काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटारस्थित उनको निवासमा पुगेका छन्।
बुढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब डेढ घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका हुन्।
बिहान ९ बजे बुढानीलकण्ठ पुगेका ठाकुर र महतोले देउवासँग गरेको छलफलको विषय बाहिर आएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।
तर, ओलीलाई विस्थापन गरेर नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा ओलीइतरको गठबन्धन सरकार बनाउने तयारी तीब्र बनेपछि राजनीतिक भेट र संवादका शृंखला पनि तीब्र बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।