काठमाडौं- कवि तथा गजलकार सुवास जमरकट्टेलद्वारा लिखित ‘बाँच्न जति गाह्रो हुन्छ’ बोलको गीत बजारमा आएको छ।
सोलुखुम्बु घर भएका जमरकट्टेल गत २०७५ पुस १८ गते काठमाण्डु बाट सिन्धुली जाने कममा सडक दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको मेरुदण्ड पक्षघात भई ४ महिना अस्पतालमा बस्नुपरेको थियो।सोही समयमा उनले गीत लेखेका हुन्।
गायक दीपक लिम्बुको आवाज रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन्।
विज्ञान राईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा शाहिल खान र सायशा बस्ताकोटीको अभिनय हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।