एजेन्सी–अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए।
बच्चन बाबु छोरालाई कोरोना भएपछि बलिउडले स्वास्थ्य लाभको कामना गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।