• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती

64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  १४:००
1140x725

भारतले चन्द्रमामा विजय प्राप्त गर्ने प्रयास गरेको छ। यो गर्वको क्षणमा म एकैसाथ चन्द्रमा र मेरो पैतालामुनिको जमिनमा पनि हेरिरहेको छु। मेरो सडकमा ज्वालामुखी र खाल्डा छन् जुन चन्द्रमाभन्दा अधिक छन्। दुनियाँभर प्रजातन्त्र आगोमा छ, जसले चन्द्रमाको जस्तै शीतलता खोजिरहेको छ। तर यो आगो केवल ती सूचनाले निभाउँछ जुन शुद्ध होस् र आँटसहितको। बयानबाजी नहोस्। जति शुद्ध हाम्रा सूचना हुन्छन्, त्यति नै गहिरो विश्वास नागरिकमा हामीप्रति हुन्छ। 

सूचनाले राष्ट्र बनाउन सहयोग गर्छ। अर्कातिर झुटा समाचार, प्रोपागान्डा (अधिकप्रचार) र गलत इतिहासले भिड सिर्जना गर्न सघाउँछ। दुनियाँको अन्य भागमा मेरा विचार राख्ने अवसर दिएकोमा रेमोन म्यागसेसेप्रति कृतज्ञ छु। तपाईंलाई थाहा छ कि म शुद्ध हिन्दीवाला हुँ र तपाईंहरुको सुविधाका लागि मेरो साथीले यो भाषणलाई अंग्रेजीमा अनुवाद गर्नुभएको हो। त्यसकाण मेरो उच्चारणमा र मेरा भाषणमा केही लेख पर्न गएमा क्षमा चाहन्छु। दुई महिनाअघि म अफिसको कुनामा दैनिक प्रसारणका लागि काम गरिहेको थिएँ, त्यही बेला मोबाइलमा आएको एउटा कल उठाएँ। त्यो फिलिपिन्सबाट आएको नचिनेको अन्तराष्ट्रिय नम्बर थियो। मलाई लागेको थियो कि यो ‘ट्रोल कल’ हो। किनभने मलाई आउने धेरै ट्रोल कलमध्ये फिलिपिन्सबाट पनि आउँथे।

यदि साँच्चै  उनीहरु फिलिपिन्समा रहेका छन् भने  म यो अवसर उनीहरुलाई स्वागत गर्न प्रयोग गर्न चाहन्छु। म अहिले यहीँ छु। 

तैपनि म ती दिनमा पुगेँ र मैले मेरी सहकर्मीतर्फ फर्केर सोधेँ, मेरो ट्रोल कलमा प्रयोग हुने भाषा सुन्न उनी इच्छुक होलिन्? मैले मेरो मोबाइल लाउड स्पिकरमा राखेँ र अर्को कुनाबाट एउटा महिलाको आवाजले बधाई दिइरहको थियो, 'कृपया म के रवीश कुमारसँग कुराकानी गर्न सक्छु?' 

मेलै मेरो जीवनमा हजारौं ट्रोल कल पाएको छु तर कहिले पनि महिलाबाट आएको छैन। मैले तुरुन्तै मेरो मोबाइलको स्पिकर बन्द गरेँ र फोनम कानमा लगाएँ। जटिल अंग्रेजीमा ती महिलाले मलाई सूचित गरिन् कि मैले रामोन म्यागसेसे पुरस्कार पाएँ। 

हामी पत्रकार र आम नागरिकका रुपमा परीक्षण हुने समयमा बाँचिरहेका छौं। अहिले हाम्रो नागरिकता परीक्षणमा छ र यसबारेमा कुनै गल्ती छैन, हामी लड्न जरुरी छ।

मिडिया र सोसल मिडियाले नागरिकलाई एक्ल्याउन र उनीहरुको आवाज बन्द गर्ने प्रक्रियामा योगदान गरेका छन्। आजका नागरिक अधिक दबाबमा छन्। 

नागरिकका रुपमा हामीले हाम्रो कर्तव्य र जिम्मेवारीका बारेमा पुनर्विचार गर्न जरुरी छ। अहिलेको समयमा नागरिकतामाथि हमला व्यापक भएको छ र राज्यका निगरानी गर्ने निकाय पहिलेभन्दा बलिया भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यस्ता दृढ नागरिक पहिले नै छन्, जो व्यापक घृणा र एक निर्मित जानकारीको कमीका बाबजुद पनि लड्नका लागि छानिएका छन्। जहाँ लोकतन्त्रको उर्वर भूमिलाई मुरुभूमिमा परिवर्तन गरिएको छ, त्यहाँ नागरिकताको अभ्यास र जान्न पाउने अधिकारका लागि लड्नु खतरानाक भएको बनेको छ तर असम्भव भने होइन। नागरिकले सत्य सूचनाको प्रभावकारी प्रवाह चाहन्छन्। राज्यले मिडिया र नागरिक समाजमाथि पूर्ण नियन्त्रण कायम गरेको छ। मिडियामाथिको नियन्त्रण र सूचनाको प्रवाहलाई बदल्नुले तपाईंको नागरिकताको दायरालाई सीमित गरिदिन्छ। 

