा भारतकै सौराष्ट्र र बम्बईमा दुई वर्ष वकालत गरे। त्यसपछि वकालत गर्न दक्षिण अफ्रिका प्रस्थान गरे। उनलाई दक्षिण अफ्रिका लैजाने व्यक्ति दादा अब्दुल्लाह नामका भारतीय मूलका व्यापारी थिए। उनको जीवनको सर्घष र ख्याती त्यहीबाट सुरु हुन पुग्यो।

दक्षिण अफ्रिका बसाईमा उनी वकिल, स्वयंमसेवक, बन्दी र सत्याग्राही बन्न पुगे। २२ वर्ष दक्षिण अफ्रिकाको बसाइपछि सन् १९१५ मा उनी भारत फर्किए। गोपाल कृष्ण गोखलेको विशेष आग्रहमा उनी भारत फर्किएका थिए। गान्धीले गोखलेलाई राजनीतिका गुरु भन्थे। भारत फर्किएपछि गोखलेकै सल्लाहमा एक वर्षसम्म उनले देश भ्रमण गरे।

अनिमात्र उनले स्वतन्त्र भारतका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम सुरु गरे। दक्षिण अफ्रिकाबाट फर्किएपछि पनि उनले भारतमा आफ्नो निजी निवास बनाएनन्। आश्रमबाट नै गुजारा चलाए। भारतमा उनले कोचरव, सावरमती र बर्धा आश्रम स्थापना गरे। त्यसअघि दक्षिण अफ्रिका बसाइमा उनले दुई आश्रम स्थापना गरेका थिए। भारतमा कोचरव र सावरमती गुजरातको अहमदबादमा अवस्थित छन् भने बर्धा आश्रम महाराष्ट्रमा छ। ती आश्रम अहिले भारत सरकारले संग्राहलय बनाएर संरक्षण गर्दै आएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आखिर उनले आश्रमहरूबाट चलाएको आन्दोलनबाट सन् १९४७ अगस्त १५ मा भारत स्वतन्त्र बन्न पुग्यो। यस अवधिमा उनले विभिन्न अरोह–अवरोह, दु:ख–कष्ट र विपत्तीको सहन गर्नुपर्‍यो। तर, उनी जस्तै परिस्थितिमा पनि आफ्नो लक्ष्य र मार्गमा बिचलित भएनन्। 

यस अवधिमा उनले पत्नी कस्तुरबा, निजी सचिव महादेव देसाईलाई आगा खान जेलमा बन्दी अवस्थामा दागबत्ती दिनुपर्‍यो। साथै भतिज मगनलाल गान्धी, धर्मपुत्र जमनलाल बजाज लगायतका निकटका विश्वस्तजनको निधनबाट आघात व्यहोर्नुपर्‍यो। तर पनि स्वतन्त्रताको लडाइँमा उनी किञ्चित विचलित नभई सतीशाल बनिरहे।

निष्ठा र त्यागका प्रतिमूर्ति गान्धीले सत्याग्रहका माध्यमबाट अहिंसात्मक आन्दोलन जारी राखे। बिट्रिस उपनिवेशकालीन समयमा जन्मिएका गान्धीले आफैंले चलाएको आन्दोलनबाट देशलाई स्वतन्त्र बनाए। तर, स्वतन्त्र भारतमा उनी १ सय ६८ दिन मात्र बाँचे। अहिंसाका पुजारीको गान्धीको मृत्यु आखिर हिंसाबाट १९४८ जनवरी ३० भयो। मृत्युलाई सहज रुपमा स्वीकार्दै उनले हृदयमा गोली बर्सिरहँदा पनि 'राम, राम...'.मात्र उच्चारण गरे। पीडा र र प्रतिशोधका एक शब्द पनि उच्चारण नगरी मृत्युलाई सहज रुपमा उनले बरण गरे। त्यसैले वर्तमान विश्व जगतले गान्धीलाई सत्य र अहिंसाका पुजारी भनेर स्मरण गर्दै आएकोछ। जीवनको अन्तिम क्षणसम्म पनि उनले सत्य प्रतिको निष्ठालाई निरन्तर साधना गरिरहे। 

जीवनमा उनले आफ्ना गल्ती र कमजोरीबाट नै प्ररेणा लिएको पाइन्छ। भनिन्छ, जीवनमा एक पटक गरेको गल्ती उनले कहिल्यै दोहराएनन्। अन्तत: उनी सत्यका कुशल साधक बने। सानै उमेरमा पनि उनमा करुणा, मानवीयता र प्रेमभावको गुण थियो। उनको घरमा सरसफाइको काम गर्ने उका नामको दलित केटो थियो। उमेरमा गान्धी भन्दा एकाध वर्षमात्र जेठो। एकदिनको घटना घरको सरसफाइको काम समपन्न गरेपछि गान्धी दलित उकासँग खेल्न लागे। त्यो देखेर आमाले उनलाई कुवाबाट पानी उघाएर नुहाइदिइन्।

