• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
त्यसैले 'कवाड' बन्यो नेसनल अवार्ड
64x64
नेपाल लाइभ आइतबार, असार २९, २०७६  २२:५८
1140x725

‘चल–चित्र अवार्ड हुनुपर्ने, चल–खेल अवार्ड पो भएछ ! चलचित्रलाई खेलकुद मन्त्रालय अन्तर्गत राखियोस्।’ 

‘खोपीको नाच र खल्तीको गानले, राष्ट्रिय अवार्ड, राष्ट्रिय नाचगान भएछ! लाजको पसारो।’

यी दुवै भनाइ कलाकार तथा फिल्म निर्माता रवीन्द्रसिंह बानियाँका हुन्। शुक्रबार सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारलाइै लक्षित गर्दै उनले फेसबुकमा यी स्टाटस लेखे। रवीन्द्र यो पुरस्कारको नतिजाबाट पूरै बेखुस देखिन्छन्, जबकि उनले निर्माण गरेको फिल्म ‘जात्रा’ले ०७३ सालका लागि दुई विधामा नेसनल अवार्ड पायो। 

तैपनि उनी खुस छैनन्। किनकी, ०७३ को नतिजा सन्तोषजनक देखिएपनि ०७४ र ०७५ को नतिजा लाजमर्दो निस्कियो। 

नेपालमा च्याउखेती सरह आयोजना भइरहेका निजी फिल्म अवार्डहरू सधैं विवादमा तानिएकै थिए। आयोजकको कमाइ खाने भाँडो पनि भइरहेकै थिए। यिनले फिल्मकर्मीको ‘सम्मान’ कम, ‘अपमान’ ज्यादा गरिरहेका थिए। 

बिडम्बना, दुई वर्षदेखि वितरण रोकिएको नेसनल फिल्म अवार्ड पनि यिनीहरूभन्दा फरक हुन सकेन। यसले समेत आफ्नो गरिमा जोगाउन सकेन। बरु निजी अवार्डमा व्याप्त ‘बाँडीचुडी’ प्रवृत्तिलाई नै बल पुर्‍यायो।  

शुक्रबार राष्ट्रपति निवासमा चलचित्र विकास बोर्डले तीन वर्ष अर्थात् ०७३, ०७४ र ०७५ सालको अवार्ड ठूलै तामझामसहित एकैपल्ट वितरण गरेको थियो। 

निजी अवार्डझैं आफूलाई ‘ग्ल्यामरस’ देखाउन, राष्ट्रपति र सञ्चारमन्त्रीलाई झन् मनोरञ्जन दिलाउन बोर्डले यसपालीदेखि कलाकारको नृत्य प्रस्तुति पनि राख्यो। 

Ncell 2
Ncell 2

र, ‘हामी यसपालीदेखि  कलाकार नचाउँदैछौं है’ भनेर अवार्ड सुरु हुनु केही दिनदेखि खुब प्रचार पनि गर्‍यो। 

त्यतिबेलै एउटा डर त थियो- निजी अवार्डमा जस्तै कलाकार नचाउन तम्सिएको चलचित्र विकास बोर्डले कतै नेसनल अवार्डको चरित्र पनि त्यस्तै बनाइदिने त होइन? कतै यसले पनि निजीझंै सबैलाई भाग पुर्‍याएरै अवार्ड बाँड्ने त होइन? 

अझै त्यस्तो अवार्ड बाँडिने स्टेज, जहाँ कलाकारलाई नाच्न लगाइन्छ त्यहाँ निष्पक्ष वितरणको सम्भावना एकदमै न्युन हुन्छ। नेपालमा मात्रै होइन छिमेकी मुलुक भारतमै पनि निजी अवार्डहरूको नतिजाले यो पुष्टि गरिसकेको छ। नाच्नेले अवार्ड पाउने प्रवृत्ति पुरानै हो। 

