काठमाडौं- गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ।
बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको गीत 'समाचार'को संगीत चोरी भएको आरोप लगाइएको छ।
आफ्नो गीत 'बुजाइदेऊ न तिमी मलाई'को संगीतसँग हु-बहु मिलेको भन्दै बिक्की महत बुधबार महानगरीय प्रहरी परिसर पुगेका थिए। त्यहाँ प्रहरीलाई जानकारी गराएर उनी प्रतिलिपि अधिकार रजिष्ट्राको कार्यालयमा उजुरीका लागि पुगेका छन्।
संगीतकार बाँस्कोटामाथि यसअघि पनि संगीत चोरीको आरोप लागेको थियो। उनले यसअघि आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत 'इन्स्टाको फोटो'को संगीत पनि कार्ला ब्रुनीको एक फ्रान्सेली गीतको संगीतसँग हुबहु मिलेको आरोप लागेको थियो।
सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर 'इन्स्टाको फोटो' तयार गरेको स्वीकार गरेका थिए।
उनी चर्चित रियालिटी शो 'नेपाल आइडल'को दुवै सिजनमा निर्णायकको रुपमा रहेका थिए। (तस्बिर- गायक बाँस्कोटाको फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।