• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भिसिटिएस कार्यान्वयनमा किन भइरहेको छ विरोध?

यसरी हुन्छ ट्रयाकिङ
64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  १३:५७
1140x725

भिसिटिएस कार्यान्वयनको विरोधमा रुपन्देहीका सडक किनारमा रोकिएका मालबाहक सवारी।


काठमाडौं- सरकारले बुधबारबाट मालबाहक सवारी साधनलाई विद्युतीय माध्यमबाट ट्रयाकिङ गर्ने गरी भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) कार्यान्वयनमा ल्यायो। सरकारी निर्णयको विरोधमा बुधबारबाटै ढुवानी व्यवसायीले एकैपटक देशभर ढुवानी सेवा अवरुद्ध पारेका छन्।

भन्सार विन्दुबाट हुनेदेखि स्थानीय स्तरमा हुने थोक बिक्रेतासम्मको ढुवानीलाई नियमन गर्ने गरी सरकारले यो प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ। ढुवानी व्यवसायलाई प्रणालीबाटै अनुगमन गरेर पारदर्शिता कायम गर्न खोजिएको सरकारको दाबी छ। व्यवसायी भने यसको खुलेरै विरोधमा उत्रिएका छन्।

कसरी हुन्छ ट्रयाकिङ?
राजस्व अनुसन्धान विभागले तयार गरेको अनलाइन प्रणालीमा सबै ढुवानी व्यवसायीले ढुवानी हुने सामानको विवरण, चालकको नाम तथा टेलिफोन नम्बरसमेत प्रविष्ट गराउनुपर्छ।

सामान लोड भइसकेपछि बिक्रेताले आफूले बेचेको सामानको परिमाण, सामानको विवरण, आफ्नो प्यान नम्बर तथा खरिदकर्ताको प्यान नम्बर प्रणालीमा प्रविष्ट गर्छ। सामान लोड भइसकेपछि त्यसमा विद्युतीय लक गरी 'क्युआर कोड' सिर्जना गरिन्छ।

भिसिटिएस कार्यान्वयनको विरोधमा रुपन्देहीका सडक किनारमा रोकिएका मालबाहक सवारी।

खरिदकर्ताकोमा सामान पुर्‍याइसकेपछि उसले 'क्युआर कोड स्क्यानर'मार्फत स्क्यान गरी लक खोल्ने र आफूले सामान बुझेको जानकारी प्रणालीमा नै प्रविष्ट गराउनुपर्छ। सामान बुझ्नेले प्रविष्ट गरेको जानकारी र बिक्रेताले प्रविष्ट गरेको जानकारीमा अन्तर देखिए राजस्व अनुसन्धान विभागले तत्कालै त्यसलाई पक्रन सक्छ।

व्यवसायीको विरोध, सरकारको बचाउ
यो प्रणाली कार्यान्वयनमा आएपछि सडकमा राखिएका ढाँटमा सामानको विवरण बुझाउँदै हिँड्नु नपर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन्। यसले एउटै कागजपत्रबाट धेरैपटक सामान ओसारपसार गर्ने, एउटा कागजात बनाएर अर्को सामान बोक्ने परिपाटी अन्त्य हुने विभागको दावी छ।

तर, व्यवसायीले भने सरकारले तत्काल यो निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न नहुने तर्क गरेका छन्। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले यो प्रणाली तत्कालका लागि परीक्षणका रुपमा मात्रै कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

किन भइरहेको छ विरोध?
व्यवसायीहरुले यो प्रणालीसम्बन्धी ज्ञान धेरैलाई नभएको र धेरै व्यवसायीले प्रणाली सञ्चालन गर्नै नजान्ने भएकाले कार्यान्वयन गर्न कठिन भएको बताएका छन्।

प्रणालीको विरोधमा विराटनगर तथा बुटवल क्षेत्रका ढुवानी व्यवसायीहरु सडकमै उत्रिएका छ्न। चेम्बर उपाध्यक्ष अग्रवाल एकैपटक कार्यान्वयनमा जाँदा व्यवसायीलाई अफ्ठेरो पर्ने भएकाले तत्काल कार्यान्वयन गर्न नहुने तर्क गर्छन्।

भिसिटिएस कार्यान्वयन लगायतको विरोधमा बुधबार सिद्धार्थ उवासंघले भैरहवामा निकालेको विरोध र्‍याली।

नयाँ प्रणालीबारे सबै व्यवसायी जानकार नहुनु, इन्टरनेटको पहुँच सबै ठाउँमा राम्रो नहुनु र कार्यान्वन गर्ने जानकारी सबै व्यवसायीलाई समयमै नदिइनुलाई मुख्य कारण बनाएर व्यवसायीले यसको विरोध गरिरहेका छन्।

तर, अर्थमन्त्री डा युवराज खतिवडाले भने अनौपचारिक अर्थतन्त्रलाई औपचारिक रुप दिन केही कठिनाइ भए पनि सरकारले यो व्यवस्था कार्यान्वयन गर्ने अडान लिए। भिसिटिएसको सुरुवात गर्दै खतिवडाले सरकारले कर तिर्ने र कर नतिर्नेबीच अन्तर खोजेको पनि स्पष्ट पारेका छन्।  (सबै तस्बिर- दीपक घिमिरे)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनिः

'भिसिटिएस'को विरोधमा देशभरका टान्सपोर्ट बन्द, मालबाहक सवारी ग्यारेजमा थन्किए

ढुवानीमा भिसिटिएस प्रणालीप्रति उद्योगीहरूको असन्तुष्टि

ढुवानीमा भिसिटिएस प्रणाली शुभारम्भ, आन्दोलन गर्ने व्यवसायीको चेतावनी

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्