दार्चुला– सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ।
_x000D__x000D_
नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलङ्गाबाट उद्धार गरेको हो।
_x000D__x000D_
गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलङ्गामा कापी झोला खरिद गर्नका लागि ल्याएका बडाललाई खलङ्गा बजारमा अलपत्र छोडेका हुन्।
_x000D__x000D_
बङ्गाबगडमा सोमबार दिउँसो ४ बजे पुगेका बालिकालाई आफू एक छिनपछि आउने भन्दै सडक छेउमै छोडेर ठगुन्ना सम्पर्कविहीन भएको बालिकाले बताइन्।
_x000D__x000D_
बालिका खोज्न सोमबार रातिसम्म ठगुन्ना नआएपछि बालिकालाई प्रहरीले सडक छेउमै भेट्टाएको थियो।
_x000D__x000D_
आफन्तसँग आएकी बालिका अभिभावक नहुँदा बाटोमै अलपत्र परेको पाइएपछि उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए।
_x000D_
_x000D_मङ्सिर १ गते विद्यालय खुल्ने भएपछि कापी र झोला किन्न भन्दै बालिकालाई काकी नाता पर्ने ठगुन्नाले खलङ्गा ल्याएको बालिका बडालले बताइन्। 'यहाँ आइसकेपछि काकी कहाँ गए भन्ने थाहा भएन,' बालिका बडालले भनिन्।
_x000D_
_x000D_लटिनाथ मावि खारमा कक्षा ५ मा अध्ययन गर्दै आएकी बडालकाे पारिवारिक अार्थिक अवस्था कमजाेर छ। उनको घरमा चार भाइ र तीन बहिनी छन्।
_x000D__x000D_
जसमा दाइ राजेन्द्र कक्षा ५, दिदी नरुली कक्षा ५ र नारन्ती कक्षा ५ मा लटिनाथ मावि खारमा पढ्दै आएका छन्।
_x000D__x000D_
यस्तै उनका भाइ मनवीर कक्षा ३, भाइ रोहित कक्षा २ र बहिनी वसन्ती कक्षा १ तथा भरत बडाल पूर्व प्राथमिक कक्षामा होपरीगाडमा अध्ययन गर्दै आएका छन्।
_x000D_
_x000D_गरिबीका कारण बुबा भारतमा मजदूरी गर्न गएको बालिकाले बताइन्। प्रहरीले उद्धार गरेका बालिकाको लागि झोला, कापी कलम खरिद गरी हस्तान्तरण गरेको छ।
_x000D__x000D_
प्रहरीले उद्धार गरिएका बालिकालाई मामा नाता पर्ने शेरसिंह बोहरा र काकी नाता पर्ने धाना धामीलाई जिम्मेवारी लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।