राजविराज– दसैं सकिएलगत्तै मूलुकभर दिपावली र छठ पर्वको रौनक सुरु भएको छ। बजारमा चाडपर्वका लागि सामान किनबेच गर्नेको भिडभाड छ। सबैतिर चाडपर्वको रौनक छाइरहँदा सप्तरीको विष्णुपुर गाउँपालिका–३, सिंग्यौन मुसहर्नियाँका श्याम पण्डितमा भने उल्लास र उत्साह देखिँदैन।
_x000D__x000D_
हिजोआज आफूले तयार गरेका माटाका भाँडाकुँडा कसरी बिक्लान् भन्ने चिन्ताले उनलाई सताइरहन्छ। एकाबिहानै माटाका भाँडा बोकेर राजविराज–१ स्थित हटियामा पुग्ने गरेका उनी सोचेअनुसार सामान नबिक्दा भने चिन्तित छन्। ‘पितापुर्खाले गरिआएको काम चटक्क छोडन सकिएन’, श्याम भन्छन्, ‘यस्तै हो भने परिवार धान्न मुस्किल छ।’
_x000D__x000D_
४ छोराछोरीसहित ७ जनाको परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ।
_x000D__x000D_
थोरै मात्रै खेतीयोग्य जग्गा भएकाले सालभरि खान नपुगेपछि फुर्सदका बेला माटाका भाँडा बनाउने पुर्ख्याैली पेसालाई उनले निरन्तरता दिएका हुन्। तर, मेहनत अनुसारको उपलब्धि नहुँदा परिवारजनको गुजारा चलाउन पनि समस्या परेको उनले गुनासो गरे।
_x000D__x000D_
_x000D__x000D_
श्याम मात्र होइन, राजविराज–१५, मुसर्नीयाकी राधादेवी पण्डित, डाकनेश्वरी नगरपालिका ९ पथ्थरगढाका ४२ वर्षीय राजकुमार पण्डित, ६५ वर्षीय सुरुजनारायण पण्डितलगायतको अवस्था पनि उस्तै छ। हटियामा माटाका सामाग्री राखेर बसेका उनीहरु विगतको तुलनामा माटाका भाँडाको बिक्री घट्न थालेपछि पुर्ख्याैली पेसा नै संकटमा पनै थालेकोमा चिन्ता प्रकट गर्छन्।
_x000D__x000D_
तिहार, छठलगायतका पर्वमा दियो, माटाको हात्ती, मटकुरी (दहि जमाउने भाँडो), धुपदानीलगायत भाँडाको बिक्री बढ्नुपर्ने समयमा तयार भएका सामाग्रीमध्ये एक चौथाई पनि नबिकेको विष्णुपुर गाउँपालिका–२, सिम्रहा सिंग्यौनकी ७० वर्षीया कुन्ती पण्डित बताउँछिन् । ‘चाडवाडको बेलामा मात्रै यस्ता सामग्री बिक्री हुने हो’, उनी भन्छिन्, ‘तिहार र छठको बेलामा पनि बिक्री नहुँदा मेहनत र लगानी पनि डुब्ने अवस्था छ।’
_x000D__x000D_
राजविराज, मुसर्निया मात्रै होइन, सप्तरीमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुम्हार (कुमाले) जातिको पेसा अहिले संकटमा छ। बढ्दो आधुनिकताका कारण प्लास्टिक तथा विद्युतीय सामाग्रीको बढ्दो प्रयोगले माटाको दियो तथा अन्य भाँडाकुँडाको प्रचलन घट्न थालेपछि उनीहरुकोपुर्ख्याैली पेसा संकटमा परेको हो।
_x000D__x000D_
_x000D__x000D_
‘दश वर्ष अघिसम्म तिहारका बेला ग्राहकलाई दियो लगायतका सामग्री पुर्याउन हम्मे–हम्मे हुन्थ्यो’, दशकअघिको व्यापार सम्झिँदै कुन्तिले भनिन्, ‘अचेल त अनेकथरि विद्युतीय बत्ती, मैनबत्तीको प्रचलन बढ्दा हामीलाई भारी बोकेर बजार र घर धाउँदाको सास्ती मात्रै छ।’ अबको पुस्तालेपुर्ख्याैली पेशाबाट रोजीरोटी चलाउन पनि समस्या हुने उनको ठहर छ।
_x000D__x000D_
आफूहरुको सीप र मिहिनेतको संरक्षणका लागि सरकारले नै केही व्यवस्था गरिदिए राम्रो हुने कुम्हारहरुको आग्रह छ। ‘हामी माटाका फिल्टर लगायत अन्य घरायसी भाँडासमेत तयार गर्न सक्छौं’, श्याम भन्छन्, ‘बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य पाएपुर्ख्याैली पेसा छाड्ने इच्छा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।