काठमाडाैं– भुटानमा तेस्रो संसदीय निर्वाचनको दोस्रो चरणको निर्वाचन आज स्थानीय समयअनुसार साँझ ५ बजेदेखि ९ बजेसम्म हुनेछ। यसअघि पहिलो चरणको निर्वाचन गत भदौ ३० गते भएको थियो।
_x000D__x000D_
तेस्रो संसदीय निर्वाचनको पहिलो चरणको निर्वाचनमा सत्तारुढ पार्टी जनताको प्रजातान्त्रिक पार्टी (पीडिपी) पहिलो चरणको निर्वाचनबाटै बाहिरिएको थियो। पीडिपीको नेतृत्व भुटानका निर्वतमान प्रधानमन्त्री छिरिङ तोप्गेले गरेका छन्।
_x000D__x000D_
भुटानको निर्वाचन कार्यालयले पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने राजनीतिक पार्टीले मात्रै दोस्रो चरणको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो। कुल चार पार्टी सहभागी रहेको भुटानको संसदीय निर्वाचनमा निर्वतमान प्रधानमन्त्री तोप्गेको पार्टी तेस्रो भएको थियो।
_x000D__x000D_
सन् २०१३ मा भएको दोस्रो संसदीय निर्वाचनमा कुल ४७ सिटमध्ये ३२ सिट ल्याएको पीडिपी पाँच वर्षपछिको निर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको हो। भुटानमा आम निर्वाचन गर्न गत अगष्ट १ मा राष्ट्रिय सभाको विघटन गरिएको थियो। राष्ट्रिय सभाको विघटनपछि कामचलाउ सरकारका रुपमा प्रधानन्यायाधीश दाशो छिरिङ वाङचुकले अस्थायी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दै आएका छन्।
_x000D__x000D_
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भुटानको निर्वाचन नतिजा सँग गतवर्ष ७३ दिनसम्म चलेको चीन र भारतबीचको डोक्लाम सीमा विवाद जोडेर विश्लेषण गरेका छन्।
_x000D__x000D_
डोक्लाम क्षेत्रको सीमा विवादमा चीन र भारतबीच कसको जीत भयो यकिन गरी भन्न सक्ने अवस्था छैन। भुटानको आम निर्वाचनमा चीन र भारतबीच हुँदै आएको डोक्लाम विवादको हारजीतका रुपमा व्याख्या गरिँदै आएको थियो।
_x000D__x000D_
लामो समय भुटानको सुरक्षा र विदेश नीतिमा भारतको एकतर्फी नियन्त्रण रहेको थियो। सन् २००९ मा भएको भारत–भुटान सम्बन्ध पूनरावलोकनपछि भुटानले सुरक्षा र विदेश नीति आफ्नै तजबिजमा संचालन गर्न थालेको हो।
_x000D__x000D_
गतवर्ष डोक्लाम क्षेत्रमा भएको सीमा विवादमा भारत अनावश्यक रुपमा मुस्सिन आएपछि भुटानी युवाले त्यसलाई आफ्नो सार्वभौम सत्ताविरुद्ध भारतीय आक्रमणको रुपमा बुझेको ‘एसिया टाईम्समा’ प्रकाशित विश्लेषणमा उल्लेख छ।
_x000D__x000D_
डोक्लाम चीन र भुटानको सीमा रहेपनि उक्त क्षेत्रमा भारतको पनि रणनीतिक स्वार्थ रहेको बताइँदै आएको छ। भारतले भुटानलाई सहयोग गर्ने नाममा अनावश्यक हस्तक्षेप गर्न खोजेको ‘एसिया टाईम्स’मा प्रकाशित उक्त विश्लेषणमा बताइएको छ।
_x000D__x000D_
तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे सिग्मे थिङ्ग्लेले चिनियाँ प्रधानमन्त्री वानजिया बावलाई बाज्रिलमा भेटेको र चीनसँग आर्थिक सहयोग लिने सहमति गरेपछि भारतले भुटानलाई खाना पकाउने ग्यास र मट्टीतेलमा दिँदै आएको सहुलियत कटौती गरेको थियो।
_x000D__x000D_
भारतीय सहुलियत कटौतीको असर त्यहाँको निर्वाचनमा समेत परेको थियो। निर्वाचनमा थिङग्ले नेतृत्व गरेको पिस एण्ड पोस्पेरिटी पार्टी (पिपिपी) १५ सिटमा खुम्चियो। पहिलो चरणको चुनावमा अग्रता लिएको पिपिपी दोस्रो चरणको निर्वाचनमा आईपुग्दा सत्तारुढ पार्टी पिडिपीसँग निर्वाचनमा पराजय भोगेको थियो।
_x000D__x000D_
चीन र भारत दुबै देशसँग सौहार्दतापूर्ण सम्बन्ध विस्तार गर्ने नारासहित सत्तामा आएका निर्वतमान प्रधानमन्त्री तोप्गेकै कार्यकालमा चीनसँग सीमा विवाद हुनु र भुटानमा भारतीय प्रभाव बढ्नुलाई तोप्गेको पराजयको कारणका रुपमा हेरिएको छ।
_x000D__x000D_
भुटान एक स्वतन्त्र देश भएपनि छिमेकी देश चीनसँग हालसम्म कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेको छैन। भारतीय स्वार्थलाई पक्षपोषण गर्न सत्तामा आएको निर्वतमान सत्तारुढ दल पहिलो चरणको निर्वाचनमा नै पराजय भएपछि भुटान मामिलामा भारतको पराजय र चिनियाँ प्रभाव विस्तारको रुपमा व्याख्या गरिएको थियो।
_x000D__x000D_
दक्षिण एसियामा चीनको प्रभाव बढ्दै गएपछि भारतलाई आफ्नो पूरानो स्थान नघुमाउने चुनौति बढेको छ। विश्व शक्ति बन्ने होडमा रहेको भारतलाई आफ्नै क्षेत्रमा आफ्नो प्रभाव कायम राख्ने चुनौति बढेको हो।
_x000D__x000D_
यस्तै अर्को दक्षिण एसियाली देश माल्दिभसमा असोज ७ गते भएको निर्वाचनमा आश्र्चय जनक हिसाबमा चीन समर्थक राष्ट्रपति अब्दुल्लाह यमिनलाई हदाउँदै भारत समर्थक विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले निर्वाचनमा विजय हासिल गरेका थिए।
_x000D__x000D_
यसरी भुटानको पहिलो चरणको निर्वाचनमा भारत समर्थित दलको पराजय हुनु र माल्दिभको निर्वाचनमा चीन समर्थित नेताको पराजय भएको हो। अब हुने भुटानको दोस्रो चरणको निर्वाचनलाई चीन र भारत दुवैले महत्वका साथ हेरी रहेका हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।