धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेका छन्। सोडारीको ठाउँमा कृष्णराज सुवेदीलाई जिम्मेवारी दिइएको छ।
_x000D__x000D_
सुवेदीले मंगलबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन्।
_x000D__x000D_
प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो।
_x000D__x000D_
तत्कालीन नेकपा एमालेको तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेका सुवेदीले कैलाली ४ (ख)बाट नेपाली कांग्रेसका उम्मेदवार हिरादत्त भट्टलाई पराजित गरेका थिए।
_x000D__x000D_
बर्खास्तीमा परेका सोडारीले भने आफू गुटको सिकार भएको प्रतिक्रिया दिएका छन्। उनी माधव नेपाल पक्षका मानिन्छन्।
_x000D__x000D_
सोडारीलाई बर्खास्त गरिनुमा पदीय मर्यादा विपरित आचरण गरेको आरोप लगाइएको छ।
_x000D__x000D_
केही समयअघि सुवेदी चढ्दै आएको गाडी दुर्घटना भएपछि सोडारी विवादमा तानिएका थिए।
_x000D__x000D_
सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनी बर्खास्तीमा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।