• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

आख्यान भनेको प्रतिस्पर्धाले सिर्जना गर्ने होइन : रूमन न्यौपाने [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १३:३५
1140x725

पछिल्लो समय आख्यानमा नयाँनयाँ प्रयोग गरी लेख्ने शैली बढेको पाइन्छ। यस्तोमा जोखिम त छँदैछ। तर जोखिम खेपेरै भए पनि लेखकहरू यो चुनौती स्वीकार्न तयार छन्। रुमन न्यौपाने यस्तै नौलो प्रयोग गरेर आख्यान लेख्न रुचाउने लेखक हुन्। कल्पना र यथार्थको अवस्थालाई एकत्रित गरेर नौलो बान्कीमा कथा लेख्ने न्यौपानेको पहिलो उपन्यास ‘अनुगामी’ यसै महिना बजारमा आएको छ। नयाँ उपन्यास र समकालीन लेखनबारे आख्यानकार न्यौपानेसँगको कुराकानी:

‘अनुगामी’ उपन्यासलाई स्वैरकल्पना र यथार्थको फ्युजन भन्न मिल्छ? 
यसलाई स्वैरकल्पना नभनौं। मलाई लाग्दैन यसमा स्वैरकल्पनामा हुने तत्त्वहरू छन् र फेरि यसलाई यथार्थको नजिक लानु पनि युक्तिसंगत हुन्न। फ्यान्टासिमा हुने तत्त्वको कमीले गर्दा यसलाई त्यस शैलीमा राख्नु भएन बरु यसलाई असाधारण रोमान्स भन्दा हुन्छ। अति यथार्थवादी आवेग भन्न मिल्छ।

एक विक्षिप्त चित्रकारको अतार्किक मस्तिष्कको असंगत अतियथार्थलाई पाठकले पढ्नुपर्नेछ। कथामा भएका स्थान र घटनाहरू कल्पित भए पनि त्यसमा स्वैरकल्पनाको अभाव छ। फेरि यसको मतलब कथामा यथार्थको बाहुल्य छ भन्नु हुन्न। कहीँकहीँ मिथकको प्रयोग भए पनि त्यसले पात्रको व्यक्तिगत जीवनमा प्रत्यक्ष प्रभाव नराख्ने भएकोले मैले त्यसलाई स्वैरकल्पना भन्न नखोजेको हुँ।

तपाईंको उपन्यासको पात्रहरू सामान्य नेपाली जनजीवनका पात्रभन्दा बिलकुलै भिन्नै छन् किन? 
पात्रहरू नेपाली परिवेशका भन्दा फरक त छन् तर तिनीहरू स्वभावतः फरक देखिएको कारण चाहिँ उनीहरूसँग जोडिएर आउने अनौठो उपकथाले गर्दा मात्र हो। पात्रहरूको स्वरुप त यहीँको जनजीवनकै जस्ता देखिन्छन् नि।

कथा बुन्ने सबैको आ–आफ्नै शैली हुन्छ, तपाईंको विचारमा कथामा कथानक प्रमुख हुन्छ कि शैली? 
कथानक र शैली एकअर्कामा परनिर्भर छन्। कथाको मूलमा शैलीको मुख्य भूमिका हुन्छ भने जस्तै आवरणमा कथानकको। क्लिष्ट आवरणलाई पनि मञ्जुल शैलीले सुन्दर कथा बुन्न सकिन्छ तर कहिले कहिले शैलीको अभावमा जस्तै मनोहर कथानकले पनि पाठकलाई तान्न सक्दैन। म कथानक र शैलीमा उत्तिकै ध्यान दिन्छु तर यदि अनुक्रममा राख्ने हो भने प्लटलाई म पहिलो स्थान दिन्छु।जसमा पाठकले किन, कसरी भन्ने जस्ता जिज्ञासा राख्न सक्छन्। मेरो भनाइको मतलब, कथा र कथानक फरक फरक कुरा हुन्। कथा लेख्न सक्नेले पनि पाठकलाई प्रभाव पार्ने कथानक लेख्न सक्दैनन्। म सधैं कथानकको लागि यसैले सतर्क रहन्छु। अनुगामीमा मैले त्यही प्रयोग गर्न खोजेको छु। कथा सिधा छ तर कथानकले पाठकलाई जिज्ञासु बनाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

समकालीन नेपाली आख्यानप्रति तपाईंको धारणा के छ? 
मैले खासै पढ्न सकेको छैन अहिले, यता विदेशमा सजिलै नेपाली पुस्तक पाउन मुस्किल पनि छ तर अग्रज लेखकहरूलाई राम्रै गरी पढेको छु। म जहिले सामाजिक यथार्थवादबाट नेपाली साहित्य माथि उठोस् भन्ने सोच्थेँ तर इमानदार भएर भन्नु पर्दा नेपाली साहित्यमा मलाई प्रभाव पार्ने कमै लेखक छन्। मलाई विश्वेरप्रसाद कोइरालाका, रमेश विकलका केही कथाहरू, गोविन्दबहादुर मल्ल ‘गोठाले’को 'पल्लो घरको झ्याल'को पात्रका मनोविज्ञानले निकै प्रभाव पारेको थियो। आख्यान भनेको प्रतिस्पर्धाले सिर्जना गर्ने होइन। यो त स्वस्फुर्त हुनुपर्छ। 

