काठमाडाैं- वायु प्रदूषण बढेसँगै साेमबार १७ आन्तरिक उडान रद्द भएकाे छ। केही दिनयता बढेकाे वायु प्रदूषणका कारण भिजिवलिटी कम हुँदा उडान रद्द भएको नागरिक उड्यान प्राधिकरणले जनाएको हाे ।
साेमबार बुद्ध एअरलाइन्सकाे ९ उडान रद्द भएकाे छ। यस्तै यतीकाे ५, सीताकाे २ र नेपाल एअरलाइन्सकाे १ उडान रद्द भएकाे प्राधिकरणले जनाएकाे छ।
वायु प्रदूषण मापन गर्ने आईक्यू एयर डटकमका अनुसार नेपाल संसारकै प्रदूषित सहरकाे पहिलाे नम्बरमा यथावत् रहेकाे छ। काठमाडौं र आसपासका केही जिल्लाहरुमा तुवाँलो लागेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।