• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २३, २०८२ Tue, Dec 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३ थुनुवा फरार प्रकरण : हिरासतको ग्रिल काट्न अदालतमै कसले थमायो ह्याक्सो ब्लेड?

64x64
नारायण अधिकारी बिहीबार, असार २६, २०७६  १८:५७
1140x725

काठमाडौं- गत सोमबार राती महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना कैदी फरार भए। बिहान ड्युटीमा रहेका प्रहरीले जब थुनुवाको गणना गरे, त्यसपछि मात्रै ३ थुनुवा फरार भएको प्रहरीले थाहा पायो।

प्रभागको नेतृत्व गरेका इन्सपेक्टर किरण मल्ल तीनछक्क परे, जब हिरासत कक्षमा रहेको ट्वाइलेटको ग्रिल नै काटिएको थियो। हिरासतकै ग्रिल कसरी काटियो? त्यत्रो ग्रिल काटुन्जेल प्रहरीले किन केही पनि थाहा पाएन? प्रश्न गम्भीर थियो। त्योभन्दा पहिला प्रहरीलाई चुनौती थियो, फरार तीन थुनुवा पक्राउ गर्न।

हिरासतबाट फरार भएका थिए विकास र रुपेश भनिने रामेछाप नगरपालिका-५ का २५ वर्षीय रुद्रलाल श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय समशेर माझी र रवीकुमार तिमल्सिना। 

श्रेष्ठ र माझी चोरी र डाका मुद्दामा पक्राउ परेका थिए भने तिमल्सिना लागुऔषध मुद्दामा। फरारमध्ये श्रेष्ठ र माझीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले बौद्धको जम्बुडाँडाबाट बुधबार पक्राउ गरिसकेको छ। अर्का एक जना भने अझै फरार छन्। उनीहरु पक्राउ परेसँगै हिरासतको ग्रिल काट्नुको रहस्य बाहिरएको छ। 

कसरी काटियो हिरासतको ग्रिल?
खोटाङको सितापोखरी गाउँपालिका-५ मूलडाँडा घर भई बौद्ध टुसाल बस्ने २५ वर्षीय पासाङ शेर्पा र ओखलढुंगाको चम्पादेव गाउँपालिका-७ घर भई सिनामंगल बस्ने २५ वर्षीय सुनील मगर चोरी आरोपमा पक्राउ परेका श्रेष्ठ र माझीका साथी हुन्।

पासाङ सिनामंगलमा किराना पसल सञ्चालन गरेर बसेका छन् भने सुनील कुकुको काम गर्छन्। उनीहरु पटकपटक श्रेष्ठ र माझीलाई भेट्न हिरासत गइरहन्थे। सोही बेला बनिसकेको थियो हिरासतबाट भाग्ने योजना।

असार २३ गते बयानका लागि श्रेष्ठ र माझीलाई जिल्ला अदालत ललितपुर लगिँदै थियो। यसबारे सुनील जानकार थिए। पूर्वयोजना अनुसार उनीहरूलाई अदालत लैजाने दिन असार २३ गते अदालत गए।

पूर्व योजनाअनुसार नै सुनीलले जिल्ला अदालत ललितपुरको ट्वाइलेटमा लगेर ह्याक्सो ब्लेड राखे। उक्त कुराको जानकारी गराइसकेपछि बयानका लागि अदालत पुगेका श्रेष्ठ ट्वाइलेट लाग्यो भन्दै अदालतको ट्वाइलेट प्रवेश गर्छन्। सुनीलले ट्वाइलेटमा राखेको ह्याक्सो ब्लेड कम्मरमा लुकाउँछन्। अदालतको काम सकिएपछि उनीहरु प्रहरी हिरासतमा फर्कन्छन्।

