गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार १५, २०८२
Sun, Jun 29, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विश्व स्वास्थ्य संगठनबाट सर्टिफाइ एन ९५ मास्क रिचार्जर एपमा, ५० रुपैयाँमा पाइने
विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ। हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो। ९५ प्रतिशतसम्म हावालाई पूर्णरुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ।
आइतबार, असार २८, २०७७
भारतको उत्तर प्रदेशमा ३ वर्षमा प्रहरी इन्काउन्टरमा ११९ अभियुक्त मारिए, २२५८ घाइते
भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सत्तामा आएयता प्रहरी इन्काउन्टरमा १ सय १९ अभियुक्त मारिएका छन्। जसमा ७४ वटा इन्काउन्टरमा प्रहरीले ‘क्लिन चिट’ पनि पाइसकेको छ।
आइतबार, असार २८, २०७७
सङ्खुवासभाकाे सिसुवामा पहिराेमा परेका ३ जनाकाे उद्धार
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ। गए राति आएको पहिराले बेसिन्दा गाउँका घर बगाएरकाे गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।
आइतबार, असार २८, २०७७
रुपन्देहीमा जीप दुर्घटनामा एकको मृत्यु
रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नम्बरकाे बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ।
आइतबार, असार २८, २०७७
त्रिभुवन विमानस्थलबाट आज ६ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण
कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि आज त्रिभुवन विमानस्थलबाट ७ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने भएका छन्। नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सका उडान तथा अवतरण हुने भएका हुन्।
आइतबार, असार २८, २०७७
‘तान्दातान्दै श्रीमती र छोरीलाई पहिराेले बगायाे’
'बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए', हीराका श्रीमान् धनबहादुरले भने, 'अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।' भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए।
आइतबार, असार २८, २०७७
बबई नदीको बाढीमा बगेर दुई बेपत्ता
बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन्। बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ।
आइतबार, असार २८, २०७७
इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता
इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।
आइतबार, असार २८, २०७७
झडपमा बालक मृत्यु प्रकरण : १२ जनाविरुद्ध जाहेरी दरखास्त, ४ मात्र पक्राउ
डडेल्धुराको आलिताल गाउँपालिका ६ मा एक बालकको ज्यान जाने गरी भएको घटनामा संलग्न १२ जनाविरुद्ध कर्तव्य ज्यानमा जाहेरी दरखास्त परेको छ।
आइतबार, असार २८, २०७७
मंगलबारसम्म भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेकाे छ। गत बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा सुरु भएको भारी वर्षा मंगलबारसम्म कायम हुने सम्भावना रहेकाे हो।
आइतबार, असार २८, २०७७
संखुवासभामा ७ घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन
संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको बेसिन्दा गाउँमा आज बिहान पहिरो जाँदा सात घर बगाएको छ। पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन्। अविरल वर्षापछि आज बिहान गएको पहिराेले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो। प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।
आइतबार, असार २८, २०७७
अन्तशुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेल
अन्तशुल्क स्टिकरको भण्डारण रित्तिन थालेको छ। आन्तरिक राजस्व विभागले नयाँ स्टिकर खरिद प्रक्रिया टुंगो लगाउन सकेको छैन भने पुराना स्टिकरको भण्डारण रित्तिन लागेको छ। 'स्टिकरको भण्डारण कम हुँदै गएको सत्य हो, हामी विभिन्न विकल्पमा काम गरिरहेका छौँ,' अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भने।
आइतबार, असार २८, २०७७
ऐश्वर्या र जया बच्चनमा कोरोना देखिएन
अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
आइतबार, असार २८, २०७७
जाजरकोट पहिराे : ५०० परिवार विस्थापित, ९ शव भेटिए
पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
आइतबार, असार २८, २०७७
डोनाल्ड ट्रम्पले पहिलो पटक लगाए मास्क
वाशिङटन नजिकैको वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा उनले पहिलो पटक मास्क लगाएको देखिएको हो। उनी सो अस्पतलामा घाइते सैनिक तथा स्वास्थ्यकर्मी भेट्न गएका थिए।
आइतबार, असार २८, २०७७
त्रियुगा खोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध
लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट-दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
आइतबार, असार २८, २०७७
अमिताभ र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडले गर्यो स्वास्थ्य लाभको कामना
बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि बलिउडमा उनीहरुको स्वास्थ्यलाभको कामना गर्न थालिएको छ।
आइतबार, असार २८, २०७७
मनसुनपछिको विपद् : २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता
मनसुन सक्रिय भएपछिका २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। सबैभन्दा बढी बढीपहिराेले क्षति पुर्याएको छ। प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन्। अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापनाको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।
आइतबार, असार २८, २०७७
Previous
6377
6378
6379
6380
6381
Next
सर्च गर्नुहोस्
×
Search