काठमाडौं- अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोप एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारतको पन्जाब राज्य जलान्धर, सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटको रमौली बेरियाका ३३ वर्षीय स्यामुल खान भनिने मोसिलिम मियाँ अन्सारी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ परको हो।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैह्रकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
चन्द्रागिरी नगरपालिका– २ बसण्डोलस्थित श्यामकृष्ण श्रेष्ठको घरको कोठा भाडामा लिई उनीहरूले कल बाइपास गर्दै आएको सीआईबीले जनाएको छ।
कोठा खानतलासी गर्दा ६४ पोर्टको जीओआईपी गेट वे उपकरण लगायतका सामान बरामद भएको सीआईबीका प्रमुख सहकुलबहादुर थापाले बताए।
उनीहरूविरुद्ध दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान शुरु गरिएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।