Ncell 2
Ncell 2

सुनील पनि आफ्नो काम फत्ते भएपछि आफ्नो बाटो लाग्छन्।

यसबारे माझी र श्रेष्ठले हिरासतमै रहेका तिमल्सिनालाई पनि जानकारी गराउँछन्। तीनै जना मिलेर ट्वाइलेटको ग्रिल काटेर भाग्न तयार हुन्छन्। २३ गते राति १ बजेसम्म हिरासतमै केही थुनुवा पोर्ट खलेर बस्छन्। 

माझी, श्रेष्ठ र तिमल्सिना भने पालैपालो ट्वाइलेट लाग्यो भन्दै छिर्छन् र पालैपालो ह्याक्सोले ग्रिल काट्छन्। राति १ बजे उनीहरू ग्रिल काटेर हिरासतबाट फरार हुन्छन्।

यसरी पक्राउ परे श्रेष्ठ र माझी
श्रेष्ठ विवाहित हुन्। तरपनि उनका २ जना प्रेमिका छन्। हिरासतबाट भागेपछि श्रेष्ठ प्रेमिकाको कोठमा माझीलाई लिएर राति नै पुग्छन्। प्रेमिकाको मोबाइल नम्बरबाट उनले आफ्नी श्रीमतीलाई फोन गर्दै भनेको कुरा अनुसन्धानमा संलग्न एक प्रहरीले सुनाए, ‘म हिरासतबाट भागेर आएको छु। प्रहरीले पक्राउ गर्न सक्छ। खर्च छैन होला। तेरो सुन बेचेर मलाई पैसा पठा है।’ त्यसपछि श्रेष्ठ र माझी पासाङको कोठामा पुगेर कपडा फेरी निस्कन्छन्। 

हिरासतबाट फरार भएको जानकारी पाउनासाथ प्रहरीले उनीहरूका आफ्न्तबारे  जानकारी राखिसकेको थियो। सोही अनुसार बिहानै प्रहरी श्रेष्ठको श्रीमतीको कोठामा पुगेको थियो। 

श्रेष्ठले प्रेमिकाको नम्बरबाट श्रीमतीलाई फोन गरेर त्यही मोबाइल बोकेर हिँडेका थिए। श्रेष्ठको श्रीमतीलाई आएको कल प्रहरीलाई महत्वपूर्ण क्लु बनेको थियो। उक्त मोबाइल नै श्रेष्ठले लिएर हिँडेको थाहा पाइसकेपछि प्रहरीले मोबाइलको लोकशनकै आधारमा श्रेष्ठ र माझीलाई बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको हो। 

उनीहरुले ह्याक्सो ब्लेड ल्याइदिने पासाङ र सुनीलको नाम लिएपछि प्रहरीले उनीहरूलाईसमेत पक्राउ गरेको छ। उनीहरुमाथि पनि अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

तिमल्सिना भने हिरासतबाट फरार भएपछि एक्लै कलंकीतर्फ लागेको उनीहरूले बताएका छन्। फरार उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका श्रेष्ठ र माझी एक दर्जनभन्दा बढी चोरी तथा डाका मुद्दामा संलग्न भएको प्रहरीले जनाएको छ। पछिल्लो समय उनीहरू गत बैशाख १५ गते ललितपुर गोदावरीको छम्पीस्थित केशव थापाको घरमा चोरी, जेठ २८ गते राती लगनखेल बसपार्कको स्पिड सर्भिस प्रालिमा भएको चोरीमा समेत संलग्न भएको पाइएको छ। 

थुनुवा भागेपछि महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। उक्त समितिले त्यस रात ड्युटीमा रहेका प्रहरी र ड्युटी अफिसरसहित ३ जनालाई निलम्बनसमेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर मंगलबार, मंसिर २३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, मंसिर २३, २०८२
अख्तियारका प्रवक्ता पौडेल सचिवमा बढुवा सोमबार, मंसिर २२, २०८२
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
इजरायली नागरिकमाथि आक्रमणमा संलग्न दुई जना पक्राउ सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्