काठमाडाैं- नेपाली मुलका अमेरिकी गायक आर्थर गन अर्थात् दिवेश पोखरेलकाे अमेरिकन आइडलको यात्रा टुंगिएको छ। सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्।
यसअघि गतवर्षको १८औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता बनेका थिए। गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे छ। उनले पनि साेही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाउन पाएका हुन्।
१० प्रतिस्पर्धीले टप १० मा पुग्न प्रतिस्पर्धा गर्दा दिवेश भोटको आधारमा टप टेन पुगेका थिए। उनले अमेरिकन आइडलमा ‘रिमेम्बर मी’ भन्ने गीतमा कमब्याक’ प्रस्तुति दिएका थिए।
दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र 'द लिटल मर्मेड'को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको 'किस द गर्ल' बोलको गीत गाएका थिए।
दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।