विदुर– नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारी भए तापनि सेवाग्राही भने न्यून छन्।
_x000D__x000D_
नेपाल सरकारले सरकारी कर्मचारीलाई दसैं विदा कटौती गरेर नागरिकलाई सरकारी कामकाजमा सुविधा दिने उद्देश्यले कर्मचारीलाई विभिन्न कार्यालयमा खटाए तापनि प्रशासन कार्यालयमा भने आज सेवाग्राही धेरै आएनन्।
_x000D__x000D_
'बडादसैंको बाह्रौँ दिन पनि कार्यालयमा कर्मचारी आएका छन्, तर अरु दिनभन्दा आज सेवाग्राही धेरै कम छन्,' प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भने,
_x000D__x000D_
'अरु दिनमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्ने गथ्र्यो, एकै दिनमा नयाँ र पुराना प्रतिलिपि गरी ७० देखि ८० वटा जति नागरिकता बन्ने गथ्र्योे तर आज भने नयाँ नागरिकता तीन र प्रतिलिपि एउटा गरी जम्मा चार वटा बनेको छ, राहदानी १० वटा र सिफारिस तीन वटा गरी जम्मा १३ वटा मात्र बनेको छ।'रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।