विराटनगर– बालिका बलात्कार गरेको आरोपमा पाँचथरको हिलिहाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
हिलिहाङ गाउँपालिका–७ का २८ वर्षीय रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई निगाले भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
स्थानीय १५ वर्षीया किशोरीलाई गत आइतबार जंगलमा लगेर तामाङले बलात्कार गरेको प्रहरीको भनाई छ। पीडित परिवारले तामाङविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
_x000D__x000D_
बालिकाको स्वास्थ्य परिक्षण भइरहेको र थप अनुसन्धान पनि भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।