फरार अभिनेत्री शिल्पा पाेखरेलकाे पक्षमा अन्तरिम आदेश जारी गर्न अदालतद्वारा अस्वीकार

नेपाल लाइभ | २०७६ श्रावण २४ शुक्रबार | Friday, August 09, 2019 १९:२४:०० मा प्रकाशित

काठमाडौं- उच्च अदालत पाटनले बहुविवाहमा पक्राउ पुर्जी जारी भइ हाल फरार रहेकी नायिका शिल्पा पाेखरेलकाे पक्षमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरेकाे छ। जिल्ला अदालत काठमाडाैंले निर्देशक छबि ओझासँग बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्द शिल्पा उच्च अदालत पुगेकी थिइन्।

न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेकाे इजलाशले शिल्पाकाे पक्षमा आदेश जारी गर्न अस्वीकार गरेकाे हाे।

उनी गत साउन १६ मा निषेधाज्ञाकाे मुद्दा लियर उच्च अदालत पाटन पुगेकी थिइन्। उच्चकाे याे आदेशपछि छवि र शिल्पालाई पक्राउ गर्ने कानुनी बाटाे बलियाे भएकाे छ।

निर्देशक ओझाकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा छबि र शिल्पाविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेकी थिइन्। सोपश्चात् जिल्ला अदालत काठमाडौंले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सम्बन्धित समाचारः

शिल्पालाई छवि ओझाको आग्रह : आफ्ना कमजोरी सच्याएर गान्धीवादी बन्न तयार छु, घर आउनुस्

अभिनेत्री शिल्पाको घरेलु हिंसाको अनुभूति : फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई खाइरहने?

छवि र शिल्पाबीच तत्कालका लागि सहमति, डिभोर्सबारे टुंगो लागेन

शिल्पाका श्रीमान् छविले भनेः ममाथि जे आरोप लगाइयो, त्यो गलत छ

यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

छविले 'कानको जाली फुट्ने गरी' कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा

छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी