• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गान्धी भन्थे- सत्य बोलौं किन्तु प्रिय बोलौं

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  १६:४६
1140x725

सन् १८६९ अक्टोबर-२ तारिख मोहनदास करमचन्द गान्धीको जन्मदिन हो। भारतको गुजरात राज्यस्थित पोरबन्दर उनमा जन्मिए उनी। मोहनदास कर्मले महात्मा गान्धी बन्न पुगे।

अहिंसाका पुजारीसँगै भारतका राष्ट्रपिता पनि। उनको जन्मदिन अक्टोबर २लाई संयुक्त राष्ट्रसंघले सन् २००७ देखि विश्व अहिंसा दिवसका रुपमा मनाउन सुरु गरेको छ। त्यसैले आजको दिन विश्व अहिंसा दिवस हो। 

उनको नाम मोहनदास करमचन्द गान्धी भए पनि उनकी आमा पुतलीबाईले उनलाई ‘मोनिया’ भनेर बोलाउँथिन्। किशोर अवस्थामा उनले एक पटक 'राजा सत्य हरिशचन्द्र' नाटक हेरेका थिए।

त्यसको प्रभाव उनको जीवनमा पर्‍यो। गान्धीमा सत्यका अतिरिक्त सहिष्णुता, दया, करुणा, सत्य र निष्ठाको प्रभाव रह्यो। उनकी आमा धार्मिक स्वभावकी कुशल गृहणी थिइन्। त्यसको प्रभाव पनि गान्धीमा परेको पाइन्छ। गान्धी परिवारमा पाँच सन्तान मध्येका कनिष्ठ सन्तान थिए। उनका पिता दरबारका देवान (कारिन्दा) थिए। 

उनको औपचारिक शिक्षा आरम्भ पोरबन्दरबाट भए पनि कामकाजका सिलसिलामा पिताको राजकोट राज्यमा सरुवा भएपछि त्यसपछिको औपचारिक शिक्षा राजकोटबाट भयो। तत्कालीन समयमा नै उनी अंग्रेजी माध्यमबाट अध्यापन हुने ‘अल्फ्रेड हाइस्कुल’मा भर्ना भएर कक्षा दशसम्मको शिक्षा त्यहीबाट पूरा गरे। त्यसपछि उनी उच्च शिक्षाका लागि  बेलायत गए।

त्यहाँ उनले कानुन (ल) विषयको अध्ययन गरे। तीन वर्षे अध्ययनपश्चात् उनी ब्यारिष्टर उपाधि लिएर भारत फर्किए। उनले त्यस अवधिमा भारतकै सौराष्ट्र र बम्बईमा दुई वर्ष वकालत गरे। त्यसपछि वकालत गर्न दक्षिण अफ्रिका प्रस्थान गरे। उनलाई दक्षिण अफ्रिका लैजाने व्यक्ति दादा अब्दुल्लाह नामका भारतीय मूलका व्यापारी थिए। उनको जीवनको सर्घष र ख्याती त्यहीबाट सुरु हुन पुग्यो।

दक्षिण अफ्रिका बसाईमा उनी वकिल, स्वयंमसेवक, बन्दी र सत्याग्राही बन्न पुगे। २२ वर्ष दक्षिण अफ्रिकाको बसाइपछि सन् १९१५ मा उनी भारत फर्किए। गोपाल कृष्ण गोखलेको विशेष आग्रहमा उनी भारत फर्किएका थिए। गान्धीले गोखलेलाई राजनीतिका गुरु भन्थे। भारत फर्किएपछि गोखलेकै सल्लाहमा एक वर्षसम्म उनले देश भ्रमण गरे।

अनिमात्र उनले स्वतन्त्र भारतका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम सुरु गरे। दक्षिण अफ्रिकाबाट फर्किएपछि पनि उनले भारतमा आफ्नो निजी निवास बनाएनन्। आश्रमबाट नै गुजारा चलाए। भारतमा उनले कोचरव, सावरमती र बर्धा आश्रम स्थापना गरे। त्यसअघि दक्षिण अफ्रिका बसाइमा उनले दुई आश्रम स्थापना गरेका थिए। भारतमा कोचरव र सावरमती गुजरातको अहमदबादमा अवस्थित छन् भने बर्धा आश्रम महाराष्ट्रमा छ। ती आश्रम अहिले भारत सरकारले संग्राहलय बनाएर संरक्षण गर्दै आएको छ। 

Ncell 2
Ncell 2

आखिर उनले आश्रमहरूबाट चलाएको आन्दोलनबाट सन् १९४७ अगस्त १५ मा भारत स्वतन्त्र बन्न पुग्यो। यस अवधिमा उनले विभिन्न अरोह–अवरोह, दु:ख–कष्ट र विपत्तीको सहन गर्नुपर्‍यो। तर, उनी जस्तै परिस्थितिमा पनि आफ्नो लक्ष्य र मार्गमा बिचलित भएनन्। 

यस अवधिमा उनले पत्नी कस्तुरबा, निजी सचिव महादेव देसाईलाई आगा खान जेलमा बन्दी अवस्थामा दागबत्ती दिनुपर्‍यो। साथै भतिज मगनलाल गान्धी, धर्मपुत्र जमनलाल बजाज लगायतका निकटका विश्वस्तजनको निधनबाट आघात व्यहोर्नुपर्‍यो। तर पनि स्वतन्त्रताको लडाइँमा उनी किञ्चित विचलित नभई सतीशाल बनिरहे।

निष्ठा र त्यागका प्रतिमूर्ति गान्धीले सत्याग्रहका माध्यमबाट अहिंसात्मक आन्दोलन जारी राखे। बिट्रिस उपनिवेशकालीन समयमा जन्मिएका गान्धीले आफैंले चलाएको आन्दोलनबाट देशलाई स्वतन्त्र बनाए। तर, स्वतन्त्र भारतमा उनी १ सय ६८ दिन मात्र बाँचे। अहिंसाका पुजारीको गान्धीको मृत्यु आखिर हिंसाबाट १९४८ जनवरी ३० भयो। मृत्युलाई सहज रुपमा स्वीकार्दै उनले हृदयमा गोली बर्सिरहँदा पनि 'राम, राम...'.मात्र उच्चारण गरे। पीडा र र प्रतिशोधका एक शब्द पनि उच्चारण नगरी मृत्युलाई सहज रुपमा उनले बरण गरे। त्यसैले वर्तमान विश्व जगतले गान्धीलाई सत्य र अहिंसाका पुजारी भनेर स्मरण गर्दै आएकोछ। जीवनको अन्तिम क्षणसम्म पनि उनले सत्य प्रतिको निष्ठालाई निरन्तर साधना गरिरहे। 

जीवनमा उनले आफ्ना गल्ती र कमजोरीबाट नै प्ररेणा लिएको पाइन्छ। भनिन्छ, जीवनमा एक पटक गरेको गल्ती उनले कहिल्यै दोहराएनन्। अन्तत: उनी सत्यका कुशल साधक बने। सानै उमेरमा पनि उनमा करुणा, मानवीयता र प्रेमभावको गुण थियो। उनको घरमा सरसफाइको काम गर्ने उका नामको दलित केटो थियो। उमेरमा गान्धी भन्दा एकाध वर्षमात्र जेठो। एकदिनको घटना घरको सरसफाइको काम समपन्न गरेपछि गान्धी दलित उकासँग खेल्न लागे। त्यो देखेर आमाले उनलाई कुवाबाट पानी उघाएर नुहाइदिइन्।

त्यसरी नुहाइदिनुको कारण दलितसँगको समागम रहेछ। उक्त घटनापछि पनि उनले उकासँगको संगत छाडेनन्। उससँग संगत र व्यवहार गरिरहे। मानिस भएर मानिसलाई गरिएको त्यो व्यवहार गान्धीको मनमा गढिरह्यो। यसले सानै उमेरमा पनि उनी सबैसँग समान मानवीय व्यवहार प्रकट गर्थे भन्ने जानकारी हुन्छ। 

उनले स्वतन्त्रताको आन्दोलनसँगै समाजिक विभेद् विरुद्धका आन्दोलन पनि चलाए। सन् १९२४ को भैकाम सत्याग्रह दलित छुवाछुत विरुद्ध आन्दोलन थियो। स्वतन्त्रता प्राप्तिको आन्दोलन अध्ययन गर्दा उक्त आन्दोलनबारे जानकारी हुन्छ। उनी सबै आन्दोलनलाई स्वतन्त्रता प्राप्तिको आन्दोलनसँग जोड्न सफल रहे।

