• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

आख्यान भनेको प्रतिस्पर्धाले सिर्जना गर्ने होइन : रूमन न्यौपाने [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १३:३५
1140x725

पछिल्लो समय आख्यानमा नयाँनयाँ प्रयोग गरी लेख्ने शैली बढेको पाइन्छ। यस्तोमा जोखिम त छँदैछ। तर जोखिम खेपेरै भए पनि लेखकहरू यो चुनौती स्वीकार्न तयार छन्। रुमन न्यौपाने यस्तै नौलो प्रयोग गरेर आख्यान लेख्न रुचाउने लेखक हुन्। कल्पना र यथार्थको अवस्थालाई एकत्रित गरेर नौलो बान्कीमा कथा लेख्ने न्यौपानेको पहिलो उपन्यास ‘अनुगामी’ यसै महिना बजारमा आएको छ। नयाँ उपन्यास र समकालीन लेखनबारे आख्यानकार न्यौपानेसँगको कुराकानी:

‘अनुगामी’ उपन्यासलाई स्वैरकल्पना र यथार्थको फ्युजन भन्न मिल्छ? 
यसलाई स्वैरकल्पना नभनौं। मलाई लाग्दैन यसमा स्वैरकल्पनामा हुने तत्त्वहरू छन् र फेरि यसलाई यथार्थको नजिक लानु पनि युक्तिसंगत हुन्न। फ्यान्टासिमा हुने तत्त्वको कमीले गर्दा यसलाई त्यस शैलीमा राख्नु भएन बरु यसलाई असाधारण रोमान्स भन्दा हुन्छ। अति यथार्थवादी आवेग भन्न मिल्छ।

एक विक्षिप्त चित्रकारको अतार्किक मस्तिष्कको असंगत अतियथार्थलाई पाठकले पढ्नुपर्नेछ। कथामा भएका स्थान र घटनाहरू कल्पित भए पनि त्यसमा स्वैरकल्पनाको अभाव छ। फेरि यसको मतलब कथामा यथार्थको बाहुल्य छ भन्नु हुन्न। कहीँकहीँ मिथकको प्रयोग भए पनि त्यसले पात्रको व्यक्तिगत जीवनमा प्रत्यक्ष प्रभाव नराख्ने भएकोले मैले त्यसलाई स्वैरकल्पना भन्न नखोजेको हुँ।

तपाईंको उपन्यासको पात्रहरू सामान्य नेपाली जनजीवनका पात्रभन्दा बिलकुलै भिन्नै छन् किन? 
पात्रहरू नेपाली परिवेशका भन्दा फरक त छन् तर तिनीहरू स्वभावतः फरक देखिएको कारण चाहिँ उनीहरूसँग जोडिएर आउने अनौठो उपकथाले गर्दा मात्र हो। पात्रहरूको स्वरुप त यहीँको जनजीवनकै जस्ता देखिन्छन् नि।

कथा बुन्ने सबैको आ–आफ्नै शैली हुन्छ, तपाईंको विचारमा कथामा कथानक प्रमुख हुन्छ कि शैली? 
कथानक र शैली एकअर्कामा परनिर्भर छन्। कथाको मूलमा शैलीको मुख्य भूमिका हुन्छ भने जस्तै आवरणमा कथानकको। क्लिष्ट आवरणलाई पनि मञ्जुल शैलीले सुन्दर कथा बुन्न सकिन्छ तर कहिले कहिले शैलीको अभावमा जस्तै मनोहर कथानकले पनि पाठकलाई तान्न सक्दैन। म कथानक र शैलीमा उत्तिकै ध्यान दिन्छु तर यदि अनुक्रममा राख्ने हो भने प्लटलाई म पहिलो स्थान दिन्छु।जसमा पाठकले किन, कसरी भन्ने जस्ता जिज्ञासा राख्न सक्छन्। मेरो भनाइको मतलब, कथा र कथानक फरक फरक कुरा हुन्। कथा लेख्न सक्नेले पनि पाठकलाई प्रभाव पार्ने कथानक लेख्न सक्दैनन्। म सधैं कथानकको लागि यसैले सतर्क रहन्छु। अनुगामीमा मैले त्यही प्रयोग गर्न खोजेको छु। कथा सिधा छ तर कथानकले पाठकलाई जिज्ञासु बनाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

समकालीन नेपाली आख्यानप्रति तपाईंको धारणा के छ? 
मैले खासै पढ्न सकेको छैन अहिले, यता विदेशमा सजिलै नेपाली पुस्तक पाउन मुस्किल पनि छ तर अग्रज लेखकहरूलाई राम्रै गरी पढेको छु। म जहिले सामाजिक यथार्थवादबाट नेपाली साहित्य माथि उठोस् भन्ने सोच्थेँ तर इमानदार भएर भन्नु पर्दा नेपाली साहित्यमा मलाई प्रभाव पार्ने कमै लेखक छन्। मलाई विश्वेरप्रसाद कोइरालाका, रमेश विकलका केही कथाहरू, गोविन्दबहादुर मल्ल ‘गोठाले’को 'पल्लो घरको झ्याल'को पात्रका मनोविज्ञानले निकै प्रभाव पारेको थियो। आख्यान भनेको प्रतिस्पर्धाले सिर्जना गर्ने होइन। यो त स्वस्फुर्त हुनुपर्छ। 

