रियाद– साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन्।
_x000D__x000D_
आफ्नो देशका पत्रकार जमाल खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन्।
_x000D__x000D_
अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको खसोग्गी हत्या प्रकरण बारेमा अदालतबाट युवराजलाई सफाइ दिइएको थियो। युवराजलाई हत्या आरोप लागेपछि उनले पहिलो पटक सार्वजनिक वक्तव्य दिएका हुन्।
_x000D__x000D_
देशको उच्च सल्लाहकार निकायको रुपमा रहेको शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफूहरुलाई गौरव लागेको बताए।
_x000D__x000D_
सम्बोधनका क्रममा ८२ वर्षीय राजा सलमानले वासिङ्टन पोष्टका नियमित स्तम्भकार खसोग्गीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन्।
_x000D__x000D_
सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए।
_x000D__x000D_
पत्रकार खसोग्गीको गत अक्टोबर २ तारिखका दिन टर्कीको स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो। हत्या कसले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन।
_x000D__x000D_
कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खसोग्गीको हत्या भएको आरोप लगाइरहेका छन्।
_x000D__x000D_
अभियोजनकर्ताहरुले खसोग्गीको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई मृत्युदण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दाबी गरेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।