त्यसैले भारतमा निजी फिल्म अवार्डहरू नलिने घोषणा गरेका अभिनेता अजय देवगणले त सार्वजनिक रुपमै प्रश्न गरेका थिए, ‘निजी फिल्म अवार्ड आयोजकलाई उनीहरूको अवार्ड कार्यक्रममा धेरै संख्यामा स्टार आइदिउन् भन्ने लाग्छ। त्यसैले उनीहरू तिनीहरूलाई बोलाउँछन् र भन्छन्– यदि, तपाईं आइदिनुहुन्छ भने हामी तपाईंलाई अवार्ड दिन्छौं। कार्यक्रममा सहभागी हुँदा मात्र पाइने अवार्ड थाप्नुको अर्थ के?’

shivam cement

shivam cement

अजयसँगै आमिर खान लगायत धेरै चर्चित कलाकारको पनि निजी अवार्डलाई लिएर यस्तै धारणा छ। तर, राज्यले प्रदान गर्ने नेसनल फिल्म अवार्डप्रति उनीहरू आजसम्म असन्तुष्ट सुनिएका छैनन्। कारण, त्यहाँको नेसनल फिल्म अवार्ड बजारिया फिल्मको धङधङीबाट प्रभावित छैन। 

‘कुन फिल्म कति लगानीमा बनेको हो? कुन फिल्मले बक्सअफिसमा कति व्यापार गर्‍यो? कुन फिल्मले देशको अर्थतन्त्रमा कति सहयोग पुर्‍यायो?’ 

राज्यले प्रदान गर्ने नेसनल फिल्म अवार्डमा यी प्रश्नका जवाफहरूको कुनै अर्थ हुँदैन। त्यसैले संसारभर यसलाई ‘पपुलर’ मानिने निजी अवार्ड भन्दा बिल्कुल फरक दृष्टिले हेरिन्छ। 

छिमेकी भारतकै कुरा गरौं न, सन् २०१६ मा मराठी फिल्म ‘कासभ’ले नेसनल अवार्ड पायो भने सन् २०१७ मा आसामी फिल्म ‘भिलेज रकस्टार्स’ले। दुवै बलिउड फिल्म होइनन्, न विश्वभर व्यापारमा हंगामा पिटेका फिल्म नै हुन्। 

तर, नेपालमा बाँडिएको नेसनल फिल्म अवार्डलाई मूल्यांकन गर्ने हो भने नतिजा पटक्कै चित्तबुझ्दो हुन्न। जस्तो कि ०७४ र ०७५कै नतिजालाई मान्न सकिन्छ।

दृष्टिबिहिन सृष्टी केसीको जिवनीमा आधारित रहेर बनेको फिल्म ‘ब्लाइन्ड रक्स’ ०७४ कै उत्कृष्ट फिल्म ठहरियो। मिलन चाम्सले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड उचाले, अनि बेनिशा हमालले उत्कृष्ट अभिनेत्रीको। 

खासमा योे फिल्मले त्यतिवेला न राम्रो समीक्षा नै बटुलेको थियो, न हलमा दर्शकको अथाह प्रेम नै। व्यापार र समीक्षा दुवै हिसाबले कमजोर देखिएको यो फिल्मलाई जुरीले कुन दृष्टिले त्यही वर्ष रिलिज भएका ‘तान्द्रो’, ‘गाँजाबाजा’, ‘देश खोज्दै जाँदा’, ‘घामपानी’ र ‘धनपति’हरुभन्दा पनि अब्बल देखे? 

कि दृष्टिबिहीनमाथि बनेको बायोपिक फिल्म हुनु नै यसले पुरस्कार जित्नुको मूल कारण हो? अनि, मिलन चाम्सको निर्देशन कसरी ‘तान्द्रो’ निर्देशन गरेका साम्तेन भुटिया, ‘गाँजाबाजा’ गरेका गणेशदेव पाण्डे, ‘धनपति’ गरेका दीपेन्द्र के. खनाल, ‘देश खोज्दै जाँदा’ गरेका प्रकाश आङदेम्बेभन्दा उत्कृष्ट देखियो? 

०७४ मा जुरी बसेका लक्ष्मीनाथ शर्मा (फिल्म निर्देशक), सुचित्रा श्रेष्ठ (निर्देशक), सबनम मुखिया(निर्देशक), फुलमान वल(पत्रकार) र विष्णु सुवेदी(पत्रकार)लाई प्रश्न किन नगर्ने?