त्यसरी नुहाइदिनुको कारण दलितसँगको समागम रहेछ। उक्त घटनापछि पनि उनले उकासँगको संगत छाडेनन्। उससँग संगत र व्यवहार गरिरहे। मानिस भएर मानिसलाई गरिएको त्यो व्यवहार गान्धीको मनमा गढिरह्यो। यसले सानै उमेरमा पनि उनी सबैसँग समान मानवीय व्यवहार प्रकट गर्थे भन्ने जानकारी हुन्छ। 

उनले स्वतन्त्रताको आन्दोलनसँगै समाजिक विभेद् विरुद्धका आन्दोलन पनि चलाए। सन् १९२४ को भैकाम सत्याग्रह दलित छुवाछुत विरुद्ध आन्दोलन थियो। स्वतन्त्रता प्राप्तिको आन्दोलन अध्ययन गर्दा उक्त आन्दोलनबारे जानकारी हुन्छ। उनी सबै आन्दोलनलाई स्वतन्त्रता प्राप्तिको आन्दोलनसँग जोड्न सफल रहे।

महात्मा गान्धीले आफ्नो आत्मकथालाई ‘सत्यको प्रयोग’ भनेर नामाकरण गरे। उक्त पुस्तक विश्वका धेरै भाषामा प्रकाशन हुने पुस्तकको सूचीमा पर्छ। किन त उनले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ नाम दिए?  उनले जीवनभर सत्यको साधना गरे। जीवनमा सत्यको प्रयोग गरिरहे। त्यही साधनालाई पुस्तकका रुपमा ल्याए। त्यसैले आत्मकथा नभनेर ‘सत्यको प्रयोग’ भन्न रुचाए। उनले जीवनमा सत्यको प्रयोग गर्दाका भोगाइ, कमी-कमीकमजोरी जस्ताको तस्तै उतारेकोले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ भन्न रुचाएको उनको कथन छ। पुस्तकमा जीवनका भोगाइ र अनुभव पाठकले विश्वास गर्ने गरी उनले उतारेका छन्। 

गान्धीले सत्यको प्रयोगलाई सिद्धान्तका रुपमा स्थापित गरे। हाम्रो सबै गतिविधि सत्यमा आधारित हुनुपर्छ भन्ने उनको मान्यता रह्यो। विचारमा सत्य, वाणीमा सत्य र कर्ममा सत्य हुनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसको साधना मानवीय जीवनमा सम्भव छ, भन्ने कुरा उनले प्रमाणित गरेर देखाए। सत्य मानिसको जीवनको प्राण तत्व हुनुपर्छ।

सत्यको साधनाविना जीवनमा कुनै पनि नियम वा सिद्धान्तको पालना असम्भव छ। सत्यको पालना जीवनको प्रत्येक क्षेत्रमा आवश्यक छ। चाहे त्यो राजनीतिमा होस वा सामाजिक कार्यमा। सत्यको पालनाले मानव जीवनलाई सार्थक बनाउँछ। सत्यको साधना आग्रह, पूर्वाग्रह, दुराग्रह र विकृतिको पक्षपोषक नभएर सहिष्णुता, उदारता र विनम्रताको शिक्षा हो। लक्ष्य प्राप्तिका लागि सत्यको साधनाबाट विचलित हुनुहुँदैन्, उनको अनुभव छ। 

साथै सत्यको साधक भइरहँदा हठग्राही पनि बन्नु हुँदैन, उनको सुझाव छ। आफूलाई सत्यवादी प्रमाणित गर्न अरुमाथि जर्बजस्ती सत्य लाद्नु हुँदैन। अरुलाई जर्बजस्ती लाद्न खोज्नु हस्तक्षेप हो। हस्क्षेपले मानिसको स्वतन्त्रतालाई कुण्ठसत गराउँछ, भन्ने उनको बुझाइ रह्यो।

ठूलो जमात वा समूहले निहित स्वार्थवश अस्वीकृत गर्ने सत्य नै पूर्ण सत्य पनि हुन्छ, भन्ने उनको अनुभव छ। कसैलाई आरोपित गर्दा कटु भावमा गर्नुहुँदैन। किनकि, कटुताले सत्यको विनम्रतालाई विनाश गरिदिन्छ। मानिस मृदुभाषी भएन भने जति नै सत्य बोले पनि उसको सत्यमा विश्वास हुँदैन। त्यसैले ‘सत्य बोलौं किन्तु प्रिय बोलौं’ सबैलाई उनको आग्रह रह्यो। 

