काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वृद्धि हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर डा चिरञ्जीवी नेपालले सो कुरा बताएका हुन्।
गभर्नर डा नेपालले भने आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाले रोजगारीको अवसर सृजना गर्ने तथा गरिबी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने स्पष्ट पारे।
गभर्नर नेपालले निक्षेपकर्ताको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने पनि स्पष्ट पारेका थिए। व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दबाब दिन नमिल्ने तर्क पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।