अझ ‘मंगलम’बाट पुष्प खड्का कसरी उत्कृष्ट अभिनेता भए? जबकि, माओवादी द्धन्दको कथामाथि बनेको ‘तान्द्रो’मा कमरेड कोसिसको चरित्र निर्वाह गरेका दयाहाङ राईको अभिनय तुलनात्मक रुपमा उनीभन्दा जीवन्त थियो। पात्रअनुसार घाइते कमान्डरको मनोदशालाई उनले जीवन्त प्रस्तुत गरेका थिए। समीक्षकले पनि उनको अभिनयलाई करिअरकै उत्कृष्ट भनेर तारिफ गरेका थिए। 

‘गाँजाबाजा’कै अभिनेता अनुपम शर्माको अभिनय पनि जर्बजस्त थियो। गजेँडी युवाको चरित्रमा उनले निर्वाह गरेको भूमिका साँच्चिकै सानदार थियो। तर, बिडम्बना जुरीको नजरमा यी कलाकार पछाडि परे। 

जुरीले फरक कोणबाट उल्लेखनीय अभिनय गरेको भन्दै ०७४ मै रिलिज भएका फिल्ममध्ये ‘मंगलम’बाट मिथिला शर्मा र ‘शत्रुगते’बाट रमेश रञ्जन झालाई पुरस्कृत ग¥यो। नेसनल अवार्डमा यसअघि यो विधा कहिल्यै बाँडिएको थिएन। 

चित्त नबुझ्ने विषय त के भने नियमित विधामा नअटाएका दयाहाङ र अनुपम जुरीले थप अधिकार प्रयोग गरेर थपेका यी विधामा समेत अटाएनन्।  फिल्मकर्मीलाई खुसी बनाउन थपिएको विद्यामा उनीहरू अटाउन पनि कसरी? 

०७४ का विभिन्न विधामा अवार्ड पाउने फिल्महरू ‘ब्लाइन्ड रक्स’, ‘मंगलम’, ‘कृ’ र ‘शत्रुगते’ कुनैले पनि समीक्षकबाट प्रशंसा पाएका थिएनन्। कारण, यी फिल्महरूमा ‘कलात्मक मूल्य’ कम, ‘मसला’ ज्यादा देखिन्थ्यो। जुरीलाई यही ‘मसला’ मनपर्‍यो। 

०७५ को नतिजा पनि त्यस्तै विवादस्पद देखियो। गाई पालकको कथामाथि बनेको ‘गोपी’ उत्कृष्ट फिल्म ठहरियो। यही फिल्मबाट सामिप्यराज तिमल्सिना र दीपेन्द्र लामाले कथा/पटकथाको अवार्ड पनि पाए। तर, अधिकांश फिल्म समीक्षकले यो फिल्मलाई राम्रो भनेका थिएनन्। गम्भीर विषयवस्तुको उठान गरेपनि फितलो पटकथामाथिको कमजोर निर्देशनका कारण यो फिल्म समीक्षकको नजरमा उत्कृष्ट हुनबाट चुकेको थियो। 

यद्यपि, जुरीले ‘गोपी’लाई वर्षकै उत्कृष्ट छनोट गरिदियो जबकी त्यो वर्ष ‘हरि’ र ‘बुलबुल’जस्ता मौलिक दृश्यभाषा बोकेका फिल्म बनेका थिए। टेम्पो महिला चालकको भूमिकामा बनेको ‘बुलबुल’ त समीक्षक र दर्शक दुवैबाट ‘वाहवाही’ बटुलेको फिल्म थियो। फिल्म राम्रो बनाएकै कारण नेसनल अवार्डमा यसका निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड पाए। अभिनेत्री स्वस्तिमा खड्काले पनि यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। तैपनि, उत्कृष्ट फिल्मचाँहि ‘गोपी’ ठहरियो। 

लामो समयदेखि नेपाली फिल्मले भोग्दै आएको परम्परागत कथ्य संरचनाको ह्याङओभरबाट पूर्णतः मुक्त भएर विल्कुल नयाँ प्रयोगसहित बनेको फिल्म ‘हरि’लाई जुरीले भने कुनै पनि विधामा उत्कृष्टको लायक सम्झिएन। 