महात्मा गान्धीले आफ्नो आत्मकथालाई ‘सत्यको प्रयोग’ भनेर नामाकरण गरे। उक्त पुस्तक विश्वका धेरै भाषामा प्रकाशन हुने पुस्तकको सूचीमा पर्छ। किन त उनले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ नाम दिए?  उनले जीवनभर सत्यको साधना गरे। जीवनमा सत्यको प्रयोग गरिरहे। त्यही साधनालाई पुस्तकका रुपमा ल्याए। त्यसैले आत्मकथा नभनेर ‘सत्यको प्रयोग’ भन्न रुचाए। उनले जीवनमा सत्यको प्रयोग गर्दाका भोगाइ, कमी-कमीकमजोरी जस्ताको तस्तै उतारेकोले उक्त पुस्तकलाई ‘सत्यको प्रयोग’ भन्न रुचाएको उनको कथन छ। पुस्तकमा जीवनका भोगाइ र अनुभव पाठकले विश्वास गर्ने गरी उनले उतारेका छन्। 

गान्धीले सत्यको प्रयोगलाई सिद्धान्तका रुपमा स्थापित गरे। हाम्रो सबै गतिविधि सत्यमा आधारित हुनुपर्छ भन्ने उनको मान्यता रह्यो। विचारमा सत्य, वाणीमा सत्य र कर्ममा सत्य हुनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसको साधना मानवीय जीवनमा सम्भव छ, भन्ने कुरा उनले प्रमाणित गरेर देखाए। सत्य मानिसको जीवनको प्राण तत्व हुनुपर्छ।

सत्यको साधनाविना जीवनमा कुनै पनि नियम वा सिद्धान्तको पालना असम्भव छ। सत्यको पालना जीवनको प्रत्येक क्षेत्रमा आवश्यक छ। चाहे त्यो राजनीतिमा होस वा सामाजिक कार्यमा। सत्यको पालनाले मानव जीवनलाई सार्थक बनाउँछ। सत्यको साधना आग्रह, पूर्वाग्रह, दुराग्रह र विकृतिको पक्षपोषक नभएर सहिष्णुता, उदारता र विनम्रताको शिक्षा हो। लक्ष्य प्राप्तिका लागि सत्यको साधनाबाट विचलित हुनुहुँदैन्, उनको अनुभव छ। 

साथै सत्यको साधक भइरहँदा हठग्राही पनि बन्नु हुँदैन, उनको सुझाव छ। आफूलाई सत्यवादी प्रमाणित गर्न अरुमाथि जर्बजस्ती सत्य लाद्नु हुँदैन। अरुलाई जर्बजस्ती लाद्न खोज्नु हस्तक्षेप हो। हस्क्षेपले मानिसको स्वतन्त्रतालाई कुण्ठसत गराउँछ, भन्ने उनको बुझाइ रह्यो।

ठूलो जमात वा समूहले निहित स्वार्थवश अस्वीकृत गर्ने सत्य नै पूर्ण सत्य पनि हुन्छ, भन्ने उनको अनुभव छ। कसैलाई आरोपित गर्दा कटु भावमा गर्नुहुँदैन। किनकि, कटुताले सत्यको विनम्रतालाई विनाश गरिदिन्छ। मानिस मृदुभाषी भएन भने जति नै सत्य बोले पनि उसको सत्यमा विश्वास हुँदैन। त्यसैले ‘सत्य बोलौं किन्तु प्रिय बोलौं’ सबैलाई उनको आग्रह रह्यो। 

समाजवादी व्यवस्थाको स्थिरताका बारेमा उनले भनेका छन्, 'यदि व्यक्ति सहिष्णुतापूर्वक सत्यनिष्ठ एवम् विनम्रतापूर्वक सरल बन्न सक्दैन भने त्यस्तो अवस्थामा कुनै प्रकारको समाजवादी व्यवस्था लागू हुन सक्दैन।

