काठमाडौं- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएकाे छ।
उडान तथा अवतरण हुन नसकेपछि अन्तर्राष्ट्रिय उडानतर्फका ३ वटा जहाजले अहिले आकाशमा फन्को मारिरहेका छन्।
नेपाल एयरलाइन्सको जापानबाट काठमाडौं आएको र दिल्लीबाट काठमाडौं आएको जहाजले आकाशमा फन्को मारिरहेकाे छ।
यसैगरी, कतारको दोहाबाट काठमाडौंमा अवतरणका लागि आएको कतार एयरको जहाज पनि आकाशमा फन्काे मारिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।