भलै यो फिल्मले व्यापार गरेन तर समीक्षागत हिसाबले अब्बल ठहरिएको फिल्म थियो। 

अरुले रोपिदिएकै बिरुवामा मलजल गर्न रुचाउनेको भिडमा यो फिल्मका निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङले गरेको यो हिम्मत तारिफयोग्य थियो।  यस सिनेमामार्फत् नेपाली फिल्मले पहिलोपल्ट सन् १९२१ मा फ्रान्सको पेरिसबाट सांस्कृतिक क्रान्तिका रुपमा सुरु भएको सररियालिज्म (अतियथार्थवाद)लाई आत्मसात गरेको थियो। 

फिल्मलाई पहिला कला र त्यसपछि मात्र पैसा हो भनेर मान्न तयार दर्शकलाई यो फिल्म साँच्चिकै कलात्मक लाग्छ।

‘हरि’ यही नाम बोकेको पात्रको कथा थियो। चार पुस्ताको पारिवारिक परिचयबाट सुरु हुने यो फिल्मले ३० वर्षीय विष्णुहरिको कथा भन्छ। जो फिल्ममा रामहरिका पनाति, कृष्णहरिका नाति र शिवहरिका छोरा हुन्छन्। यी चारवटै पात्र(विष्णुहरि, रामहरि, कृष्णहरि, शिवहरि)को भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका थिए। उनैले यसपल्टको उत्कृष्ट अभिनेता विधामा नेसनल अवार्ड जिते तर अर्कै फिल्म ‘प्रसाद’बाट। 

‘प्रसाद’मा उनको अभिनय कमजोर थिएन तर ‘हरि’माजस्तो सशक्त, बहुस्तरीय र बहुआयामिक पनि थिएन। चारपुस्ते पात्रको भूमिका निर्वाह गर्दै गर्दा पनि उनी कतै अस्वभाविक देखिएका थिएनन्। 
एक अनौपचारिक भेटमा विपिन स्वयम् भन्दै थिए, ‘म यो वर्ष कुनै फिल्मबाट अवार्ड डिजर्भ गर्छु भने त्यो ‘हरि’बाटै हो।’ 

दुर्भाग्य ‘हरि’ जुरीको नजरमा परेन। नेसनल अवार्डले त ‘क्राफ्ट’को सम्मान गर्नुपर्ने हो तर यो त उल्टै अपमान भएन र? 

यति चुनौतीपूर्ण क्यारेक्टरलाई जीवन्त उतार्दाउतार्दै विपिन कार्की ‘हरि’बाट किन उत्कृष्ट अभिनयको योग्य ठहरिएनन्? 

बजारिया प्रभावबाट पूर्ण मुक्त भएर फरक दृश्यभाषा निर्माणमा हिम्मत जुटाउँदा–जुटाउँदै ‘हरि’ कसरी ‘गोपी’ र ‘समरलभ’हरूभन्दा कमजोर देखियो? 

०७५ को अवार्डका लागि जुरी बसेका अभिनेता निर शाह, निर्देशक दिनेश डिसी, प्रा.केशव सुवेदी, अभिनेत्री गौरी मल्ल र पत्रकार धू्रव लम्साललाई प्रश्न किन नगर्ने?

जवाफमा आउन सक्ला– ‘गोपी’ले उठाएको कृषि र गाईपालनको मुद्दामाथि राज्यले फिल्म बनाउनु पर्ने थियो। 

तर, गम्भीर विषय उठाएकै भरमा नेसनल अवार्ड दिने हो भने त भारतमा पछिल्लो समय अक्षय कुमारका अधिकांश फिल्मले नेसनल अवार्ड पाउनुपर्ने हो। जबकि ‘ट्वाइलेट एक प्रेम कथा’, ‘प्याडमेन’जस्ता उनले खेलेका पछिल्ला फिल्महरूले राज्यको सचेतना अभियानमा नै सहयोग पुर्‍याउँथे।

राज्यलाई सोध्न छुटाउनै नहुने अर्को एउटा प्रश्न– भोलि नेसनल अवार्ड विजेता फिल्महरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनका लागि पठाउनुपर्‍यो भने उसैले उत्कृष्ट घोषणा गरेको ‘ब्लाइन्ड रक्स’, ‘मंगलम’, ‘कृ’, ‘गोपी’, ‘समरलभ’जस्ता फिल्मलाई पठाउन सक्छ?