नेपालभन्दा बाहिर बसेर साहित्य सिर्जना गर्दाका समस्या केके हुन्? आफ्नो अनुभव कस्तो पाउनुहुन्छ? 
त्यति सजिलो त छैन तर प्यासनको कुरा हो भने गर्न सकिन्छ। समय मिलाउन अलि असहज छ तर म नियमित लेखिरहेकै, पढिरहेकै हुन्छु।

तपाईंका मन पर्ने आख्यानकार स्वदेशी र विदेशी कोको हुनुहुन्छ, कारणसहित बताइदिनुस् न? 
म लेख्नु भन्दा ज्यादा पढ्नै रुचाउँछु। मैले माथि पनि भनिहालेँ। तत्कालीन नेपाली सबैजसो लेखकलाई मैले पढेको छु, ज्यादाजसो समालोचनाको लागि पढ्नै परे मात्र पढ्ने खालका कृति पनि मैले राम्रै गरी छिचलेको छु। मलाई अर्को निकै प्रभाव पारेको कृति भनेको 'ऋतु विचार' हो। निकै वर्षदेखि म ‘लिस्ट अफ माई टप टेन बुक’ बनाउँदै आएको छु जसमा हालसम्म सात किताब भेटेको छु। जसले मेरो हृदयलाई छोएको छ।  मिगुअल द सरभान्तेज्को ‘डन कियोटे’ मलाई धेरै मन परेको किताब हो। जसको निकै ठूलो आकारका बाबजुद पनि निकै पटक पढेको छु। यसपछि क्रमशः टम रोबिन्स, ‘क्याचर इन द रे’, ‘जर्नी टु द एन्ड अफ द नाइट’, ‘द प्यासन अफ द सोल’, ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ छन्। ‘डन कियोटे’ र ‘लाइफ अफ लाजारिल्लो द टोरमेस’ जस्ता कृतिलाई आधुनिक आख्यानका कोसेढुङ्गा पनि मानिन्छ जसबाट पछि धेरै कृति प्रेरित भए। पारिजातको मैले नजन्माएको छोरोले मेरो पठनको सुरुवाती दिनमा ऊर्जा थपेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाली उपन्यास लेखन परम्परासँग तपाईं सन्तुष्ट हुनुहुन्छ, कारणसहित बताइदिनुस् न? 
पाठकको रूपमा भन्नुपर्दा मैले कुनै न कुनै रूपले जहिले पनि उत्कृष्ट लेखाइको अनुशरण गर्न चाहेँ र त्यसैले भेटे सम्म त्यस्तै पढेँ। रे ब्रयाडब्युरी र मदनमणि दीक्षितलाई पढ्दा गौरव अनुभव हुन्छ। केही नेपाली लेखकलाई छोडेर सबैजसोलाई पढ्दा त्यस्तो गाम्भीर्य महसुस हुँदैन। अझै पनि सामाजिक यथार्थता र पातलो फिक्सनको लावाले छोपिएको कथानकले नेपाली लेखन परम्परा चलेको छ। कथानक भनेको व्याकुल पाठकको आत्मा तृप्ति गर्ने संकल्प हो तर त्यस पथमा हिँड्दा अनुभवी लेखक नै पनि स्रस्त भएको पढेको छु। यस आधारमा भन्ने हो भने मैले नेपाली लेखन परम्पराबाट सन्तुष्टि लिन सकेको छैन। नगरकोटीको लेखनबाट म संतृप्त हुन्छु तर त्यसमा केही अभाव पाउँछु। किनकि सबैजसो पाठकको चाहना तर्कसंगत पूर्णतासँग हुन्छ। यसको मतलब यो सबै शैलीमा हुनैपर्छ भन्ने चाहिँ होइन। 

आफ्नै आँखाबाट आलोचनात्मक नजरले ‘अनुगामी’लाई हेर्नुपर्दा तपाईंको प्रतिक्रिया के हुन्छ?
आलोचनात्मक पाटो त पाठकको भयो नि। तर, उपन्यासको बारेमा केही बताउनुपर्दा यो उपन्यास लगभग सात वर्षअघि लेखेको थिएँ। उपन्यास लेख्ने झिल्का एक अपरिचित युवासँगको भेटले जुराइदिएको थियो। त्यो युवा चित्रकार थियो। जसको एक स्केच उपन्यासको केन्द्र पनि हो जसलाई मुख्यपात्रको मनोवैज्ञानिकताले प्रेमी (केक) बनाएको हुन्थ्यो। म यो उपन्यासको संयोगबारे एउटा लामो लेख नै लेख्दै छु। 

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ मूल अवधारणामा आधारित सम्मेलनले साहित्यलाई केवल सिर्जना र सौन्दर्यको विषयमा सीमित नराखी सामाजिक व... सोमबार, कात्तिक ९, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्त... मंगलबार, कात्तिक ३, २०८३
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्