गान्धीले सत्य र अहिंसालाई एक अर्काका परिपूरक मानेका छन्। उनले भनेका छन्, 'सत्य र अहिंसालाई एक अर्काबाट अलग गर्नु व्यवहारत असम्भव हुन्छ। ‘अहिंसा मानव जातिको धर्म हो, जसरी हिंसा पशु धर्म हो।’ 

उनले भनेका छन्, ‘अहिंसा कायरको हतियार हैन।’ अहिंसाको अर्थ अत्याचारी समक्ष सर्मपण नभएर विरताको प्रर्दशन हो। अहिंसा व्यक्ति धर्म नभएर व्यक्ति एवम् समाजका लागि राजनैतिक र अध्यात्मिक आचरण प्रशिक्षण गराउने मार्गदर्शन हो। उच्चतम् समाजिक आर्दश प्राप्तिका लागि कहिल्यै पनि हिंसाको साहरा लिनु हुँदैन। हिंसाको साहाराले समस्याको समाधान कहिल्यै हुँदैन।

उनको विश्वास छ, लोकतान्त्रिक समाज व्यवस्थाका लागि अहिंसा अनिवार्य छ। अहिंसा बिना कुनैपनि लोकतान्त्रिक सरकार वा शासन व्यवस्था चल्न सक्दैन। सच्चा लोकतन्त्र असत्य र हिंसाको साहराबाट कहिल्यै प्राप्त हुँदैन। यदि, हुन्छ, भने टिकाऊ हुँदैन। किनभने त्यतिबेला विरोधीको विनाश वा समाप्ति र निष्काशन गरिएको हुन्छ। त्यतिबेला व्यक्तिगत स्वतन्त्रताको स्थान कहाँ रहन्छ? गान्धीको जिज्ञासा छ। व्यक्तिगत स्वतन्त्रताको अभ्यास त पूर्ण अहिंसात्मक शासन व्यवस्थामा रहन्छ। 

समाज आज पनि विकृति, विद्धेष, विभाजन र विघटन समस्यासँग जुधिरहेको छ। विश्व समग्रताबाट विग्रह उन्मुख छ। यो समस्या आज कुनै परिवार र समाजमा सीमित नभएर विश्वजगतका लागि टाउको दुखाइको विषय भएको छ। किन त? हिंसाले मानिसलाई विक्षिप्त र विभाजित हुन प्रशिक्षित गरिरहेको छ।

उनको आर्दशलाई पछ्याउने महामानवहरूमा अमेरिकाका मार्टिन लुथर किंग र दक्षिण अफ्रिकाका अश्वेत आन्दोलनका नेता नेल्सन मण्डेलाको नाम अग्र पंक्तिमा आउँछन्। दक्षिण अफ्रिकामा मण्डेलाले चलाएको शान्तिपूर्ण आन्दोलन र पीडकप्रतिको उदारभाव र क्षमासहितको सदासयता आधुनिक विश्वका लागि अनुकरणीय रह्यो।

त्यसैले उनको आर्दशलाई सम्मान गर्दैं यसवर्ष संयुक्त राष्ट्रसंघको ७३औं महासभाले उनलाई स्मरण गर्‍यो। सयौं जन्मोत्सव अवसरमा मण्डेलालाई स्मरण गर्दैं विश्वका नेताहरूले विश्व शान्तिमा जोड दिए। उक्त कार्यक्रममा सहभागी नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मण्डेलालाई स्मरण गर्दै भने, ‘अशान्तिले मुलुकलाई कति पिरोलेको हुन्छ, भन्ने विषयमा नेपालले अनुभव गरिसकेको छ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को कल्पना गरिरहँदा गान्धीको आर्दश र जीवन चरित्रलाई हाम्रो नेतृत्वले पनि उतार्न आवश्यक छ। गान्धी विश्वजगतका लागि मात्र नभएर हाम्रा लागि पनि उत्तिकै अनुकरणीय छन्, हाम्रो परिवर्तनको जगमा उनको पनि योगदान छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहँदा उनको आर्दशलाई स्मरण गर्नु उचित देखिन्छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्न उनको जीवन आर्दश र चरित्राबाट प्रेरेणा लिन ध्यान दिने  कि?

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्