अर्को शब्दमा मिडियाले समाचारको विधिधतालाई नियन्त्रण गर्छ र निर्दिष्ट गर्छ कि समाचार घटनाको कस्तो व्याख्या स्वीकार्य छ। अब मिडिया निगरानी राज्यको एक हिस्सा हो। अब यो चौथो अंग रहेन तर पहिलो अंग बन्यो। 

जब मुलधारको पत्रकारिताले न त आफ्नो अधिकारको समर्थन गर्न सक्छ न त पत्रकारिताको विचारलाई नै। त्यसपछि नागरिक पत्रकार र पत्रकारिता दुवै निरन्तर खतरामा पर्छन्।

समाचार च्यानलका बहस बहिष्कृत राष्ट्रवादको एक शब्दावलीभित्र हुन्छ जसमा उनीहरु आफ्ना दर्शकको दिमागमा राष्ट्रको सामूहिक इतिहास तथा स्मृतिलाई बदल्न चाहान्छन्। समाचार संसारको व्याख्यानमा केवल दुई प्रकारमा मान्छे छन्– राष्ट्रविरोधी र हामी। उनीहरु भन्छन्– राष्ट्र विरोधीसँगको समस्या के हो भने उनीहरु प्रश्न सोध्छन्। उनीहरु असहमत हुन्छन् र फरक मत राख्छन्। 

असहमति प्रजातन्त्रको आत्मा हो। यसमाथि निरन्तर आक्रमण भइरहेको छ। जब नागरिकता खतरामा हुन्छ अथवा यसको अर्थ परिवर्तन गरिन्छ तब नागरिक पत्रकारिताको अवस्था के होला? दुवै नागरिक हुन्, जो राष्ट्रका रुपमा बोलेको दाबी गर्छन् र तिनका सिकार भएका छन्। संसारमा यस्ता धेरै राष्ट्र छन्, जहाँको शासनले न्यायपालिकालाई समेत आफ्नो प्रभावमा पारेको छ र जनताबीच वैधता पाएको छ। 

अहिले हङकङ र काश्मीरमा के भइरहेको छ? त्यहाँका जनता अझै लडिरहेका छन्। तपाईंलाई थाहा छ हङकङमा प्रजातन्त्रका लागि लड्ने लाखौं मानिस किन सामाजिक सञ्जाल त्याग गर्छन्? उनीहरु अब कुनै पनि भाषामाथि विश्वास गर्न सक्दैनन्, उनीहरुलाई थाहा छ कि उनीहरुको सरकार उनीहरुभन्दा राम्रो बोल्छ। त्यसैले उनीहरुले आफ्नो भाषा बनाएका छन् र उनीहरु आफ्नो प्रदर्शन रणनीति र कार्यनीति आफूले बनाएको भाषाको वाक्य संरचनामा सञ्चार गर्दछन्। यो नागरिकको लडाइका लागि नयाँ दृष्टिकोण हो। 

काश्मीरमा धेरै हप्तादेखि सूचना र सञ्चारमा प्रतिबन्ध लगाइएको छ। करोडभन्दा बढी मानिसलाई सूचनाबाट वञ्चित गरिएको छ। त्यहाँ इन्टरनेट बन्द गरिएको छ। भारतको स्वतन्त्रता दिवसका दिन टेलिभिजन च्यानलको लोगोमा केवल सेतो र कालो रङ प्रयोग गर्न निर्देशन दिइयो। अचम्म के भने यस्तो निर्देशन कसरी पालना हुन्छ? 

