बेत्रावती– जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई विदुरबाट पक्राउ गरेको छ।
_x000D__x000D_
उनीहरूको साथबाट १ लाख ७६ हजार ७ सय ८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए।
_x000D__x000D_
विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठूलो रकम बाजी राखेर तास खेलिरहेकोे अवस्थामा पक्राउ गरी कारबाहीका लागि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
पक्राउ पर्नेमा घरधनी ५४ वर्षका खड्का, ३२ वर्षीय कुमार लामा, ३६ वर्षीय हरि क्षेत्री, ४२ वर्षीय दीपक ओझा, ४७ वर्षीय बाबुराम तामाङ र ३४ वर्षीय सागर लामा छन्।
_x000D__x000D_
उनीहरूले तास खेलिरहेको खालबाट प्रहरीले १ लाख ७६ हजार ७ सय ८५ समेत बरामद भएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।