नेपालभन्दा बाहिर बसेर साहित्य सिर्जना गर्दाका समस्या केके हुन्? आफ्नो अनुभव कस्तो पाउनुहुन्छ? 
त्यति सजिलो त छैन तर प्यासनको कुरा हो भने गर्न सकिन्छ। समय मिलाउन अलि असहज छ तर म नियमित लेखिरहेकै, पढिरहेकै हुन्छु।

तपाईंका मन पर्ने आख्यानकार स्वदेशी र विदेशी कोको हुनुहुन्छ, कारणसहित बताइदिनुस् न? 
म लेख्नु भन्दा ज्यादा पढ्नै रुचाउँछु। मैले माथि पनि भनिहालेँ। तत्कालीन नेपाली सबैजसो लेखकलाई मैले पढेको छु, ज्यादाजसो समालोचनाको लागि पढ्नै परे मात्र पढ्ने खालका कृति पनि मैले राम्रै गरी छिचलेको छु। मलाई अर्को निकै प्रभाव पारेको कृति भनेको 'ऋतु विचार' हो। निकै वर्षदेखि म ‘लिस्ट अफ माई टप टेन बुक’ बनाउँदै आएको छु जसमा हालसम्म सात किताब भेटेको छु। जसले मेरो हृदयलाई छोएको छ।  मिगुअल द सरभान्तेज्को ‘डन कियोटे’ मलाई धेरै मन परेको किताब हो। जसको निकै ठूलो आकारका बाबजुद पनि निकै पटक पढेको छु। यसपछि क्रमशः टम रोबिन्स, ‘क्याचर इन द रे’, ‘जर्नी टु द एन्ड अफ द नाइट’, ‘द प्यासन अफ द सोल’, ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ छन्। ‘डन कियोटे’ र ‘लाइफ अफ लाजारिल्लो द टोरमेस’ जस्ता कृतिलाई आधुनिक आख्यानका कोसेढुङ्गा पनि मानिन्छ जसबाट पछि धेरै कृति प्रेरित भए। पारिजातको मैले नजन्माएको छोरोले मेरो पठनको सुरुवाती दिनमा ऊर्जा थपेको थियो। 

Xtrem
Xtrem

नेपाली उपन्यास लेखन परम्परासँग तपाईं सन्तुष्ट हुनुहुन्छ, कारणसहित बताइदिनुस् न? 
पाठकको रूपमा भन्नुपर्दा मैले कुनै न कुनै रूपले जहिले पनि उत्कृष्ट लेखाइको अनुशरण गर्न चाहेँ र त्यसैले भेटे सम्म त्यस्तै पढेँ। रे ब्रयाडब्युरी र मदनमणि दीक्षितलाई पढ्दा गौरव अनुभव हुन्छ। केही नेपाली लेखकलाई छोडेर सबैजसोलाई पढ्दा त्यस्तो गाम्भीर्य महसुस हुँदैन। अझै पनि सामाजिक यथार्थता र पातलो फिक्सनको लावाले छोपिएको कथानकले नेपाली लेखन परम्परा चलेको छ। कथानक भनेको व्याकुल पाठकको आत्मा तृप्ति गर्ने संकल्प हो तर त्यस पथमा हिँड्दा अनुभवी लेखक नै पनि स्रस्त भएको पढेको छु। यस आधारमा भन्ने हो भने मैले नेपाली लेखन परम्पराबाट सन्तुष्टि लिन सकेको छैन। नगरकोटीको लेखनबाट म संतृप्त हुन्छु तर त्यसमा केही अभाव पाउँछु। किनकि सबैजसो पाठकको चाहना तर्कसंगत पूर्णतासँग हुन्छ। यसको मतलब यो सबै शैलीमा हुनैपर्छ भन्ने चाहिँ होइन। 

आफ्नै आँखाबाट आलोचनात्मक नजरले ‘अनुगामी’लाई हेर्नुपर्दा तपाईंको प्रतिक्रिया के हुन्छ?
आलोचनात्मक पाटो त पाठकको भयो नि। तर, उपन्यासको बारेमा केही बताउनुपर्दा यो उपन्यास लगभग सात वर्षअघि लेखेको थिएँ। उपन्यास लेख्ने झिल्का एक अपरिचित युवासँगको भेटले जुराइदिएको थियो। त्यो युवा चित्रकार थियो। जसको एक स्केच उपन्यासको केन्द्र पनि हो जसलाई मुख्यपात्रको मनोवैज्ञानिकताले प्रेमी (केक) बनाएको हुन्थ्यो। म यो उपन्यासको संयोगबारे एउटा लामो लेख नै लेख्दै छु। 

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्