अब राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती हुन्। नागरिकहरु सूचनाको क्षेत्रमा आफ्नो ‘स्पेस’का लागि लडिरहेका छन् तर अखबारहरु काँतर बनेका छन्।

जब मुलधारको पत्रकारिताले न त आफ्नो अधिकारको समर्थन गर्न सक्छ न त पत्रकारिताको विचारलाई नै। त्यसपछि नागरिक पत्रकार र पत्रकारिता दुवै निरन्तर खतरामा पर्छन्। आफ्नो खर्च कटौतीका लागि नागरिक पत्रकारिताको अभ्यास यिनै मुलधारका मिडियाले थाले। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने मूलधारका मिडियाको नागरिक पत्रकारिता र त्यस बाहिरको नागरिक पत्रकारिता अलग हुन्।  

आज पनि कैयौं न्युजरुम यस्ता छन्, जहाँ पत्रकारलाई आफ्नो व्यक्तिगत राय लेख्ने अनुमति छैन। आज कसैले काश्मीरबाट चर्को खालको ब्लग लेखून् त, हाम्रा मूलधारका मिडियाले तिनलाई ‘राष्ट्रविरोधी’ करार गर्नेछन्।

अहिलेका मिडियामार्फत लोकतन्त्रलाई बुझ्ने कोसिस गर्ने हो भने लोकतन्त्रको एउटा यस्तो तस्बिर बन्नेछ, जहाँ सारा सूचनाको रङ एकै देखिन्छ। त्यो रङले सत्ताको रङसँग मेल खान्छ। 

जब मुलधारका मिडियामा विपक्ष वा असहमति गाली बन्दछ भने नागरिकमाथि संकट आइलाग्छ। दुर्भाग्य भन्नुपर्छ यसलाई हाम्रा न्युज च्यानलले गरिरहेका छन्। 

कार्यालयको समूहमा सूचना जाँचका लागि म प्रत्येक क्षण म मेरो ह्वाट्स एप खोल्छु। म यसलाई कहिले पनि टाढा बनाउँदिनँ। मेरो बाटोलाई दुर्व्यवहार गर्न ट्रोल बनाएर मेरो नम्बर सार्वजनिक गरिन्छ। त्यो दुर्व्यवहार धम्कीका रुपमा आइपुग्छ।

मान्छेहरुले मलाई गाली गरुन् भनेर देशैभर मेरो फोन नम्बरलाई ट्रोलमार्फत भाइरल बनाइयो। गाली, धम्की आइरन्छन्।  तर, त्यसमा आफ्नो क्षेत्रको खबर दिनेहरु पनि छन्।  

म यो सबै किन सुनाइरहेको छु भने, ‘नागरिक पत्रकार’ हुन अब राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती हुन्। 

नागरिकहरु सूचनाको क्षेत्रमा आफ्नो ‘स्पेस’का लागि लडिरहेका छन् तर अखबारहरु काँतर बनेका छन्। ती आफ्नो आलोचनालाई देशको आलोचनाका रुपमा प्रस्तुत गर्दछन्। त्यसका लागि पनि अब हामीलाई ठूलो संख्यामा नागरिक पत्रकारहरुको खाँचो छ। नागरिक लोकतन्त्रको खाँचो त्योभन्दा पनि धेरै छ। 

जब मिडिया नै नागरिकविरुद्ध उभिएका छन् भने यो नागरिकले नै मिडियाको भूमिका लिने समय हो यो। राज्य अपारदर्शी बन्दै छ र सूचिना रोकिरहेको छ। मुलधारका मिडियाले हरेक चिजमा केवल मुनाफा बढोत्तरी मात्रै देखेका छन्। 

भारतीय मुलधारका मिडियाले नागरिकलाई निरक्षरतातर्फ धकेल्न दिनरात काम गरिरहेका छन्। उनीहरुको पाठ्यक्रममा तर्कहीन राष्ट्रवाद र साम्प्रदायिकतालाई मात्रै ठाउँ छ। मुलधारका मिडियालाई शुद्ध सूचनाका लागि राज्यको ‘न्यारेटिभ’का रुपमा मान्न थालिएको छ। 

यहाँ धेरै टिभी च्यानल छन् तर शैली र विषयवस्तु सबै च्यानलमा एकै छन्। यिनीका लागि विपक्षी विनाशकारी हुन्। 

जब मुलधारका मिडियाले भारतीय विश्वविद्यालय विश्व सूचीमा सूचीकृत भएको झुटा समाचार प्रचार गर्नेछन् तब अनगन्ती कलेजका विद्यार्थीहरुले तिनीहरुको कक्षाकोठाको हालत र त्यहाँका कर्मचारीको हालतबारे मलाई सन्देश पठाउँछन्। 

जब नागरिकमाथि नियन्त्रण जमाउन राज्य र मिडिया एक हुन्छन्, तब त्यहाँ नागरिक पत्रकारका रुपमा काम गर्न सम्भव छ? प्रत्येक दिन मलाई ह्वाट्स एपमा ५ सयदेखि हजारसम्म म्यासेज आउँछन्, कलिहेकाहीँ त त्योभन्दा बढी। प्रत्येक सेकेन्डका ती म्यासेजमा जनताका समस्या हुन्छन्। पत्रकारिता उनीहरुका लागि के हो भन्ने पनि लेख्छन्। 