यी फिल्मलाई ‘हाम्रा उत्कृष्ट नेपाली फिल्म’ भनेर विश्व बजारमा पठाउँदै गर्दा गर्वले छाती फुलाउलान् या भित्रभित्रै लज्जाबोध महसुस गर्लान्? 

राज्य, चलचित्र विकास बोर्ड र जुरी सबैले एकपल्ट आफंैलाई ऐनामा हेरेर प्रश्न किन नगर्ने? 

दुई वर्षयता नेपालमा हुने निजी या सरकारी कुनै पनि अवार्ड समारोहमा सहभागी नहुने घोषणा गरेका अभिनेता दीपकराज गिरीले कुनैबेला जुरीलाई लक्षित गर्दै भनेका थिए, ‘एउटा सिखन्डीलाई जब महाभारतको जिम्मा दिइन्छ, त्यहाँ पाण्डवप्रति अन्याय भयो भनेर कुर्लिनुको कुनै अर्थ हुँदैन।’

उनको ठम्याइ हो– अवार्डको गरिमा घट्नु र सधैं थरीथरीका विवादमा फस्नुको मूल कारण जुरी हुन्। एकपल्ट उनले पंक्तिकारसँग भनेका थिए, ‘यहाँ जुरीका सदस्यहरू व्यक्तिगत स्वार्थका कारण फेयर भएर जज गर्दैनन् र विवादास्पद नतिजा निकाल्छन्।’

दीपकले अवार्ड बहिष्कार गर्नुको कारण जेसुकै होस् तर उनले गरेको टिप्पणी अहिलेको यथार्थ हो। नेसनल फिल्म अवार्ड विवादमा आउनुको कारण पनि फिल्मप्रति उनीहरूको साँघुरो बुझाइ हो या बुझ्दाबुझ्दै निष्पक्ष हुन नचाहनु नै हो। 

जुरीले निष्पक्ष निर्णय गर्दागर्दै नतिजा बोर्ड नेतृत्वबाटै परिवर्तन भएको भए त पक्कै यसका सदस्यले आफ्नो मानका लागि यथार्थ बाहिर ल्याउँथे नै। त्यस्तो भएको छैन। त्यसैले उनीहरू मौन छन्।

धेरैलाई थाहा नहोला– नेपालमा आयोजना हुने अधिकांश निजी फिल्म अवार्डहरूलाई चलचित्र विकास बोर्ड आफैंले प्रोत्साहन गर्छ, लाखौं रकम सहयोग गरेर। 

निजी अवार्ड पैसा कमाउने धन्दा भइरहेको थाहा हुँदाहुँदै बोर्ड प्रोत्साहन गर्न लालयित छ। बोर्ड नेतृत्वलाई यो रोक्नुपर्‍यो भन्दा उनीहरूको जवाफ आउँछ, ‘सबैले दिँदै आइरहेको पैसा मैले रोकेर किन नराम्रो हुनु।’ 

यसबाट के स्पष्ट हुन सकिन्छ भने राज्य विकृत अवार्डलाई प्रोत्साहित गर्न उद्दत छ। यस्तो राज्यबाट हामीले कसरी निष्पक्ष अवार्डको अपेक्षा राख्ने? 

यस्तो लाग्छ– कारण जेसुकै होस्, यहाँ यस्ता अवार्डलाई निरुत्साहित गर्न दीपकराज गिरीहरूको संख्या बढ्नुपर्छ। त्यसपछि एकदिन त पक्कै अवार्ड आयोजकको चेत कसो नखुल्ला? 

प्रकाशित मिति: आइतबार, असार २९, २०७६  २२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षा जोखिमलाई लिएर पाकिस्तान सुपर लिग पनि स्थगित
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’
आजदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ हुँदै
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सुरक्षा जोखिमलाई लिएर पाकिस्तान सुपर लिग पनि स्थगित शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
आजदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ हुँदै शनिबार, वैशाख २७, २०८२
आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली, मुख्यतया सफा रहने शनिबार, वैशाख २७, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो, ‘पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौ’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्