जनकपुरधाम- प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश र संघीय सरकारबीचको द्वन्द्वले प्रहरी संगठन भित्रै फाटो ल्याउन सक्ने बताएका छन्।
_x000D__x000D_
सोमबार जनकपुरमा फ्रडम फोरमद्वारा आयोजित एक कार्यक्रममा मन्त्री यादवले प्रदेश प्रहरी भर्नाको विषयलाई लिएर भइरहेको टीकाटिप्पणीप्रति चिन्ता व्यक्त गरे।
_x000D__x000D_
संघीय सरकारले आवश्यक ऐन–नियम समयमै नबनाएको आरोप लगाउँदै मन्त्री यादवले संविधानलाई नै आधार बनाएर प्रदेश प्रहरी कानुन बनाउँदा अनावश्यक बखेडा झिकेको तर्क गरे।
_x000D__x000D_
प्रदेश २ ले संघीय सरकारसँग मिलेर काम गर्न खोजे पनि तर त्यसो हुन नसकेको उनको गुनासो थियो।
_x000D__x000D_
एक अर्को प्रसंगमा मन्त्री यादवले प्रदेश २ सरकारले छिट्टै पत्रकार मैत्री कानुन बनाउन लागेको जानकारी दिए। सञ्चारकर्मी सुरक्षित नहुँदासम्म लोकतन्त्र सुरक्षित नहुने उनको भनाई थियो।
_x000D__x000D_
पत्रकारको सुरक्षाको सम्पूर्ण जिम्मेवारी राज्यको रहेको र प्रदेश सरकार सञ्चारकर्मीलाई हरपल सुरक्षा दिन प्रतिबद्ध रहेको उनले बताए।
_x000D__x000D_
कार्यक्रममा १० वर्षे सशस्त्र द्वन्द्वदेखि मधेस आन्दोलनसम्म सञ्चारकर्मीले भोगेको दुःखबारेको वृत्तचित्र प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।