काठमाडौं- मोबाइल उत्पादक कम्पनी 'ओपो'ले नेपालमा रेनो सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन 'रेनो-२ एफ' सार्वजनिक गरेको छ।
रेनो-२ एफ ओपोको रेनो सिरिजअन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो। प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गराइएको छ।
'रेनो सिरिजको रचनात्मक स्पिरिटलाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।
यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले उत्कृष्ट फोटो लिनसक्ने ओपोको दावी छ।
ओपो रेनो-२ एफमा कम्पनीले क्वाड (चार ओटा) क्यामेरा सेटअपको व्यवस्था गरेको छ।
यो फोनमा ४ हजार एमएएच (टिवाइपी) ब्याट्री जडान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।