समाजवादी व्यवस्थाको स्थिरताका बारेमा उनले भनेका छन्, 'यदि व्यक्ति सहिष्णुतापूर्वक सत्यनिष्ठ एवम् विनम्रतापूर्वक सरल बन्न सक्दैन भने त्यस्तो अवस्थामा कुनै प्रकारको समाजवादी व्यवस्था लागू हुन सक्दैन।

गान्धीले सत्य र अहिंसालाई एक अर्काका परिपूरक मानेका छन्। उनले भनेका छन्, 'सत्य र अहिंसालाई एक अर्काबाट अलग गर्नु व्यवहारत असम्भव हुन्छ। ‘अहिंसा मानव जातिको धर्म हो, जसरी हिंसा पशु धर्म हो।’ 

उनले भनेका छन्, ‘अहिंसा कायरको हतियार हैन।’ अहिंसाको अर्थ अत्याचारी समक्ष सर्मपण नभएर विरताको प्रर्दशन हो। अहिंसा व्यक्ति धर्म नभएर व्यक्ति एवम् समाजका लागि राजनैतिक र अध्यात्मिक आचरण प्रशिक्षण गराउने मार्गदर्शन हो। उच्चतम् समाजिक आर्दश प्राप्तिका लागि कहिल्यै पनि हिंसाको साहरा लिनु हुँदैन। हिंसाको साहाराले समस्याको समाधान कहिल्यै हुँदैन।

उनको विश्वास छ, लोकतान्त्रिक समाज व्यवस्थाका लागि अहिंसा अनिवार्य छ। अहिंसा बिना कुनैपनि लोकतान्त्रिक सरकार वा शासन व्यवस्था चल्न सक्दैन। सच्चा लोकतन्त्र असत्य र हिंसाको साहराबाट कहिल्यै प्राप्त हुँदैन। यदि, हुन्छ, भने टिकाऊ हुँदैन। किनभने त्यतिबेला विरोधीको विनाश वा समाप्ति र निष्काशन गरिएको हुन्छ। त्यतिबेला व्यक्तिगत स्वतन्त्रताको स्थान कहाँ रहन्छ? गान्धीको जिज्ञासा छ। व्यक्तिगत स्वतन्त्रताको अभ्यास त पूर्ण अहिंसात्मक शासन व्यवस्थामा रहन्छ। 

समाज आज पनि विकृति, विद्धेष, विभाजन र विघटन समस्यासँग जुधिरहेको छ। विश्व समग्रताबाट विग्रह उन्मुख छ। यो समस्या आज कुनै परिवार र समाजमा सीमित नभएर विश्वजगतका लागि टाउको दुखाइको विषय भएको छ। किन त? हिंसाले मानिसलाई विक्षिप्त र विभाजित हुन प्रशिक्षित गरिरहेको छ।

उनको आर्दशलाई पछ्याउने महामानवहरूमा अमेरिकाका मार्टिन लुथर किंग र दक्षिण अफ्रिकाका अश्वेत आन्दोलनका नेता नेल्सन मण्डेलाको नाम अग्र पंक्तिमा आउँछन्। दक्षिण अफ्रिकामा मण्डेलाले चलाएको शान्तिपूर्ण आन्दोलन र पीडकप्रतिको उदारभाव र क्षमासहितको सदासयता आधुनिक विश्वका लागि अनुकरणीय रह्यो।

त्यसैले उनको आर्दशलाई सम्मान गर्दैं यसवर्ष संयुक्त राष्ट्रसंघको ७३औं महासभाले उनलाई स्मरण गर्‍यो। सयौं जन्मोत्सव अवसरमा मण्डेलालाई स्मरण गर्दैं विश्वका नेताहरूले विश्व शान्तिमा जोड दिए। उक्त कार्यक्रममा सहभागी नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मण्डेलालाई स्मरण गर्दै भने, ‘अशान्तिले मुलुकलाई कति पिरोलेको हुन्छ, भन्ने विषयमा नेपालले अनुभव गरिसकेको छ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को कल्पना गरिरहँदा गान्धीको आर्दश र जीवन चरित्रलाई हाम्रो नेतृत्वले पनि उतार्न आवश्यक छ। गान्धी विश्वजगतका लागि मात्र नभएर हाम्रा लागि पनि उत्तिकै अनुकरणीय छन्, हाम्रो परिवर्तनको जगमा उनको पनि योगदान छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहँदा उनको आर्दशलाई स्मरण गर्नु उचित देखिन्छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न उनको जीवन आर्दश र चरित्राबाट प्रेरेणा लिन ध्यान दिने  कि?

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने शनिबार, असार १३, २०८३
काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्