कार्यालयको समूहमा सूचना जाँचका लागि म प्रत्येक क्षण म मेरो ह्वाट्स एप खोल्छु। म यसलाई कहिले पनि टाढा बनाउँदिनँ। मेरो बाटोलाई दुर्व्यवहार गर्न ट्रोल बनाएर मेरो नम्बर सार्वजनिक गरिन्छ। त्यो दुर्व्यवहार धम्कीका रुपमा आइपुग्छ। यो काम उनीहरु गरिराख्छन्। 

सत्ताधारी दलले मेरो कार्यक्रम बहिस्कार गरे, मेरा लागि सबै बाटो बन्द भए। त्यो समयमा मेरो कार्यक्रम जनताका मुद्दामा बन्यो। जब आम मानिसलाई समाचार च्यानलबाट बहिस्कृत गरिन्छ र एकएक राजनीतिक एजेन्डा मात्रै फलाकिन्छ, केही मानिस यस्तो जालो तोड्नका लागि आफूलाई रोक्नै सक्दैनन्। 

मैले उनीहरुलाई सुन्न सुरु गरेँ। प्राइमटाइमको शैली नै बदलियो। हजारौं युवाले कसरी केन्द्र सरकार र प्रान्त सरकार प्रशासनले घोषणा भएको २/३ वर्षसम्म पनि परीक्षा पूरा गरेनन् भन्ने म्यासेज गर्न थाले। परीक्षा सार्वजनिक हुँदा पनि नियुक्तिपत्र नपठाएको बारे म्यासेज गरे। 

मेरो समाचार कक्ष जनताका बीचमा रहेको समाचार कक्षमा बदलियो। अझै पनि भारतीय लोकतन्त्रको आशा छ किनभने न त जनताले सरकारप्रतिको अपेक्षा त्यागेका छन् न त सरकारमाथि प्रश्न उठाउन नै छोडेका छन्। 

'तपाईंले यी दुष्ट अखबार फ्याँक्नुपर्छ। यदि तपाईं कुनै समाचार/सूचना चाहनुहुन्छ भने एक-अर्कालाई सोध्नुहोस्। यदि तपाईं पढ्न चाहनुहुन्छ भने ध्यानपूर्वक- जुन भारतीय नागरिकका सेवाका लागि खोलिएका हुन्, ती छान्नुहोस्। जसले हिन्दु र मुस्लिम सँगै रहनुपर्छ भनेर पढाउँछन्।'

जब मुलधारका मिडियाले भारतीय विश्वविद्यालय विश्व सूचीमा सूचीकृत भएको झुटा समाचार प्रचार गर्नेछन् तब अनगन्ती कलेजका विद्यार्थीहरुले तिनीहरुको कक्षाकोठाको हालत र त्यहाँका कर्मचारीको हालतबारे मलाई सन्देश पठाउँछन्। 

मिडिया र सोसल मिडियाले नागरिकलाई एक्ल्याउन र उनीहरुको आवाज बन्द गर्ने प्रक्रियामा योगदान गरेका छन्। आजका नागरिक अधिक दबाबमा छन्। 

मुलधारका मिडिया र केही निश्चित समाचार च्यानलको मैले आलोचना गर्नको निहितार्थ मेरो महान् देशको धरातलीय उद्देश्यका लागि हो। भारतका अखबार र समाचार च्यानलले समुदाय–समुदायबीचको द्वन्द्व भड्काउँछन्। 

गान्धीले भनेका थिए– तपाईंले यी दुष्ट अखबार फ्याँक्नुपर्छ। यदि तपाईं कुनै समाचार/सूचना चाहनुहुन्छ भने एक-अर्कालाई सोध्नुहोस्। यदि तपाईं पढ्न चाहनुहुन्छ भने ध्यानपूर्वक- जुन भारतीय नागरिकका सेवाका लागि खोलिएका हुन्, ती छान्नुहोस्। जसले हिन्दु र मुस्लिम सँगै रहनुपर्छ भनेर पढाउँछन्। 

यदि अहिले पनि गान्धी जीवित भएका भए सन् १९४७ को १२ अप्रिलमा उनले के गरेका थिए र मैले आज यहाँ के दोहोर्‍याइरहेको छु भन्ने बताउने थिए। 

(सन् २०१९ को रेमोन म्यागसेसे पुरस्कार पाएका भारतीय पत्रकार रवीशकुमारले उक्त पुरस्कार ग्रहण गर्दा फिलिपिन्समा शुक्रबार दिएको भाषणको सम्पादित अंश। एनडिटिभीमा प्रकाशित भाषणलाई रामकुमार डिसीले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्