• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बिजुली बस किन्न दिइएको ३ अर्ब: साझा ब्याज आम्दानी गर्दै, सरकार खरिद प्रक्रिया रोक्दै

साझाले ५ महिनामा ब्याजमात्रै १२ करोड कमायो
64x64
नेपाल लाइभ बिहीबार, मंसिर १९, २०७६  ०६:२०
1140x725

काठमाडौं- साझा यातायातले विद्युतीय बस किन्न सरकारले दिएको ३ अर्ब रुपैयाँबाट ५ महिनामा करिब १२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। बस किन्ने प्रक्रिया अघि नबढ्दा सरकारले दिएको पैसा विभिन्न ३ बैंकमा मुद्दती निक्षेपमा राखेर साझाले ब्याज खाइरहेको छ। 

बस खरिद प्रक्रियामा अनियमितताको आसंका गर्दै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई असोज १ गते प्रक्रिया रोक्न पत्र काटेको थियो। खरिद प्रक्रिया टुंगो नलागुञ्जेल साझाले ३ महिनाका लागि पैसा बैंकमा राखेको थियो। बस किन्ने प्रक्रिया अन्योलमा परेपछि साझाले सुरुमा ३ महिनाका लागि मुद्दती निक्षेपमा पैसा राखेकोमा त्यो अवधि 'म्याचुअर्ड' भएपछि फेरि ३ महिनाका लागि पैसा बैंकमा राखेको साझा यातायातका कार्यकारी सञ्चालक भुषण तुलाधरले जानकारी दिए। 

‘साझाले बस किन्ने प्रक्रिया केही लामो समय लाग्ने भएकाले सरकारले रकम उपलब्ध गराएको एक/दुई सातामा हामीले कोटेसनमार्फत नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय सहकारी बैंकमा मुद्दती निक्षेपमा पैसा राखेका हौँ,’ तुलाधरले भने, मुद्दती निक्षेपमा ब्याजदर ९.५ प्रतिशत छ।’ राष्ट्रिय सहकारी बैंकले भने केही बढी ब्याज दिने गरि मुद्दती निक्षेपमा राखिएको उनले बताए। 

साझाले मंसिर सकिँदा ११ करोड ८७ लाख ५० हजार रुपैयाँ ब्याज आम्दानी गर्ने छ। साझाले ३ अर्ब रुपैयाँको ९.५ प्रतिशत वार्षिक ब्याजदरबाट मासिक २ करोड ३७ लाख ५० हजार रुपैयाँ ब्याज पाउँछ। 

अहिले बिजुली बस खरिद प्रक्रिया भने रोकिएको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको पत्रपछि थप प्रतिक्रिया नआएको तुलाधरले जानकारी दिए। ‘मन्त्रालयको पत्रपछि हामीले विद्युतीय बस खरिद प्रक्रिया रोक्नुको कारण र खरिद प्रक्रिया अघि बढाउन सहजीकरण गर्न दुई पटक पत्र पठाइसकेको छौँ,’ उनले भने, ‘तर मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।’ बसको स्पेसिफिकेसन परिर्वतन गरेको भन्दै मन्त्रालयले साझालाई खरिद प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साझाका प्रक्रिया माथि प्रश्न उठाएका थिए। नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ३ सय बिजुली बस खरिद र सञ्चालन गर्न पैसा दिए पनि गाडी आउन ढिलो भएको बताए। 

‘बस खरिदमा गलत मनसायले दर्ता अड्किएको त होइन? यसमा अध्ययन भइरहेको छ,' प्रधानमन्त्री ओलीले भनेका थिए, '‘हामीले ३ सय बिजुली बस खरिद गर्ने निर्णय गरेर पैसा छुट्याइसकेका छौँ। त्यो अस्तिनै आइसक्नुपर्ने , आएको छैन। किन आएन? गलत मनसायले नआएको त होइन भनेर अध्ययन गरिरहेका छौं।’ 

साझालाई बस ३ अर्ब दिएको जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले दसैंसम्म जिटुजीमार्फत भए पनि कम्तीमा ५/६ वटा विद्युतीय बस चलाई छोड्ने घोषणा गरेका थिए। तर भौतिक पूर्वाधार मन्त्रीका रुपमा महासेठ नै विदा भए, बस भने आउन सकेन। 

साझा यातायातले मासिकरुपमा प्राप्त गरेको ब्याजबाट झण्डै ३ वटा विद्युतीय बस खरिद गर्न सकिन्छ। ३०/३२ सिट क्षमताको एउटा विद्युतीय बसको मूल्य १ करोड ३० लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म पर्छ। यसरी हेर्दा घाटा नभए पनि सरकारी योजना भने नराम्रोसँग प्रभावित भएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’ बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय बिहीबार, भदौ २५, २०८३
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त बिहीबार, भदौ २५, २०८३
पाँच जिल्लाका १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत बिहीबार, भदौ २५, २०८३
मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक ल्याउन सरकारलाई सैद्धान्तिक स्वीकृति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्